[Show all top banners]

harigautam1
Replies to this thread:

More by harigautam1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 समाचारपत्र स्थगित
[VIEWED 3743 TIMES]
SAVE! for ease of future access.
Posted on 06-20-07 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- वितरकहरूले अवरोध पुर्‍याएका कारण देखाउँदै कामना प्रकाशन समूह व्यवस्थापनले नेपाल समाचारपत्र र महानगर सन्ध्या- कालीन दै निकको प्रकाशन केही दिनका लागि बन्द गरेको छ ।

समूहका कार्यकारी अध्यक्ष पुष्करलाल श्रेष्ठले मंगलबार राति विज्ञप्ति जारी गरी पत्रिका वितरण गर्ने सोलुसन प्रालिका केही वितरकले कार्यालयमा अवरोध पुर्‍याएकाले महानगर मंगलबारदेखि र समाचारपत्र बुधबारदेखि केही दिनका लागि बाध्यतावश बन्द गर्नुपरेको जनाएका छन् ।

करारमा पत्रिका वितरणको जिम्मा लिएको सोलुसन प्रालिका वितरक कर्मचारीले प्रकाशन संस्थामै आबद्ध भएर मजदुर युनियन दर्ता गर्न पाउनुपर्ने माग राखेपछि बन्द गर्नुपर्ने स्थिति आएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा माओवादीको मजदुर संगठनसित सम्बद्ध अखिल नेपाल संचार, छापाखाना र प्रकाशन मजदुर संघमा आबद्ध मजदुरले विगत डेढ महिनादेखि विभिन्न माग राखेर छापाखाना घेराउ, प्रदर्शन, नाराबाजीजस्ता गतिविधि गरी प्रकाशनमा अवरोध पुर्‍याउँद
 
Posted on 06-20-07 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what a crap? maoist will get no vote from Kathmandu if they keep doing such a silly job. Pushkar Lal took good decision to close down for few days rather than surrendering to silly demands.
 
Posted on 06-20-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It seems HimalMedia publication and Kantipur Publication with support of Maoist has ganged up against Kamana Prakashan Samuha. If you remember few years ago Kamana Samuha and Kantipur Publications with support of Maoist ganged up against The Himalayan Time. It is not a good sign for countries economy when we are drying up with any foreign investment and unemployement rates.
 
Posted on 06-20-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुण्ड कुण्ड पानी मुण्ड् मुण्ड बिचार। तर्कना अनेक गर्न सकिन्छ तर पुष्कर लाल को हुन् चिन्ने मान्छेले पुष्करकै चाल भन्ने छन्।
समचार पत्रको प्रिष्ठ भूमी हेर्नुस्। आजको समाचार् पत्र चलाउंदा त्यो अखबार को दैनिक घाटा पचासौं हजारको थियो, महानगर् दैनिक १० हजार् छापिन्थे, रु २ मा। तै पनि बर्षौं चलाए। कान्तिपुरले ६ हजारमा छाप्ने बिज्ञापन ३ हजार् मा छपिन्थे र बर्ष भरि को पत्रिका निशुल्क दिन्थे। तै पनि पुष्कर लाल् दुब्लाएन। श्री सम्पति बढेको बढेइ नै भए।
ज्ञानेको पहिलो अन्तर्वार्ता लिने सौभाग्य पुष्करलाल ले नै पाए। यो कुनै संयोग हुन सक्दैन। उनी कुनै पनि हिसाबले वरिष्ठ पत्रकार थिएन। शाही साशनकाल मा कुनै पनि अंकमा असंबैधानिक कदमको बिरोध गरेन। बरु मन्डलेहरुको बहुदलबादि प्रतिको बिष बमन हदै सम्म गरे। अब भन्नुस्, त्यो पत्रिका अब बन्द भयो भने दोष कस्लाई दिने? हुन सक्छ, वाइ सी एल ले धम्काए, सन्काए होला। त्यो राम्रो कुरा होइन। ज्ञानेको पार्टनर्शीपमा चलेको पत्रीका को कुनै भबिष्य न देखेर बन्द गर्ने कु चाल किन हुन सक्दैन।
 
Posted on 06-20-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That is right Channa Tarkari. This is an attack on Freedom of Press. Maoists cannot just go and obstruct publication houses.

They went to The Himalayan Times and recently to Kantipur too.

They for some reason bent down on Maoists but seems like Kamana Publication did not.

3 Cheers for Nepal Samacharpatra.
 
Posted on 06-20-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Complete Press Release
Source: www.newsofnepal.com

Press Release
19th June 2007

To all Concerned Press Freedom Related Organizations

Today the distributors associated with Customers Solutions Pvt. Ltd,
distribution contractor of Kamana Publication. padlocked the publication
and distribution of "Nepal Samacharpatra National Daily" in the central
district of Kathmandu. These distributors are associated with Maoists
affiliated Nepal Publication and Communication Labour Association. They
started the strike after making several unrealistic demands to the
publication.

Similarly, they also stopped the publication of Mahanagar Evening Daily
and since morning they have been obstructing the day to day operation of
the publication due to the sit-in at the central publication house.

We feel that this is attack to the Independent Press. Nepal
Samacharpatra National Daily has always been defender of free, fair and
independent press in Nepal. We have time and again tried to resolve the
issue through dialogue but the Maoists affiliated Nepal Publication and
Communication Labour Association has never been serious in resolving the
issue rather they have time and again creating obstruction on our day to
day operation. They had already stopped the publication of Nepal
Samacharpatra National Daily on 25th May 2007 and time and again they have
been creating obstruction in distribution of our publications.

In addition to that, they have been continuously threatening to our
Executive Chairman and Editor-in-chief Mr. Pushkar Lal Shrestha & Manager
Mr. Kailash Pradhan. So we seriously doubt this move of Maoists affiliated
Trade Union as mission to control the independent press through the
instrument of the Trade Union.

We request government and all concerned press freedom related
organizations to ensure safety and security of all our staff and strongly
demand for fearless environment for day to day operation of our
publication.

Thanking You

The Management
Kamana Publication Pvt. Ltd.
Soltimode, Kathmand
Nepal
Tel: 00977 1 4287777
Email:samacharpatra@yahoo.com

कामना प्रकाशन समूहको हार्दिक अपिल

विगत २३ वर्षेखि आदरणीय पाठकहरुको सेवा गर्दै आएको कामना प्रकाशन समूहबाट नियमित रुपमा प्रकाशित नेपाल समाचारपत्र राष्टि्य दैनिक र महानगर सन्ध्याकालीन दैनिक माओवादीसम्बद्ध वितरकहरुले अवरोध पुर्याएका कारण २०६४ असार ५ गतेदेखि केही दिन प्रकाशन तथा वितरण कार्य हुन नसक्ने व्यहोरा अनुरोध गरिन्छ ।



विगत डेढ महिनादेखि नेकपा माओवादीसम्बद्ध अखिल नेपाल संचार, छापाखाना र प्रकाशन मजदुर संघको नामबाट कस्टुमर सोलुसन प्रा.लि.का केही पत्रिका वितरकहरुले कामना प्रकाशन समूहअर्न्तर्गत नै रहेर युनियन दर्ता गर्न पाउनु पर्ने माग राखी अवरोध पुर्याउंदै आएको जानकारी समेत यसै साथ गराइन्छ ।



प्रकाशन समूहको व्यवस्थापनले पटक पटक आन्तरिक रुपमै समस्याको समाधान गर्ने प्रयास जारी राखेकोमा उक्त समूहले पत्रिका प्रकाशन तथा वितरण कार्यमै अवरोध पुर्याउंदै आएकोले प्रवुद्ध पाठकहरुसमक्ष पत्रिका पुर्याउन नसकिएको व्यहोरा अनुरोध छ । यस्तै अवरोधका कारण गत जेठ १२ गते शनिबार पनि नेपाल समाचारपत्रको राजधानी संस्करण प्रकाशित हुन नसकेको व्यहोरासमेत स्मरण गराउन चाहन्छौं ।



स्वतन्त्र, निष्पक्ष र व्यावसायिक पत्रकारिता गर्दै आएको कामना प्रकाशन समूहमाथि नै अनावश्यक एवम् गैरकानुनी दवाव तथा हस्तक्षेप भएकोमा समूह अत्यन्त दुःखित भएको छ । कामना प्रकाशनले यस घटनालाई लाखौं पाठकको सुसूचित हुने अधिकारमाथि हस्तक्षेप ठानेको छ ।



हजारौं नागरिकको रोजगारीसंग जोडिएको यस स्वतन्त्र एवम् निष्पक्ष पत्रिकालाई बचाउन तथा निर्वाधरुपमा संचालन गर्ने वातावरण निर्माणका लागि हामी सम्पर्ूण् स्वतन्त्र नागरिक समाज, राजनीतिक दल, संचार माध्यम र पेशागत संघ संगठनलगायत हर क्षेत्र र वर्गसंग विनम्र अपील गर्दछौं ।



प्रेस विज्ञप्ति

नेपाल समाचारपत्रलगायत पत्रपत्रिका वितरण गर्दै आएको कस्टुमर सोलुसन प्रा.लि.का केही वितरकहरुले कामना प्रकाशन समूहको कार्यालयमा अवरोध पुर्याएका कारण समूहबाट नियमितरुपमा प्रकाशित हुंदै आएको महानगर सन्ध्याकालीन असार ५ गते र सोही दिनदेखि नेपाल समाचारपत्र राष्टि्य दैनिकको प्रकाशन तथा वितरण कार्यमा समेत पनि अवरोध पुर्याएका छन् ।



सोही कारणबाट नेपाल समाचारपत्र यही असार ६ गतेदेखि केही दिन प्रकाशित हुन नसक्ने व्यहोरा सम्पर्ूण्ा शुभेच्छुक, पाठक वर्ग तथा विज्ञापनदाताहरुमा दुःख पर्ूवक जानकारी गराइएको छ । कामना प्रकाशन समूहले नेपाल समाचारपत्र राष्टि्य दैनिकको वितरण कार्य कस्टुमर सोलुसनलाई करारमा दिएकोमा वितरकहरुले प्रकाशन संस्थामै आवद्ध भएर मजदुर युनियन दर्ता गर्न पाउनु पर्ने माग राख्दै आएपछि उक्त स्थिति उत्पन्न भएको हो ।



नेकपा -माओवादी) सम्बद्ध अखिल नेपाल संचार, छापाखाना र प्रकाशन मजदुर संघका नामबाट ती वितरकहरुले युनियन दर्तालगायत विभिन्न माग राखी विगत डेढ महिनादेखि छापाखाना घेराउ, पर््रदर्शन र नाराबाजी जस्ता विविध गतिविधि संचालन गरी अवरोध पुर्याउदै आएका छन् ।



यस्तै अवरोधका कारण २०६४ जेठ १२ गते शनिबार नेपाल समाचारपत्रको राजधानी संस्करण प्रकाशित हुन नसकेको सबैलाई अवगत नै छ । प्रकृतिले नै स्वतन्त्र हुनुपर्ने एउटा निष्पक्ष पत्रिकामाथि अनावश्यक रुपमा यसरी राजनीतिक हस्तक्षेप तथा गैरकानुनी दवाव दिइनुलाई हामीले प्रेस स्वतन्त्रताको चरम उल्लंघन ठानेका छौं । यस्तो कार्यबाट आमपाठकको सुसूचित हुने अधिकारमाथि कुठाराघात भएको छ ।



लाखौं पाठकको सूचना तथा समाचारको विश्वसनीय माध्यम एवम् हजारौं नागरिकको जीविकोपार्जनसंग जोडिएको एक स्वतन्त्र, निष्पक्ष एवम् व्यावसायिक संचार संस्थालाई जोगाउन नागरिक समाज, राजनीतिक दल, संचार जगत, पेशागत संघ संगठन, आमशुभेच्छुक, पाठकवर्ग तथा विज्ञापनदातालगायत हर वर्ग र क्षेत्रलाई कामना प्रकाशन संस्था हार्दिक आह्वान गर्दछ ।



साथै केही दिन नेपाल समाचारपत्र र महानगर सन्ध्याकालीन प्रकाशित हुन नसक्ने व्यहोरा सम्पर्ूण्ा पाठक तथा विज्ञापनदाताहरुमा जाहेर गर्दछौं ।



पुष्करलाल श्रेष्ठ

कार्यकारी अध्यक्ष

तथा प्रधान सम्पादक
 
Posted on 06-20-07 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


माओवादी target=_blank>http://www.bbc.co.uk/nepali/news/story/2007/06/070620_samachar_patra.shtml

माओवादी
मजदूरसितको विवादपछि राष्ट्रिय दैनिक बन्द


आफ्नो पत्रिकाका साथ पुष्करलाल श्रेष्ठ
प्रकाशकले प्राचण्डसंग समस्याका बारेमा गुनासो गरेपछि मजदूर विवाद अझ चर्कन पुगेको थियो
नेपालको एउटा प्रमुख दैनिक पत्रिका नेपाल समाचारपत्रको प्रकाशन बुधबारदेखि बन्द गरिएको छ।

नेकपा माओवादी निकट मजदूरहरुका मागलाई लिएर उत्पन्न विवाद चर्किदै गएपछि केहि दिनकालागि पत्रिका छाप्न रोक्नुपरेको प्रकाशकहरूले बताएका छन्।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भए यता राजनीतिक विवादका कारण राष्ट्रिय दैनिक बन्द भएको यो पहिलो घटना हो।

दर्ता विवाद

ट्रेड युनियन दर्ता सहितका माग गरिरहेका माओवादी निकट मजदूरहरुले मंगलबार विहानदेखि अबेर रातीसम्म नेपाल समाचारपत्रको कार्यालयमा कुनै कर्मचारीलाई पस्न नदिएपछि प्रकाशन बन्द गर्नुपरेको प्रकाशक तथा सम्पादक पुष्करलाल श्रेष्ठले बताएका छन्।

नेपाल समाचारपत्र प्रकाशन गरिरहेको कामना प्रकाशनमा ट्रेड युनियन दर्ता गर्न दिइने बताउँदै उनले तर पत्रिका वितरणको जिम्मा लिएको छुट्टै कम्पनिमा कार्यरत मजदूरहरुले कामना अन्तर्गत दर्ता हुन चाहेपछि त्यसो गर्न नसकिएको बताए।

तैपनि पटक पटक दबाब, आन्दोलन र धम्की आउन नरोकिएपछि दिक्दार भएर श्रेष्ठले स्वयं माओवादी अध्यक्ष प्रचण्ड सामु संस्थाको ऋण, पहुँच, लगानी र आम्दानी देखाएर प्रकाशन गृहको साँचो बुझाउन तयार रहेको दुखेसो सुनाएका थिए।

चासो र चिन्ता

आफूलाई अंगालो हाल्दै प्रचण्डले भनेको कुरा उद्धृत गर्दै श्रेष्ठले भने, "तपाईँ त सरकारले हामीलाई आतंककारी भनेका बेला समेत कसैले हिम्मत नगरेको वक्तव्य छाप्ने बहादुर पत्रकार, हाम्रो अन्तरवार्ता छाप्ने आँट गरेको मान्छे कहाँ त्यस्तो गर्नु।

"तपाईलाई निकै चोट परेको महसुस भयो। हाम्रै पक्षको कमजोरी देखिन्छ। त्यस्तो गर्ने हाम्रो उदेश्य छैन। म कुरा गर्छु।"

तर त्यसपछि मजदूर प्रतिनिधिहरु झन उग्र भएको उनले बताए।

यसअघि अन्य दुई ठूला प्रकाशन गृहहरू कान्तिपुर र न्युज मिडिया प्रालिमा पनि माओवादी निकट मजदूरहरुले दबाबपूर्ण रुपमा ट्रेड युनियन दर्ता गरेका थिए।

त्यस्ता गतिविधि नेपालका सिमित राष्ट्रिय पत्रिकाको सम्पादकीय स्वतन्त्रतालाई अप्रत्यक्ष रुपमा आफ्नो नियन्त्रणमा राख्ने माओवादी उद्येश्यबाट प्रेरित भएको हुनसक्ने पुष्करलाल श्रेष्ठको आशंका छ।

यस सम्बन्धमा प्रतिकृया दिंदै सञ्चारमन्त्री समेत रहेका माओवादी नेता कृष्णबहादुर महराले पत्रिका बन्दको कारण बुझ्ने प्रयास भइरहेको बताए।

उनले भने, "व्यवस्थापनले मजदूरहरुका जायज माग पूरा गरी आफै विवाद सुल्झाउनु पर्ने हो। पत्रिका नै बन्द गर्न हुँदैनथ्यो, त्यसो गर्ने हाम्रो उदेश्य होइन।"

नेपाल पत्रकार महासंघले पत्रिका प्रकाशन अवरुद्ध गराउने कार्यको विरोध गरेको छ। बुधवार सम्पन्न महासंघको बैठकले उक्त प्रस्ताव पारित गरेको हो।

पछिल्लो जनआन्दोलनपछि प्रजातन्त्र पुनर्स्थापना भएयता नेपाली प्रेस आक्रमणको निशाना भइरहेको भन्दै राष्ट्रिय र अन्तरष्ट्रिय स्तरबाट चन्ता बढिरहेका बेला नेपाल समाचारपत्रको प्रकाशन बन्द हुन पुगेको छ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters