बेनी, ११ असारः सेनाको गोली लागि एक बालिकाको मृत्यु भएको घटनालाइ लिएर सोमबार म्याग्दीमा आक्रोसित गाउले र विद्यार्थीले जिल्ला प्रसासन कार्यालय घेराउ गरेका छन ।
त्यहाँबाट तत्काल ब्यारेक हर्टाई दोषि सैनिक जवानलाई कारबाहीको माग गर्दै प्रसासन कार्यालयको मुल गेटमा धर्ना र विरोध प्रदर्शन गरेका थिए ।
आईतवार म्याग्दीको अर्थुङ्गे स्थित नेपाली सेनाको बज्रदल गणका सैनिक जवानले चलाएको गोली लागि स्थानिय जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययनरत १२ बषिर्या बालिका कमला शाहको मृत्युभएको थियो ।
प्रसासन घेराउ पछि बसेको आठदलको बैठकले त्यहाँबाट तत्काल ब्यारेक हटाउने र दोषि सैनिक माथि कार्बाहीका लागि रक्षा मन्त्रालयमा सिफारिस गर्ने निर्ण्र्ाा भएको निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर नेपालीले बताउनुभयो । आठदलको बैठकले माग पुरा गर्ने आस्वासन दिएपछि आन्दोलनकारी फर्किएका थिए ।
म्याग्दीको सदरमुकाम बेनी बजारमा माओवादी आक्रमणपछि सुरक्षाको कारण २०६१ सालमा बेनी बजार बाट अर्थुङगेमा सो ब्यारेक सारिएको थियो ।
सेनाले चलाएको गोली लागेपछि आक्रोशित स्थानिय वासिन्दाले पानीको श्रोत काटिदिए पश्चात ३ किलोमिटर तल बेनीबाट अर्थुङ्गे व्यारेकमा पानी लैजाँदै गरेका बज्रदल गणका नेपाली सेनाहरु । उनीहरुले पानीको वोत्तल ग्यालिन गाग्री र औषधीका साना सिसीहरुमा समेत पानी लगेका थिए । आइतबार १० बजेदेखीदेखी पानी बन्द गरिदिएका थिए