[Show all top banners]

chanaa_tarkaari
Replies to this thread:

More by chanaa_tarkaari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

desert_rain
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रचण्डको खतरनाक आह्वान
[VIEWED 1835 TIMES]
SAVE! for ease of future access.
Posted on 07-02-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्डको खतरनाक आह्वान

आफूलाई खरो एकमात्र राष्ट्रवादी दाबी गर्दै आएका नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपालमाथि चीनले तत्काल ठूलै हस्तक्षेप गर्नुपर्ने बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामार्फत भएको यो सार्वजनिक आह्वानपश्चात् नेपाली माओवादीका कारणले चीन गम्भीर विवादमा तानिएको छ। यद्यपि यो आह्वानमा चीनको पनि सहमति छ कि छैन भन्ने ठहर गर्न चीन आफैंले नबोलुन्जेल मिल्दैन।

प्रचण्डको अभिव्यक्ति नेपाली राष्ट्रियता र अस्मितामाथि खतरनाक धावा हो। भोलि यसैगरी आफ्नो अभीष्ट प्राप्तिका लागि कसैले भारत र कसैले अमेरिका, कसैले चीन र कसैले अर्कैलाई हस्तक्षेपको खुला आमन्त्रण गरे भने परिस्थिति के हुन्छ?

प्रचण्डको अभिव्यक्तिबाट नेपाललाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको खेल बनाउने 'नेपाली' षड्यन्त्रको पर्दाफास भएको छ।

नेपालको राजनीतिक भविष्यको निर्धारण गर्न अर्को देशले हस्तक्षेप गरोस् भन्ने खुला निम्ता गरिएको सम्भवतः नेपालको यो पहिलो घटना हो। त्यसैले पनि प्रचण्डको भनाइलाई हल्का रूपमा लिन कसै गर्दा पनि मिल्दैन।

साभार :
http://weeklynepal.com/newsindex/columns/?npID=d3d9446802a44259755d38e6d163e820|5948&colID=a5bfc9e07964f8dddeb95fc584cd965d|5b4f&newsID=05a5cf06982ba7892ed2a6d38fe832d6|5a480101&pubDate=da7c257beecc6e749702ba3f88b156bf|5a4803074e401a5a4f

मेरो बिचार:

अनेकौ मोडमा भारतियहरुको इशारामा क्रियाशील भएका प्रचण्डले यो आह्वान पनि भारतियहरुकै इशारा बमोजिम गरेको हुनु पर्छ, ता कि यसबाट चीनको हस्तक्षेपको हाउगुजि देखाएर हाल नेपाल-भारत सिमामा तैनाथ भारतीय सैनिकलाइ भारतिय सुरक्षामा सुढृढ बनाएर नेपालमा सैनिक हस्तक्षेप गर्न सकियोस ।

खै के हो के, स्थिति जटील हुँदैछ ।
 
Posted on 07-02-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै पनि राष्ट्रको हस्तक्षेपको आह्वान गर्ने कुनै पनि मुलुक को राष्ट्र्बादि हुन सक्दैन।
मैले भन्दै आएको छु, नेपाली राजनीतिमा जे देखिन्छ त्यो होइन, जे देखिंदैन त्यो अन्दाज गर्न मुश्किल छ। भूमिगत रहदा सम्म प्रचण्डको भिमकाय ब्यक्तित्व थियो। पहिलो पल्ट भूमिगत अबस्थामै कान्तिपुर टेलिभिजनमा दिएकोर बी बी सी अन्तर्वार्ता सुने र देखे पछि लाग्यो- यो ब्यक्ति बन्दूक को नेता हो बिचार को होइन।
पटक पटक बिबादास्पद अभिब्यक्ति दिन माहिर् प्रचण्ड वाइ सी एल कै मात्र प्रेसिडेण्ट् बन्न सुहाउंछ र लोकतान्त्रिक नेपालको राष्ट्रपति बन्ने दिवास्वप्न पूरा गर्न दुष्ट छिमेकीहरु को गुहार खोजेको हुन सक्छ। जति सुकै बल गरे नि संबिधान सभाको निर्बाचनमा तेश्रो शक्ति पनि बन्न नसक्ने वास्तबिकता बुझे पछि असन्तुलित दिमागको बर्बराहट मात्र हो। अर्को कुरा, प्रचण्ड र तिनको पार्टिको माइ बाप को हुन त? शंकाको घेरामा तिनै थरि छन्। भारतको सदासयता, चिनको राजदूत माओबादि भेष मा ( यो कुरा सत्य हो भने)मा जंगल भ्रमण अनि एउटै उद्देश्य बोकेका( अझ बिरेन्द्र संग कार्यगत एकता भएका) दरबार्।
शंका तिनै तिर् भए नि ब्यक्तिगत रुपमा भन्नु पर्दा, एक जना बौद्धिक रुपमा दरिद्र तर आफू महान् हुं भन्ने भ्रममा बांचेको अर्ध पागल को अभिब्यक्ति हो, त्यसैले कुनै संबेदनशील वा खतराको सूचक मान्नु आबश्यक छैन। दरबार् ले अमेरिकी दूताबासको कर्मचारि को हत्या गरेर माओबादि को बदनाम गराउन षडयन्त्र गरेको ठोस सबूत छ भने जस्तै हो। सपनामा बाच्नेहरुले नौलो नेपाल् को सपना बेचि रहेछन्। किंकर्ब्यबिमुढ नेपाली जनता त्यहि सपना किनि राख्याछन्।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters