मैले पिरतिको माला नगुथेको त होइन तर मैले आफ्नो मायाको पारितोषिक पाउन भने कहिले सकिन!बारम्बार म सधै एउटै कुरा वोकली रहेको हुन्थे कि म तिमीलाई माया गर्छु भनेर! तर मेरो मायालाई डाढ भाँचिनि गरी हिर्काएर, मर्याक्मुर्क़ बटारेर उस्ले त कान्लाई कटाईदी! म जति जति नजिक हुन्थे उ त्यति त्यति पर हुन्थि मानुकि म एउटा सर्प जो उसलाई टोक्न अघि बढी रखेको थियो! मैले आफ्नु सारा जीवन उस्को लागि नाम सारि पनि त नगरदिएको होइन! तर यो मुटुमा राखेर उसलाई आखाँमा सजाउने सपनामा ठुलो लाठि चाजॅ भयो ! अन्तमा मेरा साथि एकान्त र पीडा भए! दुखको सागरमा तहिरिन खोज्दा म निकै पर उछिटीऍ! मेरो आकाँक्षा र अभिलाषा माथि ठुलो तुसारापात भयो! म यो भूमन्ड्ल्मा एक्लै परेँ ! निराशाको कालो बादलले मलाई ढाकी रह्यो मानुकि एउटा जनावर् ले आफ्नु बच्चा च्यापेको जस्तो!
तिम्रो न्यानो अँगालो भित्र बाँधिएर तिम्रो आँखाबाट सँसार हेर्ने सपना अधुरै रह्यो! यो मुटुमा बन्चरोले लाग्यो अनि म भुँईमा बजारिन पुगेँ! पिरतीको चोट बन्चरोको भन्दा गहिरो र पीडादायी हुन्छ! एउटा कुस्तीबाजले हिर्काएको भन्दा बढी ढुख्छ, अनि हरेक साँझ मेरो शरीरबाट छिरी मेरो मुटु छियाछिया बनाई निस्कन्छ! म लामो सास फेर्दै अलिकति जीउमा हलुका अनुभव गर्छु! तर मेरो नशा नशामा पुराना यादहरुले किल्ला गाडेर यसरी बसेका छन कि जसलाई हावा चल्दा पनि ढुख्छ ! यो मुटुको हरेक स्पन्दन आज उन्कै नाममा समर्पण गर्न चाहन्छु! मेरो सानो रचना उस्का यादहरुले ओत्प्रोत भएका छन्!
मुटु माझ हिउँ पर्यो केले मात्र म सेकिरहुँ!
कौशिक