[Show all top banners]

chanaa_tarkaari
Replies to this thread:

More by chanaa_tarkaari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

desert_rain
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 संविधान सभाका अनिवार्य सदस्यहरु ---
[VIEWED 5289 TIMES]
SAVE! for ease of future access.
Posted on 07-16-07 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपाल निर्माणको निमित्त संबिधान सभा नै मियो बन्ने कुरामा दुइमत नहोला । यतिखेर पनि संबिधान सभा होला वा नहोला भन्ने शंका कायमै छ । तर मुख्यकुरो संबिधान सभामा कस्ता कस्ता ब्यक्तिहरु हुन जरुरी छ भन्ने नै हो । निश्चित रुपमा राजनैतिक पार्टीका लौरो बोक्ने लठैतहरु चुनाव जित्न सिपालु हुन्छन तर तिनीहरु संबिधान सभामा गतीला योगदान दिन सक्ने नहोलान । राजनैतिक पार्टीका दिग्गज थिंक ट्याङ्कहरु चुनावि अन्तर्घातबाट पिडित भएर संविधान सभामा नअटाउने सम्भावना पनि रहन्छ । यसबाट हुनजाने क्षति भनेको गलत ब्यक्तिको हातमा डाडु पन्यु हुनु र पहिल्यै ध्वस्तप्राय नेपालको अझै बिनाश हुनु हो । समयमै सहि ब्यक्तिहरुको पहिचान हुनसके त्यस्तो दुर्घटनाबाट मुक्ति मिल्ला कि ? त्यसैले आउनुहोस तपाइले कसकसलाइ संविधान सभामा अनिवार्य देख्न चाहनुहुन्छ, नाम उल्लेख गर्नुहोस । संभव भए, किन उक्त ब्यक्ति तपाइको रोजाइमा पर्नु भयो त्यो पनि छोटकरीमा उल्लेख गर्नुहोस ।

हामीले यसरी सहि ब्यक्तिको मुल्याङकन गर्ने परिपाटी बसाल्न शुरु गर्दा शायद नेपालमा बसेर देशको सेवा गरीरहेका ब्यक्तिहरुलाइ केहि मात्रामा भए पनि नैतिक सहयोग पुग्ने आशा लिएको छु ।
 
Posted on 07-16-07 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1)NaraHari Acharaya
2) ManMohan Bhattrai
3) Pradip Giri
4)Dr Prakash Mahat
5) Dr Ram Saran mahat
6)Mahesh Acharaya
7) Dr Shanka Koirala
8)Shekhar Koirala
9) Krishna pd Situla
10) Nilambar Panta
11) Pradip nepal
12) Pradip gawali
13) Bal krishna Khad
14) Gagan Thapa
15) Daman nath dhungana
16) Surndra newwan
17) Subash Newang
18) Dr Mathura Shrestha
19) Krishna Pahadi
20) Purushottam Dahal
21) Jhalanath Khanal
22) Khimalal Devkota
23) Rabindra Adhikari
24) Yogesh Bhattrai
25) Dr Ram Baran Yadav
26) Bishnu Bahadur Manandhar
27)
 
Posted on 07-17-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिग्देल जि धन्यबाद, मेरो रोजाइका निम्न नामहरु प्रस्तुत गर्दछु । सकारात्मक योगदान दिन सक्ने संभावना भएता पनि यी ब्यक्तिहरु संविधानसभामा अटाउने संभावना कम देखेको छु । राम्रो संविधान बनाउन गतिलो योगदान दिन सक्ने यी हस्तिहरु संभवत: हालका श्री ८ को पहिलो रोजाइ नहोला कि शायद ।

कनक दिक्षित : पत्रकार तथा समाजशास्त्रका ज्ञाता
सिके लाल : सिचाइ इञ्जिनियर तथा राजनीतिक बिश्लेषक
खगेन्द्र संग्रौला : स्तम्भ लेखक तथा समसामयिक बिश्लेषक
श्याम श्रेष्ठ : बाम बुद्धिजिवि
मार्शल जुलुम शाक्य : कांग्रेस नेता
राकेश दयाल : मैथिल साहित्यकार तथा प्रशासक
हरिवंश झा : सामाजिक अध्ययता
कैलाशनाथ प्याकुरेल : कृषि बिशेषज्ञ
कर्ण शाक्य : पर्यटन ब्यवसायि
बिनोद चौधरी : ब्यापारी
रुप ज्योति : ब्यापारी तथा अर्थशास्त्री
मनमोहन सैजु : योजनाबिद तथा अर्थविद
पृथ्विराज लिगल : योजनाबिद तथा अर्थबिद
कृष्ण भट्टचन : समाजशास्त्री
केशव स्थापित : भु्पु मेयर
अरुण सायमि : मेडिकल डाक्टर तथा राजनीतिक बिश्लेषक
दमननाथ ढुँगाना : कानुनबिद
गोविन्द थापा : भुपु डिआइजि तथा विद्वान
गजेन्द्र लिम्बु : सैनिक सेवा
ऋषि बराल : माओबादि नेता
रविन्द्र श्रेष्ठ : बाम नेता

क्रमश:
 
Posted on 07-17-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-17-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना जी, तपाईंले उल्लेख गर्नु भएका कतिपय हस्तिहरुको सक्कली रुप अर्कै छन्। श्री ८ को रोजाईमा त पर्ला नै तर वास्तबिकता बुझ्नेहरुको लागि अपच हुने छन। जस्तो>
कर्ण शाक्य : पर्यटन ब्यवसायि- जति राम्रो सोच छ तिनको त्यति नै नराम्रो कालो इतिहास र बर्तमान छ। अहिले को क्लब हिमालय (नगरकोट्) नै तामाङहरुको चिहान मा बनाइेको छ। ग्यानेन्द्र र तिनका नातदार सङ मिलेर जबरजस्ति बनाइेको रेसोर्ट् हो त्यो। मतलब मैले भन्न खोजेको कुरा, उनको पुस्तक "सोच" जस्तो छबि सक्कलि होइन।

बिनोद चौधरी : ब्यापारी - नेपालको अर्थतन्त्र धाने जस्तो गरेर बिगार्ने धमिराको मैले के बयान गर्नु।

रुप ज्योति : ब्यापारी तथा अर्थशास्त्री- अर्थशास्त्री त होइन अर्था मास्नी छहि पक्कै हो। राजाको प्रत्य्क्ष साशनको वकालत मात्र गरेन, खासा ब्यापरमा एकलौटि नितिल्याएर बाकि ब्याप्रि मार्ने भाइ मारा पनि हो। बुट्वल् धागो जस्तो उद्योग घाटाम देखएर एडीबी समेतलाई डुबाउन सक्ने खुराफाट् दिमागको भण्डार् हो।

मोहन मान् सैजु : योजनाबिद तथा अर्थविद- योजना बिद भएको बे, पन्चायत कालको एकछत्र राजमा खै त देश र जनताको पक्षामा योजना कोरेका? राजा पोस्ने बाहेक केहि गर्यो तिनले?

कृष्ण भट्टचन : समाजशास्त्री - जाति जाति बिच फुट् ल्याएर राज गर्ने दिवस्वप्न बोकेका ब्यक्ति हुन्। संक्रमणकालमा भै राखेको अस्तब्यस्तलाई संबोधन गर्नु को साटो, जाति द्वेशमा घिउ थप्दै आगो सल्काउदै हिडेकाछन्।

केशव स्थापित : भु्पु मेयर- नेपाल् को इतिहासमा सबै भन्दा भ्रष्ट र फटाह राजनिति कर्मि खोज्नु पर्यो भने केशब हुन्। राजनैतिक बिसंगतिको चरम बिन्दु हुन्। पार्टिको सरकार् जोगाउन, ब्याप्रि सङ पैसा लिएको, सांसदहरुलाई रक्सि र लड्की सप्लाइ गरेको, बिमान् स्थलबाट् सुन तस्करी गरेको कुरा आफै स्विकारि सकेका छन्। राजाको तलुवा चाट्न आफुलाई मेयर बनाउने पार्टिलाई लात हानेका मात्र होइनन्, के के गरे भन्ने कुरा त ए माले समर्थक् मित्रहरुलाई थाह होला नै।

बाकी उल्लेखित नामहरुमा सबै जना कुनै न कुनै बाद र पार्टिको नजिकका ब्यक्तिहरु हुन। बौद्धिक क्षमतामा कमि छैनन्। सीके लाल चाहि सिचाई इन्जिनियर होइनन्, सडक बिभागमा जागिरे छन्।
 
Posted on 07-17-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai तपाइले उल्लेख गर्नु भए जस्तै नेपालमा मौकामा चौका नहानेका ब्यक्तिहरु, देखाउने र चपाउने दाँत फरकफरक नभएका ब्यक्तिहरु खोज्न सारै मुश्किल छ । हरकोहि पनि कुनै न कुनै राजनीतिक आग्रहको नजीक रहेको भान हुन्छ । दुधले धोएका ब्यक्तिहरु पाउन मुश्किल नै छ ।

निकट भविष्यमा करीब ५०० जनाको जम्बो संबिधानसभा बन्ने र त्यसैले देशको मुहार फेर्ने खाका कोर्ने कुरो आइरहेको बेलामा राजनैतिक पार्टीका लठैतहरु मात्रै उपस्थित हुने संबिधान सभा अनुपयुक्त होला कि भन्ने सोच हो । उदाहरणको लागि बर्तमान ब्यबस्थापिका संसद नै हेरौ, काँग्रेस, एमाले, माओबादीका ७३-७३, र अन्य सबैका गच्छे र चाहनाअनुसार सांसद उपस्थित भएता पनि तिनीहरुको भुमिका केहि पनि छैन । न त्यहाँ नयाँ कुरो आउछ, न त्यसले कुनै राजनीतिक निकास दिन्छ, त्यो ठाउँ फगत नाराबाजि गर्ने र बार्गेनको निम्ति बहिष्कारको घुर्कि लगाउने ठाउँमा परिणत भएको छ ।‍

तर समाजमा एक किसिमको छवि बनाइसकेका र नयाँ ढंगले बहसलाइ अगाडि बढाउन सघाउने वा नयाँ नेपालको खाका कस्तो हुनु पर्छ भन्ने बहसमा सक्रिय भाग लिन सक्ने केहि मानिसहरुको नाम सोच्दा सरसरति सम्झिएका नामहरु हुन ती । तिनिहरुको उपस्थिति र सहभागिताले संबिधान सभाको बहस बिबाद र निष्कर्षमा निश्चित रुपमा प्रभाव पर्ला कि भन्ने मात्र हो ।
 
Posted on 07-17-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि केही थपौ जस्तो लाग्यो
सिग्देल जि को मा अधिकान्स अहिले का 'पपुलिस्ट्' हरु मात्र छन ।
चना जि को मा धेरै समेटिएका विद्वान त देखिन्छ । अनि rahulvai को analysis राम्रो छ
माथि भने जस्तै ५०० जना को जम्बो मा काम भन्दा हल्ला मात्र धेरै हुन्छ अनि राम्रो बोल्नेको पनि कसैले सुन्दैन । आखिर मा अहिलेको जस्तै एउटा सन्यन्त्र बन्छ अनि त्यस्ले जे ल्यायो त्यसैलाई कसैले 'ताली' अनि कसैले 'गाली' ले समर्थन गर्ने मात्र हुन ।
s.sigdel जि को मा खै त ल्याउनु पर्ने कारण?
मैले जनेको मध्ये
कनक दिक्षित र खगेन्द्र सग्रौला अलि 'उग्र' नै छन । बोल्ने र गर्ने मा अलि फरक हुन्छ होला ।
सि के लाल पहिला iriigation engineer नै हुन तर सरकारी सेवा लाइ लात हानेर हिंडेका उनि अहिले लेख्ने तथा consultancy मा काम गर्छन ।(फेरि सरकारि सेवा तिर जालान् र?)
केशब स्थापित को केही कुरा नगरौ (धेरै थाहा भए पनि मेरो ethics अनुसार भन्न मिल्दैन होला) माथि भनेका सत्य त हुन नै तर उनि पपुलर हुनुमा 'राम्रा' गुण हरु पनि छन ।

र संबिधान भनेको त निती निर्माण हैन र? के पहिले को संबिधान पनि 'संसारकै उत्कृष्ट' भनेको हैन र? भिजन राम्रो भए सबै राम्रो हुन्छ होला
 
Posted on 07-17-07 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशको लागि मरिमेट्ने आदरणिय नया नेपालका मुर्धन्यहरुको बारेमा म मामुलिको एक सानो सुझाबले त के नै परिबर्तन ल्याउला र ? तर पनि सात समुन्द्रपारिको यो परदेशबाट मन नपर्ने एक उम्मेदवार श्री क्रिस्न भट्टचन को नाम् भने नलिउ होला । जतियेताको नाममा बिदेश चहारेर नेपाल् टुक्राउने नारा लिनु हुने लाइ म साधारण नेपालिले स्विकार्ने हैसियत राख्दिन। उहाले अ-मेरिका आयेर नेपाल आमाको नाम् जपेर भाइ टुक्राउन गर्नु भयेको "प्रयास" लाइ नजिक बाट सुन्ने साझाका प्रयोगकर्ता हरुजि लाइ नै थाहा होला । धन्याबाद् !!!
 
Posted on 07-17-07 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Honestly, Rahulvai lai Sajha.com ko representative me pathaunu paryo. Ani nagare Sajha.com hadtal, talabandi, spam pathaune ho ki? hamro mag pura garna?
 
Posted on 07-17-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सि के लाल पहिला iriigation engineer नै हुन.

Nope. He was in Highway / road department. A friend of mine who worked with CK Lal ji in Road Department told the fact.

500 MPs? What will they do? Salary, and what else? Taxi fare? Housing? Bhraman Bhatta? Sala lai personal assitance ko job govt. fund ma. Hooting! A worthless CA, indeed. US being such a large country, still the house reps hardly make any news. Can you find 500 real honest intelligent people worth to enter parliament? I bet.

It is going to be a real mess.


 
Posted on 07-17-07 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, It is going to be a real mess.

That's why I am less hopeful with the CA. However, I have a little hope that if a bunch of people who dare to disobey party whips and speak out something useful to make a difference, then CA would layout some important milestone to make Nepal better.
 
Posted on 07-18-07 1:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is nice and good thread !!! Guys Please write few words for Chana and for all of us, cheers
 
Posted on 07-18-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-18-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनाजी,
यो घोर कलियुगमा दुधले धोएको खोज्नु नै हास्यस्पद हुन्छ भने भेटिनु आठौं अश्चर्य हुने छ। ( दुधमा फोहर् पानी मिसिएको हुन्छ क्या र)।
तर पनि उपलब्धहरु मध्येबाट् काम लाग्नेहरु छान्ने न हो। दोहोरो छबि भएका, नाकै थुन्नु पर्ने गरी गन्हाएका नव:दुकु हरुलाई स्थान दिनु पर्छ जस्तो लाग्छ। अर्को कुरा जति प्रचारमा आए नि नेता भनेका चोर् फटाह डाका, औठा छाप, बिबेकहिन आदि इत्यादि कुरा पनि अतिरंजित मात्र हुन। सबै नेता मा सबै बिशेषण उपयुक्त हुदैन र सबैमा आदर्श सदगुणहरु छन्।
हजारौं पटक, गिरिजाल्को पुत्ला जलाए, तालुखुले गिरिजा भारत् तिर् फिरिजा भने, हवल्दार त स्थयी जागिर् नै भए। तर पनि आज गिरिजाको उपस्थिति मात्र पनि सन्तुलनको बिन्दु भएको छ। पार्टिहरुमा भ्रष्ट्रहरुको बोलवाल भए , पक्कै पनि हो। तिनको उपस्थिति र चुरुफुरि दिगो हुन सक्दैन। सबै पार्टिमा स्पष्ट भिजन भएका, सिद्धान्तनिष्ठ राजनैतिक दर्शनका ज्ञाता र वाख्याताह्रु छन्।
त्यस्ता ब्यक्तिहरुलाई मात्र अघि ल्याएमा पनि नागरिक समाज, ब्यापारिक समाज बौदिक समाज कहिं बाट् पनि संबिधान सभामा आयात गर्नु पर्ने छैनन् जस्तो छ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters