[Show all top banners]

nevermind

More by nevermind
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकी सैन्य चलखेलको रहस्य
[VIEWED 1656 TIMES]
SAVE! for ease of future access.
Posted on 08-01-07 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकी सैन्य चलखेलको रहस्य

[ 2064-4-16 ]

राजेन्द्र महर्जन
विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र संसारका आर्थिक-राजनीतिक-सैनिक शक्तिहरूमा सबैभन्दा बेसी बलियो मुलुक ! सैन्य क्षेत्रमा सबैभन्दा बेसी लगानी गर्ने र अन्तर्रर्ााट्रय हातहतियार बिक्री गर्ने कार्यमा अग्रणी देश ! यो पृथ्वी र यहाँका अर्बौं जनतालाई कैयौंपटक खरानी पार्न सक्ने हातहतियारले लैश महाशक्ति राष्ट्र !

कुनचाहिँ हो त्यस्तो राष्ट्र - हो, अमेरिका; जसले सन् १९४५ देखियता आफ्नो सैन्य-शक्तिलाई दर्ुइ-चारवटा मुलुकमा बाहेक र्सवत्र तैनाथ गर्ने, त्यसमार्फ हस्तक्षेप र चलखेल गर्ने कार्यलाई ७० प्रतिशतको दरले बढाएको छ, जसले आफ्नो गुप्तचर संस्था सिआइएमार्फ अनगिन्ती सङ्ख्यामा व्रि्रोह-प्रतिव्रि्रोहका अभियान सञ्चालन गरी विश्वका अधिकांश मुलुकमा सरकार फर्ेर्ने र स्थापित गरिराख्ने कार्य गर्दै आइरहेको छ, जसले सैनिक सहयोग, हातहतियारको बिक्री, सैनिक प्रशिक्षण र आर्थिक सहयोग दिने नाममा सैनिक हस्तक्षेप र चलखेलको क्रमलाई र्सवव्यापी बनाउँदै आइरहेको छ ।

सन् १९९० सम्म विश्वभरि सैन्य-शक्तिको विस्तार र हस्तक्षेपका लागि अनि स्वदेशी सैनिक उद्योगको हातहतियारको नाफादायक व्यापारका लागि अमेरिकासँग सोभियतसङ्घको 'साम्यवादको विनाश' गर्ने निहुँ र नारा थियो । सोभियतसङ्घको विघटनपछि साम्यवादसँगको शीत-युद्ध समाप्तिको घोषणा भएपछि उसले 'शीत-शान्ति' कालमा अनेकौं नयाँ-नयाँ निहुँ र नाराको खोज र प्रयोग गर्दै आइरहेको छ । उसले लागूपदार्थविरोधी युद्ध, मानवीयतापर्ूण्ा हस्तक्षेप, प्रजातन्त्रको स्थापनाजस्ता नारा प्रयोग गरिसकेको छ । केही समयअगाडिसम्म उसले इस्लाम र चिनियाँ सभ्यताविरुद्ध पश्चिमी 'सभ्यताको युद्ध' र 'दुष्ट राज्यविरोधी कारबाही'को निहुँ र नारा आविष्कार गरिसकेको छ र अहिले उसले साम्यवादविरोधी सङ्र्घष्ाजत्तिकै प्रभावशाली नारा आविष्कार गरेको छ ः 'आतङ्कवादविरोधी युद्ध !'

'मास्क्स अफ इम्पाएर' पुस्तकका अनुसार अमेरिकी साम्राज्यसँग आफ्नो युद्धलाई न्यायोचित ठहर्‍याउने छवटा नाराहरू छन् ः -१) आतङ्कवादविरोधी युद्ध -२) दुष्टहरूको हातमा आम संहारकारी अस्त्र -३) असफल राष्ट्र -४) मानवीय हस्तक्षेप -५) प्रजातन्त्रको नाममा शासन परिवर्तन र, -६) लागूपदार्थर् विरोधी युद्ध ।

यीमध्ये चाहे जस्तोसुकै निहँु र नारामा थोपरिएको युद्ध वा सङ्र्घष्ा किन नहोस्, ती सबैबाट अमेरिकाका लागि फाइदै-फाइदामात्रै छ । विश्वमाथि प्रभुत्व जमाउन र आफ्ना एकाधिकारी पुँजीपतिहरूको नाफा सुरक्षित गरी दुवै हातमा लड्डु नहुने भए उसले किन युद्धमाथि युद्ध छेड्दै बस्छ - नाजीवादी हिटलरको उत्थानका लागि लगानी गर्ने, दोस्रो विश्वयुद्धमा हिटलरसँग शस्त्रास्त्रको व्यापार गर्नेदेखि लिएर इस्लामिक उग्रवादी ओसामा बिन-लादेन र उनको परिवारसँगसमेत युद्धास्त्र र तेलको कारोबारमा साझेदारीमा समेत संलग्न राष्ट्रपति बुसको परिवारको व्यापारिक साम्राज्य पनि युद्धबिना नचल्ने स्थितिमा अफगानिस्तानदेखि फिलिपिन्ससम्म, इराकदेखि नेपालसम्म युद्धको विस्तार हुनुमा कुनै आर्श्चर्य र रहस्य देखिँदैन ।

खसोखास भन्ने हो भने अमेरिका युद्धबिना बाँच्नैसक्दैन, किनकि ऊ युद्धलाई आफ्नो अक्सिजन ठान्ने साम्राज्य हो । युद्ध, सङ्र्घष्ा, हस्तक्षेप, हतियार बिक्री, सैन्य प्रशिक्षण, काउन्टर इमर्जेन्सी अपरेसन आदि जुनसुकै कामबाट पनि नाफा र प्रभुत्वको फाइदा नभएको भए ऊ विश्वको एक नम्बरको साम्राज्य बन्नैसक्दैन । केही वर्षअगाडिदेखि आर्थिक मन्दीग्रस्त अमेरिकी अर्थतन्त्रलाई ११ सेप्टेम्बरको आक्रमणपछिका प्रत्याक्रमण र आतङ्कवादविरोधी विश्वव्यापी युद्धले कति खर्ब डलरको अक्सिजन प्रदान गर्दैछ भन्ने कुरा बुझन युद्ध-प्रतियुद्धबाट आर्थिक रूपमा फाइदा नै फाइदा हुन्छ भन्ने 'वाल स्ट्रीट जर्नल' अखबारका पाना पल्टाए पुग्छ । तर सोही युद्ध नै विश्वका जनताका लागि थप हिंस्रक युद्ध र आतङ्कवादको कारक बनेको छ, जसले विनाशबाहेक केही निम्त्याएको छैन । 'मदर जोन्स' पत्रिकाका लागि न्युयोर्क युनिभर्सिटी फाउण्डेसनको सेन्टर अन ल एण्ड सेक्युरिटीले अमेरिकामा गरेको अध्ययनअनुसार सेप्टेम्बर २००१ ः मार्च २००३ देखिः सेप्टेम्बर २००६ का बीचमा आतङ्कवादी घटनामा ६०७ प्रतिशत वृद्धि भएको छ ।

आतङ्कविरुद्ध चलाइएको प्रतिआतङ्कको बाढीमा मोती टिपिरहेको अमेरिकाले 'आतङ्कवादविरोधी युद्ध'लाई अफगानिस्तानबाट इराक र फिलिपिन्ससम्म फैलाइसकेको छ । उसले इराकमा आफ्ना डेढ लाख सैनिकहरू तैनाथ गर्दै इराकी जनताविरुद्ध युद्ध सञ्चालन गरिरहेको छ । युद्धमा छ लाख पचास हजार इराकी नागरिकहरूको हत्या गरिसकेको छ भने आफ्ना तीन हजार सेनाको बलि दिइसकेको छ । अब त इराकमा दक्षिण कोरिया जस्तै ठूलो सङ्ख्यामा स्थायी अमेरिकी सैनिक अखडा निर्माण गर्ने घोषणा बुस प्रशासनले मे महिनामा गरिसकेको छ । अमेरिकी पत्रिका 'मन्थ्ली रिभ्यू'को जुलाई अङ्कको सम्पादकीयअनुसार अमेरिकी सैनिक हस्तक्षेपको उद्देश्य होः इराक र इराकी तेलमा एकाधिकार कायम गर्नु, आफ्नो हुकुम नस्वीकार्ने इराकलाई हाँक दिनु अनि पश्चिम एसियामा आफ्नो भू-राजनीतिक प्रभुत्व कायम गर्नु ।

यस्तै स्वार्थवश मौकामा आफ्नो भूतपर्ूव प्रतिद्वन्द्वी सोभियतसङ्घका अधिकांश राष्ट्रमा अमेरिकाले आफ्नो सैनिक अखडा र सैनिक हस्तक्षेपलाई विस्तार गरिसकेको छ । र्'वर्कर्स वर्ल्ड'का अनुसार मध्य र दक्षिण एसियासँगै ककेसस क्षेत्रका अफगानिस्तान, अजरबैजान, जर्जिया, कजाखस्तान, किर्घिजिस्तान, पाकिस्तान, ताजिकिस्तान, तर्ुकमेनिस्तान, उज्बेकिस्तान र उक्रेनमा उसको सैनिक उपस्थिति छ । कहीँ अखडाको निर्माणद्वारा, कहीँ सैनिक प्रशिक्षण र आर्थिक सहयोगद्वारा, कहीँ संयुक्त युद्ध अभ्यासद्वारा उसले गरिरहेको आफ्नो प्रभुत्वको विस्तार नेपालसम्म पनि फैलाउन थालेको देखिन्छ ।

ज्ञातव्य छ, अमेरिकाको 'काउन्सिल अन फरेन रिलेसन्स'का रिचर्ड बटलरले अफगानिस्तानमा चलाइएको आतङ्कवादविरोधी युद्धको सफलताले मध्य-एसियाली तेल र ग्यासको पाइपलाइन अफगानिस्तान हुँदै पाकिस्तानसम्म ल्याउन पहिलोपटक राजनीतिक रूपमा सम्भव भएको खुसी व्यक्त गरेको पक्षलाई कसैले नजरअन्दाज गर्न मिल्दैन । त्यसको केही समयपछि तालिबान सरकार बनाउन र त्यसैलाई ध्वस्त पार्न आफूलाई ठूलो सहयोग गर्ने तेल र ग्याससम्बन्धी अमेरिकी बहुराष्ट्रिय कम्पनी 'उनोकल'का सल्लाहकार जाल्मय खलिलजादलाई नै अमेरिकाले पहिले अफगानिस्तानका लागि र पछि इराकका लागि विशेषदूत नियुक्त गरेको सर्न्दर्भले उसको स्वार्थ अक्टोपसीय शैलीमा भएको फैलावटतिरै स्पष्ट सङ्केत गरिरहेको छ । युनिकम कर्पोरेसन नामक बहुराष्ट्रिय कम्पनीका पर्ूवर्-कर्मचारी हमिद कारजाईको नेतृत्वमा अफगानिस्तानमा आफ्नो कठपुतली सरकार र सैनिक अखडा निर्माण एवं विस्तार गर्न पूरै सफल भएपछि अमेरिकाको गिद्देदृष्टि नेपाल र चीनतिर गाडिएको छ ।

'इकोनोमिक एण्ड पोलिटकल विक्ली'मा जोन मेजले लेखेका छन्, सन् १९४७ देखि विस्तारै नेपाल पस्न थालेको अमेरिकाले वीरेन्द्रको वंशनाश र ज्ञानेन्द्रको सत्तारोहणसँगै सैनिक हस्तक्षेपमा वृद्धि गरेको पाइन्छ । अफगानिस्तानमा सोभियतसङ्घविरुद्ध मुजाहिद्दीन र तालिबान व्रि्रोहीहरू सङ्गठित गर्नमा लागिपरेकी सिआईएका अधिकारी क्रिस्टिना रोक्का सन् २००१ मा अमेरिकी सहायक विदेशमन्त्री भएपछि यो हस्तक्षेप झनै वृद्धि भएको हो । विदेशमन्त्री कोलिन पावेल र उनका सहयोगी क्रिस्टिना रोक्कादेखि अमेरिकी राजदूतहरू र युएस मरिन कर्पस्का कर्नेलहरूसमेत नेपाली ब्यारेक-ब्यारेक चहार्ने, शाही सेनालाई नेपालदेखि अमेरिकासम्म फौजी प्रशिक्षण दिने, सेनालाई करोडौं डलरको आर्थिक सहयोग र हातहतियार र बन्दोवस्तीका सामान दिने हदसम्म यो हस्तक्षेपको विकास भयो, अनेक निहुँ र नारामा ।

नेपालमा थालिएको हस्तक्षेपलाई न्यायोचित ठहर्‍याउने क्रममा अमेरिकाले चीन र माओवादीको सर्न्दर्भसँग जोडेर हर्ेदा 'साम्यवादविरोधी सङ्र्घष्ा'देखि 'आतङ्कवादविरोधी युद्ध'को सम्मिलित निहुँ र नारा एकसाथ पाएको छ । सैनिक शक्तिको बलमा प्रजातन्त्र मास्ने राजालाई 'प्रजातन्त्रवादी' देख्ने र माओवादीलाई 'आतङ्ककारी' मान्ने क्रिस्टिना रोक्का 'स्वतन्त्र तिब्बत'का ठूला र्समर्थक तथा चीनका कट्टर विरोधीको रूपमा चर्चित कन्सासका दक्षिणपन्थी सांसद ब्राउनब्याकका कानुनी सल्लाहकारसमेत रहेको तथ्यबाट नेपाल र चीनबारे गोप्य अमेरिकी नीतिको रहस्य खुल्न सक्छ ।
जुनसुकै निहुँ र नारामा युद्ध थोपरिएको भएपनि, सैनिक हस्तक्षेप र चलखेलको क्रमलाई बढाइएको भए पनि अमेरिकाको नियत र व्यवहार अरू देशको विकास र लोकतन्त्रको सुदृढीकरणभन्दा कोसौं-कोस टाढा छन् । यो तथ्य नेपालको शान्ति-प्रक्रियामाथि भाँजो हाली देशलाई पुनः गृहयुद्धको भुमरीमा फर्काउन अमेरिकाका एकसेएक राजदूतहरू मालिनोभ्स्कीदेखि मोरियार्टर्ीीमले खेलेका आचरणबाट र्छलङ्ग हुँदै आएको छ । यहाँका स्रोत-साधन र बजार लुट्ने अमेरिकी औद्योगिक-सैनिक प्रतिष्ठानहरूको नाफादायी स्वार्थ र रणनीतिक लक्ष्यभन्दा माथि उठेर अमेरिकाले सैन्य-प्रशिक्षण, हातहतियार र बन्दोबस्तीका सामान तथा आर्थिक सहायता दिएको हो भनी कल्पना गर्नु भनेको सुस्त मनःस्थितिको सङ्केतबाहेक अरू केही हुन सक्दैन ।

अतः अनेकखाले निहित स्वार्थसहित प्रमुख प्रतिद्वन्द्वी चीनलाई चारैदिशाबाट घेराउ गर्ने र विभाजित गर्ने बृहत् रणनीतिअर्न्तर्गत नेपालको भू-स्थिति र भू-राजनीतिक अवस्थालाई दुरुपयोग गर्न अमेरिकाले अत्यधिक रूपमा हस्तक्षेपकारी कार्यलाई तीव्रता दिइरहेको छैन भनी कसरी भन्न सकिन्छ - अन्यथा, ठूलो सङ्ख्यामा 'मरिन कोर' नामक अमेरिकी सेनासहित २२ सय स्टाफ रहने गरी काठमाडौंमा विशाल राजदूतावास बनाइनुको अर्काे रहस्य के होला त - अन्यथा, नेसनल इन्टेलिजेन्स काउन्सिलकी दक्षिण एसिया हर्ेने प्रभावशाली इन्टेलिजेन्स अफिसर र पाकिस्तानका लागि राजदूत रहिसकेकी उच्च कूटनीतिज्ञ नान्सी पावेललाई मोरियार्टर्ीी उत्तराधिकारीका रूपमा काठमाडौं पठाइनुको अर्काे के कारण होला


Source: http://www.gorkhapatra.org.np/content.php?nid=24186
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters