[Show all top banners]

xcopsgen
Replies to this thread:

More by xcopsgen
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Disaster Strikes ...........................
[VIEWED 6168 TIMES]
SAVE! for ease of future access.
Posted on 08-09-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Appeal for Flood Relief

Sajha.com , Help Nepal Network and Nepalese Society Texas join hands to raise funds for flood relief.

The floods that wash away villages, villagers and destroy so many lives in Nepal are neither unprecedented nor unlikely to happen again. This year, the heavy rainfall has affected almost half of our country – 47 districts in total with some 330,000 people have been affected. Banke, Sunsari, Mahottari, Sarlahi, Rautahat, Parsa, Bardiya, Saptari, Dhanusha, Jhapa and Morang are the most heavily affected. According to the Red Cross, 422 people have been killed and 173 are missing. The food and water supply have been severely disrupted and the contagious diseases are spreading fast.

Please help!


DONATE HERE: https://secure.groundspring.org/dn/index.php?aid=5012. Your donations are tax deductible.

Health Care Nepal has pledged $5,000 to HeNN in response to this appeal. Please spread the word to friends and families, organizations and companies. The need is tremendous .

Thank You.

Sajha.com and Help Nepal Network
 
Posted on 08-09-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्त्रीहरूद्धारा बाढीग्रस्त क्षेत्रको भ्रमण


हिमाल अनलाइन

काठमाडौं ।, 2064-04-21

अविरल वर्षाले डुबानमा परेको दुई सातापछि सरकारका दुई मन्त्रीले आइतबार उद्धार र राहतको स्थिति बुझ्न बाँके र बर्दियाको भ्रमण गरेका छन् । भ्रमणका लागि उनीहरूले छुट्टाछुट्टै हेलिकप्टर प्रयोग गरे । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेल बिहानै फिस्टेल एयरको हेलिकप्टरबाट नेपालगन्ज आइपुगेका थिए । उनी भेरी अञ्चल अस्पताल निरीक्षण गरेर बाढीग्रस्त क्षेत्रको भ्रमणमा निस्केको दुई घन्टापछि गृहमन्त्री कृष्णप्रसाद सिटौला सेनाको हेलिकप्टरमा आएका हुन् । भ्रमणमा उनीसँगै बाँके र बर्दियाका एक दर्जनभन्दा बढी सांसदसमेत थिए । 'म छुट्टै कार्यक्रममा आएको हुँ,' स्वास्थ्यमन्त्री पोखरेलले भने- 'गृहमन्त्री आउने कुरा मैले यहीँ आएर थाहा पाएँ । उनी स्वास्थ्य अधिकारीसहित बाढीग्रस्त क्षेत्रको भ्रमणमा छन् । बाढी प्रभावित क्षेत्रमा सरकारी स्थलगत निरीक्षण ढिलो भएको स्विकार्दै उनले भने- संयोजन हुन सकेन । भइदिएको भए राम्रो हुन्थ्यो ।' एउटै हेलिकप्टरबाट आउन सक्नेमा दुइटा प्रयोग गर्दा यातायात खर्च भने दोब्बर भएको छ । दुवै मन्त्रीको टोलीले बाढीग्रस्त गाउँमा पीडितलाई भने कुनै सहयोग गरेन । गृहमन्त्री सिटौलाले भने दोहोरो खर्चलाई दुरुपयोग भन्न नमिल्ने बताए । उनले सञ्चारकर्मीहरूसँग भने- 'यो दुरुपयोग होइन । स्वास्थ्य टोलीलाई प्राथमिकता दिइएको हो ।' बाँकेमा बाढीले ६ हजार ९ सय ८० परिवार प्रभावित भएका छन् । ५ सय ५१ घर भत्केका छन् भने १ हजार ३ सय ५० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताए । यसैबीच गृहमन्त्रीसँगै आएका विधायकहरूले दक्षिणपूर्वी बाँकेको डुबान समस्या समाधान गर्न भारतद्वारा सीमा क्षेत्रमा निर्मित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध भत्काउन सरकारले स्पष्ट नीति लिनुपर्ने बताएका छन् । दैवी प्रकोप उद्धार समितिका तर्फबाट टोलीलाई डुबानबारे जानकारी गराएपछि विधायकहरूले डुबान समस्याको स्थायी समाधानका लागि लक्ष्मणपुर बाँध र तटबन्ध भत्काउनुको विकल्प नभएको बताए । 'बाँकेको डुबान समस्या मानव निर्मित हो । सरकारले बाँध भत्काउने अडान लिनैपर्छ,' एमाले नेता वामदेव गौतमले भने- 'भारतले नभत्काए अन्तर्राष्ट्रिय अदालत जानुपर्छ ।' उनले बाँध तथा तटबन्धले पुगेको क्षतिपूर्तिसमेत भारतले दिनुपर्ने बताउँदै त्यस्तो मागमा भारतीय जनताले समेत साथ दिने विश्वास व्यक्त गरे । माओवादी नेतृ पूणर्ा सुवेदीले गौतमको भनाइमा सहमति जनाइन् । कांग्रेस उपसभापति कोइरालाले परराष्ट्र मन्त्रालयमार्फत सरकारले गम्भीरतासाथ डुबान समस्याबारे कुरा उठाउनुपर्ने बताए ।
 
Posted on 08-09-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think, all the Nepalese and communities need to be proactive, in given disatrous and dismal situation back home.

Please copy and paste the appeal and send it to as many people as you want.

Make sure you print the receipt after the donations for you tax purposes.
Last edited: 09-Aug-07 10:57 AM

 
Posted on 08-09-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-09-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

As of 5th August

 
Posted on 08-09-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What are the SPAM warlords, their family and friends, and their cadres and comrades doing?

Girija bastard is running around naked in town wearing expensing cloths and cars along with terrorist PKD and Baburam and Madhav Nepal. Fu(((krs.
 
Posted on 08-09-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

binoda

Lets concentrate on doing our part !!

have you donated yet ?? don't forget to print the receipt for your tax purposes. Its Tax exempted.
 
Posted on 08-09-07 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

from the cartoon world

 
Posted on 08-10-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What are the fu*king ministers doing? what the fu*k government doing about it? They probably sipping tea in the office and sitting on this big stack of cash they got it as donation from different countries. Third world the poorest begger...shitty heads
they are not doing any shit about thing.
fu*king as*holes. Eat shit and die you piece of meat with the shit.....
 
Posted on 08-10-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I read in news that two ministers visited the affected areas separately for inspection by a helicopter; and that is just for the purpose of inspection. Had they gone to visit the area in the same helicopter, they could have saved thousands of rupees which could be of great use for these affected people.
 
Posted on 08-12-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निरीक्षण भ्रमणको राजनीति

बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणमा राजनीतिक उद्देश्य बढी

जनक नेपाल/नेपालगन्ज

गत वर्ष भदौ १३ गतेझँै यस वर्ष साउन २० गते पनि गृहमन्त्री कृष्णप्रसाद सिटौलाले बाँकेका बाढीपीडितसँग एउटै भनाइ दोहोर्‍याए, "सरकार डुबान समस्याप्रति गम्भीर छ । भारतसँग कूटनीतिक पहल र समझदारीबाट समस्या समाधान गर्छौं ।" बितेको एक वर्षमा डुबान समस्या समाधान गर्न सिन्को नभाँचेको सरकारका मन्त्रीलाई पीडितले पत्याउने कुरै थिएन । गङ्गापुरमा उनले त्यसको ठाडो जवाफ पाए । गाउँलेहरूले एकै स्वरमा बर्सेनि हेलिकप्टर चढेर आश्वासन बाँड्न आएको भन्दै अब यस्ता कुरा नसुन्ने जवाफ दिए ।

डुबानको १५ दिनपछि बाँके र बर्दियाका ११ विधायकहरूसहित गृहमन्त्री सिटौला सेनाको एमआई-१७ हेलिकप्टर चढेर बाढी प्रभावित क्षेत्र निरीक्षणमा थिए । त्यसैदिन केही घन्टाको फरकमा स्वास्थ्यमन्त्री गिररिाजमणि पोखरेल अर्कै हेलिकप्टरबाट प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किएका थिए । उनी २१ सीट क्षमताको सैनिक हेलिकप्टरमा गृहमन्त्रीसँगै किन आएनन् ? गृहमन्त्री सिटौलाले भने, "एउटै हेलिकप्टरमा अटिएन । त्यसैले स्वास्थ्यमन्त्री छुट्टै हेलिकप्टरमा आउनुभएको हो ।" स्वास्थ्यमन्त्री पोखरेलले भने समन्वय नहुँदा निरीक्षण उडानमा अनावश्यक खर्च बढेको स्वीकारे । नेपालगन्ज अाइपुगेपछि मात्र आफूले गृहमन्त्रीको टोली आउने थाहा पाएको उनको भनाइ थियो ।

जतिबेला साँच्चिकै हवाई उद्धार र राहत खाँचो थियो, त्यसबेला न नेताहरू देखिए, न त हेलिकप्टरै उपलब्ध भयो । राप्तीपार िबाँकेका गाउँहरूमा भएको डुबानबारे तीन दिनसम्म प्रहरी-प्रशासन बेखबर भएपछि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम -यूएनडीपी) मार्फत 'अनमिन' को हेलिकप्टरबाट हवाई निरीक्षण गरएिको थियो । दुई दिनपछि श्रीएयरको हेलिकप्टरबाट सेना, प्रहरी र रेडक्रस कार्यकर्ता 'ड्राइफुड' लगायतका राहत वितरण गर्न गएका थिए ।

गृहमन्त्रीको निरीक्षण भ्रमण भने बेग्लै हो । काङ्ग्रेस उपसभापति सुशील कोइरालाको आग्रह टार्न नसकेर उनले बाँके र बर्दियाको निरीक्षण भ्रमण कार्यक्रम राखेको स्रोतको दाबी छ । किनभने, चुनावको मुखमा सहानुभूति र आश्वासनकै लागि पनि कोइराला निर्वाचन क्षेत्र घुम्न चाहन्थे । डुबान सुरु हुँदा साउनको पहिलो साता उनी नेपालगन्जमै थिए । भारतीय लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले बर्सेनि डुबान समस्या भोग्दै आएको होलिया पुग्दा बाढीपीडित उनीमाथि नराम्ररी खनिए । चुनाव क्षेत्रका बाढीपीडित मतदाताको आक्रोश राम्रैसँग अनुभव गरेका कोइरालाले गृहमन्त्रीलाई दबाबपूर्ण आग्रह गरेर बाढीग्रस्त क्षेत्र निरीक्षणको कार्यक्रम बनेको हो । बाढीबाट राजनीतिक फाइदा एमाले नेता वामदेव गौतमसहित बाँके र बर्दियाका काङ्ग्रेस तथा माओवादीका अरू विधायकले पनि उठाए ।

बाढीको निहुँमा राजनीतिक सहानुभूति बटुल्ने यो पहिलो अभ्यास भने होइन । सिङ्गो तराई र दक्षिण-पूर्वी बाँकेमा २०५५ सालयता एकाध वर्षबाहेक बर्सेनिजसो यस्ता डुबान निरीक्षण हुँदै आएका छन् । "बाढी नआउँदासम्म सरकारलाई चासो हुन्न । उद्धार र राहतमा पनि उतिसारो ध्यान दिन्न । डुबानपछि हेलिकप्टर निरीक्षण भने सधँै हुन्छ," लक्ष्मणपुर बाँध तथा तटबन्धबाट उत्पन्न डुबान समस्या समाधान र राप्ती नदी कटान नियन्त्रणका लागि गठित सङ्घर्ष समितिका अध्यक्ष रामफेरन गुप्ता भन्छन्, "तत्काल उद्धार र राहतका लागि मन्त्रीहरूको सक्रियता राम्रै हुन्छ, तर पानी सुकिसकेपछि फजुल खर्च गर्ने उडान राजनीतिबाहेक अरू केही होइन ।"

गत वर्ष भदौ ११ गते अछामको खत्याडमा गएको पहिरोको क्षति हेर्न गृहमन्त्री र काङ्ग्रेस सांसदहरू १३ गते त्यहाँ पुगे । त्यसैदिन बर्दिया र भोलीपल्ट बिहानै बाँकेका डुबान प्रभावित गाउँको निरीक्षणपछि गृहमन्त्री सिटौलाले भनेका थिए, "अर्को वर्षसम्ममा बाँकेको डुबान समस्या समाधान हुन्छ । " उनले अछाम र बाँकेका बाढी-पहिरो पीडितलाई राहत दिने र बस्ती सार्न सरकारले सघाउने आश्वासन पनि दिएका थिए । तर, केही भएन । नेपालगन्ज विमानस्थलमा यसपटक पत्रकारले त्यही प्रश्न उठाए । प्रतिउत्तरमा उनले फिस्स हाँसेर भने, "मैले कहाँ त्यस्तो भनेको थिएँ र ?"

त्यसबेला नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाको विशेष आग्रहमा उनकी सासू एवम् राप्रपा नेतृ प्रतिभा राणा पनि निरीक्षण टोलीमा थिइन् । त्यतिखेर राप्रपा नेतृलाई ल्याएको भन्दै काङ्ग्रेस कार्यकर्ताहरूले गृहमन्त्रीको खुलेरै आलोचना गरेका थिए ।

बाढीपहिरोको संवेदनाभित्रको राजनीति गत वर्षको भदौ १६ गते अझ प्रस्ट देखिएको थियो । गृहमन्त्रीले काङ्ग्रेस सांसदहरूलाई मात्र अछामको पहिरो प्रभावित गाउँ पुर्‍याएपछि एमाले नेता भीम रावलले आफ्नो चुनाव क्षेत्र प्रभावित भएको ठाने सायद । त्यसैले, उनले तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीलाई आग्रह गरेर प्रभावित क्षेत्रको हवाई निरीक्षण गरी फर्केका थिए । उनीहरूले पीडितकहाँ पुर्‍याएको राहत सामग्रीको तुलनामा उडान खर्च धेरै रहेको स्रोतको दाबी छ ।

यसै वर्ष पनि बाढीको निहुँमा चुनाव क्षेत्र पुग्नेहरू धेरै देखिए । रौतहटमा बाढीको क्षति बुझ्न साउन १६ गते एमाले महासचिव माधवकुमार नेपाल हेलिकप्टर चढे भने सद्भावना नेता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो र माओवादी नेता वनमन्त्री मातृकाप्रसाद यादव सर्लाही पुगे । माओवादी नेता दीनानाथ शर्मालगायतका त्यस क्षेत्रका विधायकहरू असार ३० गते हेलिकप्टर चढेर बाग्लुङको ग्वालिचौरमा पहिरोले पुर्‍याएको क्षति निरीक्षणका लागि पुगेका थिए ।

स्वास्थ्यमन्त्री पोखरेल र स्वास्थ्य सेवा विभागका महानिर्देशक गोविन्दप्रसाद ओझाले जनस्वास्थ्य क्षेत्रीय निर्देशक र वरष्िठ अधिकृतलाई डुबान प्रभावित क्षेत्रमा महामारी रोग फैलिन नदिन सावधानी अपनाउन निर्देशन दिए । बाँकेको राप्तीपारकिो प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार डाक्टर, नर्स र अहेब रत्तिm रहेकाले तत्काल पठाउन जिल्ला जनस्वास्थ्यले माग गरेको छ । "औषधि, दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र विशेषज्ञ प्राविधिकको माग गरेका छौँ," वरष्िठ जनस्वास्थ्य अधिकृत केहरसिंह गोदारले भने, "आश्वासन पाएका छौँ ।" त्यही आश्वासनबाहेक स्वास्थ्यमन्त्रीको भ्रमणको कुनै औचित्य देखिएन । किनभने, न त्यसबारे विस्तृत छलफल भयो, न त कुनै योजना लिएर नै उनी आएका थिए । हेलिकप्टरमा आए, निरीक्षण गरेर गए । बाढीग्रस्त क्षेत्रको निरीक्षणमा आएका मन्त्री र विधायकहरू पीडितका कुरा सुन्नुभन्दा आफ्नै कुरा सुनाउन व्यस्त देखिन्थे । साउन २० गते नेपालगन्ज विमानस्थलमा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले डुबानको 'बि्रफिङ्' गरे । उद्धारमा संलग्न रेडक्रस कार्यकर्ता, प्रशासनिक अधिकारी र स्थानीय नेताहरूका कुरा सुन्ने फुर्सदै निकालेनन् । पालैपालो गृहमन्त्री सिटौला, सुशील कोइराला, वामदेव गौतम र पूणर्ा सुवेदीले भाषण सुनाए । टेलिभिजन क्यामरा सोझ्याएपछि त झन् के चाहियो र ? नेताहरू 'ननस्टप' बोलिरहे ।

गृहमन्त्रीले सरकार गम्भीर रहेको बताए भने कोइरालाले भारतले समस्या समाधानको आश्वासन मात्रै दिने गरेको बताए । एमाले नेता गौतमले डुबान मानवनिर्मित प्रकोप भएकाले लक्ष्मणपुर बाँध तथा तटबन्ध भत्काउन भारतलाई दबाब दिनुपर्ने बताए । "भारतले भत्काउन्न भने जनता गएर आफँै भत्काउनुपर्छ," उनले भने, "अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिएर समस्या समाधान र अहिलेसम्मको डुबानको क्षतिपूर्ति माग्नुपर्छ ।" माओवादी नेतृ सुवेदीले उनकै भनाइमा समर्थन जनाइन् । नेताहरू समस्यासँग राम्रै परििचत रहेको बताउँदै थिए । "त्यसो भए महँगो हवाई निरीक्षण भ्रमण किन त ? सरकार र सदनमा किन दबाब दिनुहुन्न ?" सञ्चारकर्मीका प्रश्नहरूको तर्कसङ्गत जवाफ भने कसैले दिएनन् । बरु हतारो देखाएर उडे ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters