nepalipost.com
अमेरिका बसेका नेपालीमा सहिष्णुताको अभाव
शेखर ढुंगेल
क्यालिफोर्निया, अगस्ट ११
नेपालभित्र आठ दलको सरकार रहेपनि बाहिर त्यसको प्रभाव छैन । दक्षिण एसियामा संयुक्त सरकारको अभ्यास सफल भएपनि यस क्षेत्रका नागरिकमा त्यस प्रकारको सँस्कार विकास हुन सकेन । अमेरिकामा रहेका नेपालीहरुले असहिष्णुताको पराकाष्ठा देखाएर सोही तथ्य प्रमाणित गरेका छन् ।
उदाहरणका लागि जनसम्पर्क समितिलाई नै लिन सकिन्छ । केही बर्षयता विदेशमा रहेका नेपालीमा विभिन्न दलसंग आब्ाद्ध जनसम्पर्क समिति खोल्ने लहड नै चलेको छ । तर विदेशमा आएर सद्भाव र उदात्त मानसिकताको प्रदर्शन गर्नुको साटो संकीर्णताको पराकाष्टा देखाइएको छ । एउटै राजनीतिक दलमा विश्वास राख्ने व्यक्तिहरु पनि एउटै समितिमा अटाउन सकेका छैनन् । कांग्रेसले कांग्रेस भन्नेलाई नै ढोका बन्द गरेकेा छ भने एमालेले एमाले हुँ भन्नेलाई प्रवेश दिएको छैन ।
अमेरिकामा देखापरेको कांग्रेसको दुई समुह युरोपमा गुरुङ्गआदि समूह यसका उदाहरण हुन् । यस्ता सम्पर्क समितिलाई ुनेपाली जनसम्पर्क समितिु भन्नु उपयुक्त ठहिरंदैन । कांग्रेस वा एमाले वा कुनै खेमासँग सम्बद्ध भनी देखाउने समूहले सम्बन्धितहरुको सम्पर्क समिति बनाउनु अस्वाभाविक होइन । विविध दलसँग आबद्ध व्यक्ति बसोबास गरेको ठाउँमा दलीय एकता स्वागतकै विषय मान्नुपर्दछ । तर नामकरण भने पूर्णतः आपत्तिजनक छ । नाम नेपाली सम्पर्क समिति भन्ने काम भने नेपाली-नेपालीबीच विभाजन गराउने गर्ने यो स्वाभाविक मान्न सकिन्न । विदेशमा सम्पूर्ण विचारका नेपालीबीच एकता देखिनुपर्नेमा अमुक राजनीतिक दलका समर्थकहरु नै नअटाउनु दुखको विषय हो ।
राजनीति गर्नु दलसित आब्ाद्ध हुनु व्यक्तिको नैसर्गिक अधिकार नै हो । तर दलले केही दिएन भनी चप्पल ठटाएर विदेशिने अनि अर्काको देशमा बसेर सम्बन्धित दलका नाममा शङ्ख-घण्ट बजाउने गर्वको विषय मान्न सकिन्न । राजनीति नै गर्ने शोख आँट र क्षमता भए जो जुन देशमा छ सो देशको कानुनअन्तर्गत त्यै देशमा राजनीति गरे भैहाल्छ । के विदेशमा गुट-उपगुटको माहौल खडा गर्नु ?उचित हो सम्ब्ान्धित दलहरुको अक्षमता अकर्मण्ड्यता र भ्रष्टाचारका कारण देश र जनताले दुःख पाएको तीतो सत्य बुझाउन विदेशमा ती दलहरुका नाममा गीत गाउनेहरुको आँखा कुन चिम्टाले कस्ाले कहिले खोलिदिने होला ती दलका नाममा भजन गाउनेहरुको गुटबन्दीका कारण विदेशमा रहेका नेपालीहरुबीच पनि एकता सद्भाव समझदारी आदिमा दरार खडा भएको यर्थाथलाई बुझ पचाउनु उदेक लाग्दो छ ।
केही महिनाअघि शिवप्रकाश भाइको एउटा कविता हो कि लेख पढेको थिएँ । ुए नेपालीु भन्ने सो रचनामा विदेशमा हामी नेपाली जहाँ छौं एउटै छातामुनि सुरक्षित सम्मानित र गौरवान्ति छौं भन्ने धारणा प्रकट गरिएको थियो । यही भावना जागृत गर्न रचनाले प्रत्येक नेपालीमा आग्रह पनि गरेको थियो ।
यसै सन्दर्भमा अर्को एक प्रचलित सन्दर्भ दोहर् याउन उचित होला । एक विदेशीले भारतीयसित सोधेका थिए रे- देश त्यत्रो ठूलो छ विविध संस्कार संस्कृति छ यहाँसम्म कि एक ठाउँको मान्छे अर्को ठाउँको भाषासमेत बुझ्दैन तैपनि तिमीहरुबीच यो एकता कसरी सम्भब भैरहेको छ ? तब भारतीयले जवाफ दिएछन् म कहाँ जन्में कुन भाषा बोल्छु कुन धर्म मान्छु कुन संस्कृतिमा हुर्कें त्योभन्दा म पहिले भारतीय हुँ भन्न गर्व गर्दछु ।
तर भारतकै छिमेकी भएर पनि नेपालीमा यो सँस्कारको विकास हुन सकेन । यो फलानो वाद मान्ने र ऊ चिलानो विचारको समर्थक भनी नेपाली-नेपालीबीच गुट उपगुट अर्थात् विभाजनको रेखा कोर्ने कामले हामी समृद्ध बन्दैनौं । विदेशमा एउटै राष्ट्रिय झण्डा नबोकेसम्म हामीलाई कसैले गन्दैन । नेपालभित्रका विविध संस्कार र संस्कृतिमा हातेमालो गर्दै अनि एक-आपसलाई प्रोत्साहित गर्दै अघि बढेनौ भने हाम्रो अस्तित्व कसैले स्वीकार गर्दैन । विदेशमा पनि किन नेवारकोमा नेवार र बाहुनकोमा बाहुन मात्र विदेशमा आएर पनि साम्प्रदायिकता जातीयता र आंचलिकता फैलाउन सकेकोमा के गर्व गर्नु ?
देश र विदेशमा पनि नेपालीको स्थिति अहिले पनि विभाजित र कमजोर देखिन्छ । कमसेकम विदेशमा बसेका राजनीतिक संस्कार र मर्म बुझेकाहरुले त नेपाली-नेपाली बीचको एकता बलियो पार्नेतर्फ सोच्नुपर्ने होइन र ? विदेशमा आ-आफ्नो कथा ब्यथा बोकेर बसेका हामी नेपालीले कसरी प्राकृतिक प्रकोपमा परेको बेला देशलाई सहयोग गर्न सकिन्छ भनी सोच्नु आवश्यक छ । राजनीतिक दलगत गुट उपगुटमा विभाजित हुनु उचित देखिदैन । यदि साम्प्रदायिकता र संकीर्णताका लागि संस्था खोलेको आजका सचेत नेपाली बोलीमा होइन काममा विश्वास गर्नसक्छन् भनेर संस्थावालहरुलाई थाहा छैन र ?