[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भूतेश्वर महादेबको कथा
[VIEWED 5758 TIMES]
SAVE! for ease of future access.
Posted on 08-14-07 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूतेश्वर महादेब
****************

मल्लकालमा उपत्यकाका तिनै शहरको बैभव र उन्नति इतिहास पढेकै हुनु पर्छ।
कान्तिपुरका राजा प्रताप मल्ल र पाटनका राजा शिद्धि नरसिंह मल्ल बीचमा आपसी दुश्मनी त छंदै थियो त्यो भन्दा बढि प्रतिस्पर्धाको भूत सवार थियो। एक ले नयाँ कुनै काम् गर्यो कि वा नयाँ सिर्जना गर्यो कि अर्को ले त्यो भन्द चर्को अर्को बनाउनु नै पर्ने। हुन त त्यतिबेला को नेपाल् बैभवशाली थियो नै। कला, संस्क्रिति को स्वर्णयुग मानिन्थ्यो।
शिधि नरसिंहले वास्तुकलाको अनुपम नमूना पाटनको क्रिष्ण मन्दिर बनाए। महाभारतका सम्पूर्ण इपिसोड शीलाका कुंदिएको त्यो सुन्दर मन्दिरको बारेमा यता तान्त्रिक एवं कबि प्रताप मल्ललाई जानकारी थियो नै।

मूर्ति प्रतिस्थापन गरी त्यो भब्य मन्दिरको अति भब्य उदघाटन समारोह गर्ने तिथिको साइत जुर्‍यो। देश देशाबरका गण्यमान्यलाई राजकीय निम्ता पठाए। तर प्रताप मल्ललाई त्यो खुशी प्राप्त भएन। पाए पनि के गर्नु, शत्रु देशमा पाइला न टेक्ने कसम् खाएका, फेरि कसम नै तोडुं भने शत्रुबत ब्यबहार गरेर दन्डित हुनु पर्ने हो कि भनेर चिन्तित थिए।
क्रिष्णजन्माष्टमीको पबित्र दिनमा मन्दिर प्रतिस्थापनको समारोह अश्वामेघ यज्ञ सहित सुरु भयो।
यता प्रताप मल्लको छाति पोल्न थाल्यो। प्रताप मल्ल, कबि र तान्त्रिक मात्र थिएनन्, कलाका पारखी पनि त्यतिकै भएका ले, अति बर्णित त्यो मन्दिर जसरी भए नि हेर्ने भनेर निर्णयमा पुगे। बिना निम्तो शत्रु देशमा त्यसै जाने कुरा भएन, सुरक्षाको कुरो पर्‍यो। भारदारहरु सङ छलफल भयो भने हुदैन भन्ने निर्णय हुने। त्यसैले उनले कसैलाई न भनीकन क्रिष्ण मन्दिरको त्यो अलौकिक द्रिश्य हेर्न गए।

प्रताप मल्लले आफ्नो तान्त्रिक शक्तिको बल ले एउटा सानो सर्पको रूप धारण गरे र तन्त्रको मद्दतके एकै चोटि यज्ञ स्थलमा पुगे। मन्दिरको कला र सिर्जना देखेर आल्हादित के भएका थिए, यज्ञमा संलग्न एकजना वटुकले सर्प देखि हाले र डराएर चिच्याउन थाले। उपत्यकाका मान्छे न ठहरे, सर्प भने पछि त्राहिमाम त्राहिमाम्। भागदौड मच्चिन थाले। यज्ञा र प्रतिस्थापनको साइत माथि नै संकट आयो। राजाले आफ्ना सैनिकलाई आदेश दिए, जसरी भए नि त्यो सर्प समातेर ल्याउनु। केही क्षणको संघर्ष पछि त्यो यज्ञा बिथोल्न आएको सर्पलाई पाटा कसेर झ्याइँकुटि गर्दै ल्याए। र यज्ञ पूर्बत सुरु भए। अब त्यो सर्पलाई के गर्ने, झन्डै कार्यकरम नै बिथोलिएको बज्याले गर्दा, राजाले पण्डित जी संग राय मागे। अब पण्डितको नि सातोपुट्लो उडेको त्यो सर्पको कारणले, "त्यो सर्पलाई यही यज्ञको ज्वालामा आहुति दिनु पर्छ, महाराज!" पण्डितजीले आफ्नो रिस पोखि हाले।
यता कान्तिपुर दरबारमा प्रताप मल्ल बेपत्ता। उनका अभिन्न मित्र एवं महा तान्त्रिक जामन: गभाजुले कहाँ गए होला भनी तान्त्रिक चक्षुले हेर्दा त सर्परुपी राजा यज्ञ को अग्निमा ॐ स्वाहा हुन लागेका। वटुकहरु मन्त्रोचारण गर्दै स्वाहा गर्न ठिक भएको भयाबह द्रिश्य देखे, जामन: गभाजुले।
लौ राजालाई जसरि भए नि बचाउनु पर्यो भनी गुभाजुले गजबको जुक्ति निकाले।

जामन: गुभाजुले २ जना ससाना बालक रुपी भूतको साधना गरे र आफुले ऋषिको भेष धारण गरी तान्त्रिक शक्तिको बलले निमेषमै यज्ञ स्थल पुगे। अन्तिम मत्रोछरण गर्दै ॐ स्वाहा के गर्न लागेका थिए, जामन: गभाजु सङ आएका ती बालकहरु ह्वाँ ह्वाँ रुन थाले। अचनक बालक रोएको सुनेर यज्ञमा स्वाहा गर्ने काम रोकियो। को किन यसरी बेसास्री रोए त? खुल्दुलीको बिषयभो। यस्तो पबित्र कार्य गरिरहेको ठाउंमा बालक रुनु अपशकुन हुने हुन्छ। शिद्धि नरसिंह राजाले बालक रुनुको सत्यतथ्य पत्तालगाउन हुकुम् गरे। बालकहरु सङै आएका ऋषिले भने" यी बालकहरु हजुरको बैभवशाली साम्रज्यमा पनि खान नपाएका अभागीहरु हुन्। धेरै दिन देखिका भोका छन्। यिनलाई खाने कुरा दिए, रुन बन्द गर्छन, सरकार"। ऋषिको यो कुरा सुनेर राजाले जे जति खान्छन् खान् दिनु भनेर भण्डार् हेर्ने अंात्यलाई आदेश जारी गरे। यत्तिकैमा अलमल् हुदां सर्प आहुती गर्ने काम त्यसै रोकियो।

आदेशानुसार् बालकहरुलाई खानेकुरा दिए। जति खाए नि न अघाउने, भण्डार् का भण्डार् सखाप परि दिए। आखिर् भूत जो ठहरियो। खाने कुरा सकियो। बालकहरु फेरि रुन थाले। राजा शिद्धि न्रसिंह समेत अचम्म, भण्डार् सकिने गरि खाए पनि न घाउने फेरि रुने? अचम्म मान्दै ऋषिलाइ "अब के गरे यिनीहरु रुंदैनन् ऋषिबर्" भनेर सिओधे। जाम्न" गुभाउजुले मौकामा चौका हानी हाले।
" ख्वामित, त्यो अघि यङ्ञामा आहुति दिन ठिक्क पारेको सर्प खोजेका हुन् यी बलक ले"। " सर्प दिएमा चुपचाप गाउं फर्कन्छ , महाराज"।

सर्पलाई तह लगाउन पो यज्ञमा होमिन लागेको अरु कुनै बैद्क र धर्मिक उपक्रम थिएन।
राजाले सर्प बालकलाई दिनु भनी हुकुम् बक्से।

यसरी सर्परुपी राजा प्रताप मल्ललाई म्रित्युको मुखबाट बचाएर सकुशल कान्तिपुर फर्काउन सफल रहे, जामन: गभाजु र दुइ भूतहरु। नत्र अनर्थ हुन्थ्यो।

यो कार्यमा ती दुइ बालकरुपी भूतहरुको महत्वपूर्ण भूमिका रहेकोले प्रतापमल्लले तिनको सम्मनस्वरुप भूतेश्वर् महादेबको स्थापना गर्न लगाए। तर यसको कुनै मन्दिर छैन। एक बसाह सहितको शिब लिङ्ग र एक खाल्डो निर्माण गर्न लगाए।

कुनै पनि भूत पिशाच भगाउने र शुद्दिकरण कार्य गर्दा भूतको भाग छुट्याइ त्यहि भूतेश्वर महादेबको खाल्डोमा चढाउनु पर्ने चलन चलाए र आज पनि त्यो परम्परा अद्यापी छंदै छ।
अब त्यो महादेब कहाँ पर्छ भन्ने जिज्ञासा पक्कै भयो होला। त्यो भूतेश्वर काष्ठमण्डप को सिंढिको ठिक अघिल्तिर छ। अर्थात कुमारी घर्को छेउ भएर काष्ठमण्डप अौदा, बाटोको बिचमा खाल्डो र बसाह अझै देखिन्छ।
अर्थात ठुल्दाई को घर छेउमै पर्दछ। अर्थात अशोक बिनायक, काठमाडौ गणेशस्थान अघिल्तिर बिच भागमा खल्डो जो छ त्यही भूतेश्वर हो।
धेरैलाइ ज्ञात नभएको र थोरै ठाउमा मात्र बर्णित यो सत्य ओझेल् मा परेको छ।
खोला तर्‍यो लौरो बिर्सियो जस्तो हाम्रो ब्यबहार छ। भूतलाई सम्झेर बर्तमान बनाउन खोइ हामीले जानेको? चेतना भया।
अस्तु! © तारेमाम्।
 
Posted on 08-14-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जामन: गभाजु- was this a hereditary post in Kathmandu valley? I could very well be mistaken but the guvaju who helped Narendra Dev bring Machindra nath to Kathmandu was also named Jaman Gavaju... hoina?

Excellent stuff on Kathmandu's culture. aru pani jawos! tapai lai subhakamana.
 
Posted on 08-14-07 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद isolated freak जी,
तपाईंकै सुझावलाई शिरोधार्य गरी कुराकानीमा यो भूतेश्वर महादेब राखेको हुं।
जामन: गुभाजु, हो तपाईले भने जस्तै हरेक युगका प्रतिनिधि तान्त्रिक थिए। उनको चमत्कारी कींबदन्तीहरु बारे कथा र कमिक्स पनि निस्केका छन्। तर जामन: गभाजु मछिन्द्र नाथको आगमन र राजा नरेन्द्र देब संग संबन्धित छैन। मछिन्द्र नाथलाई भारतको आसम-मेघालय क्षेत्रको कामक्षाबाट उपत्यका भित्र्याउने काम काठमाडौंका तान्त्रिक बन्धुदत्त आचाजु ( आचार्य), ललितपुरका किसान ललित र भक्तपुरका राजा नरेन्द्र देबले गरेका हुन्। कुनै दिन यो कथाको रोचक पक्षलाई समेटेर फेरि अर्को कथा लेखौला। अस्तु!
 
Posted on 08-14-07 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhanyabaad, aba najaneko kura janeko manche lai sodhnu parcha.. tapai lai sodhiyo, tapai le uttar dinu bhayo.. naya kura janiyo.. aru pani lekhnu paryo.
 
Posted on 08-14-07 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

did they use to have such magical spells in malla reign
just wondering
 
Posted on 08-15-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छा जी,
मल्ल कालमा यस्ता जादुइ घट्ना भए भएनन् त्यसको लेखाजोखा त हामी गर्न सक्दैनौ। तर पनि अहिले सम्म शेष भएका, रानी पोखरी- राजा प्रताप मल्लको किचकन्या संग प्रेम बसेको घट्ना, अनि भूतेश्वर महादेब र क्रिष्ण मन्दिर साक्षि छन्। ठ्याकै त्यही नै घट्ना न भए पनि केही त सांचो घट्ना भएकै हुनु पर्द्छ भन्ने बिश्वास चाहि गर्नु नै पर्ने हुन्छ। होइन भने यी सब फिक्सन नै हुन् भने पनि त्यति बेला नै यसतो फिक्सन लेख्न सक्ने लाई त मान्नै पर्‍यो नि कसो?
 
Posted on 08-15-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त हडिगाउँले परियो --- भुतेस्वोर र किस्नमन्दिर हाम्रा गाममा नी थिए -- काँ बाट आए ती कस्ले ल्यायो केइ थाह छैन --- भुत प्रेत का कुरा त हाम्रो टोलमा मान्छेहरु बुरुक् बुरुक् हुदै गर्थे --- कुनि कस्लाइ बाइपन्खेले काँ लग्यो रे -- टुडाल् देविमा लगेर पछारछ रे --- आधा रातमा यो हुन्छ रे त्यो हुन्छ रे -- आदि इत्यादि भनेर हामि भुराको जिन्दगि त्रासै त्रासमा --- राति हुँदि हिन्दा बाटो मुनि लघु सन्कामा लाग्याले खोक्दा नि जिउ सिरिङ हुनी -- रात पर्यो के त टेन्सन् -- -- राति राति नबरालिकन पनि नहुनी अफुलाइ बरालिन पनि कुन चै पिसाच् सङ भेट हुनि हो भन्ने पिर -- किच्कन्नि सङ चै डर लाग्नि भे नि एक चोटि भेट्न पाए हुनी भन्ने लाग्थ्यो -- राम्रा हुन्छन् रे भन्या सुन्या -- आखिर् भेटघाट नभै हिनीयो --
 
Posted on 08-15-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालका भूत्-प्रेत हरु कहाँ गये त? के मनिषको जनसंख्या बधेर भूत हहरु पातल-लोक गये कि? पहिले त खूब भूत भेटियो, किच्कन्डी चूडेल ले फेल पर्‍यो, आदी ईत्यादी भन्थे। आज्कल त्ये ति सुनिन्दैन।
 
Posted on 08-15-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले पहिलेका भूत, प्रेत, पिशाच अनि किचकन्नेहरु भन्दा अहिलेका मानवरुपी दानवहरु कम छन र भन्या?
सबै छन् अहिले नि रुप मात्र फेरिएका हुन्।
अस्तु।
©तारेमाम्।
 
Posted on 08-15-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

■○■■○■
■○■■○■
■○■■○■
■○■■○■
 
Posted on 08-15-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुतेस्वोर महादेव को कथा एकदम राम्रो रेछ ठुल्दाइ। आफु त झन शिव भक्त परियो ।
धन्यवाद छ यहाँ लाई
 
Posted on 08-16-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे जी, धन्यबाद्। भूतेश्वर महादेब जस्तै उपत्यका का बिभिन्न रोचक पक्ष र तथ्य सहित पुन: उपस्थित हुने नै छु। आगामी अंक, महांकाल स्थान को बारे रोचक कुरा राख्ने छु। तारेमाम्।
 
Posted on 08-16-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul Dai,

Tapai le je lekhdani malai ta sarai ramro lagchha ni. Tapaiko harek post haru ma ta nabirai padhchhu. ek choti hoina barambar padhne garchhu. Yeso tapai jasto lekhna pae ni hunthyo jaso lagchha tara ke gare .... sakinna kyare. Yeso lekhne tips haru dida hunchha ni hamlai pani.

Lata rahul dai. Tapai ko arko ko parkhai ma...
 
Posted on 08-16-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba yo jamana ma yesta kura patyauna ta ai garhai parcha hai rahulvai
but everybody like these kinda stuffs coz they are nice to hear
and we got to know about the history and kimbadanti haru.............

arko katha ko parkhaima
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters