काठमाडौं, भदौ ५ - सरकारले मोबाइलमा रहेको रोमिङ र एसटीडी शुल्क हटाई मुलुकभर एउटै दरमा सेवा दिने भएको छ ।
संसद्को वातावरण, सञ्चार तथा प्रविधि समितिले हालै दिएको निर्देशनअनुसार दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा मोबाइलमा रहेको रोमिङ र एसटीडी शुल्क हटाई देशभर एउटै लोकल दरमा मोबाइल सेवा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्राधिकरणको यो निर्णय अनुमोदन गरेको छ ।
प्राधिकरणले छिट्टै नेपाल टेलिकमको फोनमा रहेको एसटीडी शुल्क समेत हटाई देशभर लोकल दरमा सेवा सञ्चालन गराउने गृहकार्य गरिरहेको छ ।