[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बम कस्ले पडकायो?

[Please view other pages to see the rest of the postings. Total posts: 30]
PAGE: <<  1 2  
[VIEWED 10775 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-03-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बम कस्ले पडकायो?
*******************
एउटै घट्नालाई बिभिन्न गुट, उपगुट, सेना, मेना ले जिम्मा लिनु नै ती जिम्मावारी लिने संगठनले त्यो आततायी घट्ना गरेका होइनन् भन्ने पुष्टि गर्दछ। २०४२ सालमा काठमाडौका बिभिन्न ठाउंमा खास गरी अन्नपुर्ण होटेल, सिंह दरबार्, नारायण हिटी दरबारका ढोकाहरुमा बम पड्काए। कथितक्रन्तिकारी राम राजा प्रसाद सिंहले जिम्मेवारी लिए। तर त्यो बम कसले पड्कायो किन पड्कायो भन्ने कुरा केही समय पछि नै छर्लङ्गियो। त्यतिबेला, नेपाली कांग्रेसले प्रजातन्त्रको पुनर्बहालीको लागि सत्याग्रह आन्दोलन थालेका थिए र करीब २० दिन को अन्दोलनमा २० हजार भन्दा कर्यकर्ताहरुले जेल भरि सकेको अबस्थामा अन्य रजनैतिक पार्टीहरुको नैतिक समर्थन मात्र होइन, सक्रिय सहभागिताको समेत कुरा भै सकेको हुंदा त्यतिबेलाका राजाले आफ्नो सिंहाशन हल्लिएको महसुश गरी सत्याग्रह भाड्ने अन्तिम अस्त्र प्रयोग गरेको जग जाहेर छ। फेरि यहा निर् प्रश्न उठ्ला, बम पड्किनु र सत्याग्रह संग के सम्बन्ध छ भनेर। हो, सत्याग्रह भनेको नागरिक असहयोग आन्दोलन हो र सत्याग्रह गर्दा निश्चित आचार संहिता पालन गरेका हुन्छन् नेता कार्यकर्ताले। र त्यो आचारसंहितामा देशमा कुनै किसिकम् को हत्या हिंसा र अरजकता भएमा तत्काल सत्याग्रह आन्दोलन स्थगित गरिने कुरा उल्लेखित थियो। बम पड्कियो, गणेशमान सिंहले सत्याग्रह स्थगित गरेको घोषणा गर्नु भयो। यसरि बम ले त्यो आँधी बन्न लागेको हुरीलाई बिचबाटैमा रोकि दियो।
केही निर्दोष जनताको बली चाढाएर राजाले आफ्नो सिंहाशन बचाए।



हिजो को बम पनि त्यस्तै घट्ना हुन सक्छ भन्ने मलाई लाग्दछ।
कान्तिपुर दैनिकको समाचार पढ्नु भएकै होला।
"त्रिपुरेश्वर घटनाका प्रत्यक्षदर्शी सितु जोशीका अनुसार सेतो ट्याक्सीमा आएका चार युवकले कलंकीतर्फ जाने सडकको बिसौनीनजिक कालो झोला छाडेर गएका थिए ।
आँखा जाँच गरी र्फकंदै गरेकी जोशीका अनुसार ती अज्ञात युवक झोला राखेर लगत्तै तितरबितर भएका थिए । 'चिया खाँदै थिएँ, केही केटाहरूले झोला बोकेझैं गरे, केही भाडा तिर्न लागे । एकाध मिनेटमै पड्किहाल्यो ।' उनका अनुसार गोेरो वर्णका चारै जनाले मसिनो कपाल काटेका थिए "

गोरो बर्णका मसिनो कपाल काटेका भन्नाले निश्चित बर्गलाई इंगित गरि सकेका छन।'
तराइका आन्दोलनकारी भनिएका कथित्त जिम्मेबारी लिने संगठनहरुका ब्यक्ति हरु नहुने धेरै संभावना छ।
संबिधान सभाको चुनाव बिथोल्न यस्ता अनेक प्रयास हुने छन्। गौर घट्ना त ट्रेलर मात्र थियो।, काठमाडौको यो घट्ना प्रमो मात्र थियो।
अझै घट्ना गर्ने छन।
स्पष्ट छ, संबिधान सभाको चुनाव को को चाहदैनन्?
दरबार त तलबार
त्यसैले त्यो बम पड्काउने काम सेना ले गरेको पक्कै हो।
तराइ सेना, शिब सेना, जनमुक्ति सेना ( माओबादी) वा शाही सेना मध्य एक ले गरेका हुन् , कस्ले पत्ता लगाउने जिम्मा तपाइको।
जस्ले गरेको भए नि मानवता बिरोधी जघन्य अपराध हो। त्यसको जति निन्दा गरे पनि पुग्दैन।

Last edited: 03-Sep-07 11:23 AM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-03-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalese police officials inspect a blast site at a busy market place in Kathmandu, Nepal, 02 Sept 2007
Two obscure ethnic groups on Monday claimed responsibility for several near-simultaneous bombings in Kathmandu the day before - which killed two people and injured about 30 others.

Officials and Nepalese media identified the groups as the Terai Army and the Nepal People's Army.

The Terai Army is threatening more bombings unless its demands for a separate state in the south are met. The Terai plains of southern Nepal are primarily inhabited by the Madheshis, who are of Indian origin. They have long complained of discrimination.

The Indian government has condemned the bombings.

"It is despicable, it is horrible. It is horrendous and it has to put down with the firmest hand," said Abhishek Manu Singhvi, spokesman for India's governing Congress Party. "Terrorism cannot be compromised with. It does not matter whether it occurs in India, whether it occurs in Nepal, whether it is ethnic, whether it is social, whether it is cultural, whether it is political."

The Nepal Peoples' Army says it carried out the attacks as part of its campaign to abolish the monarchy and declare Nepal a republic.

That is a demand shared by the Maoists, who are now part of the interim government. The communist group ended a 10-year civil war against the government last year and agreed to join the electoral process. The decade-long insurgency left 13,000 people dead.

Nepalese officials are skeptical that either group carried out the relatively sophisticated bombings. They note there are 18-armed groups trying to derail national elections set for November 22.

Nepal's government has promised the country's 40 ethnic minority groups they will enjoy more rights under the new constitution, to be drafted after the November vote.

The election will select a constituent assembly, which will likely determine the fate of Nepal's unpopular monarch, King Gyanendra, who has already been stripped of most of his powers.

The United Nations and other observers warn the security situation in some parts of Nepal could jeopardize carrying out credible polling.
 
Posted on 09-03-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पनि हेरम,

"सुन्धारामा भएको विस्फोटमा परी नेपाली सेनाका चतुरबहादुर नेपालीको दायाँ हात चुँडिएको छ। गठ्ठाघरस्थित ब्यारेकबाट चिठ्ठी लिएर सैनिक मुख्यालय आउँदै गरेका नेपाली घटनास्थल आइपुग्दा तीन जनाको समूहमा आएका व्यक्तिले बम राखेर भाग्नासाथ विस्फोट भएको प्रहरीले जनाएको छ।
तीन जनाको समूहमा रहेका ती व्यक्तिहरू र्सार्वजनिक बाटोमा बम राखेर सेतो मारुती टयाक्सी चढेर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। विस्फोटमा परी घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार हुन नसकेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लगिएको छ।"
-माहानगर

सत्याग्रहको निति पातलिदै गएको हामि सबैले आफ्नै आखाँले देखेको कुरा हो। यसमा पृथ्वी नारायणको इतिहास जस्तो बिवाद गर्नु परदैन । मर्न लागिसकेको आन्दोलनलाइ किन बमले ब्युँझाउनु पर्थो ? बरू बिरेन्द्रलाई आफ्नै घमण्डि खुट्टामा बन्चरो हान्नु थियो, डेढसयभन्दा बढि देशहरुले दिएको समर्थन "शान्ति क्षेत्र प्रस्ताव" माथि। त्यो बमबाट भारतलाई नै फाइदा भयो सर्मथन नदिनाका कारण । रामराजा उनै देशबाट सन्चालित भएको कुरा सबैको आँखाबाट छिपेको हैन । गनेशमान दुरदर्शि थिएनन, बाहादुर चै पक्कै हुन। जथाभाबि बोल्थे, गर्थ, त्यसैले उनमा निखारपना दियो। ०४७ सालमा उनलाइ कागतालि मात्र लागेका हुन, त्यो पनि कमनिष्टहरुको सहयोगबाट। उनले ०१८।०२३ सालमा पडकाएको बम इतिहासमा लुकाएर लुक्न सक्दैन । प्रचण्डको महाआतंकले कंग्रेशि आतकंबादलाइ स्यानो बनाए पनि गान्धिबादलाइ त्याग्ने , फेरि अपनाउनेको दोहरि नाटकहरुको मंचन धेरै पुरानो होइन । सम्बिधान सभाको प्रस्ताव त त्रिभुवनले नै राखेका थिए, ०१६ सालमा बि पि ले चुनाब जित्नासाथ कुन आफनो निजि स्वार्थले "स" भुलेका हुन? त्यसको बिश्लेशन कल्ले गर्ने हो ? ०४७ मा गणेशमानले "ब" भुले। उनि लउहपुरुष बने । सम्बिधान सभा राजा माथी मात्र प्रतिकुल‍ प्रभाव पर्ने या नेपालको सबै रोगहरुबाट मुक्त गरिदिने अमृत त होइन‍ नि ? यसलाइ हुन नदिने तत्वहरु समय समयमा भण्डाफोर हुदै आएका छन, हुदै जाने छन। यसमा राजा पनि पर्छन तर उनि मात्र घाटामा पर्ने केन्द्रबिन्दु हुनसक्दैन । तराइको आन्दोलनमा पनि उनकै हात भन्थे तर अहिले पटनामा बैठक गरेर देश टुक्रयाउने षडयन्त्रमा को को सहभागि थिए ? प्रष्ट भैसकेको छ । समय नै सबै कुरा हो, स्वप्न दोषमै स्खलित भएर आँखा खोलि रमाउनु रमाइलो भएपनि वास्ताविकताबाट त्यो धेरै टाढा हुन्छ।
Last edited: 03-Sep-07 10:31 PM
Last edited: 03-Sep-07 10:33 PM

 
Posted on 09-04-07 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo sitaulaa and compani le padkaayeko ho. Raajneetilai jahile pani ulto rupamaa bujhnu saathi ho. kinaki yo mandhra mahinaa ma kati natak manchan bhaye k timiharulai thaaha chha ? nepali lai bhandaa bhaaratlai sambidhaanko chunaab chahiyeko chha kina ? yo nai gambhir prasna ho ra timiharu ko sitaulaa bhaarat baat pharkeraa k hi na ke hi upadhro machhaauchha........
 
Posted on 09-04-07 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बम पड्केको कुरा सुन्ने बित्तिकै मेरो पनि मनमा तुरुन्त कुरा आयो कस्ले गर्यो होला यस्तो भनेर,
अहिले नेपालमा बम पड्काउदा कस्लाई फाईदा हुन्छ भन्ने कुरा मेरो विचारमा तल को ४ पाटो आउछ:

१: सबैले तुरुन्त सङ्का गर्ने उही चिर परीचित ज्ञानेन्द्र
कसैले असहमत हुनु नपर्ने कुरा के हो भने अहिले पनि नेपाली सेना पूर्ण रुपमा राजा प्रती बफादार छ। राजसंस्था नेपाल को पुरानो र शक्तिशाली organization हो। राजसंस्था र सेना को बिच को सम्बन्ध सेना को लागि पनि किन फलदायी छ भने एकातिर राजनीतिक पार्टी लाई जस्तो सयजना लाई चित्त बुझाउन र अर्को बर्ष कुन पर्टी आउछ र फेरी उस्को गुलामी गर्नु पर्ला भन्ने परिवर्तनशिल मालिकको चिन्ता नभएर सिमित मालिक अनी राजनीतिक पार्टिका स्कुलको पियन को जागिर देखी मेलम्ची सम्म को स्वार्थ को ठुलो परीधी नभएर राजा भनेको सिमित परीधी अनी सत्ता वचाउने र मोज गर्ने अनी राज गर्ने सिमित तर ठुलो स्वार्थ भएको ब्यक्ती जस्लाई जहिले पनि मोहरा बनाउन सकिन्छ सेना अवश्य तेस प्रती बफादारी र cooperation बढाउछ।

यस्तो बेला बम पड्काएर हो चुनाव हुँदैन भन्ने भ्रम त फैलाउन सकिएला तर चुनाव धेरै टाढा भएकोले त्यो भ्रम धेरै दिन टिकाउन गार्हो पर्छ । अर्को कुरा कहिले पनि यस्त घट्ना घटाऊने तत्वले आफु पहिलो निशाना मा आउने र सबैले आफुलाई नै शन्का गर्ने काम गर्ला जस्तो लाग्दैन, तर यस्को मतलव उस्ले गरेन भन्ने ठोकुवा पनि नजावोस ।

२: माओवादी
आफु चुनावमा गयो भने अहिलेको भोगिआएको ८० सिट पनि गुम्छ भन्ने निस्कर्श माओवादीले निकालेको र चुनाव सार्नु पर्छ भन्ने उस्को माग लाई बल पुर्यौनपुर्याउन बिगत देखी नै यस्ता कार्यमा अनुभवी अग्रगामी क्रान्तिकारी ले एसो नगरेहोलान भन्न सकिन्न । अर्को कुरा प्रत्यक्षदर्शिहरुका अनुसार पनि ति ब्यक्ती हरु मधेशका नभै पहाडी जस्ता नै हुन भन्ने बुझिन्छ। सेना ले राखेको हो भने यस्तो मामिला म एउटा सामान्य सिपाही लाई पठाउला जस्तो लाग्दैन किनकी उ माओवादी भन्दा पनि बढी राष्ट्रिय र अन्तरराष्ट्रिय स्तर मा जवाफदेही संस्था हो।
माओवादी जस्ता अदुरदर्शी अघिल्लो दिन माडी मा ३० जना मान्छे मारेर भोलिपल्ट माफि माग्दै छानविन गर्छम भन्ने गैर जवाफदेही कुरा गर्ने र २० थरिका कमिटी ले २० थरिका activities गर्ने संगठनले जे पनि गर्न सक्छ उस्को लागि गर्न हुने र नहुने भन्ने कुरा को लिमिट छैन, किनकी यस्को ठुलो जमात नेत्रित्व बाट सन्चालित छैन ।

३: मधेशी आन्दोलन
मधेशी आर्मी ले चितवन सम्म आएर आफ्नो activity सन्चालन गर्न सकेको छैन र आफ्नो ठाउँ मा पनि दिउसो मा तेस्ता कुनै फौजी कार्वाही गर्न सकेको छैन भने उस्ले काठमाडौ म त्यो पनि त्रिपुरेश्वर र बालाजु जुन उनिहरु को लागि सजिलो ठाउँ हैन रोज्ने थिएनन होला। अर्को कुरा उनिहरुले त्यस्तो काम राती मा सुरु गर्थे होलान ।
तर मधेशी पाटो लाई भारत्ले प्रयोग गर्यो भने यो पाटोले यसो नगरला भन्न सकिन्न।

४: भारत
नेपाल को मामिलामा दुस्ट र दुरदर्शी रणनिती खेल्ने प्रमुख खेलाडी भारत हो। अहिले सबैका आँखा राजा र माओवादी तर्फ सोझिएका बेला आफु माथि कसैको सुइ नसोझिने अनी आफ्नो दिर्घकालिन रणनिती अनुसार यस् सानो देश को अर्थतन्त्र तहस्नहस गर्ने, बिदेशी माझ्को यस्को शाख गिराउने, पर्यटक आउन नदिने र सधैं आफ्नो पिट्ठु बनाइ राख्ने। ४ जना पर्यटक अपहरण हुँदा सिङो काश्मिर को पर्यटन तहस नहस भएको उस्लाई याद छ। तेसैले हल्ला को देश मा यस्त घटना घट्नलागे भने उभो लग्न लागेको अर्थतन्त्र फेरी खुस्किन्छ तस र्थ कुनै पनि बेला यो मुलुक लाई स्थैयित्व तर्फ बढन दिनुहुदैन भन्ने उस्को RAW को प्रमुख strategy हुन सक्छ।
हाम्रो बिदेशिको अगाडि को साख कती घटिसकेको छ भन्ने कुर त केही बर्ष अगाडि ५-६ वटा European airlines ले नेपाल बाट उडान गर्दै आएको मा अहिले कुनै पनि European airlines ले नेपाल बाट उडान नगरने बरु नेपाल को ७०% भाडा आउने Delhi सेक्टर मा high competition भएको सेक्टर मा उडान म हात हाल्ने व्यबहार ले देखाउन्छ।
त्यती मात्रै हैन भरत भएर यात्रा गर्नु पर्ने बाध्यताले लाखौं नेपाली हरु अनावश्यक रुपमा भारत लाई tax तिर्दै अपमान झेल्दै यात्रा गरिरहेकाछन। एउटा सामान्य कुराले भारत लाई कती फाईदा हुन्छ भन्ने कुराको उदाहरण हो यो।

तसर्थ मेरो विचारमा बम को पछाडिक ४ पाटा यिनिहरु हुन । कुन पाटो ले आफ्नो क्रुर एबम नपुन्शक पापी पाटो यस् घट्नामा देखायो हामीले समयमा छुट्यौन सकौ।
 
Posted on 09-04-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बम कस्ले बिस्फोटन गर्यो, त्यो बिस्तारै छर्लङ्गिने छ। मैले त सम्भावनाका भिन्न भिन्न रुप देखेको लेखेको मात्र हुं। कसै सित प्रतिबाद र बिबाद गर्नु छैन। सत्याग्रह पातलिंदै गएको र लौह् पुरुष गणेश मान सिंह लाई जुन बिषेशण दिनु भएको छ एक जनाले मित्रले त्यस्ले उहाँको हेर्ने आँखामा कस्तो चस्मा लागाइको छ स्पष्ट छ। यसमा बिबाद गर्नु छैन, उहाँको हेर्ने आँखालाई चसमा लगाउन स्वतन्त्र हुनु हुन्छ।
राम राजा प्रसाद सिंह हाल को सङ्ग सहकार्य गर्दै छन् त्यो पनि छिपेको छैन।
राजा बिरेन्द्र सङ सहकार्य गर्नेहरुले ज्ञानेन्द्र सङ फेरि सहकार्य नगर्लान् र? के बेर?
गोरो बर्णका कपाल छोटो अनि सुन्धारामा पड्किएको बम सेनाकै जवानको झोला को सकेट बम थियो भन्ने प्रत्यक्षदर्सीहरुको भनाईलाई अझ मेरो शंकामा सबूत थपेको जस्तो लाग्छ।
बिभिन्न सेना मध्य शाही सेना वा जनमुक्ति सेना वा दुबैको सयुक्त अपरेशन पनि हुन सक्दछ भन्ने मलाई लाग्दछ।
 
Posted on 09-04-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well thx for all these posting my brothers...but drama is still going on and will be. It will be very difficult to understand the political situation of Nepal. No one knows the turning point of the counrty....well I hab seen 3 main giants
1. Maoists ----- they r the one who wants the country in their whole control.

2. King---- king will not be playin marble this time around. Definately he is doin something fightback for his power. Who knows its not an easy task to kill people of ktm ...who has done ROYAl MAssArce

3. INDia--- i blame india also ....who wants to make counrty as Sikkim or Bhutan whose remote control is wid them.

Now, out of theese the small parties like 8 -9 whateve parties ties. Cause they are afraid of all these 3 aspects.

As far as i concern with those tiger, jackal whatever new terrorist in country, i think they are under also those 3 main shades...

Hopin to get feedback, guys
 
Posted on 09-04-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


I am not truly optimistic that the culprits and their accessories or their abettors would be incarcerated in the near future for this heinous crime. But I am keeping my eyes peeled on the issue. The interview of the self proclaimed perpetrator, on the BBC, was interesting, who in my view, do not sound a bit of a revolutionist.
At this point, all we do can is guess. And we all know that we all are good guessers like everybody else.
Thanks for rahulvai, who btw always gives smthing new and differnt, to put this thread on and also keeping it lively with discussions.

atomic bro,
if you can explainingg a lil bit more of your three aspects, it would be good.

of your three aspects, it would be good.
Last edited: 04-Sep-07 10:56 AM

 
Posted on 09-04-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
कुरा काट्न पो हुन्न तर्क गर्न त हुन्छ नि..तर जे भए पनि राखुम राखुम सबै पढिन्छ क्यारे...

Oki talking about that unfortunate bomb blast its simple a case of law and order but when politics is unstable we cant expect good....

गाइजात्रातन्त्र (ज्ञानतन्त्र/ गिरिजातन्त्र/ज्ञानतन्त्र + गिरिजातन्त्र) < Gun तन्त्र (प्रचन्डेकुकुरतन्त्रमन्त्र) ≠ प्रजातन्त्र >> गणतन्त्र

we do not see a balance in the above equation, and having no balance is same as that of having no state of equilibrium...like a chemical reaction re kyaa....

no equilibrium no STABILITY/SHANTI.... in terms of politics....


PS: गिरिजा बेकुप किस्ने केन्तकी बस्छ भन्ने थाहा छैन तेल्लाई ...किन पाटन गाको.............अब धेरै बोल्यो भने पिट्छन.....भाअाअाअाअाअाअाअाअाअाअाग काले
 
Posted on 09-04-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्बिधान सभा ले के गर्छ? राजा हटाउला। अनि के?

राजा पछी के? यस्को बारेमा कसलाई थाहा छ? खाली सम्बिधान सभा सम्बिधान सभा भन्यो प्यारप्यार गर्यो तेत्ती हो। देसको तहस नहस भएको आर्थिक-सामजिक परीस्थीतीलाई कसरी सुधार्ने हो? तेस्का योजनाहरु के के हुन? कार्यान्वयनका पक्षहरु के कस्ता छन? तेस्को बारेमा जनताले जान्ने कैले?

सम्बिधान सभा मात्रैले केई नी लछारपाटो लाउँदैन -- आउँछ जान्छ -- राजा र केही प्यार प्यारे नेता भनाउँदाहरुलाई बाहेक समग्ररुपमा देशका नागरीकहरुलाइ केही राहत हुन्न -- केही फरक पर्दैन।

देशले धेरै नागरीकहरु गुमाई सकेको छ। ती मरेर जानेहरुले गर्ब गर्ने दिन आउला र? भन्न मुस्किल छ।

देशमा आज हिंसा बोल्छ -- हिसा सुनिन्छ -- र त हिसा नै हाबी छ। एका तिर हिंसालाई बोलाएर कुर्सीमा राख्यो अनि अर्को तिर मर्नेलाई सहीद घोषणा गर्यो। के ताल हो यो?

सित्तैमा ज्यान गयो मान्छे को -- भाषण गर्ने भातेहरुलाई निउँ भयो।
 
Posted on 09-04-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"UML believes criminal elements were behind Sunday blasts" ::(nepalnews.com mk Sep 04 07)
"क्रिमिनल एलेमेन्ट" ले नभए के "सोशल एलेमेन्ट" ले गर्छ त? "कुरा बुझे त मर्दिनू..."
 
Posted on 09-04-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with deep. Eutaa rotiko laagi marne ra marne sthiti desmaa aayeko chha. aaba bangaale sojhaa mare bhane aaba sojhaa le baangaa harulai marne din aairaheko chha. Ekaa tira seculaar state ghosanaa garne arkaa tir des bikaasko kuraa chhodera madir ra kumaari herne 8 partikaa pradhaanmantrile, k garlaa ra khoi ? sadakmaa hoina aba samsadmaa padkinu parchha ani matra sabaiko budhi pharkanchha. sojhaa jantaako chhak chiknna payo bhane yo khaate netaaharule ubadro gardorahechha. sabai sojhaa jantaaharu milera aayo bhane esle khaate paate netaaharuko chhak ta k mutunai chhedchha ra chhednu parchha bhanne haamro bhanai chha. saathihaaru K bichaar chha ta aaba ?
 
Posted on 09-05-07 1:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Ji, Teso bhayo hami haru lai Constitutional Assembly bhaneko k ho bhanidinus na....tapai lai thaha bhaye, hami haru lai pani margadarsan garnus na.....Sambidhan Sabha ma k Huncha?? Kasta -kasta topic haru ma ko-ko kura garchan bhani dinus na....Yesto, ghatana nepal ma ya aru katai pahile pani bha cha?????
 
Posted on 09-05-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kbhanchayobhai,

You should be directing these questions to those people who are never tired of saying sambidhan sabha sambidahan sava. I also echo your questions. I also want to know what the heck does that CA do? The only thing I have understood so far is the first meeting of the CA decides on Monarchy. Then what? I don't know but I would like to know.

Democracy exists in practice not in words. I am sure you know it already. Tell me what is the unemployment rate in Nepal? What percentage of our Nepali population lives under the poverty line? What plans have you heard about addressing social issues? economic issues? It takes years and years of hard work before we can have a sound economy. Where are the plans for that? how will the plans will be implemented? Why don't I hear about those things? Nara le desh sudhrine bhae Nepal aile samma bepatta sudhri sakthyo. Sabai jana raja dekhi rajanitik dala ka neta samma janatako duhai dine tara janatalai apthyaro parne kama garna nachhodne? din dinai chakka jam ra nepal banda garera kaslai asar parchha? madhav nepal lai? gyanendra lai? prachanda lai? girija lai? ki din dinai majduri garera jahan pariwar palne majdoor lai?

CA is not a negative step. Once it is over then what? ke aago lage pachhi kuwa khanne?

I have no doubt you want to see Nepal as a sundar santa nation. I do too. But do these people who claim to be our leaders? I doubt. Big time.
 
Posted on 09-05-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

solute u bro!!!!
 
Posted on 09-05-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ०४२ सालमा स्यानै भएपनि भिजन त २०।२० नै थियो, अब जाच्नु पर्ला । तर रङगिन चश्मा नै लाउनु पर्छ भन्ने केहि छैन । सडकमा कुनै समान बिक्रि गर्नेले पहिला आफुमाथि प्रयोग गरेर बिश्वास देखाउनु स्वभाबिक हो। गणेशमानजीले मलाई स्वर्गबाट स्याबासि दिन्थे होलान, किनभने उनि पनि ठाढो कुरामा बिश्वास राख्थे,उनलाइ अब राजनितिको खेति पनि गर्नुछैन । बमको राजनितिलाइ six degrees of seperation game झैं खेल्दा सबै सम्बन्धित देख्नु नौलो होइन। छाडौ बिबाद बरु दिपले चै कुरा बुझ्या रैछन । संबिधान सभालाई दुर्लभ बुटि झै मान्दा षडयन्त्रको गन्धहरु बटुलिनु अस्वभाबिक हैन । हेरनुहोस मधेशि फोरम सगंको गिरिजाबाट सम्झौता । आखिर भारतलाई चाहियो भने त्यो सम्झौता,सभा तु हुने रहेछन। त्यो फोरम जो देश टुक्रयाउन तयार थिए एकबखत, अहिले लुरे कुकुर झै हस हस भनिरहेछ। एक ताका राजाबाट संचालित भनिएको फोरम एकाएक सभाको तयारिमा लागेछन । यस्तो जादु कसरि भो ? गिरिजाले किन हतार गरे ? अहिले सुजाता फेरि बेबिकिङ अलापदै छिन। पटक पटक नारायणहिटि, बालुवाटार छिर्ने मुखर्जिले ग्यानेलाइ पनि भारतको छडिमा काम गर्ने सहमतिको कोशिश बकवास भन्न सकिन्न, भुटानलाइ हेर्नोस। असहमतिका कारण भारतलाइ ६ गते नै चुनाव चाहियो। हाउगुजि? क्षणमै सबै पार्टि जुरमुराऊन थाले, माओवादि डराए। संझौता फटाफट भए। कंग्रेश र भारतले चाह्यो भने सं सभा जहिले पनि सुलभ थियो,छ, इतिहास साक्षि छ, चाहिएन भने त्यो यति दुर्लभ हुन्छ कि सबै जनता त्यसको खोजिमा लाग्छन। जनताले फलत पाउने निको चांहि न्युनतम थियो सधै हुनेछ । बांकि दलहरु त हास्यास्पदका पात्रहरु मात्र हुन। तल छोटोकारिमा केहि घटनाक्रमहरु कपि पेष्ट गर्या छु ।



संविधान निर्माणमा दूतावास सक्रिय . आधा दर्जन भारतीय कानुनविद् राजधानीमा
-

काठमाडौं। नेपालको माओवादी समस्या र मधेसी समस्या समाधानमा योगदान पुर्‍याउँदै आएको छिमेकी मित्रराष्ट्र भारतले संविधानसभाको निर्वाचनअगावै भावी संविधानको स्वरुप तयार गर्न गृहकार्य अगाडि बढाएको छ। भारतीय राजदूत अध्यक्ष रहेको 'बीपी कोइराला नेपाल–भारत फाउण्डेसन' को आयोजनामा आइतबारदेखि भावी संविधानको स्वरुप निर्माणबारे गृहकार्य सुरु भएको हो।
==========
एकैचोटि राजा आउने र गिरिजा जाने
– चूडामणि भट्टराईबाट
काठमाडौं। रानी कोमललाई एक्लै नागार्जुनतिर पठाएर केही घण्टा दरबारमै बिताएका राजा ज्ञानेन्द्र निर्धारित समयभन्दा झण्डै अढाई घण्टा ढिलो मात्र नारायणहिटीबाट बाहिरिए। प्रायः आफैं गाडी हाँकेर रानीका साथ देखिने राजाले किन फरक–फरक समयको सवारी मिलाए?
यसको कारण थियो– छिमेकी मुलुक भारत र त्यसका राजदूत शिवशंकर मुखर्जी। मुखर्जीले राजा ज्ञानेन्द्रलाई त्यसदिन कुराएका थिए र कसैले थाहा नपाउनेगरी भदौ ७ गते शुक्रबार साँझ उनी सुटुक्क राजदरबार छिरेका थिए। बाह्य सुरक्षा निकायहरुलाई कोरियन टोली राजालाई भेट्न गएको भन्ने हल्ला गराएर दरबारमा राजा र राजदूतबीच झण्डै दुई घण्टा गोप्य वार्तालाप भएको थियो। यसकोलगत्तै पर्सिपल्ट राजदूत मुखर्जीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटघाट गरेका थिए।
====‍‍‍‍‍‍‍‍‍===========================
काङ्गे्रस गणतन्त्रमा

यसरी काङ्गे्रस गणतन्त्रका पक्षमा जाने भएपछि पार्टीभित्र एक प्रकारको चिन्ता छाएको छ। वामपन्थीहरू र त्यसमा पनि हिंसात्मक युद्धमा विश्वास गर्ने माओवादीहरू राजनीतिमा हावी भएका बेला गणतन्त्र स्थापना हुँदा त्यस्तो गणतन्त्रले लोकतन्त्र सुदृढ तुल्याउँछ भन्ने कुरामा विश्वास गर्न काङ्गे्रसका अधिकांश नेता तथा कार्यकर्ता तयार छैनन्। माओवादीको अगुवाइमा गणतन्त्र स्थापना हुँदा लोकतन्त्रलाई ठँलो धक्का पुग्ने धारणा उनीहरूको छ। मुलुकलाई गणतन्त्र आवश्यक भइसकेको भए पनि काङ्गे्रसको अगुवाइमा स्थापना हुने गणतन्त्र मात्र देश, जनता र लोकतन्त्रका निम्ति हितकर हुनसक्छ भन्ने विश्वास काङ्गे्रसभित्र छ। महान् चिन्तक एवम् नेपाली काङ्गे्रसका संस्थापक नेता बीपी कोइरालाले अनुशरण गर्नुभएको मार्गको
समीक्षा नगरी बीपीको 'लाइन' परित्याग गर्न खोजिएकोले पनि काङ्गे्रसमा असन्तुष्टि पैदा भएको छ। राजतन्त्रलाई त्याग गर्दाभन्दा पनि कम्युनिस्टहरूसँगको सहयात्रा काङ्गे्रस र प्रजातन्त्रका लागि घातक हुनसक्छ भन्ने बीपी कोइरालाको निष्कर्ष छ। उहाँले अवलम्बन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति झनै सान्दर्भिक बन्दै गएको काङ्गे्रसजनले ठान्न थालेका छन्। गिरिजाप्रसाद कोइरालाकै समयमा बीपीको 'लाइन' उपेक्षित हुनुलाई दुर्भाग्यको अर्को पाटो मानिएको छ। कम्युनिस्टहरूसँगको सहयात्राबाट निरङ्कुश राजतन्त्र अन्त्य हुनमा केही बल मिलेको भए पनि काङ्गे्रस पार्टीको प्रभाव र लोकतन्त्र सुदृढीकरणमा भने धेरै ठँलो धक्का पुर्‍याइरहेको महसुस गराएको छ। यस्तो अवस्थामा गणतन्त्रमा जाँदा पार्टी र लोकतन्त्रले झन् ठँलो क्षति बेहोर्नुपरेको हो कि भन्ने कुराले काङ्गे्रसका नेता तथा कार्यकर्तामा व्यग्रता बढाएको छ। गणतन्त्र स्थापनासँगै माओवादीको प्रहार काङ्गे्रसमाथि केन्द्रित हुने उनीहरूको ठम्याइ छ।
काङ्गे्रस सम्बद्ध सँत्रले जनाएअनुसार दुई साताअघिसम्म सभापति गिरिजाप्रसाद कोइराला गणतन्त्रमा जाने–नजाने भन्ने विषयमा गम्भीर ढङ्गले विचार–विमर्श गरिनुपर्छ भन्नुहुन्थ्यो। तर, कुनै प्रकारको विचार–विमर्श नै नभइकन कोइरालाबाट अप्रत्याशित रूपमा गणतन्त्रमा जाने निर्देशन किन र कसरी आयो भन्ने कौतुहलता पनि काङ्गे्रसभित्र पैदा भएको छ। माओवादीलाई आन्दोलनबाट विमुख गराउनका लागि कोइरालाले काङ्गे्रसलाई गणतन्त्रमा लैजाने निर्णय गर्नुभएको अनुमान एकथरीले गरेका छन् भने अर्काथरीले भारत ससुराली भएका कृष्णप्रसाद सिटौलाहरूको लहलहैमा लागेर कोइराला गणतन्त्रमा जानुभएको ठानेका छन्। जुनसुकै कारणले काङ्गे्रसलाई गणतन्त्रमा लैजान खोजिएको भए पनि यस प्रकरणले असहज परिस्थितिको सिर्जना गर्ने निष्कर्ष राजनीतिक विश्लेषकहरूले निकालेका छन्।

‍‍‍‍‍‍============================
मधेसी सम्झौताविरुद्ध
विस्फोट गराएको दाबी
तराई आर्मीद्वारा जिम्मेवारी

काठमाडौं। निर्धारित मितिमा संविधानसभाको निर्वाचनका लागि वातावरण तयार बनाउन नेपाल सरकारले विशेष सुरक्षा सुरु गरेकै दिन आइतबार साँझ राजधानी काठमाडौंमा शंृखलाबद्ध बम विस्फोट भएको छ। अपराह्न सवा चार बजेदेखि साढे चार बजेभित्र त्रिपुरेश्वर, सुन्धारा र बालाजुमा भएको शंृखलाबद्ध बम विस्फोटनको जिम्मेवारी आफूलाई तराई आर्मी संगठनको नेता 'जोन' नाम बताउने एक व्यक्तिले लिएका छन्। पाँच दिनको अथक प्रयासपछि सो संगठनका केन्द्रीय सदस्य मिस्टर खन्नाको नेतृत्वमा रहेको टोलीले तीन ठाउँमा बम फिस्फोटन गर्न सफल भएको जोनले बताएका छन्। १५ दिन अगाडि तराईबाट विस्फोटक पदार्थसहित राजधानी आएका दुई दर्जनसमूहले नक्सा बनाउने, आक्रमणको केन्द्रको निर्धारण गर्ने काम गरेको थियो र सोही समूहले पाँच दिन अगाडि नै गर्ने भनिएको आक्रमण अनुकूल परिस्थिति नभएका कारण हिजोमात्रै सम्भव भएको तराई आर्मी स्रोतले तरुणलाई बताएको छ। मधेसी जनअधिकार फोरमसँग भएको सम्झौताविरुद्ध उक्त बम विस्फोटन गराएको उनको दाबी छ।
=====
स्रोतहरुका अनुसार, विस्फोटनकारी समूहले राजधानीका छ ठाउ147मा विस्फोटन गराउने योजना बनाएका थिए। तर, नक्साल, बानेश्वर र कालीमाटीमा भने विस्फोटन गराउन सफल भएनन्। यसपटकको विष्फोटमा विगत 'जनयुद्धकाल'मा माओवादीले सुरक्षाकर्मीविरुद्ध प्रयोग गर्ने खालकै विस्फोटक पदार्थ प्रयोग गरिएको थियो।
======
बम हान्नेहरु बीचैमा बेपत्ता
– प्रकाश तिमल्सिना
काठमाडौं। अन्ततः राजधानीमा भएको बम विष्फोटनको घटनामा कसको संलग्नता छ भन्ने द्विविधालाई प्रारम्भिक ढङ्गबाट किनारा लगाउँदै प्रहरी प्रशासन एवं गुप्तचरहरुको आफ्नो ध्यान तराईतिर खिचेका छन्। तराईवासीको नाममा काठमाडौंमै रहेका दरबारिया तत्त्व वा सेनाले घटना गराएको आशंका कतिपयले गरिरहेकै बेला अपराधीहरु राजधानीबाट बाहिरिइसकेको निश्कर्ष निकाल्दै सरकारले भने आतंकवाद विरोधी एउटा गोप्य दस्ता तराईतिर पठाएको छ।
प्रहरी उपरीक्षक बमबहादुर भण्डारीले नेतृत्व गर्दै आएको आतंकवाद विरोधी दस्ताबाट डीएसपी सुबोध घिमिरेको कमाण्डमा प्रहरीहरुको टोली तराई झरेको हो। सिभिलमा खटिने यो प्रहरी टोलीले विगतमा एयरपोर्टलगायत विभिन्न नाकाबाट माओवादीलाई सुटुक्क पक्रेर गायब पार्ने कार्यमा विशेष सफलता हात पार्ने गरेको थियो। गृहमन्त्रालय सूत्रका अनुसार, प्रहरीको यो टोलीले बमकाण्डका संभावित दोषीहरुलाई खोजी गर्ने उद्देश्यले वीरगञ्ज, विराटनगर र नेपालगञ्जका विशेष नाकाहरुमा निगरानी गर्नेछ।
प्रहरीले प्राप्त गरेको प्रारम्भिक जानकारीअनुसार राजधानीमा बम विष्फोटन गर्ने सिलसिलामा केही दिनअघि शंकास्पद व्यक्तिहरुले कीर्तिपुरमा बैठक गरेका थिए। उनीहरुले तीनवटै स्थानमा छ इञ्च लम्बाइ भएको चार इञ्च मोटो फलामे पाइपमा जिलेटिन हालेर पड्काएका थिए। ती बममा एक घण्टापछि पड्कने टाइमसमेत डिभाइस ब्याट्री प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको स्रोतले बताएको छ। दुई ठाउँमा निश्चित स्थानमा राखेर पड्काइएको थियो भनेे बालाजुमा सोह्रखुट्टेबाट माइक्रो चढी आएको व्यक्तिले माइक्रोमै छाडेर झरेको थियो। प्रहरीको दाबीअनुसार, बम काण्डमा खास सहभागीहरु तीनजना थिए। प्रहरीले मधेशी र पहाडीमूलका गरी १५–१६ जनालाई पक्रेर अनुसन्धानपछि छाडिसकेको छ। काठमाडौंका केही लजमा सर्च गरिए पनि दोषीहरुलाई काठमाडौं छाडेर बाहिरिइसकेको निश्कर्षमा प्रहरी पुगेको छ। गोइत समूहको जनतान्त्रिकबाट छुट्टिएका बबन सिंह (मिष्टर जोन) कै संलग्नता रहेको निश्कर्षमा प्रहरी पुगेको छ। प्रहरीका अनुसार, मिष्टर जोनले प्रयोग गरेको मोबाइल फोन महरा थरका व्यक्तिका नाममा दर्ता छ।
गौरबाट बम बोकेर काठमाडौंमा
प्राप्त समाचारअनुसार, मिष्टर जोन भनिने तराई आर्मीका संयोजक बबन सिंहलाई गौर नरसंहारको नाइके भन्दै नेकपा माओवादीले उनी लगायत केहीको नामै तोकेर ज्यान मुद्दा लगाउन गौर प्रशासनलाई दबाव दिएको थियो। तर, जिल्ला प्रशासनले सो जाहेरी आजसम्म दर्ता गरेको छैन।
प्रशासनले मुद्दा चलाउन आनाकानी गरेको बबनसिंहको सो समूहले नै ०६१ भदौ १६ गते इराक हत्याकाण्डको निहुँमा राजधानीलाई तहसनहस पारिएकै दिन छानेर आइतबार राजधानीमा सो घटना घटाएको हो। बबनसिंह निकटस्थ सूत्रले दिएको जानकारीअनुसार, सिंहले गौर आसपासका विवेक सिंह नाम गरेका व्यक्तिलाई सो घटना घटाउने जिम्मेवारी दिएका थिए। विवेक सिंहको नेतृत्वमा त्रिपुरेश्वर क्षेत्र तथा देवानको नेतृत्वमा बालाजु क्षेत्रमा बम बिष्फोटन गराइएको दाबी स्रोतको छ। स्रोतका अनुसार, राजधानीमा बम विष्फोट गराउन विवेक सिंह मधेशबाट राजधानीमा गत शनिबार मात्र आएका थिए भने शनिबार ४ः४५ मा सार्वजनिक यातायातबाट कलंकीमा ओर्लिएका उनी चामलको बोराभित्र लुकाएर ल्याइएको विष्फोटक पदार्थसहित त्रिपुरेश्वरतिर आएका थिए। स्रोतका अनुसार, विवेक सिंह नै घटना घटाएपछि 'मिष्टर खन्ना' का रुपमा उभिएका हुन्। तर तराई आर्मीका जोनले भने ५ दिनको प्रयासपछि सो घटना घटाउन सफल भएको दाबी गरिएको छ। उनको भनाई उद्धृत गर्दै स्रोतले जनआस्थालाई भन्यो– जोन, मिष्टर खन्ना लगायत मिलेर नक्शाङ्कन लगायत माक्रमणको क्षेत्र तथा मिति र समय तोकिएको थियो। यता, घटना घटे लगत्तै जोनले गौर स्थित पत्रकारलाई फोन गरी जिम्मेवारी लिएका थिए, १० सेकेण्डमात्र कुरा गरेको बताउँदै ती पत्रकारले भने– काठमाडौंमा गरिएको विष्फोटन सफल भयो, त्यसको जिम्मेवारी तराई आर्मीले लिन्छ, त्यसपछि पुनः आधा घण्टापछि सम्पर्कमा आएका आएका मिष्टर जोनले 'हामी सफल भयौ भनेका थिए।'
स्रोतका अनुसार, राजधानीमा विष्फोटन गराउने सो समूहमा करिब १ दर्जन थिए र घटना गराएको रातमै उनीहरु मधेश फर्किसकेका छन्। शनिबार भित्रिएको विवेक सिंहको समूह कोटेश्वर आसपासको गेष्ट हाउसमा बसेको पनि स्राेतले बताएको छ। यसबारे थप जिज्ञासा राख्दा जोन उर्फ ववन सिंहको मोबाइलको स्वीच अफ गरिएको हुँदा सम्पर्क हुन सकेन।
को हुन् त बबन सिंह?
रौतहट ब्रम्हपुरीका स्थायी बासिन्दा अविवाहित बबन सिंहलाई गौर नरसंहारको नाइकेको आरोप माओवादीले लगाएको थियो। गौर नरसंहार लगत्तै मलंगवा हुँदै रात्रिबसमा राजधानी आएका बबन शाहीकालिन कृषि तथा सहकारी मन्त्री गोविन्द चौधरीको निरन्तर सम्पर्कमा रही गत सालको चैत २५ गते सोमबार मधेश फर्किएका थिए। चौधरी रौतहटका पूर्व सांसद पनि हुन्। चौधरी र जिल्लाक काठ व्यापारी यादुलाल महतोसँग निकटस्थ सम्बन्ध रहेको भनिएका बबन सिंह यो पटक सम्पर्कमा रहे/नरहेको भने स्रोतले केही बताएन। तर जिज्ञासा राख्दा पूर्व सहायक मन्त्री चौधरीले भने– त्यस्ता डाँकासँग मेरो कसरी सम्पर्क हुन्छ? बबन सिंहले सिमानामा बालबालिका अपहरण गर्ने र फिरौती लिने जस्ता कार्य गर्दै आएका छन् भन्दै उनले भने– बबन सिंहविरुद्ध अदालतमा थुप्रै मुद्दा छन्। हतियारसहित राजधानी ओहोरदोहोर गर्ने सिंहलाई आत्मानन्द उपाध्यायले सहयोग गर्दै आएका छन्।
गौर घटनापछिको उनको गतिविधि
उनका निकटतम पूर्व सहयोगीका अनुसार, गौर घटनापछि आफूलाई राजावादीको रुपमा चिनाउँदै आएका बबन सिंहले पछिल्लो समयमा आफूले दरबारबाट ३० लाख रुपियाँ पाएको बताउँदै आएका थिए।
पिपुल्स आर्मीको दाबी
यता विष्फोटलगत्तै सम्पर्कमा आएका नेपाल पिपुल्स आर्मीका केन्द्रीय संयोजक पुष्करले सो घटनाको जिम्मेवारी लिएका थिए। पछि संवाददातासँग अज्ञात स्थलमा भेटिएका पुस्करले भने– तराई आर्मी र हाम्रो सहमतिमा यो घटना घटाइएको हो।
पुष्कर चाहिं को हुन् त?
नेकपा माओवादीको पाँचौ विस्तारित बैठकको पूर्व सन्ध्यामा राजधानीमा भेटिएका पिपुल्स आर्मीका संयोजक पुष्करले यस संवाददातालाई आफू गणतन्त्रवादी भएको बताएका थिए। सोही भनाई पछिल्लो भेटमा पनि दोहोर्‍याए। जनयुद्ध शुरु देखिनै माओवादी पार्टीको सक्रिय कार्यकर्ता भएको बताउने संयोजक पुष्कर त्यसबेला पनि काठमाडौमा हतियासहित भेटिएका थिए। पार्टीले गलत नीति अख्तियार गरेको, सरकारमा गएर पनि केही कार्य गर्न नसक्दा आम पार्टी कार्यकर्तामा निराशा छाएको उनले बताएका थिए। सोही कारण आफूले पार्टी छाडी नेपाल पिपुल्स आर्मी निर्माण गरेको उनले बताएका थिए।
ज्वालासिंह समात्न अर्को टोली
यसैबीच, ज्वालासिंहलाई समात्नका लागि प्रहरीको अर्को स्पेशल फोर्स पनि तराईको सीमावर्ती क्षेत्रमा गएको बुझिएको छ। यता शान्ति तथा पुननिर्माण मन्त्री रामचन्द्र पौडेल भने ज्वालासिंहले वार्ताको पहिलो पत्र नबुझेपछि दोस्रो पत्र पठाउने सूत्रको खोजीमा लागेका छन्। यसै सिलसिलामा तराईबाट पत्रकार विजय मिश्र काठमाडौं बोलाइएका छन्। गृहमन्त्री कृष्णप्रसाद सिटौलाचाहिं बमकाण्ड भएलगत्तै आइतबार विध्वंशकारीलाई कसरी पक्रने भन्दै सल्लाह गर्न सशस्त्र प्रहरीको हेर्डक्वार्टर पुगेपछि मात्र घाइतेलाई भेट्न अस्पताल गएका थिए।
यसैबीच, मधेशी जनअधिकार फोरमबाट निश्कासनमा परेका उपेन्द्र यादव आफ्ना प्रतिद्वन्द्वी किशोर विश्वासको गृहजिल्ला सुनसरी पुगेका छन् भने विश्वास वीरगञ्जतिर लागेका छन्।
उता, माओवादीबाट विद्रोह गरी विद्रोही मोर्चाको नेतृत्व गरिरहेका जनलालले मंगलबार जनआस्थासित फोनमा भने– हामीले शान्तिपूर्ण आन्दोलनमा छौ भनिसकेका छौं, उक्त घटनामा हाम्रो संलग्नता छैन। वमकाण्डमा निर्दोष सर्वसाधारणालाई पारिएकोमा दुःख व्यक्त गर्दै जनलालले भने– 'दरबारिया सामन्ती तत्वलाई चाहिं हान्नु पर्दथ्यो।' तर, आठ दलको सरकार पनि ज्ञानेन्द्रकै जस्तो हुकुमी पारामा चलिरहेको भन्दै उनले अगाडि थपे– प्रत्येक नेपाली जनता विद्रोह गर्नेछन्।
 
Posted on 09-05-07 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.im confused whether its news or a political commentary...or you are building a background for the final say? Please pinpoint your ideas for better understating as i believe most of the thread followers understand the political chaos tht we have back home. Plus a relevant response to the thread will be more useful.
 
Posted on 09-06-07 3:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Intersting thoughts very nice ,........


can somebody tell me where those bombs were made ...?
Plz circle one:
Were those bombs made in,.......
a) USA
b) CHINA
c) PAKISTAN
d) BHUTAN
e) NEPAL
f) INDIA
g) All of the above

thank you for your time;.....
 
Posted on 09-06-07 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रहरु, मैले यो धागो सुरु गर्दा नै लेखेको थिएं, यो बम सेनाले नै पड्काएको हो। शाही सेना हो कि जनमुक्ति सेना हो छुट्याउन बाकी भनेर। अब तलका समचारहरु पढ्दा लाग्यो मेरो प्रारम्भिक अनुमान सही थ्यो भनेर।'
1-http://www.enepalnews.com/ यस्मा २ ओटा समाचार छन्। पहिलो -राजधानीमा बम बिस्फोटन माओबादिबाट गराइेको प्रारम्भिक अनुसन्धान र दोस्रो- आततायी बिस्फोटनको कडा निन्दा- दरबार् को हात न भएको स्पष्टोक्ती।
2- Army refutes allegations of involvement in 9/2 blasts-http://www.nepalnews.com/archive/2007/sep/sep06/news15.php

अब भन्नुस्, यी समाचार् ले बम कस्ले पड्कायो भन्ने कुरा आफै बोल्दैन र भन्या।अस्तु!
 
Posted on 10-01-07 2:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 10-Oct-07 02:27 AM

 
Posted on 10-10-07 2:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i believe kode horu le.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters