[Show all top banners]

SateLite
Replies to this thread:

More by SateLite
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

ThahaChaena
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 " काठमाडौँमा झरि पर्दाको क्षण..अनि प्रेम " - a story
[VIEWED 3382 TIMES]
SAVE! for ease of future access.
Posted on 09-10-07 4:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिनको छानो मुन्तिर मपनि छेउमा उभियँ ! पानि परिरहेको थियो,मैले RainCoat हाल्न बिर्सेको थियँ! बाइकलाइ नेपाल यातायात को बस रोकिने बसस्टपनिर बाहिरै पार्किङ गर्नुको कुनै बिकल्प थियन ! बिस्तारै बर्सिरहेका पानिका थोपाहरु मोटरसाइकलको सिटबाट झरेर साइलेन्सरमा पुग्दा एकैछिन अगिसम्मको तातोपनले होला Vapor मा परिणत भैरहेका थिय !म केहि पर बसेर यस्तै यस्तै हेरिरहेको थिय़ँ ! दुइजना स्कुले या कलेजमा पढ्ने केटिहरु पानिमा रुझ्दै घर जान हतारिरहेका देखिय-म उनिहरुलाइ पनि हेरेँ अनि सोचेँ सायद यिनिहरुको घर यहिँ नजिकै हुनुपर्छ,तर बालुवाटारमा त मपनि धेरै बसेकै हो,खोइ देखेको थिइन त ? आफैसँग गरियको यो प्रश्न सायद उत्तरको आशाबिना गरियको थियो होला ,त्यत्तिकै हरायो ! उनिहरुपनि सायद कुनै मोडबाट हराय अनि आँखाबाट ओझेल भय ! आकाशतिर हेरँ ! अलिअलि बादल छ-पानि परिरहेकै छ ! म महाराजगञ्जबाट ललितपुर जाँदै थियँ अचानक पानि पर्यो बिचबाटोमा ,टि-शर्ट भिज्यो अनि भित्रसम्म पानि पुगेछ ! चिसो महशुश भयो !

पछाडि कलेजका ठिटाहरुको चुरोट बार्ता चलिरहेको थियो,सायद जाडोले होला मान्छेहरु गुचुमुच्चु बसेका थिय !म उनिहरुपट्टि ass फर्कायर बाहिर हेर्दै उभियको थियँ तर पनि घरिघरि उनिहरुको Coversation हरु मसम्म आइपुगिरहेका थिय ! उनिहरुले चुरोटमा गाँजा मिसायर पिइरहेका रहेछन,हावा नै गाँजामय बनेको थियो ! नमिठो लागेन ! गाँजा नपियको धेरै भयको थियो ! खासमा भैरहवा कलेजपछि काठ्माडुँ आयर गाँजातिर लागियको थियन ! अहिले संझना आयो कडा पपहरुको !बाहिर हेरेँ,पानि एकछिन रोकियला जस्तो लागेन - म अहिले बालुवाटार चोकको कुनै कफि+बेकरि सपको अगाडि थियँ ! झ्याउ लाग्यो ! पसलमा मान्छेहरु सबै आ-आफ्नो धुनमा कोहि चिया-कफि अनि कोहि चुरोट पिउँदै थिय अनि उराठलाग्दा गफहरुमा ब्यस्त !
मेरो छेउमा रहेका दुइवटा गाँउले टाइपका देखिने भलादमिहरुका कुरा सुन्ने प्रयास गरेँ -


" मुर्रा भैँसि पखालाले मरेपछि तेरि दिदि थला परेकि उठ्नै सकिने कमले,उत्पातै माया गर्थि त्यो भैँसिलाइ " ठुलोचाँहिले भन्यो !
"त्यसो भनेर सधै भयन भिनाजु..एकपल्ट यहिँ टिचिङ हस्पिटलमा नल्याइ हुन्न अब " तानिरहेको चुरोटर्कोलाइ दिँदै उस्ले भन्यो


यि मुलाहरु साला-भेना रहेछन ! काम नपायर भैँसि र बुढिका कुरा गरेर बसेका ! कुरा सुन्दैमा मलाइ अल्छि लाग्यो !मैले भित्र पसेर दुइटा सुर्या ल्यायर एउटा सल्काँय !अब अलि हल्का महसुश भयो ! एउटा बुढाबा जस्ता प्राणि फेरि पानिमा रुझ्दै अघि म उभियको ठाँउमा आइपुगेका रहेछन ! सर्रर हेरेँ
उनलाइ खाम्ला जस्तो गरेर तर कस्तो कस्तो उनि निरिह लागे मलाइ अनि आफैलाइ गालि गर्न मन लाग्यो !यस्तो लाग्यो मैले पिइरहेको चुरोटबाट बाहिरिरहेको धुवाँबाट उनि आनन्द लिइरहेछन !

"हेल्लो बाजे..चुरोट पिउने ?' मैले अघिको एउटा चुरोट उनितिर बढाय़ँ !

"जय होस नानिको.." उनले सल्काय र स्वात्त तानेँ यसरि कि मानौँ संसार जितेकै हुन ! म एक्छिन उनितिर हेरेँ !मान्छेका खुसिहरु कहिलेकाहिँ कति साना कुराहरुमा अडियको हुन्छ ! एउटा चुरोटले दियको त्यो खुसि सायद मैले अरुका आँखामा अझै देखेको छैन ! उनि सायद त्यहि चुरोट किन्न नसक्ने निरिह पो थिय कि ? अनि म त्यहाँनिर धेरै त्यागको उदहरन देखायर महान बन्ने कोसिश गरिन !


"एलिनाले जयनेपालमा बोलायर गाको त बब्ब्बाल भो यार" ठिटाहरुको बार्तालाप कानमा ठोक्कियो !
"किन के भो र सोनाम ! काम तमाम गरिस कि क्या हो ?" अर्को लुइरे जस्तो देखिने को तिखो प्रश्न सुनियो बडो प्रशन्न मुद्रामा !
" 75% done यार अब 25 % बाँकि छ,छिटटै हुन्छ त्यो पनि !! हलभित्रै सबै हुने कुरा त अलि बोर नै होला नि " केटोले नायकले जसरि बडो बिजयि भावमा भन्यो अनि अरु ठिटाहरुचाहँ उसको ब्यक्तित्वबाट प्रभावित भय झै देखिय ! मैले चुरोट दियको बाजेलाइपनि केटाहरुको कुरा घत परेर होला ,अलि उनिहरुतिर नजिकिय !

"बाउ-आमाको पैसामा लभ गर्दै हिँडने खातेहरु" मनमा निस्कियको यो बाक्यसँगै मलाइ अरु सुन्न मन लागेन ! पानि अझै परिरहेको थियो ! नजिकैको ढलमा प्रम निवासतिरबाट बगिरहेको भेल तिब्र गतिमा कुदिरहेको थियो सुनामिलाइ उछिन्छु भनेजसरि ! मोबाइलको रिङ बज्यो -गोजिमा ! हेरँ ! प्राइभेट नंबर थियो स्क्रिनमा लेखियको ! अमेरिकामा यतिबेला कति बज्यो होला - सायद म 15 Hours पछडि थियँ होला ! त्यहाँ मध्यरात हुनुपर्ने हो !

"हेल्लो ****"

"यहाँ पानि परेर म स्टक भयको छु somewhere in ktm..ha ha ha "

" yeah it happens only in Nepal..wht to do ?....."

" यो Midnight मा नसुतेर के गरिबसेको तिमि ?" मेरो प्रश्न थियो यो -

" hey..me too yaar..its terrible..but dont worry "

" well !! everyone is fine..dont worry ..okey take care...i will call u soon"

" ha ha ha...common...i do miss too..love u..bye "

एकातिरको Conversation थियो यो अथवा मेरो मोवाइलबाट बोलियका ! मोबाइल राखेर म एउटा तातो कफि लियर आयँ भित्रबाट - use & throw Glass मा !एउटा चुरोट सल्कायँ...भिजेको T-Shirt ले अझ जाडो महसुश गरायको थियो ! कुनै समयमा कहिँबाट आयको यो नेपालि T-Shirt सँग जोडियका स्मरणहरु धेरै छन ! मिठामिठा !धेरै अघि म सोच्थेँ ! मान्छेहरु कहिलेकाहिँ क्षणिक आकर्षण ( Infatuation) लाइ प्रेमको नाम दिन्छन अनि गल्ति गर्छन सायद त्यो एउटा गल्ति थियो भनेर महशुस गर्नेबेलासम्म धेरै ढिला भैसकेको हुन्छ होला अनि मान्छेहरु सम्झौतामा जिवन बिताउँछन निरश अनि उराठ ! मैले सायद यस्तै कुनै गल्ति गरिरहेको त छैन भनेर म घण्टौँसम्म सोचिरहन्थे ! कसैँग खेल्नु मलाइ थियन,न-आफुसँग त्यो Expect नै थियो ! तर लामो समयसम्मको सोचबिहिनताबाट बहिरियर हेर्दा लाग्छ ,त्यो कुनै आकर्षण थियन ! त्यो त केवल एउटा प्रेम थियो ! केहि पाउनलाइ नगरियको एउटा प्रेम ! के कसैलाइ Blindly Love गर्दा हुने एउटा असोचनिय Happyness अरु केहि मा छ र ?

चुरोट र कफि दुबै सकियो ! पानि पुरै बसिसकेको त थियन..अलिअलि परिरहेकै थियो तर सडकमा मान्छेहरु हिड्न शुरु गरिसकेका थिय ! खल्तिबाट Hanky निकालेर सिट पुछेँ !चिसो T-shirt बाटपनि कति धेरै न्यानोपन आइरहेको थियो..i cant explain. लाग्छ म त्यो T-Shirt अनि SHoe लाइ पनि प्रेम गर्छु होला ! कुनै winter मा म Airport जानेछु..त्यहि T-Shirt अनि त्यहि Shoe मा एउटा बिहानिमा कसैलाइ लिन !त्यो बिहानिमा पनि यस्तै पानि परोस अनि रुझ्न पाइयोस !! किनकि त्यो खुसिको पलमा केहि आँशु झर्नेछन..जुन म देखाउन चाहन्न..बर्षिरहेको पानिसँगै ति आँशुहरु कतै बिलाउनेछन ! कतै हराउनेछन !!

********** The End *********
 
Posted on 09-10-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Enjoyed reading. Good portray of a normal instance that usally passes by without any further feelings/notice. You are a good story teller.
 
Posted on 09-10-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब!!!!

गजब को शैली रहेछ स्याटेलाइटजी तपाइँको!! नेपाली आधुनिक छोटाकथाहरुले गर्ने अवलोकन र मनोभावना अत्यन्तै कुशलतापूर्वक राख्नुभयो!

शुभकामना छ अरु लेखाइको लागि!
 
Posted on 09-10-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गतिलो छ पर्भो -- तेई पानीमा रुझ्दै हिनेका कलेजे ठीटीहरु झै लाग्यो -- हेरेर सकिएकै थियेन उनीहरु हराए झै पढेर सकिएकै थिएन कुरो सकिएछ --

बालुबाटारको कुरा गर्दा त्यो राष्ट्र ब्याङ्क, पुरानो हुलाक अघि च्या चुरोस तान्ने ठाम -- बाहीर छाता साता राख्या -- माईसेलटर लेख्या ढोका भित्र भुक्ने जङ्गी कुकुर -- चाईनीज दुताबास अगाडीको पसल टुकुचा छेउमा -- अनि त्यो बालुवाटार बाट बिशालनगर आउने बाटो -- त्यो टुकुचा क्रस गर्ना साथको घराँ अल्झेकी ठीटीमा बल्झेको यो मन -- हरे। अचेल नी हुँदो हो चहल पहल तेता तिर -- आफु लागियो परदेश नी नारन।
 
Posted on 09-29-07 1:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी कथा रहेछ। धन्यबाद छ पढ्ने मौका दिएकोमा।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters