[Show all top banners]

Ajneya
Replies to this thread:

More by Ajneya
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 शिरमा ढाका टोपी
[VIEWED 3064 TIMES]
SAVE! for ease of future access.
Posted on 09-24-07 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kantipur:

प्रशान्त तामाङ 'इन्डियन आइडल' घोषित भए लगत्तै आमा र दिदीले उनको शिरमा ढाका टोपी लगाइदिए । यो दृश्य सोनी टेलिभिजनमा हेरिरहेका धेरै नेपाली भावुक बने । मध्यरातमै काठमाडौंमा खुसियाली जुलुस निस्कियो । उनीहरूको मुखमा झुन्डिएको थियो- नेपाली टोपी र प्रशान्तले गाएको गोर्खे गीत ।
नेपालीको चिनो हो टोपी । तर, नेपाल भूगोलभित्रका हामीले टोपी छोडिसक्यौं । राष्ट्रिय पोशाक पनि बिर्सिसक्यौं । सरकारका मन्त्रीले दौरा-सुरुवाल लगाउन छोडिसके । केही वर्षघि प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकामा त्यहा“का राष्ट्रपति बिल क्लिन्टनलाई भेटेका थिए । भेटपछि 'फोटो सेसन' हुनु अनौठो थिएन । र्टाई-सुटमा क्लिन्टनस“ग हात मिलाएको उनको फोटो सरकारी कार्यालयमा राख्न उर्दी जारी गरेको समाचार र्सार्वजनिक भएको थियो । दार्जिलिङको एक नेपाली मूलको तामाङ परिवारलाई टोपीको महत्व भइरहेको छ तर र्सार्वजनिक समारोहमा राष्ट्रिय पोशाक लगाउनुपर्ने सामान्य नैतिकतासमेत देउवाले उल्लंघन गरेका थिए ।

'देउवा पथ' ले जरो गाडिसकेको छ । माओवादी मन्त्री हिसिला यमीले मन्त्री बनेपछि जिन्स पाइन्ट लगाएरै सपथ ग्रहण गरेकी थिइन् । कसैको संस्कृति र भेषभूषाको कदर गर्नुपर्छ । सबै जातजातिले आफ्नो भेषभूषा लगाउन पाउनर्ुपर्छ । र्सार्वजनिक व्यक्तिले र्सार्वजनिक समारोहमा राष्ट्रिय पोशाक लगाउने अन्तर्रर्ााट्रय चलनचाहि“ बिर्सनु हुन्न । राष्ट्रिय पोशाक लगाउन अप्ठेरो लागे आफ्नै जाति-समुदायले लगाउने भेषभूषामा सजि“दा हुन्छ ।

प्रशान्त नेपाली मूलका र नेपाली भाषी मात्र हुन् । उनको राष्ट्रियता भारतीय हो । टोपी उनको जातीय पोशाक पनि होइन । विजयपछि उनको शिर टोपीले उ“चो बनाइयो । किनकि टोपी नेपाली मूलको पहिचान थियो । 'दार्जिलिङको सान' थियो । नेपालमा भने हिसिला यमीहरूले न राष्ट्रिय पोशाकलाई सम्मान गर्न जाने न आफ्नै जातिको भेषभूषा कदर गर्न सके ।

एमालेका प्रदीप नेपाल हुन् वा माओवादीका कृष्णबहादुर महरा र कांगे्रसका कृष्णप्रसाद सिटौला सबैले राष्ट्रिय पोशाकको अवमूल्यन गरिरहेका छन् । संसदमा बोल्दा होस् वा मन्त्रीको हैसियतले र्सार्वजनिक समारोहमा जा“दा, उनीहरूले राष्ट्रिय पोशाकको इज्जत गर्न जानेनन् । देव गुरुङ वा पृथ्वी सुब्बा गुरुङले गुरुङकै पोशाकको समेत सम्मान गरेको देखिएको छैन ।

राष्ट्रिय पोशाक नेपालीको साझा बन्न सकेन भने फर्ेन सकिन्छ । परिवर्तन नगर्ने हो भने किन दौरा, सुरुवाल, कोट, टोपीलाई सम्मान नगर्ने - पठनपाठनको अवसर नपाएका भए यतिबेला महराहरू रोल्पातिर दौरा सुरुवाल लगाएर भे“डा चराइरहेका हुन्थे, प्रदीप नेपालहरू झुम्रे टोपीमा सजिएर लोक गीत गाइरहेका हुन्थे होलान् । अहिलेजस्तो दौरा सुरुवाल टोपीलाई चटक्क बिर्सन पाउने थिएनन् । राष्ट्रिय पोशाक नलगाए पनि तर्राईको आफ्नै भेषभूषामा सजिने थिए- मातृका यादव र जयप्रकाश गुप्ताहरू । उनीहरूलाई प्रायः र्सट-पाइन्टमा देख्न पाइन्छ । के र्सट-पाइन्ट गुप्ताको पोशाक हो -

इन्डियन आइडलले अर्को पनि सन्देश दिएको छ- नेपालीबीचको एकता र सद्भाव । कपिलवस्तु जलिरहेको छ । पर्ूर्वी तर्राईको जलनको पीडा अझै छ । हामी सद्भाव र सहिष्णुता गुमाउ“दै गएका छौं । प्रशान्तलाई जिताउन सबै नेपाली एकजुट भए । दार्जिलिङ र सीमावर्ती सहरमा गएर एसएमएस भोट दिनेमा गैर तामाङ पनि थिए । प्रशान्तको सफलता दार्जिलिङका तामाङ समुदायको योगदानले मात्र भएको होइन । सबै जातजातिबाट प्रशान्तलाई सहयोग मिल्यो । नेपालभित्रका हामी सबै जाति-समुदायले यसबाट सिक्नर्ुपर्छ- र्सवप्रथम हामी नेपाली हौं
शोभा बिष्ट

काठमाडौं


नेपालीको विजय

प्रशान्त 'इन्डियल आइडल' बन्दा नेपाली खुसी हुनुको भित्री पक्ष के हो - त्यो हो हामीमा देखिएको राष्ट्रियताको भाव । प्रशान्तले दिल्लीमा करोडौं भारतीयबीच नेपाली टोपी लगाएर इन्डियन आइडलको उपाधि उचाल्दा नेपालीका आ“खा रसाउनु स्वाभाविक हो । उनलाई भोटका आधारमा विजय गराउनु चुनौतीपर्ूण्ा काम थियो । अरबौं जनसंख्या रहेको भारतमा सूचना र प्रविधिको विकास यति अगाडि बढेको छ कि उनीहरूका लागि मोबाइल बोक्नु सामान्य हो । यस्तो अवस्थामा उत्तर पर्ूर्वी भारतका आदिवासी अमित पलको दा“जोमा प्रशान्तलाई पुर्‍याउन अल्पसंख्यक नेपाली मूलका दार्जिलिङवासी र नेपालका नेपालीले ठूलै आ“ट गरेका हुन् ।

उत्कृष्ट तेह्रभित्र प्रशान्त परेपछि भारतमा बस्दै आएका र नेपालमा रहेका नेपाली उनलाई जिताउन मरिमेटेर लागे । यो नेपाली हौं भन्ने भावनाभन्दा अरू के हुन सक्छ - प्रशान्तले जज लगायत अन्य प्रतिस्पर्धीबाट भारतीय प्रहरीमा तल्लो तहको जागिर खाएको कारण मात्र अपहेलनापर्ूण्ा व्यवहार सामना गर्नु परेको होइन, नेपाली मूलका भएर पनि त्यस्तो भेदभाव सामना गर्नुपरेको थियो ।

'इन्डियन आइडल' एउटा सांगीतिक मात्र नभएर कसको राष्ट्रियतालाई स्थापित गर्ने भन्ने अघोषित प्रतिस्पर्धा पनि थियो । त्यसमा नेपाली विजयी भएका छन् । थोरै संख्यामा रहे पनि दृढ इच्छा शक्तिका साथ प्रशान्तलाई जिताउन विश्वभरिका नेपालीले जुन एकता देखाए, त्यो विश्वकै लागि अनुपम उदाहरण बन्यो ।

कतिपय भारतीयस“गै नेपाली मूलका आप्रवासी र नेपालमै बस्ने नेपालीको र्समर्थन एवं प्रशान्तको मिहिनेतका कारण जजहरू समेत पछिल्लो समय उनको प्रशंसा गर्न बाध्य भए ।

नेपालमा हालसम्म उत्पीडनमा परेको वर्ग र समुदायका नेपालीले पहिचान खोजिरहेका छन्, तर त्यो नेपाली राष्ट्रियताभित्रै हुनर्ुपर्छ भन्ने सन्देश हरेक जातजाति, भाषाभाषी धर्मावलम्बी र समुदायकाले प्रशान्तलाई एक साथ भोटिङ गरेर पर््रदर्शन गरिसकेका छन् । विश्वमा नेपाली हौं भनेर चिनाउन चाहनेहरूको राजनीतिक, आर्थिक र सा“स्कृतिक अधिकारलाई कसरी नेपाली राष्ट्रियताभित्रै अटाउने - यो तथ्य सरकारले बेलैमा बुझ्नर्ुपर्छ । अन्यथा विरोधको स्वर राष्ट्रियता विरोधी आन्दोलनमा परिणत हुन पुग्छ । त्यस्तो आन्दोलन आम जनताले नचँह“दा नचाह“दै केही निश्चित स्वार्थ भएका व्यक्तिले अगाडि बढाउन सक्छन् । अन्ततोगत्वा त्यो पृथकतावादी आन्दोलनमा परिणत हुन सक्छ ।

नेपालमा पहिचानका लागि हिंसात्मक तथा शान्तिपर्ूण्ा दुवै खाले आन्दोलन उठिरहेका छन् । यही बेला प्रशान्तलाई भोटिङ गरेर नेपालीले आफ्नो राष्ट्रियताको पुष्टि गरेका छन् । यस अर्थमा इन्डियन आइडल प्रतिस्पर्धा सामान्यमात्र नभएर आम नेपाली र राज्य सञ्चालन गर्ने दलहरूलाई दरिलो सन्देश दिने घटनासमेत भएको छ ।

- राम प्रधान

धरान

---

एउटा साधारण परिवारको टुहुरो केटोले आफ्नो गायन प्रतिभा तथा शुभेच्छुकको सहयोगमा भारतमा हजारौं प्रतिस्पर्धीलाई उछिन्दै प्रतियोगितामा शर्ीष्ा स्थान प्राप्त गरेको छ । बधाई † प्रशान्त । उल्लेखनीय पक्ष उन्ाको सरलता र सादापन हो । थोरै तर मृदुभाषी प्रशान्तमा नेपालीपन छ । त्यही मिठासले होला उनी करोडौं नेपाली लगायत भारतीयका हृदयमा आसन जमाउन सफल भएका । उनी आपसी प्रेम र सद्भावका पर्याय बनेका छन् । उन्ाको सफलताले समस्त नेपाली जातिमा 'आफूमा रहेको स्वाभिमान र आफ्नोपनलाई कायम राख्दै एकजुट भई दृढतापर्ूवक अगाडि बढेमा लक्ष्य प्राप्ति अवश्यम्भावी छ' भन्ने सन्देश दिएको छ । प्रशान्तलाई ढाका टोपी लगाइदिएर नेपालीपनको र्सगर्व घोषणा गर्ने प्रशान्तकी आमालाई अभिवादन ।

- महेशप्रसाद भट्ट

एकतामा बल

प्रशान्त भारतीय नागरिक हुन् । प्रतियोगिताले फुटेर होइन जुटेर जे पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । विशेष गरी नेपाली राजनीतिमा देखिएको पार्टर्ीीवखण्डन र पार्टर्ीीmुटाउ अभियानमा लागेका वामपन्थी हुन् वा कांग्रेस, सबैका लागि यो गतिलो पाठ हुन सक्छ ।

- रामप्रसाद आचार्य

दिलीप पौडेल

अनामनगर काठमाडांैं

अभिनन्दन गरौं

प्रशान्तले 'गोर्खालीको छोरा हू“ गोर्खे मेरो नाम ...' गीत गाउ“दा मेरा आ“खाबाट खुसीको आ“सु अविरल बगिरह्यो । नेपाली गीत त जुनसुकै मुलुककाले गाउन सक्छन् तर उनीहरूमा नेपाली रगत, नेपाली भावना र नेपाली हृदय हु“दैन ।

नेपालका कतिपय विद्यालयका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर, विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गरेर रकम जुर्टाई प्रशान्तको सफलताका लागि सहयोग गरेका थिए ।

निर्ण्ाायकमण्डलका सदस्य उदितनारायण झाले 'प्रशान्तस“ग मेरो गहिरो भावनात्मक सम्बन्ध छ मेरी श्रीमती दीपाले प्रशान्तलाई आफूले बनाउन लागेको नेपाली चलचित्रमा गाउन अनुबन्धन गरेकी छन् । उनका लागि आफ्नो क्ष्ँमताले भ्याएसम्म जे पनि गर्नेछु' भन्ने अभिव्यक्तिद्वारा सबैलाई मनोवैज्ञानिक तवरले प्रेरित गरेकामा उनी पनि धन्यवादका पात्र हुन् ।

चलचित्रकर्मी तुलसी घिमिरेले कार्यक्रम संयोजन गरेर केही महिनाभित्रै अमेरिकाका विभिन्न सहरमा 'प्रशान्त कर्न्र्सट' गराउने भएको सुखद समाचार हो । इन्डियन आइडल बनेका प्रशान्त असोज १२ गते काठमाडौंमा र १३ मा पोखरामा आएर कर्न्र्सट गर्ने चा“जोपा“जो र्सर्ूय नेपाल प्रँ.लि.ले मिलाएको छ । उपत्यकाका तीनै जिल्लाका बासिन्दाले आ-आफ्नो गच्छेअनुसार रकम जुर्टाई उनको अभिनन्दन तथा उपहार प्रदान गर्न आह्वान गर्छु ।

लोकतान्त्रिक जनआन्दोलनमा घाइते आन्दोलनकारीलाई निःस्वार्थ भावनाका साथ निःशुल्क उपचार गरेर सेवा पुर्‍याएबापत तत्कालीन निरंकुश शासनले अमेरिकी डा. ब्रायनलाई हतकडी लगाएर देश निकाला गरेको थियो । मुलुकमा लोकतन्त्र बहाली पछि डा. ब्रँयनलाई नेपाल र्फकन आह्वान गरी र्सवप्रथम मैले निजी तवरले अभिनन्दन गर्ने श्रेय प्रँप्त गरेको थिए“ ।

प्रशान्तलाई अभिनन्दन गर्न चाहनु हुने सबैलाई मस“ग सर्म्पर्क राख्नु हुन अनुरोध गर्छु ।

- डा. केदार कर्माचार्य

ज्वागल, कुपन्डोल, ललितपुर

कपिलवस्तु जलेका बेला

मेरो गृहजिल्ला कपिलवस्तुमा वर्षौदेखिको सामाजिक सद्भावमाथि सुनियोजित रूपमा आक्रमण गरिएको छ । प्रशान्तको विजयमा हर्षोल्लास मनाउने नेपालीले कपिलवस्तुको पीडा थाहा नपाए झैं गरिरहेछन् ।

हप्तौंसम्म कपिलवस्तु जलिरह“दा समेत उदासीन गृह प्रशासनले अहिले आएर घटना थामथुम पार्न स्थलगत भ्रमणको नाटक गर्‍यो । र, नौटंकी आयोग गठन गरेर झारा टारिएको छ । विगतमा यस्ता आयोग गठन भए तर कसैलाई कारबाही गरिएन । कपिलवस्तुका हजारौं जनता पीडामय जीवन बा“च्न बाध्य भएका छन् । उनीहरूको पुनर्स्थापनाका लागि कुनै ठोस पहल भएको छैन । उनीहरूका लागि अब सम्पर्ूण्ा देशवासीले हृदयदेखि सहयोगको हात बढाउनु आवश्यक छ ।

- लक्ष्मण पुरी

कपिलवस्तु

हाल ः काठमाडौं

---

कुनै पनि प्रतिस्पर्धा 'इन्डियन आइडल' को ज्ास्तो नहोस् जहा“ निर्ण्ाायकको कुनै भूमिका रह“दैन । प्रशान्तको जित पर्ूण्ातया नेपालीको भोटमा निर्भर थियो । 'नेपाली तारा-२' पनि जर्ुर्मुराउनर्ुपर्छ । यसमा पनि र्सवसाधारणले भोटिङ गर्ने व्यवस्था नगरियोस् ।

- रोशन अधिकारी

हाल ः सिर्द्धार्थ शिशु सदन मावि, कक्षा -९

हेटौंडा- ६ गौरिटार

मन त नेपाली

हाम्रो शरीरमा हुने 'जीन' स्वार्थी हुन्छ । जसले सधैं आफू र आफ्ना वंशको मात्रै भलाइ चाहन्छ । 'इन्डियन आइडल' बन्न सफल प्रशान्तस“ग नेपालीले देखाएको भावनात्मक सम्बन्ध जीनकै उपज हो । किनकि प्रशान्तले नेपालीको जीन बोकेका छन् । सांगीतिक लडाइ“को पलपलमा नेपाली गीत/संगीतलाई निरन्तरता दिनु नेपालप्रति उनको अगाध मायाको संकेत हो । नेपाली ढाका टोपी लगाएर गीत गाउनुले त उनी नेपालकै नागरिक हुन् कि भन्ने अनुभूति दिलाएको थियो । उनको भावनात्मक सम्बन्धलाई उचाइमा पुर्‍याउन हामीले पनि कम्ती योगदान गरेका छैनांै ।

निर्ण्ाायक र प्रतिस्पर्धी साथीले उनलाई पटक-पटक हेपाहा व्यवहार गरेको हामीले देखेकै हो । नेपाली मूलका भएर उनीमाथि केही निर्ण्ाायकले बेलाबेलामा नकारात्मक टिप्पणी गरेका थिए । तर, वीर गोर्खाली हुनुको परिचय हुन सक्छ, उनले आफूलाई कहिल्यै कमजोर ठानेनन् । बहादुरीपर्ूवक लड्दै गए । अन्ततः उपाधि हात पारेरै छोडे ।

आफ्ना उपलब्धिमा नेपालीले लगाएको गुनलाई प्रशान्तले भुलेनन् । अरबांै भारतीय माझ उनले नेपाल र नेपालीको नाम लिए । त्यसैले प्रशान्तको जित गोर्खालीको जित हो, सारा नेपालीको जित हो । गोर्खालीमाथिको दासत्व अन्त गर्ने अभियानको एउटा खुड्किलो हो । पुलिसको सिपाही मात्रै हैन अब प्रशान्त, नेपाली मूलका गोर्खालीको चिनारी पनि हो । प्रशान्त त्रि्रो जितमा सारा नेपाली रमाइरहेका छन् । हामी त्रि्रो नेपाल आगमनको प्रतीक्षामा छौं ।

- कर्म वाइबा लामा

एमए, समाजशास्त्र
 
Posted on 09-24-07 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rastriya Posak lagaye bhane ta Royalist bhani halchani

Jeans lagune Junglie mantri ko ke kura garne , Janta le vote deyera jitako bhaye po.Sitai ma ayeko mantri haru lai nepali pan k thaha??
at least Girija follows tradition and culture.

Aba ta national dress pani change gari kharani rang ko safari suit rakhnuparla jasto cha

thiyo ayhaa jantu haru , Nepali flag change garnu parcha bhaani haru..
 
Posted on 09-25-07 4:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I really dont know wearing daura surwal is being royalist or not but for me it is so sexy when neplese men wears it with dhaka topi n'speaks fluent english that is so sexy just neplese men haha noone can beat that.
 
Posted on 09-25-07 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्र मन्डली हरु, दौरासुरुवाल सधैं लगाउने कुरा कसैले पनि स्विकार गर्दैन तर किन हामी नेपाली कुनै पनि बिसेस अवसरमा समेत् नेपलि रास्ट्रिय पोसाक् लगाउन लाज मान्छौ भन्ने कुरा चै गाठी कुरा हो?
के नेपलि रास्ट्रिय पोसाक् लागाउदा हामि तेति नराम्रो देखिन्छौ र?
 
Posted on 09-25-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalitwa, if there is any such word, ko maya Nepal-ko Nepali-lai bhanda Darjeeling-ko Nepali-lai bhayeko jasto laagcha malai. Saayad prawashi bhayeko le hola. Bhanincha ni najik ko deuta lai hela garchan bhanera.

Tara, hamro maulik dharanaa haru daura suruwaal ra dhaaka topi ma matra simit rahanu pani bhayena ni. Ki kaso?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters