[Show all top banners]

SateLite
Replies to this thread:

More by SateLite
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

ThahaChaena
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 " मेरो एउटा साथि र कुनै दशैँको कथा....Story "
[VIEWED 2785 TIMES]
SAVE! for ease of future access.
Posted on 10-03-07 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Excuse me" उसले रिङ बजिरहेको मोवाइल कानमा पुर्याउँदै केहि पर गयो ! मैले उसको मुहारमा केहि मन्द मुस्कान भेटाँय,उसले नचाँहदा नचाँहदैपनि मुस्कान ओँठसम्म आयको थियो ! दशैँको मौसमले काठमाडौँभरि उमंग छाइरहेको थियो ! मोवाइलमा घरिघरि साथिहरुले पठाइरहने Veg र Non Veg जोकहरुले दशैँको रमाइलो अनुभुति गराइरहन्थे ! एकपल्ट भयको के थियो भने-म मोबाइल जिन्सको अगाडिको खल्तिमा राखेर ललितपुरबाट बालुवाटारतिर बिस्तारै गैरहेको थियँ,अचानक SMS को भाइब्रेसनसहित बीप बजेको थियो ,एकछिन त सोचेँ-उहिँ पुगेपछि हेर्छु भनेर तर मनमा खुल्दुलि लागिरह्यो ! कुनै Important sms पो हो कि भनेर अनि बाइकलाइ माइतिघरनिर साइडमा पार्क गरेर मोवाइल हेरेँ-राजेशको Non-Veg जोक रहेछ ! हाँसो लाग्यो बेसरि अनि म एक्लै हाँसेको देखेर केहि बटुवा प्रत्युत्तरमा हाँसेको देखेर फेरि मलाइ हाँसो बढेको थियो ,हुँदाहुँदा त म एक्लै हाँसिरहेको पागलजस्तो लाग्यो अनि पारिपट्टिको म:म रेष्टुरेन्टमा खाजा खाइरहेका कलेजका ठिटिहरु हाँसेको देखेर क्या बोर हुने गरेर लाज लागेको थियो यार अनि बाइक स्टार्ट गरेर त्यहाँबाट पछाडि नहेरि हिँडेको थियँ !
अँ म अहिले मेरो साथिको बारेमा कुरा गरिरहेको थिय़ँ ! हामि केहि पिउन भनेर एयरपोर्ट नजिकैको एउटा खुला रेष्टुरेन्ट कम बारमा छिरेका थियौँ ! सायद दसैँको मौसमले होला,मान्छेहरु अलि नै थिय ! कोहि वियर अनि कोहि हार्डड्रिङक्स गिलासमा घोप्ट्याँउदै घाँटिबाट तल हुत्याइरहेका !बाहिर हल्का चिसो बतास चलिरहेकै थियो ! बातवरण भनौ अलिक चिसो नै थियो र यस्तो बेलामा केहि पियर ज्यान तताउनु नै श्रेयष्कर मान्न सकिन्थ्यो ! उ केहि पर कसैको पार्किङ गरियको Kia कारमा अडेस लागेर मोवाइलमा कुरा गरिरहेको म यहिँबाट देखिरहेको छु ! चिसो बतासले घरिघरि उसको रातो ज्याकेट हल्लाइरहँदा उ दिक्क मानेजस्तो म महसुश गर्न सक्छु ! उ मेरो साथि हो र मिल्ने साथि हो पहिलैदेखि जब हामि काठमाडौमा सँगै बस्थ्यौ कुनै दिनमा ! हामिसँगै बस्दादेखि र म उसको घरपनि धेरैपल्ट गयको हुनाले उसको बारेमा म यतिचाहिँ भन्नसक्थेँ- उ कुनै कुरामापनि "Complain" नगर्ने प्राणि हो ! म उसको बाबासङग कुरा गरिरहँदा उसको आमाले हामिलाइ चिया अनि उस्लाइ Black Tea लियर आउनुहुन्थ्यो ! कुरा गर्नभन्दापनि उ प्राय सुन्न मन पराँउथ्यो तर कुनै एकदमै मिल्ने साथिसँग उ घण्टौ कुरा गरेर पनि बिताउँथ्यो !उसको घरमा उसको बाबाले रोप्नुभयको 'लिचि'को बोट फल्न शुरु गरिसकेको थियो अनि आमालाइ म प्राय अगाडिको सानो 'Garden'मा फुलहरुका बोटहरुमा पानि हालिरहेको देख्थेँ ! एउटा शान्त घरको कुनै कोठामा उ पुरानो PC मा कार्डगेम खेलेर बसिरहेको हुन्थ्यो म उसलाइ भेटन पुग्दा प्राय:!
मैले एउटा सानो ट्राभल एण्ड टुर्सको अफिस खोलेको थियँ ठमेलमा अनि उ समयको अन्तरालमा बिदेशतिर गयो अनि फर्कियो केहिपल्ट अनि फेरि गयो !बर्षौँ अगाडि हामिले कलेज छोडेका थियौँ अनि यसै बर्षको अन्त्यमा बिहे गर्ने सोँच बनायको थियँ !उसमा धेरै परिवर्तन भयको देखेर म कहिलेकाहिँ अचम्म पर्छु ! सायद यो अचम्म मान्न मान्छे म मात्र होइन होला ! उसकै घरमा उसका बाबा-आमापनि आफ्नो छोरामा आयको केहि परिवर्तनलाइ सायद महशुस गरिसक्नुभयको थियो होला अनि केहि चिन्तित देखेको थियँ ! कुनै नकारात्मक परिवर्तन आयको थियन ! केवल उ पहिलाजसरि बोल्ने अनि आफ्ना दुखहरु साट्ने गर्दैनथ्यो ! उ आफैमा असिमित सोँचहरु लियर बाँचेको मान्छे हो ! बाबा-आमा अनि परिवारको लागि उ एउटा असल छोरा र भाइहरुको लागि मार्ग देखाउने दाजुचाँहि बनेको थियो !
हामि चुरोट पिउँथ्यौ सँगै बाहिर बतासमा लहसिँदै ! एकदिन मैले उसलाइ चुरोट तेर्साय आफ्नो सल्काँउदै तर उसले भन्यो " मैले चुरोट पिउन छाडे यार "
" किन आमाले गालिगर्नुभयो कि क्या हो असल छोरालाइ " मैले दियको ब्यङ्गबाणलेपनि उसलाइ खासै असर गरेन अनि उसले पियन त्यसपछि उसले चुरोट पियको मैले कहिले देखिन ! पछि-पछि त सोध्नै छाडिदियँ !
उ आयो बल्ल मोवाइलबार्ता सकेर-" कति लामो बार्ता हो यार,आमासित हो कि मामासित हो मित्र " मैले हाँस्दै सोध्छु !
" हा हा हा ...छोराले कुनै बारमा बसेर रक्सि पिउन थालेकोबेलामा आमाले किन फोन गर्नुहुन्थ्योहोला र यार ?" उसको सहज उत्तर थियो !
" त्यसोभय भाउजुको होला...कुरा निकै लामो गयो त " मैले भने
" भाउजु ? हा हा हा ...अहिल्यै त्यसोभनिहाल्न अलि ठिक नहोला कि " उसले हाँसेर उत्तर दियो !
" होइन तेरो रिलेसन सिरियसलि होइन र ? " मैले केहि अचम्म भावमा सोधेँ उसलाइ ! यतिबेलासम्म दुइटा बोतल सानमिगेल बियर र भुजा सुकुटि आइसकेको थियो हाम्रो अगाडि ! मैले ग्लासमा खन्याँउदै उसलाइ सोधेँ !
" हो रिलेसन सिरियसलि हो या होइन i dont know...but i do love her and she does too but its too early to say anything" उसले बियरको घुटको लियर भन्यो तर सुकुटितिर हात लगायन !
" भाइ अलिकति अचार ल्याउ है" उसले मैलो टि-शर्ट लगायको एउटा २०-२२ को ठिटोलाइ भन्यो ! म अचम्म परेँ ! यो सब के हो यार फेरि !
" किन तँलाइ सुकुटि मन नपरे अरु अडर गर् न ? "
" राजु मैले Non-Veg खान छोडेँ यार !! सरि " उसले बियरको गिलास मुखमा हाल्दै भन्यो ! अनि केटाले ल्यायको अचार टोक्यो !
" किन, कहिलेबाट ? any particular reason ?" मेरो गम्भिर प्रश्न !!
" होइन खासै कुनै कारण होइन ! मान्छेहरुको लाश देख्दा देख्दा मलाइ यि जनावरहरुको लाश खानेकामबाट बितृष्णा लागेको मात्रै हो ! मैले अब Non-Ve नखाने निर्णय गरिसकेम र its already nearly 2 month yaar "
मलाइ थाहा थियो उसले एकपल्ट कुनै कुरा सोँचेर Decide गरिसकेपछि त्यसमा परिवर्तन गर्न सक्दैन या जान्दैन भन्ने ! मैले कर गरेर दुख उठाउन चाहिन तरपनि मलाइ उसले Non-Veg खान छोडनुको कारण त्यो मात्र हो जस्तो किनकिन लागेन !
" is she vegeterian too ?" मैले सोधेँ !
" yeah she is but there is nothing do with this.she never asked me to become veggie,its me who decided yaar " उसले आफ्नो चोरि समातियजस्तै रातो मुख लगाँउदै भनेर मेरो आँखाबाट ओझेल पर्ने कोसिश गर्यो ! मैले बुझेँ !
हाँस्नपनि सकिन म उसको अप्रत्यासित निर्णयमा ! सायद उसले नराम्रो मान्न सक्छ ! उसले कोलाइ माया गर्छ मलाइ थाहा छैन ,मैले चिन्न पनि चिन्दिन तर उसले गर्छ र सार्है गहिरो प्रेम गर्छ ! मलाइ थाहा छैन उसको उसित भेट भयको छ कि छैन अनि यावत कुराहरु तर उसको एकोहोरोपनाले ब्यक्त गर्छ-उ प्रेममा गहिरियको छ ! निकै तलसम्म भासियको छ ! एउटा डरबाट म टाढा भाग्न सक्दिन- यदि उसको प्रेम असफल भयमा के परिणाम होला ,बिभिन्न जात,संस्कार,शिक्षा अनि अलिखित बारहरुका कारणहरुबाट ! त्यो एउटा अकल्पनिय कुरा हो ! यस्ता मान्छेहरुको कुनै भर हुँदैन-भयानक निर्णय लिन पछि पर्दैनन आफ्नै निम्तिपनि !म उसलाइ संझाउनपनि सक्दिन किनकि वास्तविक कुरा नै थाहा छैन ! एकदुइपल्ट उसको पोर्टेवल कम्प्युटरको स्क्रिनमा कुनै केटिको तस्विर Screensaver को रुपमा देखेपछि मैले सोधेको थियँ- who is she ?
" i love her " उसले यतिभनेर PC बन्द गर्यो अनि हामि बाहिर निस्कियका थियौँ ! उसले मलाइमात्र भनेको थियन ! उसको बाबा-आमालाइपनि थाहा थियो त्यो निर्जिव कम्प्युटरमा देखिने सजिव चित्रसँग उनिहरुको छोरा प्रेममा गहिरियको छ भनेर ! एउटा अचम्म लाग्ने कुरा मेरानिम्ति के थियो भने - उसले कससँग ढाँट्ने आवश्यकता देखेन ! बाबा-आमाले या साथि जसले सोधेपनि निर्धक्ककासाथ " म उनलाइ प्रेम गर्छु " भन्न हिच्किचायन !
" मायाप्रेम गर्नेभयपनि उसैसँग बिहे गरेपनि अब उमेर त भयन र बिहे गर्ने ? सधै यताउता गरेर कति बस्छौ बाबु " उसको आमाको प्रश्न हुन्थ्यो यो दशैँको यताउतामा !
" आमा म बिहे गर्नेछु तर अहिले होइन ! बिहे गर्नकै लागि गर्नुपर्छ या समाजमा देखाउनकै लागि गर्नुपर्छ भन्ने कुरामा म बिश्वास गर्दिन " उसको सटिक उत्तर हुन्थ्यो यो !
" त्यसोभय कहिले गर्छौ त ? हामिलाइ त पिर हुन्छ नि बाबु !! " आमाको आँशु टपक्क भुँइमा झर्थ्यो त्यतिबेला छोराको पिरमा !
" चार बर्षपछि गर्छु आमा !! अब मलाइ पढ्नुपनि छ चारबर्षसम्म !! प्लिज नरुनुस ! म अब सानो बालक त छैन नि ! म हजुरको कुरा बुझ्छु आमा तर के बिहे गर्नु नै सबै कुरा हो र ?"
आमा निशब्द हुनुहुन्थ्यो तर एउटा बिश्वास थियो उनको छोराले नराम्रो काम गर्दैन भन्ने !! घरमा आमा vegeterain हुनुहुन्थ्यो, छोराले Non-Veg त्यागेको कुराले उहाँलाइ खुसि नै बनायो तर दाजुहरुमा भाइलाइ कुनै गहिरो दुख परेको भ्रम देखिन्थ्यो ! उसले कसैको वास्ता गरेन ! पहिला-पहिला हुनेजस्तो रमाइलो यसपालि ठुलो खसि घरमा ल्यायपनि छायन ! उसले सादा खानामै आफ्नो खुसि देख्न थालिसकेको थियो !

म अचम्म मान्थेँ, को होला त्यो जस्लाइ मेरो साथि यतिसार्है प्रेम गर्छ ! अरुलाइ harm नपुर्याइ उसले सबै त्याग्न सकिरहेको छ ! यदि कुनै दिन उसले आजबाट मैले बियर पिउन छाडे नि भनेर भन्यो पनि मैले अचम्म नमान्दा हुन्छ ! इश्वरको कृपाले त्यो चाँहि नभनोस नत्र मलाइ एक्लै बारतिर जानपर्ने हुनसक्छ जुन म चाहन्न !!

____________________________________________________________________

उसलाइ मैले एकदिन अमेरिकन एम्बेसिबाट बाहिरियको देखेँ तर उसले देखेको थियन ! नजिकै गयर हर्न बजायपछि मपट्टि हेर्यो ! उ अमेरिका जाने तयारिमा रहेछ ! कलेज छाडेको बर्षौँपछि फेरि उ कुनै युनिभर्सिटिमा भर्ना हुँदै थियो सायद ! उ कसैलाइ केहि भन्दैन तर आफ्नै सुरमा केहि न केहि गरिरहेको हुन्छ ! उसका भाइहरुले उसलाइ अति माया गर्छन एउटा कहिले नरिसाउने दाजुको रुपमा अनि दाजुहरुबाटपनि उसको निम्ति Complain कहिले सुनियन ! सायद उ केहि महिनाहरुमा अमेरिकाको निम्ति उड्नेछ ! थाहा छैन उसको लक्ष्य के हो किन उ प्रायजसो रातो ज्याकेटमा यता उता घुमिरहेको हुन्छ ! एकपल्ट उसले बिदेशमै हुँदा मलाइ अनलाइनमा भनेको थियो- म नेपाल फर्केर टेलिभिजनका निम्ति Programmes हरु बनाँउछु अनि आफै निर्देशन गर्छु भनेर तर उसले सबै योजनाहरु बदलेछ ! किन उसले बदल्यो मैले सोध्दिन र उसले भन्दैन !
दशैँ आइसकेको थियो ! एकसाँझ म उसको घरमा पुग्दा उ अनि उसको दुइटा दाजु अनि बाबा र एउटा भाइ पाँचजना भयर TV रुममा म्यारिज खेलिरहेका रहेछन ! उसको भाइ उठेपछि मैले ठाँउ पायँ अनि एकछिन रमाइलो गरियो तर उ घरिघरि आफ्नो मोवाइलमा आँखा लगाइरहन्थ्यो अनि बाहिरतिर हेर्थ्यो सायद उ कसैलाइ पर्खिरहेको छ भनेजसरि !! के प्रेममा मान्छेहरु यति गहिरिनु जरुरि छ र ? उसलाइ सम्झाउने आवश्यकता त छैन तर कुनै Unexpected Result को डर एउटा साथिको नाताले मलाइ लाग्छ ! उ मेरो साथि हो र म उसलाइ साथिको रुपबाट गुमाउन चाहन्न !

उसको एउटा दाजु अचम्म परेका थिय अब बर्षौंपछि आफ्नो भाइ Student बन्न लागेको देखेर तर उनि महसुस गर्न सायद सक्दैनथे होला कति गहिराइमा उनको भाइ भासियको छ भनेर ! सायद कुनै दिन उ सबै त्याग्नेछ त्यो बेला म अचम्म मान्नेछैन ! बर्षौँपछि बदलियको उ देखेर म एक्लै चुरोट तानिरहन्छु तर प्रत्येक धुवाँ मा हामिले सँगै उडायका धुवाँहरुलाइ म miss गर्छु यार !

*********************

एउटा दशैमा उ आयो धेरै खुसिहरु लियर ! बाबा-आमा अनि सबैको लामो प्रतिक्षालाइ हर्षमा बदल्दै तर उ आफुचाँहि कतै हरायको थियो नराम्ररि !घरिघरि झस्कने उसका ओठहरुले के भन्न खोजेका हुन कसैले बुझ्न सक्दैनथ्यो ! सायद उ आफैलाइ पनि थाहा थियन होला उ कहाँ हरायको छ भनेर ! त्यहि ठाँउ हो जहाँ हामिले हाम्रा धेरै बसन्तहरु काटेका थियौँ तर उसलाइ अचेल खासै रुचि थियन ! बरु के के Exam हरु कता-कता दिइरहेको थियो उ !आफ्नै कोठामा Bedभरि छरियका मोटा Books हरु अनि आफ्नै Portable Notebook मा उ ब्यस्त थियो आमाले बनायर टेबलमा राखिदिनुभयको Black Tea पिँउदै !
एउटा दसैमा घर फर्कँदा उ Vegeterain बनेर आयको थियो सधैको निम्ति ! अब उसले निर्जिव लासहरु खानेछैन भन्ने Promise आफैसँग गरेर !दसैँमा आफ्नै घरमा ल्याइयको खसिका आँखाहरुमा नाचिरहेको मृत्युको भय देखेर उसले केहिथोपा आँशु झारेको थियो उसको जिवन रक्षागर्न नसकेकोमा तर परिवारका अरु सदस्यको खुसिका निम्ति उ केहि बोलेन बरु त्यो साँझ उ बाहिरियो जुन साँझ त्यो खसि मरेको थियो !

मलाइ अरु कुरा त थाहा छैन तर उसले असाध्यै प्रेम गर्ने मान्छेले मारियका जनावरहरुको लाशलाइ अरुहरुलेझैँ नखानसक्छ अनि त्यो प्रेमले उसलाइ Inspire गरेको हुनसक्छ उसले केहि नभनेपनि ! तर उ आयर एउटा ओ दशैँ धेरै रमाइलो बनेको छ ! उसको पर्खाइमा बगेका आमाका आँशुहरु उ घर फर्केर पुछिसकेको छ ! जे होस हामिलाइपनि उसको आगमनले यो दशैँमा धेरै खुसि दियको छ ! थाहा छैन उ आफुचाँहि कत्तिको खुसि छ भनेर तर रातो ज्याकेटमा iPod सुन्दै एक्लै कतै हिँडिरहेको बेला अरुहरुलाइ अनुमान गर्नचाँहि गारो पर्नसक्छ-उ कति गहिरो प्रेममा परेको छ भनेर !

The End
 
Posted on 10-03-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramro raichha lekhne tarika. kathako ta aru bhag ni banauna sakine khalko chha ni lekhma na.
 
Posted on 10-03-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one, Satelite, keep it up. Thanks for another great story.
 
Posted on 10-04-07 4:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank u for urs Valuable comments.

Appriciated.

Sate-


 
Posted on 10-05-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Don't want to have break ........ !

 
Posted on 10-05-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदम मिठो कथा
satellite मित्र, तपाइको लेख्ने तरिका खुब् मन्पर्यो , कतै कतै तपाइको साथिको प्रतिबिम्ब कसै भित्र पायेझै लाग्छ

 
Posted on 10-05-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-05-07 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ek dum kool chha

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
emergency donation needed
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters