[Show all top banners]

deeps
Replies to this thread:

More by deeps
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त

[Please view other pages to see the rest of the postings. Total posts: 56]
PAGE: <<  1 2 3  
[VIEWED 21972 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-17-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सीके लालद्वारा लिखित यस लेख हिमालखबर पत्रिकाबाट साभार गरिएको हो। सम्पूर्ण लेखका लागि www.palpaonline.com अथवा हिमालखबर हेर्नुहोस्।

सबभन्दा दयनीय अवस्था विदेशिएका निम्न वर्गीय र विपन्न युवाहरूको हुने गर्दछ। मधेशबाट धान काट्न हरियाणा, भैँसी दुहुन पञ्जाव र आलु–प्याज उखेल्न राजस्थान–गुजरात धाउने सर्लाही–धनुषाका कामदारहरूको कुनै सपना हुँदैन, दुई–चार पैसा जोगाउने बाहेक। कलकत्ताको सोनागाछी र बम्बईको फर्रास रोडका कोठीहरूमा मलिन अनुहार लिएर बसेका चेलीबेटी रेलगाडी चढेर पुग्छन्। र, पश्चिम एसियामा भुइँ पुछ्न, खुट्टा मिच्न गएका युवतीहरू हवाईजहाजमा उडेर। तर हविगत दुवैथरिको एकनास नभए पनि मिल्दोजुल्दो भने हुन्छ। सिमला–नैनीतालतिर भेटिने पश्चिम नेपालका ‘डोट्याल’ होउन् वा गोहाटी–शिलाङ्गमा भारी बोक्ने पूर्वी तराईका ‘बिहारी’; विदेशमा रोजीरोटीका लागि परिश्रम गरिरहेका अधिकांश नेपाली युवाहरूबारे नेपालका ‘क्या बोर भो यार’ पुस्ताका शहरिया युवाहरूलाई केही थाहा छैन। त्यसैले ती प्रशान्त तामाङ्गको हिन्दी गीतमा हिले नाच देखाउँछन्, खोक्रो राष्ट्रियताको विभेदकारी नारा लगाउँछन् र च्याटरूममा गएर नपुंसक आक्रोश पोख्छन्: ‘नेताहरूले देश बिगारे।’ खै त देश बनाउने युवा जोश र जाँगर देखाउन सकेको? धेरै जसोको उस्तै उत्तर हुन्छः ‘के गर्ने, यहाँ काम देखाउने ठाउँ नै छैन।’ ऐ, अनि अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त? जवाफ सबैलाई थाहा छ।
www.palpaonline.com


 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-18-07 1:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.rational sumedhu :) ...out of pain but very true


 
Posted on 10-18-07 2:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा सत्य हो र त्यो मान्नै पर्छ , केही समय अघि नेपाली टाइम्स वा हिमाल खबर पत्रिकामा सि के लालले लेखेका छन, त्यो पनि सोचनीय छ :

सयौँ वर्षदेखि नेपाली पहाडेहरू भारत , ब्रिटेन, अनि अहिले पनि ब्रुनाइ, सिंगापुर अनि अरू पनि मुलकमा भाडाका सिपाही भएर  बेलायती गोराहरूको ठेकेदारीमा अरू मुलुकहरूको राष्ट्रियताको वफादारी निभाउन खट्दा तिनीहरूको राष्ट्रियता प्रतिको नियतमा कहिल्यै प्रश्न उठ्दैन , तर किन तराई र तराईवासीको राष्ट्रियताको बारेमा प्रश्न उठिरहन्छ ? के यो सत्य हैन र 'नेपालको अहिले सम्मको राष्ट्रवाद पहाडे राष्ट्रवाद हो ' ? प्रशान्तको जीतको खुशी यही नेपाली सोच प्रवृत्तिको तस्वीर हैन र ?

म भारतको सुदूर पूर्वमा जन्मेको पहाडे नेपाली हुँ र पहाड मै बस्छु अहिले बिदेशमा भए पनि  , तर तराईवासीलाई सफल भए मात्र मेनस्ट्रिमको नेपाली ठान्ने नत्र बिहारी वा ईण्डियन धोती भनेर हेप्ने पहाडे मानसिकता माथिको प्रश्न एकदम उचित छ । अनि जति जे भने पनि अति धेरै अप्ठ्यारा र मानव निर्मित बिकटताका बाबजूद नेपालमा बसेर आफ्नै दुखजिलो खेपेर , जीवनको रथलाई अगाडि बढाउने स्वाभिमानी मानिसहरू कुनै पनि बिदेश पलायन हुनेहरू भन्दा सयौँ गूणा प्रशंसनीय छन। यसको अर्थ यो पनि हैन कि बिदेशमा पुग्ने बित्तिकै मान्छे बिग्रेका छन , तर धेरै जसो बद्मासी र स्वार्थका पर्याय बन्दै स्वदेश र स्वदेशमा बस्नेलाई हेलाँ गर्ने र उपदेश पिलाउने खालका पनि नभएका हैनन ।तर कोही कहीँ बस्दैमा वा काम कुनै पनि गर्दैमा कमसल हुँदैन , उसको मानसिकताको विकृतिका अनि प्रवृत्तिका  कारण हुन्छ । बिदेशमा मैले देखेका धेरै नेपाली एकार्कालाई माया र सहयोग गर्छन, परिश्रमी, स्वाभिमानी र अरूले विश्वास र पत्यार गर्ने खालका छन् । तर त्यो भीडमा ठुलै हिस्सा स्वार्थी, आफ्नै दाजूभाइ ठग्नेहरूको पनि छ । नहोस पनि किन, ठग्न पनि जसको नजिक भइन्छ वा जस्को विश्वामाथि घात गर्न सकिन्छ त्यहीँ सजिलो हुने कुरा त हो नि !

किन हामी अर्कोलाई आरोप गर्दै वा गाली गर्दै मात्र आँफू अगाडि बढेको महशूस गर्छौँ ? यो त अरू गाडिहरू तिब्र गतिमा अगाडि गुडेको देख्दा , आँफू गतिमान बनेको मख्ख पराइ भएन र ?

हाम्रो सोचमाथि हामी मध्येको कसैले प्रश्न उठाउनुमा कुनै गल्ति हुनुहुँदैन तर अपेक्षा त्यत्ति हो प्रश्‍न उठाउने स्वयंले पनि यही राग अलापेर त्यही प्रवृत्ति नदोहोराओस् ।


 
Posted on 10-18-07 3:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Sumedhu not unreasonable again...to the point and realistic. In addition to some other important remarks, you brought up P Tamang’s episode as part of your argument, and since you opened the closed chapter for one more time, this question hit my mind by chance...

Did girija, mk nepal, prachanda, or some other democracy preachers (who practice least btw) applaud Mahabir Pun? Did anyone of them pose for photograph with him? I’m sure a no nonsense like Mr. Pun does not need a pat on his back from anyone of them or gimmick for that matter but did they bother at all to inform the youths the achievement of the true son of the soil??????????????

(Nepal ma democracy ko kura garnu ra sajhama thulo thulo kura garnu ustai ustai ho nanu...ani ma pani tyahi dyaangko mulaa....kura sacho yahi ho kyaare k ko laaj bhannalai)

 


 


 
Posted on 10-18-07 4:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सि के लाल, देबेन्द्रराज पाण्डेले जे पनि भनुन् यिनीहरु सबै माओबादि मासु भएका तर मानवअधिकारवादीको छाला ओढेका छद्मभेषीहरु हुन, पत्यार लाग्दैन भने गुगलमा खोजेर भिडियो हेर्नुहोस। कँग्रश चैँ पन्च, एमाले कँग्रेश अनि माओवादि चैं लोकतान्त्रिक हुन्छ भन्ने बिश्वाश रे। देशको अस्तित्वलाइ जुवामा खेल्न हुने तर समाधानको हल चांही तत्काल छैन रे ?  यस्ता मुलाहरु भन्थे २३७ बर्षको इतिहासले नेपालीहरुमा खोक्रो राष्ट्रवाद मात्रै पैदा भएका छन, परषपरमा वास्तवमा द्देष राख्छन रे । के प्रशान्तका फ्यानहरुको जमातले त्यसलाइ गलत सिद्द गरिदिएनन ? टाउकेहरु भन्दा लाउकेहरु नै देखाए नेपालि एक हुनुको भावानात्मक मतलब। कसैको दवाब बिना स्वत स्फुर्त आएको यो उर्लनलाइ पनि नक्कलि भन्ने ? उदितले दुइटै ठाँउमा ब्यालेन्स गर्दै बेला बेलामा मिश्रित अभिब्यत्ती जाहेर गरे, यसमा लाउकेहरुको के दोष? तराइबादीहरुले भनोस, मैथलिलाइ समान भाषा बनाउनु पर्छ नकि हिन्दिलाइ, बिहारी बाबुको लान्छना पनि कम हुन्थ्यो कि? आडम्बरी चरित्र भाभए के भाडाँ माझ्न तयार हु्न्थे? सचेत रुपमा सिकेलाललाई पनि थाह छ, नेपालमा भाँडा माझ्ने र अमेरिकामा भाँडा दुई फरक कुरा हुन तर आफ्नो लेखन तर्कलाई सनसनीपूर्ण बनाउनु त पर्यो नै आन्दोलनको नेत्त्रीत्व जस्तै । दुइ बाटोको अवसर हुदाँहुदै पनि बिदेशिएका सच्चा मनका नेपालीहरु कमसेम देश टुक्राटु्क्रा हुन लागेकोमा ब्यथित छन, सम्झनामा आँसुका पानीले भाँडा पखाल्दै छन । नेपालमा बसेर सुबिधा लिने, चर्को नारा भाषण,समस्या पनि गर्ने अनि देशको भद्रगोलमा अचुक समाधान पनि भएका कोही माइकालाल छ? हैन भने सिकेलाल भनाउदा मुख चल्ने आँशु ननिकल्नेहरुको नेपालमा के काम?

Last edited: 18-Oct-07 04:20 AM

 
Posted on 10-18-07 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well said Mr truth ..

 
Posted on 10-23-07 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

London ko bharatiya restaurant  maa dishwashing garera Shere Dewba 3 patake primminister bhayo. India maa Girijaale bhaaratiya netaako gharamaa dishwash garera 6 patake primminister bhayeko chha bhane america ma pani nepaliharule primminister huna painchhaki bhanera dishwash garekaa hun . ck laloo le alikati misunderstanding gareko chha ki ? prachanda was lucky he was seltered in bhaarat and traind there. i dont think he has to wash the dishes there cuz he was in special treat by then. mullaa makune ta nepal banko khanjaanchi ho kyare. saayed usle pani 12-13 barsako umeramaa laknauw maa dishwash gareko hunu parchha kinaki tyesko bhaasha pani hindi style aunchha .  ck laloo ???

 
Posted on 10-23-07 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bandhera ghansh halnu parnay ck lal jasta shyal ko khhol odeka bwansha  haru lai dherai adarsha ko kura lekhhera afai makkha napar ................paila tahilay k garis bhanta................lekhera kehi hundaina..............kati ko pakhhura bajaray ko chhas..............hahaha............khuub adarha manchhey


 
Posted on 10-23-07 3:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लेखको केही अंश यहाँ प्रकाशित भएपछि यसको पूर्ण अंश हेर्नका लागि www.palpaonline.com मा केही समस्या देखिएको थियो। अत्याधिक काउन्टरका कारण यो समस्या देखिएकोले अब यसको समाधान भएको छ। पूर्ण लेखका लागि हिमालखबर अथवा palpaonline.com हेर्नु होला। palpaonline.com मा यसको शीर्षक यस्तो छ।

राष्ट्रियता, युवा र परदेश मोह : सीके लाल


 
Posted on 10-23-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सि के लाल को हुन कहाँ जन्मे अनि उनको पेसा के हो र उनले कुन कुन लेखमा के के भनें त्यस्को बारेमा अर्कै शिर्षकमा कुरा गर्न पाए र यहाँ चैं जुन लेखले यो बहस छेडेको छ तेसको बारेमा मात्रै कुरा गर्न पाए हुन्थ्यो कि? कुराको तथ्यमा जाउँ, कस्ले लेख्यो त्यसलाई कुराको मर्म भन्दा माथिल्लो दर्जा किन?

लेखकले यहाँ कुरा उठेको लेख नकारात्मक द्रिस्टीकोणमा रन्थनिएर लेखेको जस्तो लाग्यो।

उनी लेख्छन "--गुजरातमा चाउमिन, गोवामा थुक्पा र दिल्लीमा मम पकाएर बेच्ने सडकछेउका उद्यमीहरू कुन सोचले त्यता पुगेका हुन्, ठम्याउन गाह्रो छ। तर तिनका परिश्रमी हातहरू अनवरत चलेको देख्दा थक्थक् लाग्छ। मुलुकको उत्थानका लागि त्यो जाँगर प्रयोग भएको भए नेपालको मुहार फेरिन धेरै समय लाग्ने थिएन।"

हो कुरा सुन्दा मुनासिब लाग्छ तर ब्यबहारीक छैन। बिदेश जानेलाई बिदेश गयो भनेर सराप्नु सट्टा किन गयो भन्ने बारेमा उनको सन्तुलित ब्याख्या खै? "गुजरातमा चाउमिन, गोवामा थुक्पा र दिल्लीमा मम पकाएर बेच्ने सडकछेउका उद्यमीहरू कुन सोचले त्यता पुगेका हुन्, ठम्याउन गाह्रो छ। " यस्तो कुरा गर्छन। त्यती ठम्याउन नसक्नेले के भाषण लेख्ने आँट गरेको त पत्रिकामा? किन गार्हो भाको हो उनलाई ति बिदेसीएका मजदुरहरुको सोच ठम्याउन? के ति परदेशिएका नेपाली श्रमजीबीहरु अबसरको खोजीमा पुगेका हैनन?

उनलाई परिश्रमीको हात धमाधम चलेको देखेर थक थक लागेछ। किन? बिदेशमा रोजगार हुनु भन्दा देशमा बेरोजगार भएर बस्नु उनको लागी उत्तम हो क्यार। देशमा बिच बाटोमा टायर बालेर बस्ने, हतियारको बलमा आफ्नो बिचार लादने, एउटा न एउटा निउँमा देश बन्द गर्ने, अनि कसरी हुन्छ अनेक उपाय खोजी खोजी बैशाखीमा खोच्याउँदै चलेको देशको अर्थब्यबस्थामाथि निर्घात प्रहार गर्ने ति देशबासीहरु, जसमा कैयौं पातकी राजनीतिक नेताहरु पनि छन, सायद उनको हिसाबमा राष्ट्रप्रेमी होलान तर बिदेशमा हाड घोटेर ज्यान धान्ने अनि सके देशमा बसेका ति अरु बेरोजगार आफन्तहरुको लागी पैसा पठाउनेहरु बेईमान भए क्यारे सिके लालको लागि।

नेपालमा रहेका अत्याधिक जनता न टायर बाल्छन न बन्द आह्वान गर्छन -- उनीहरुलाई अशक्त हैन ससक्त अर्थब्यबस्थाको आबस्यकता छ तर रहरले देश सप्रिदैन। देशको अर्थ ब्यबस्था तहस नहस छ। रोजगारी छैन। देशमा करिब ८० % जनता बेरोजगार होलान। ति बेरोजगाराहरु बिदेश गएर आफ्नो ब्यबस्था आफैं गरे त सिके लाललाई किन टाउको दुख्यो? बिदेसबाट आएको पैसाले देशको अर्थ ब्यबस्थामा कति योगदान गरेको छ त्यसको बारेमा चुइँक्क गरेको सुनिएन उनले। किन रहेछ?

"‘सीमापारिकाले नागरिकता लिए!’ भन्नेहरू के बिर्सिदिन्छन् भने आगलागी, बाढी र हुरीबतासले दशगजा मान्दैन। आपतविपतमा परेकाहरू कि तेर्सो हिँड्छन् वा तल झर्छन्, माथि उक्लिँदैनन्। " यस्तो कुरा गर्ने सिकेलाल सामन्ती राष्ट्रियताको कुरा झिकेर बिदेसीएका नेपालीमाथि आइलाग्छन। उदेक लाग्छ।

"त्यसपछि ज–जसलाई आचार्य, अर्जेल, अधिकारी, पाँडे, पौडेल, पन्त र जोशीहरूले वफादार नेपाली ठहर्‍याइसकेका छन्, ती जम्मै जतिले ‘जहाँ गए पनि, जहाँ बसे पनि, यो मन त मेरो नेपाली हो’ गाउँदै तन र मस्तिष्क विदेशी मालिकहरूको पाउमा चढाउन पाउँछन्।"

यो पढदा त लाग्यो सिके लाल को नेपाली हो को हैन तेसको निधो गर्ने स्वघोषित ठेकेदार हुन क्यारे। नेपाल सरकारले नेपालको नागरीकता दिने जिम्मा उनैलाई दिनु पर्यो। 

"तर एकातिर नेपालमा चाहिएजस्तो जनशक्ति उपलब्ध छैन भने अर्कोतिर मुलुकभित्र काम पाइनँ भन्दै विदेशिनेको लर्को दिनानुदिन बढ्दो छ। यो अन्तरविरोध तत्काल अन्त्य हुने छाँटकाँट छैन; किनभने, सामन्ती राष्ट्रवादले संस्थागत गरेको जजमानी कार्य संस्कृतिमा ‘आदेशानुसार’, ‘जो हुकुम’ र ‘हस् हजुर’ बाहेक अन्य कर्मको लागि कुनै ठाउँ नै छैन।" यहाँ नेर भने म उनीसँग एउटै मन्चमा छु। कुरो ठेगानको गरेका छन।

"परिश्रमको तत्काल प्रतिफल खोज्नेहरू जहाँ बढी ज्याला पाइन्छ, त्यहीँ काम गर्न जान्छन्। अमेरिकामा मोटर धोएर बढी पैसा कमाउन सकिन्छ भने त्यस्ता परिश्रमी हातहरू नेपालको ब्याङ्कमा नोट गनेर बस्दैनन्। त्यस्तै, पुलको उपयोग के हो भनेर सोच्नुभन्दा पनि आफूले सोचेको जस्तो पुल बनिरहेको कार्यमा सहयोगी हुन पाउनुमा गौरव गर्ने प्रतिभाशाली युवाहरू कालीकोटमा माओवादीले भत्काएको झोलुङ्गेपुल मर्मत गर्न जाँदैनन्। त्यस्ता युवाहरू बाहिरिएकै जाती। "

यस्ता कुराहरु गरेर फेरी उनले आफ्नो सोचाईको दरीद्रपन देखाएका छन। कस्ले खोज्दैन परीश्रमको तत्काल प्रतिफल? नेपालको ब्याङ्कमा पैसा गन्न सजिलो छ? १ जनाको आबस्यक्ता छ भने दरखास्त सयौं पर्छ। थाह छ कि छैन सिके लाल लाई? अनि कालीकोटमा पुल भत्काउने माओबादीलाई एक शब्द नबोली दिन रात गरीबीमा पिल्सीएको कसरी हुन्छ त्यो गरीबीको तापबाट उम्किन जहाँ हुन्छ जान तयार भएको जनसक्ति कालीकोट पुगेर माओबादीले भत्काएको पुल बनाउन गएन भनेर उल्टो उपदेश दिन उनलाई के कति नैतिक हिसाबले लाज नलागेको हो? माओबादीले भत्काएका हुन पुल भने बनाउन न उनैले -- यत्तिकै भत्ता खाएर (माथिका कमरेडहरुले देका भए) बसेका छन। बिदेसमा प्याज गोडन र धमाधम काम गर्नेहरुलाई त देशमा भत्ताको ब्यबस्था थिएन। छैन पनि। मान्छे मारे संसदमा सिट पाइन्छ। भत्ता पाइन्छ। सोझो भएर बस्यो कि त एउटा मुद्दा लाएर जाकिदिन्छन हैन भने अरु भतुबाहरुलाई पाल्दैको सास्ती।

"उसै पनि नेपालमा बसेर अमेरिकाको सपना देख्ने डाक्टर जेजसो गरेर भए पनि मोटर किन्नेतिर लाग्छ, जलेश्वर वा जाजरकोट अस्पतालमा सेवा गर्न जाँदैन। त्यस्तो चिकित्सक काठमाडौँमा बस्नु वा क्यालिफोर्निया पुग्नुले मुलुकलाई खासै असर गर्दैन।"

अझ हेरौ उनको सोचाईको फाँट कति फराकिलो छ। एउटा चिकित्सक काठमाडौमा बस्नु र क्यालिफोर्नीयाँमा बस्नुको कुनै अन्तर छैन? हो गाउँ घरमा पनि डाक्टरहरु हुनु पर्छ तर मोटर किनेर काठमाडौमा बसेको डाक्टरले पनि नेपालीकै सेबा गर्छ। नेपाली हुन जाजरकोट नै जानु पर्दैन। अहिले सिके लाल काठमाडौमा छन भने र उनलाई अकस्मात केही भयो भने उनी जाजरकोट जाँदैनन। त्यै क्यालिफोर्निया जान नपाएर जाजरकोट त झन जाँदै जान्न भन्दै मोटर किनेर काठमाडौमै बसेको डाक्टरले उनलाई हेर्छ। सायद उनको ज्यान पनि बचाउला।

खोक्रो नारा र उपदेश दिने सिके लालको लेख नेपालमा गन्हाएका ति एक हुल राजनीतिक नेताहरु भाषण भन्दा ज्यादा पृथक नभएको जस्तो लाग्यो मलाई।

मैले मेरा बिचार पोखेँ। मेरै बिचार ठिक अरु सब बेठिक भनेको हैन।

अहिले सिके लाल कहाँ छन अनि के गर्दैछन? जान्न मन लाग्यो।

 


 
Posted on 10-23-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यू को  अर्थ आफ्नो ठाउंमा जायज छ नै तर सी के लालले त्यो सन्दर्भ र आशयमा लेखेको हो होइन अर्कै पाटो छ। एउटा लेखको आधारमा यसरी समष्टिमा आंकलन गर्न मिल्दैन कि?
सी के लाल, सडक बिभागमा जागिरे, इन्जिनियर हुन्। दशकौं देखि बिभाग ( बबर महल) मा बिना बिभागीय, बिना कुर्सी को जागिर् खाइ रहेकाछन्। ज्ञानेको काल रात्री ( कर्मचारीको सन्दर्भमा) पनि लोकतन्त्रको पक्षमा कलम चलाउने दुस्साहस गरेका ब्यक्ति हुन्। इन्जिनियर समाजमा सी के लाल एक सम्मानित  ब्यक्ति मानिन्छन्। मैले जानेको कुरा यति हो। तारेमाम्।

 
Posted on 10-23-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.nepalitimes.com/issue/371/StateoftheState/14069

CK LAL is a regular columinst in nepalitimes and his write ups are often thought provoking.


 
Posted on 10-23-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सिके लाललाई चिनेको छैन -- उनको पेशा, राजनैतिक झुकाब, एबम् उनको ब्यक्तित्वको बारेमा मलाई थाह छैन। उनको बारेमा अनुसन्धान गर्ने मेरो मनसाय पनि छैन। होला उनले राम्रा राम्रा लेखहरु पनि लेखेका होलान। मैले नपढेका कुराहरु माथि मैले टिप्पणि गर्न मिल्दैन।

मैले सिके लाल सज्जन कि बदमास भन्ने बिषयमा केही भनेको छैन। मैले मात्र अहिले बहसमा आएको उनको लेखलाई जसरी बुझें त्यसैमा मेरो प्रतिकृया आधारीत छ।

उनका प्रसंसायोग्य लेखहरु मैले पढें भने म निश्चय पनि उनका तेस्ता लेखहरुको तारीफ गर्न कन्जुसी गर्दीन।

मलाई उनको यो लेख भने मन परेन। तेसो भनेर मैले सिके लाललाई ठोक चै भनेको छैन। ब्यक्तिगत तवरमा मेरो उनी सँग कुनै लेनदेन छैन। हो राहुलभाई ब्रोले भने जस्तो एउटा लेखको आधारमा लेखकको समस्टीमा आंकलन गर्न मिल्दैन र मैले त्यो गरेको पनि छैन गर्ने बिचार पनि छैन। म केबल उल्लेखित लेखको बारेमा मात्रै कुरा गर्दै छु।

लोकतन्त्रका पक्षधर हुन भने उनलाई शुभ-कामना।


 
Posted on 10-23-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deepji:

I really liked your analysis, it is really a good analysis of the article and very much agreeable. But what i think CK Lal could be saying is that we need to rise above our ownness, our profession, caste, ethnicity and religion and help the country. This at this point sound a bit unrealistic but working in Nepal and living in Kathmandu and interacting with the present Nepali mentality, he might be pouring out his frustrations on average Nepalis.

To live in Nepal in present situation and listen to pessimism everywhere and especially among youths could have made him challenge them. Although people show nationalism from their side, there seem to be lacking a practical approach in tackling the present economic situation in the country. It is easy to blame the government, maoists and burn tire on the roads but not a single soul is taking a good initiative to march forward or do something to lead people in the right way. Sometimes it is such a sad thought that we as Nepalese youth do not even have a good leader to look up to in our lives. Now this is just my thought too.


 
Posted on 10-23-07 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Randi baaji garne netaaharu nari uthaan ka baremaa kitaab lekhchhan ani bhaasan pani garchhan . jaba yaha serele ra girijaale dishwashing gareko prasanga uthdaa Deep ji le pheri kament gari bhul bhulayaama pareko jasto laagyo....jastai kehi garna nasakne baburaa girijaale gyanendrako saakh jhaare jasto laagyo. CK laloo has insulted neplease working abroad no matter what. he writes for his living all i know. how can he be good writer. KuKUrLE pani khaanko laagi cheieei garchha . yes i dont blam ck cuz there is no difference between ck and makune or girija.

 
Posted on 10-24-07 2:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jwai ko Jai Nepal

       Sumedhu bro ra Deep bro ko kuro man paryo.

हो गाउँ घरमा पनि डाक्टरहरु हुनु पर्छ तर मोटर किनेर काठमाडौमा बसेको डाक्टरले पनि नेपालीकै सेबा गर्छ।

  I think we should discourage Kathmandu oriented policy of Nepal. Its essential. CK Lal is not wrong here.

त्यती ठम्याउन नसक्नेले के भाषण लेख्ने आँट गरेको त पत्रिकामा?

  Good answer to CK Lal or equivalents.

किन हामी अर्कोलाई आरोप गर्दै वा गाली गर्दै मात्र आँफू अगाडि बढेको महशूस गर्छौँ ?

   Kuro ek dam jayaj chha. research topic?

मैले मेरा बिचार पोखेँ। मेरै बिचार ठिक अरु सब बेठिक भनेको हैन।


 
Posted on 10-25-07 1:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

as a regular reader of c k lal's column, i believe he is a learned person - atleast more than me. i have never experienced baisness in his article. please interpret hisargument in a logical way. as i read the article i understand " ऐ, अनि अमेरिकाको भारतीय रेष्टुराँमा भाँडा माझेर नेपाल सप्रिन्छ त?" refes to those group who graduated from us universities and  still work at gas station or resturant for GC sponsership but leave a coment as ‘नेताहरूले देश बिगारे।’ खै त देश बनाउने युवा जोश र जाँगर देखाउन सकेको? धेरै जसोको उस्तै उत्तर हुन्छः ‘के गर्ने, यहाँ काम देखाउने ठाउँ नै छैन।’in blogs and forums.
 
Posted on 10-25-07 2:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Some body asked about C.K.Lal , here it is what i  k now

C.K.Lal did his Masters in Urban planning from Institute of Engineering, pulchowk campus when i was studying their my bachelor.

I know him very well and he is very studious, calm and good person and talk and write with good analysis. He was the engineer in road department but i think he left that jod..i am not sure now....

We have to accept reality about his writing..don't panic friends...


 
Posted on 10-25-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘नेताहरूले देश बिगारे।’ खै त देश बनाउने युवा जोश र जाँगर देखाउन सकेको? धेरै जसोको उस्तै उत्तर हुन्छः ‘के गर्ने, यहाँ काम देखाउने ठाउँ नै छैन.  this is the truth.

 
Posted on 10-25-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

__________________________
Last edited: 25-Oct-07 03:21 PM

 
Posted on 10-25-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

here is another one by ck lal


Brain deficit
Affirmative action is an excellent way to counter brain drain


 

This won’t surprise most of us, but a recent study by the United Nations Conference on Trade and Development (UNCTAD) confirms that brain drain is intimately linked with chronic underdevelopment.

When a society’s best and brightest move away in pursuit of better opportunities, the prospects of progress in their home countries diminish. Nepal’s experience is similar to that of any other Least Developed Countries (LDCs) dealing with a crippling outflow of competent individuals. And no amount of remittances compensates. An adequate pool of skilled professionals is as important as aid and investment for LDCs to get out of poverty.

The UNCTAD study notes that 65 percent of all newly graduated doctors in Bangladesh seek jobs abroad. Talk to interns at Bir Hospital and you realise the situation is even worse in Nepal.

But contrary to what many of these bright young things, often from comfortable backgrounds believe, brains aren’t only about natural endowment, but also about the investment that makes intelligence marketable. Parents contribute only part of the resources that produce a skilled professional. The rest of it comes from social investments that fund schools, colleges, training institutes or scholarships abroad.

Economic loss aside, the outflow of skilled personnel seriously damages national priorities. Educational institutions tailor their syllabi for overseas markets. Students prepare for a career abroad from the moment they finish school. The best go west, and the brightest go east. Leaders, planners, and administrators have less and less emotional stake in national development as their entire families too start lining up at embassies.

Normally, brain drain occurs when a country lacks skills due to the emigration of specialists. But in Nepal there is a contradiction: both unemployment of trained manpower and a shortage of skilled professionals. Health professionals don’t want to serve in rural areas. Engineers freelance. Scientists are more interested in not-always-practical state of the art tools rather than more mundane matters—helping people plough their fields more efficiently, raise better quality cattle, or better harness natural resources. The clincher is the supposed higher standard of living overseas.

The pull factors are also compelling. Industrialised countries need the hardy individuals required to do poorly paid, dirty, difficult, and dangerous jobs that their own nationals scorn. But, being countries with an ageing population, a selective workforce, and shorter working weeks, they also need highly qualified specialised professionals in engineering, technology, medicine, and the sciences to keep the system humming 24x7x365.

Brain drain is unlikely to slow down anytime soon. The challenge lies in devising coping mechanism in developing countries. Dual citizenship is no solution. Luring expatriates back with higher incentives ends up demoralising competent locals and in any case, their loyalties divided between their host and home countries, returnee professionals are the most frustrated lot in any capital city in the developing world.

One of our best bets is to delay the outflow of trained professionals. Universities could award diplomas to health professionals only after they have served for a certain period in field hospitals. Internships can be made compulsory for the final bestowing of engineering or technology degrees.

But nothing matches the benefits of affirmative action and positive discrimination: when more women, dalits, janajatis, and madhesis become doctors, engineers, technologists, and scientists, it will matter a lot less that the Bahun-Chhetri-Newar elite is trooping out of the country. As it is, we could do with fewer of them in almost every discipline.

Arrangements can be made to ensure some returns on the investment made in the production and export of professionals who leave. There are a number of options, from one-time exit taxes to bilateral tax arrangements with host countries. That’s one way to turn a challenge into an opportunity.



 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters