[Show all top banners]

SurNaTal
Replies to this thread:

More by SurNaTal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

somewhereondearth

ThahaChaena
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बिछोडका मनोभवनाहरु

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 11472 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-24-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिछोडका मनोभावनाहरु

जिवन अजंगका पहाडहरु उक्लने प्रयास् गरिरहेछ - तिम्रो उपस्थिति बिना, तिम्रा मधुर मुस्कानहरु बिना, तिम्रा अनमोल अनुरागहरु बिना, तिम्रा सुकोमल अंगालाहरु बिना। र जिवनचर्याका यि प्रत्यक बिन्दुहरुमा लागिरहन्छ - तिमि भएको भए यस्तो हुन्थ्यो; तिमि भएको भए उस्तो हुन्थ्यो।

गोरेटोहरु उजाड उजाड झैं लाग्छ, बाटोहरु अभाव नै अभावले भरिएझै लाग्छ। म भावनाहरु कोरिरह्छु - पढिदिने तिमि छैनौ, म गाइरहन्छु - सुनिदिने तिमि छैनौ, म देउसि र भैलोहरुमा भट्याइरहन्छु - उत्साह थपिदिने तिमि छैनौ, म पढिरहन्छु - साथ दिने तिमि छैनौ। म auditoriam हरुमा बोलिरहन्छु - तिम्रो उन्मक्त हांसो बिना, म प्रदर्शनहरु अवलोकन गरिरहन्छु - तिम्रो शितल साथहरु बिना। म विवश चलिरहेछु, एक्लै - तिम्रा सुनौला हत्केलाहरु बिना, तिम्रा गर्विला पाइलाहरु बिना, तिम्रा न्याना स्पन्दनहरु बिना - एक्लै, फगत एक्लै।

कति सकुँला म मेरा अन्तरंगहरुलाई यसरि उसिनिरहन। कति सकुँला म मेरा आत्मियताहरुलाई यसरी वन्दि बनाइराख्न। कति सकुँला म मेरा अपनत्वहरुलाई यसरि सिरानि मुनि खुसारिरहन। कति सकुँला म एक्लै एक्लै यो रुखो chinese भात खाइरहन। कति सकुँला म एक्लै एक्लै यो मिठो सपना बुनिरहन। मलाई सपना हैन विपना चाहिन्छ। मलाई कल्पना हैन यथार्थ चाहिन्छ। मलाई भविस्य हैन वर्तमान चाहिन्छ। मलाई एकलास यो एक्लोपना हैन तिमि चाहिन्छ।

प्रत्यक रातहरुमा तिमि छाउँछ्यौ र मेरा निदहरु चुँडेर लान्छ्यौ। प्रत्यक बिहानिहरुमा तिमि छाउँछ्यौ र मेरा जाँगरहरु चुँडेर लान्छ्यौ। प्रत्यक दिनहरुमा तिमि छाउँछ्यौ र मेरा भोकहरु चुँडेर लान्छ्यौ। प्रत्यक साँझहरुमा तिमि छाउँछ्यौ र कसरि सकुँला म तिम्रा अभावहरुमा मीठो सुसेली हालिरहन।

धेरै सपनाहरुमा तिमि थियौ - New Road का गल्लिहरुमा; revolving restaurant हरुमा; पशुपति, नरायणथान र दक्षिणकालीहरुमा; गोरखा र बुद्ध एयरका आकासहरुमा; बेगनास, फेवा र सेति किनारहरुमा; महेन्द्र गुफा, चमेरे कुफा र डेभिस फल्सहरुमा; सारांगकोटको चिसो सिरेटो र माछपुच्छ्रेका सामिप्यताहरुमा; बिन्देवासिनि र तालवाराहीका आशिर्वादहरुमा; साहरुख र काजल का रोमान्स् हरुमा।

धेरै अभिलासाहरुमा तिमि थियौ - थानकोटका ओरालाहरुमा, मलेखुका माछाहरुमा, आरुघाटका सुसाइहरुमा, लुम्ले र नौडांडाका मनमोहकताहरुमा, इलामका चियवगानहरुमा, झपा र मोरंगका फाँटहरुमा, दर्जिलिंगका छुक् छुक् छुक् छुक् रेलहरुमा।

धेरै आकांक्षाहरुमा तिमि थियौ - बराहक्षेत्रका भिरहरुमा, पख्रिवासका ओरालहरुमा, ट्याम्के माथिका हवाइजहाजहरुमा, गैरिगाउँ र डांडागाउँका ओहोरदोहोरहरुमा, वारिपुछारका अर्थुंगेहरुमा, पारिवारीका ऐंसेलुघारिहरुमा, बिध्योदयका प्रांगणहरुमा, सुन्तलेका सुन्दर खर्कहरुमा।

धेरै कल्पनाहरुमा तिमि थियौ - Qatar र Contenental का boeing हरुमा, बिस्वबिध्यालयका उध्यान र रंगसालाहरुमा, university village का हरिया चौरहरुमा, racquetball, badminton ra volleyball court हरुमा, football ground हरुमा। metro र mall हरुमा, चिडियाखाना र गगनचुम्बि tower हरुमा, planetariam र aquarium हरुमा; downtown र समुद्रकिनार हरुमा।

म दोहोर्याइरहन चाहन्छु, तिनकुने-सिनामंगल, सिनामंगल-तिनकुने। म मनभरि भोक मार्न चाहन्छु, तिम्रो हातको मीठो परिकार संग। म अनमोल निदाउन चाहन्छु, तिम्रा पाखुरिका सिरनिहरुमा। म अविरल हराउन चाहन्छु- तिम्रा नयनहरुमा। म लामो सुस्केरा हालेर थकान मेटाउन चाहन्छु - तिम्रा न्याना सपन्दनहरुसंग। म चाहन्छु - यो हामी बिचको पर्खाल गर्ल्यामगुर्लुम ढलोस् र हाम्रा समिप्यताहरुलाई, हाम्रा निकटताहरुलाई र हाम्रा सह-अनुरागहरुलाई उद्वेलित गर्नबाट केहि कसैले रोक्न नसकोस्।

Sur Na Tal

Last edited: 24-Oct-07 04:07 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-25-07 6:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-25-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Sunte jyu mero tarfa bata ni 9 out of 10

 
Posted on 10-25-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 25-Oct-07 12:35 PM

 
Posted on 10-25-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल मैले नि distinction हाने, १० म ९। उहिले पढाइमा कहिलेइ १० म ५ भन्दा आ भए मार्दिनु। म त डंग भए। सबैलाइ धन्याबाद्।
 
Posted on 10-25-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर न ताल ज्यु,

असाध्यै मिठो भावनाहरु राख्नु भयो येहाँ। कस्तो राम्रो शब्दहरु, कति सहज तरिकाले सलल बगेको, मानौं मुटुको भित्रि कुनाबाट निस्केको जस्तो छ। लेखनमा तेहि त हो रमाइलो, जब आफै डुबेर लेखिन्छ तेसको नशा नै अर्कै हुन्छ।

ल मलै त तपाइलाइ १०/१० दिएँ।

Plz keep on coming. I am not satisfied reading this several times. It's really awesome.

 

Thanks

Last edited: 25-Oct-07 01:24 PM

 
Posted on 10-25-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर न ताल ज्यु,

असाध्यै मिठो भावनाहरु राख्नु भयो येहाँ। कस्तो राम्रो शब्दहरु, कति सहज तरिकाले सलल बगेको, मानौं मुटुको भित्रि कुनाबाट निस्केको जस्तो छ। लेखनमा तेहि त हो रमाइलो, जब आफै डुबेर लेखिन्छ तेसको नशा नै अर्कै हुन्छ।

ल मलै त तपाइलाइ १०/१० दिएँ।

Plz keep on coming. I am not satisfied reading this several times. It's really awesome.

 

Thanks

Last edited: 25-Oct-07 01:24 PM

 
Posted on 10-25-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ सुन्तले ज्यु को लेखाइ। लेख्दा डुबेर लेख्नु हुने रैछ, पढ्न पनि एकदम मज्जा लाग्ने। अरु पनि आउदै गरोस है त।  
 
Posted on 10-25-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ!

अहिले सम्ममा त त्यो तपाइँहरु बिचको पर्खाल ढलिसकेको हुन पर्छ! नढलेको भए छिटै ढलोस मेरो शुभकामना!


 
Posted on 10-25-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आत्म आत्मले आत्मसाथ गरेको "माया" र भावनामा भौतिक पर्खाल कुनै मायना राख्दैन। हो, स्पन्दनहरुको आब्रित्ति अझै एकाकार् भएका छैनन् भने इमान्दार प्रयासको जरुरत पर्दछ। राम्रो मनोभावको लागि धन्यबाद।

 
Posted on 10-25-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म auditoriam हरुमा बोलिरहन्छु - तिम्रो उन्मक्त हांसो बिना, म प्रदर्शनहरु अवलोकन गरिरहन्छु - तिम्रो शितल साथहरु बिना। म विवश चलिरहेछु, एक्लै - तिम्रा सुनौला हत्केलाहरु बिना, तिम्रा गर्विला पाइलाहरु बिना, तिम्रा न्याना स्पन्दनहरु बिना - एक्लै, फगत एक्लै।

wow, SurNaTal ज्यु, सार्है मिठो, शब्द हरु कती मिठो सँग प्रस्तुत गर्नु भाको, मन नै कस्तो कस्तो भयो पढ्दा त। I loved it, what a  great writting. Every word says smothing, loved it. Thanks for sharing, and hope to see some more in future.

wow.nepal


 
Posted on 10-25-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SurNaTal ji, I forgot to say one thing, change your nick to Sur Ra Taal from SurNaTal. what you guys think? Man its awesome! I already read 2wice. 10 out of 10, great!

wow.nepal


 
Posted on 10-26-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे,

 हर्दिक आभर् ब्यक्त गर्दछु, सब्दहरु मन् पराइदिएकोमा।

I salute you ROCKING ME. Thank you so very much.

ALSON Nepal,

मेरा बेसुरे कुराहरुमा पनि सुर् भेट्नु भएछ, मुरि मुरि साधुवाद्।

uptowngal,

  so sweet of you. अस्तिनै भनिहाले नि, १० मा ९ ले अत्यन्त ठुलो माने राख्यो मलाइ। धन्यबाद्।

Crazy जि,

  १० मा १०, धन्य भएं। कहिले काहिँ मन् पिरोलिएको हुन्छ र उसै उसै सब्दहरु बन्छन्, तेसैले सुर् न ताल् भनेको, सबै कुराहरु। कहिलेइ पनि सुर् मिलाएर लेख्न बसेको छैन, त्यो मेरो सामर्थ्य भित्र नि पर्दैन। अकस्मात् कता बाट मन् बिग्रन्छ र टुटेफुटेका सब्दहरु यत्र तत्र छरिन्छन्, अनि कुनै बेल फुर्सद् मा यसो जोड्ने प्रयास् गर्छु, तेहि हो मेरो लेखाइ, सुर् न ताल्। तेसैले अरु कुनै आउलान् न-आउलान्, भन्नै गारो छ।
comment योग्य मानिदिनु भो, म अभार ब्यक्त गर्दछु।

नेपालको छोरा,

  कुनै बेला डुब्ने प्रयास् हुन्छ, कुनै बेला उत्रने, सायद् तेहि दोधार मा थिए हुँला, ति पलहरु।

धन्यबाद्।

बिर्खे माइला,
    पर्खाल् सायद् ढाल्नकै लागि उभ्याइन्छन्। र त्यो कहिले ढल्छ, कहिले उभ्याइन्छ, पुन: ढालिन्छ, र पुन: उभ्याइन्छ। र अन्त्यमा सायद ढालिन्छ, अर्को नउभ्याइन्जेललाइ। तेस्तै भैरहेछ यता पनि।

सुभकामनाको लागि धन्यबाद्।

राहुलदाइ,

आत्म आत्मले आत्मसाथ गरेको "माया" र भावनामा भौतिक पर्खाल कुनै मायना राख्दैन।
ठिक, a univarsal truth। तै पनि मन् कहिले काहिं पिरोलिंदो रहेछ, सायद् कहिलेकाहिं हामि हाम्रो नियन्त्रण मा हुदैनौ र in those crazy moments, a universal truth means nothing to us।

मुरि मुरि धन्यबाद्, मन् पराइदिनु भएकोमा।

 

wow.nepal

crazy जि लाइ भने जस्तै, मेरो लेखाइ को सुरुवात् कुनै सुर् ताल् बेगर् हुन्छ र तेसैले म सुर् न ताल्, म बेसुरे हुनुलाइ माया गरिराछु, तपाइको महानता हो, मेरो सुर् ताल् मिलाइदिनु।

प्रयास् गर्ने छु, सदैब, केहि सुर् ताल् मिलाउँ। तर, जिन्दगी को के भर छ र...

धन्यबाद्।

 


 
Posted on 10-27-07 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले ज्यु,
कस्तो मिठो लेखेको, यो त heart ko pani भित्रको कुनाबाट नै फुरेको छ नि। मलाइ पनि रिट्ठे ज्युलाइ घत लागेको कुराहरु नै मन पर्यो क्या। कस्तो मिल्या है?
 
Posted on 10-27-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा कस्तो मिलेको है urfrenrites?



 
Posted on 10-27-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tei ta hai ritthe ji.
 
Posted on 10-28-07 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो छ । ९/१० मेरो तर्फबाट ।
केहि मनका कुरा,
'धेरै सपनाहरुमा  ' भन्ने देखि माथि अति उत्तम लाग्यो। तलको भागमा हरेक '   .... हरुमा' भन्ने हरुलाइ माथि जस्तै गरि लेखेको भए अझ उत्तम हुनेथियो भन्ने भन्ने मलाइ लाग्यो । किनभने 'हरुमा' मात्र दोहोरिँदा पछि तिर मलाइ अलि कम बगेको जस्तो महसुस भयो, सायद, भावनाको गहिराइमा डुब्नलाइ अपर्याप्त जानकारि दिएजस्तै ।

अन्यथा नलिनु है  ।

 
Posted on 10-28-07 5:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन चयाप्प समायो । भावना उत्कृष्ट रुपमा पोख्नुभएको छ ।

मेरो आजको दिन सार्थक बनाइदिनुभएकोमा धन्यबाद, सुर न ताल जी । धेरै धेरै धन्यबाद ।


 
Posted on 10-28-07 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मदन मोहन प्रधान

 
Posted on 10-28-07 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ufrenrites र रिठ्ठे जि,

  दुबैलाई एउटै कुरा मन पर्नु धेरै राम्रो सहिष्णुता हो, a positive synergy. केहि छ कि त अन्तर् कुन्तर् मा। मेरो तर्फ बाट दुबैलाइ हार्दिक् धन्यवाद।

copycat जि,
 तपाइको कुरा एक्दम सहि हो। तपाइले औंल्याए पछि मलाई पनि अनुभव भयो, त्यो राम्रो हुन्थ्यो। यि सुझाबहरुले अरु केहि लेखियो भने तेस्मा पक्कै सहयोग् पुर्याउने छन्। म आभरी भए। अन्यथा लिने त सवालै भएन, प्रेरणा चाहि लिए बरु।

somewhereondearth,
 तपाइले सदैव मेरा लेखाइ हरुलाइ मन् पराइदिनु भयेको छ। यस्ले मलाइ सधै अशिम् खुसि दिन्छ। धेरै धेरै धन्यवाद्।

 

त्रिनेत्र जि,
 मैले तेति कुरा बुझिन। जे होस्, मेरो blog पढेर comment योग्य ठानिदिनु भयो, म धेरै अभारी भए। धन्यवाद।


 
Posted on 10-28-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good job dude your article is heartbreaking .
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters