खै अल्मलियाछू कतै चक्रबिउमा. कती कठोर भैयछ बर्थई बेबज्या निहुमा
सायद मैले भुलेकी..., म नै हराया लाग्छ सबै बर्थई थियो, खोक्रो यो दुनिया अनी संसार
मैं हराय, म कसरी सम्झ्नू... , मेरो त्यों डहर, मेरो आगन, मेरो दोबटो, मेरो तगरो बोल्दैंन मसंग, गर्दैंन स्वागत खै भुलेछ कुन्नी,
मेरो पारी पाखा पहिले लजाउथी मसंग, सायद सम्झंथी हाम्रो बालककाल, हाम्रो मितेरी, त्यों चिप्लेटी, त्यों सुरेली, बर्षो बीते मनै हराय, मलाई चिन्दीन होली, ती दिनहरु सम्झ्न होली ,
मेरो सल्ला घारी सुसौदैंनहोला मेरो अभाबमा, मेरा कटुश हरु फक्र नै छाडे होलान, ती काफल हरु तेसई कुहे होलान,
त्यों बुदो बगर आखा ओछाउछ होला, कतै म छूकी भनेर आउछ र खोला तारछ भनेर
आकाशले छितीजसंग कानेखुसी गर्छ रे , हाम्रो कथा सुनाउछ रे , मेरा चौपायाका कंकालहरु रात भरी भौतारिन्छान रे, मेरै नाम पुकार्छान रे,
खै कतै मैं हराया म कसरी समझू ती मेरा खेतका आलीहरु ती दुवाली थुनेका खोला अनी कुलाहरु
बर्षहरु बीते ................................ हिजो तल मन्दिर माँ पद्क्यो रे आज अफ्ने द्लानमा अलपत्रछ रे मेरो बालककाल, समाल्ने कोही छैन अस्तबेस्त मेरो बालककाल, कसैलाई भेटे सोध्छरे आउछकी भनेर , ती गीतहरु फेरी गाउछ की भनेर ......
|