[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 Apartment No. 6
[VIEWED 8658 TIMES]
SAVE! for ease of future access.
Posted on 11-05-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(प्रस्तुत कथा काल्पनिक र कसैको जिबनसङ मेल खान गये संयोग हुन जाने कुरा बिदित गराँउछु। येस कथामा उल्लेख सन्दर्भ र पात्रहरुले कसैको भावनामा ठेस पुर्‍याए, लेखिका माफी माग्न चाहन्छे।)

ड्युटीमा जान नै मन लागेको थिएन आज। दुइ दिन मेरो एउटा 'के हुन्छ होला?' भन्ने भयले त्रसित थियो। रातीको काम कस्तो दिक्क लाग्दो थियो। तेसमाथी यो एक्लो जीबन। बेमनले तयारी भयेँ र पुगे काममा।
"Apartment 6. आज सर्‍यो।" जोनले भन्यो मलाइ देख्नासाथ।
"किन नि?"
"खोइ के थाहा मलाइ। उनिहरुको आफ्नो इछ्या नी। तिमी र म जस्तो जागीर होइन उस्को।"
एकछिन म घोरिएँ, जोन गइ सकेछ।
apartment 6. मा बस्ने केटी अचम्मकी थी। उ ६ महिना अघि सरेकि थि। उस्को न ब्वाइफ्रेन्ड थियो न त लोग्ने। उस्लाइ भेट्न पनि कोहि आँउदैनथे। उ पनि कहिँ जदिनथी विकेन्डमा पनि। हुन त महिनाको २ हप्ता त उसको कामको सिल्सिलामा अफ्रिका जान्थी, २ हप्ता चाही येहि शहरको अफिसमा हुन्थी। कुन्नि के काम गर्थी त्यो त थाहा भयेन तर उसको ब्यक्तिगत जिबन चाहि अत्ति खल्लो थियो। भरपुर जवानी थियो उसको शरीरमा, हेर्नेलाइ नै असह्य हुन्थ्यो। बिहान उ अफिस जाँदा "Good Morning, Madam" भन्दा मलाइ madam भन्नु पर्दैन मेरो नाम bini हो, बिनि भने हुन्छ है भनेर मुसुक्क हाँसेकी थि। उसले नहाँसे पनि मुख धपक्कै बलेकि थियो। हाँस्दा झन् गालाका दुबैतिर खोपिल्टा पर्थे, झन् के चहियो र उस्को सौन्दर्यलाइ तेसबेला?
उसको नाम जे सुकै होश मलाइ मतलब थियेन, उ मेरो लागि असाध्यै रहस्यकी बिसय थी। येति कलकलाँउदो बैंश् तर एक्लो जिबन। कसरी बाँचेकी होली निरस जिन्दगी। म सम्झिन्थे आफ्नो गारो ड्युटी, रातभर जागाराम बसेर सुरछ्या दिनु पर्ने। ७ तल्लामा एउटी Korean बस्थी उ पनि कम थिन रुपमा तर उसको ब्वाइफ्रेन्ड थियो। ५ तल्लामा एउटा "Dutch" थियो, उसको त हप्तै पिछे केटी change हुन्थ्यो। त्यो भन्दा मुनिको तल्लामा बस्ने हरु एक्लै थिये तर उनिहरुको पनि साथी हरु आउने जाने गर्थे। तर ६ तल्लामा कोहि आँउदैनथे, न केटा न केटी। मेरो लागी सोचको कुरा नैं तेही थियो। म रातभरि तल आफ्नो जवानीसङ एक्लै सङर्श गर्दै बस्थे अनि ६ तल्लामा त्यो युबती एक्लै सुतिरहेकि हुन्थी। म घरि घरि आफ्नो सुगठित शरीरलाइ ऐनामा हेर्थें र कल्पिन्थे उसलाइ सधैं। म जवान रापिलो पुरुस अनि उ भर्खर फुलेर भरीभराउ भएकी युबती। हामी किन येस्तो उन्मादयुक्त रातलाइ रङीन बनाउन सक्दैन थ्यों एउटै building मा भएर पनि। कहिले काँही "dinner" को लागी निम्ता दिउँकी जस्तो लाग्थ्यो तर उ धेरै नबोल्ने खाल्की  एक्ली केटी, कसरी भनुँ भन्ने हुन्थ्यो।
अस्ति सुक्रबारको रातको कुरा हो। झरी अलि  बढि नै परेको थियो। म गित गुनगुनाउदै थिए। अकस्मात front desk को टेलिफोन बज्यो।
"Can you come upstair please?" apartment 6 ले बोलाइ। रातको ११ बजिसकेको थियो, उसको स्वरमा अलि धेरै चिन्ता जस्तो सुनिन्थ्यो।
"Yes, Madam" म भित्र उत्सुक्ताका घन्टीहरु बज्न थाले। मुटु ढुकढुक हुन थाल्यो। किन येतिखेर? के उसलाइ साथी चाहिएको हो? के  भगवानले मेरो इछ्या बुझ्नु भएको हो? कि उ मलाइ..........
सोच्दै म उसको कोठामा पुगे।
"हेर न झ्याल खोलेर सुतेकि थिए, सबै पानी भित्र पस्यो मैले कति पुँछे, तर सकिन, तिमिसङ केहि नचाहिने कपडाहरु होला यो पानी सोस्ने?"
"तिमी पिर नगर, म तिमीलाइ मद्दत गर्छु। हामी दुबैजना मिलेर पुछ्यो भने सबै पानी छिट्टै सकिन्छ।" तेसपछि हामी दुबै भएर कोठाभरी पसेको पानी पुछ्न थाल्यौं। मेरो मन उस्को मनमा के होला भन्ने सोच्दै थ्यो। उसले कालो one piece मा रातो बुट्टा भएको skirt लाएकि थी। उसको गोरो शरीरमा त्यो लुगा कस्तो सुहाएको थियो। त्यो लुगाभित्र शायद उसले केहि पनि नलगाएकी हुनु पर्छ। किन भने उसको लुगाभित्र केहि आकारहरु प्रस्ट देखिन्थे र मदहोश हुन लागेको थिएँ। हतारमा उसले उठ्नासाथ आतिएर मलाइ बोलाइ तर उसको सुत्ने लुगाको होश नभएको हुन सक्छ। मेरो कान तात्तिन थालेको थियो, उसको लुगाभित्रको उसको अङहरु सम्झिएर। उ आफ्नै धुनमा पानी पुछ्दै थी, म आफ्नो निधारमा आएको पसिना पुछ्दै थिएं।
त्यो कपडा पनि कति भाग्यमानी उसको बैशहरुलाइ मस्त छुन पाउने। 'हे भगवान, अर्को जुनीमा मलाइ तेस्तै कपडा भएर जन्माइदेउ' मनमनै भगवान पुकाँरे मैले। 'धत्, अर्को जुनीमा कपडा भएर के काम, कुरा त अहिलेको छ, अहिले नै' फेरि सम्झाएँ। मनलाइ। आजको रात यो रतिदेवीसङ सङै कटाउन पाएँ। मेरो मनमा चाहनाका लड्डुहरु फुट्न लागे..........सम्हाल्नै नसकिने गरी।
"Thank you." उसले भनी।
किन येति चाँडै सकिएको होला पानी पनि। मोरीलाइ फेरि येति छिटो किन धन्यबाद भन्नु पर्ने नि।
"welcome" भन्दै मलाइ तल जानै कर लाग्यो।
अब निद्रा कसरी आँउथ्यो। उसको सुन्दर सेता खुट्टा हरु र गोरा  नरम हातहरुले मलाइ आगो लगाइसकेको थ्यो। पानी पुछ्दा बेला बेलामा उ निहुँरिदा मैले उसको सेता तिघ्राहरु पनि हेरेको थिए। पानी पुछ्ने क्रममा उ घरी अगाडी ठोकिन्थी म सङ र म उसको खुला गलाको तल लुकिरहेको सुन्दर गोलाकार अङहरुलाइ पनि हेरिरहेको थियें। उसको curly कपालहरु बेला बेलामा अगाडी आएर मेरो सुन्दर द्रिश्यलाइ छेकि दिन्थ्यो र म सराप्थे तिनिहरुलाइ। अब म रोकिने छैन। उ एक्लै छे, अनि म येहाँ एक्लै, हामी दुबै एक अर्काको पूरक हुन सक्छौं। यो रातलाइ किन येतिकै तडपाएर बिताउने। म मान्छे हुँ चाहना र रहरहरु भएको, त्यो बेजान ढुङा त होइन नि। म भित्र पनि आगो छ उसको जवानीलाइ सल्काउने। शायद, उ तेहि चाहन्छे। तेसैले बोलाएकी हुनु पर्छ मलाइ। येसमा मेरो के दोश त?  मेरो मनले गति लिन थाल्यो, दिमाग सून्य भयो। जे पर्ला पर्ला, म फेरि जान्छु र भन्नेछु उसलाइ सबै कुरा। मेरो हालत सारै नराम्रो भैसकेको थियो।
knock knock पछि Apt. 6 को ढोका खुल्यो।
उ भारी निद्राले छोपेको आँखाले मलाइ एकटक हेरिरहेकी थी तेहा।
Please, listen. मैले साहस बटुलें। Can I request you?
"What?"उ झस्कि, उसको आँखामा निद्रा होइन, त्रास थियो।
"Please let me kiss you. On your cheek, just once please." मेरो मुखबाट अघिदेखिको सब्दहरु बेलगाम निस्क्यो।
"ढ्याङssssssss" ढोका लाग्यो।  मेरो मनभित्र पनि प्रतिध्वनि गुन्जियो। मोरी मैले के नै   माँगेको थिएँ र उ सङ। जाबो एउटा चुम्बन त्यो पनि गालामा। उसको बाउको के नै जान्थ्यो र तेति गर्न देको भए मलाइ। तेति सानो कुरामा Apartment नैं छाडेर त जानु पर्ने थिएन नि। हैन त ?
 


 

Last edited: 05-Nov-07 04:22 PM
Last edited: 05-Nov-07 04:32 PM
Last edited: 05-Nov-07 05:48 PM

 
Posted on 11-05-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि बाबै एपार्टमेन्ट नै छोडेर जान पर्ने त थिएन नि। कस्तो कुरा नबुझ्ने केटि रहिछे। शायद म जस्तै होलिन्, यो कथामा कथाकार पुरुष हो भनेर कतै नदेख्ने। त्यस्तै भएर एपार्टमेन्ट छाडेकि पो हुन कि? नाइँ नाइँ एउटा कुरा नि!

Last edited: 05-Nov-07 03:41 PM

 
Posted on 11-05-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकजान च्याँन्बा ले धओका दिदै मा एस्तो हुनु नपर्ने जस्तो लाग्छ।
बाँकी केटाहरु पनि छन् भनेर कसैले भनेनछन् कि।  
तर पनि एउता किस माग्दैमा अपार्तमेन्त छोड्नुपर्ने चाँही होइन जस्तो 
मलाई पनि लाग्छ।।।।।।।।।

 
Posted on 11-05-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरु जी,

 म रातभरि तल आफ्नो जवानीसङ एक्लै सङर्श गर्दै बस्थे अनि ६ तल्लामा त्यो युबती एक्लै सुतिरहेकि हुन्थी। म घरि घरि आफ्नो सुगठित शरीरलाइ ऐनामा हेर्थें र कल्पिन्थे उसलाइ .....

के यो बाक्यले narrater पुरुस भएको कुरा पुस्टि गर्दैन र?

आदरणिय पाठक बर्ग, यो कथाका narrater पुरुस नैं हुन्, नारी होइनन्।

Sorry for the confusion.

 

 

Serial Ji,
तेहि त भन्या है। मेरो र तपाइको कुरा कस्तो ठ्याक्कै मिल्या।

Last edited: 05-Nov-07 04:10 PM
Last edited: 05-Nov-07 04:33 PM

 
Posted on 11-05-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि सोचेको थिएँ नारी  हो भनेर त, तर पानी सफा गर्दा को चर्चाहरुले पुरूष हो कि  भन्ने पनि सोचेको नि! बिचरी भाग्नै पर्ने स्थितीमा पुगिछिन बरा!


 
Posted on 11-05-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry Biru Ji,

maile tapaiko comment ramraree padhena chu. The narrator is a man in this story.

 


 
Posted on 11-05-07 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL Ji,

mero pani yo story padhera mutu kya dhukdhuk bhayo bhane?

ke bhya testo lau?

This is nice one too. I like it very much.


 
Posted on 11-05-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero pani testai vako vaneko dhuk dhuk. nice one creative story. but thats not good reason re kya  apt nai chodna parne hahaha. nice one keep on working on it c G
 
Posted on 11-05-07 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी बास्सै ! क्या जिउ नै सिरिङ्ग हुने कथा रहेछ
 
Posted on 11-05-07 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just like  Harold Robins' novel  ;)
 
Posted on 11-05-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन अब पानी पुछी सकाइवरी फर्किंदा किस नगरि, मान्छे निदाको बेला मा किस माग्न गये पछी, तर्सिदैंनथी त मोरी। जे भए नि हिम्मत त गरेकोनै हो,......

मेरो गर्ल फ्रेन को नि कस्तो नराम्रो बानी थियो है, उ सुतिसके पछी त छोयो कि हात खुट्टा चलाई हाल्ने क्या, एक दिन राती निद्रा लागि राको थिएन मोरी निदाइसकिछे है, अनी एसो निदाको बेलाको अनुहार देखेर माया लागेर आयो है, अनी एसो चुमिदिम न गाला भनेर चुमेको मात्र के थें, झन्डै लात खाको भन्या। पछी त सरि हनी भन्छे बा। समय मिलाएर पो गर्नु पर्छ त किस पनि रे क्या। .... ल सधै झैं मिठो कथा छ है, क्रेजि लभ् जि। loved reading it, great story, keep on writting please.

wow.nepal


 
च्याँङवा
Posted on 11-05-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्हेरो पानि, च्याङग्राकु पानि, खाच्चारको पानि सप्पाइको जिउ सिरिङा भायु।

आनि ढोकामा बासिरा डिउटि गार्नि, सुराक्षा गार्नि साप्पाई दारबानले घारमा एक्लाइ बासेकु देखेरा तारुनिलाई म्वाईँ खाउ ना भन्न गायु भानि नाभागेरा के गार्नि कास्दु कुर गार्छा? म्हेरो मोइच्याङलाइ नि चाउकिदारले एक्लाइ पाइरा म्वाईँ खान गायु भानि मोइले के गार्नि? मों ता तोङ्बाकु भांडुले बाजाइदिन्जा होश गार होइ। म्हेरो मोइच्याङलाई ता खाच्चारले मात्ताइ मोइ खान्जा....


 
Posted on 11-06-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Urfrenrites,

मुटु ढुक्ढुक् भएन भने त फेरि खतरा हुन्छ नि हैन र भन्या?

nepalihero,

तेहि त भन्या। हेर्नु न।

Naya ghare Thuldai,

मेरो पनि जिउ सिरिङ भयो।

Rebel CMX,

हो र?

Wow. Nepal,

तपाइको त्यो story  पनि पढ्न पाँउन त क्या।

chyangba,

ओ, मेरो च्याङ्बा आयो। तोंलाइ मोइले तोङ्बा राख्देको छ। भरै आइज है.........


 
Posted on 11-06-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म रातभरि तल आफ्नो जवानीसङ एक्लै सङर्श गर्दै बस्थे अनि ६ तल्लामा त्यो युबती एक्लै सुतिरहेकि हुन्थी। म घरि घरि आफ्नो सुगठित शरीरलाइ ऐनामा हेर्थें र कल्पिन्थे उसलाइ .....

के यो बाक्यले narrater पुरुस भएको कुरा पुस्टि गर्दैन र?


CL sweetie...howdie...how u been ??

Timro khoji maa ma faat sabai ghumey

tarai sabai faadey

pahad chadey, orley

arko pahad chadey ani orley

ahiley pheri arko chad dai chu :P hehehe

jpt jpt :P

:D

on the serious note...

having a well built body makes someone a man :O...u mean purush :O...never knew that :P...i thought it was other distinguishing characters to differentiate between purush and stri :D...may be I learned wrong...mero master laai gayera pheri sikaa bhannu paryo :D...kaliyug ko master sarai kharab, kamai nalagney mora haru...oops i mean mori haru...(they were not well built, so i guess they were females then...hai hai hai :P)

Not a bad story...but girl seriously i din feel it...felt like artificial extension to the story...jabarjasti badhaako jasto...i've read ur stories before...this din have the same appeal...U can do a lot better than the way u've expressed the narrator...



 
Posted on 11-07-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harke dai, Namaste.

Long time no see. Hajur Trekking ma busy?

Thanks for your comment.


 
Posted on 11-07-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उ आफ्नै धुनमा पानी पुछ्दै थी, म आफ्नो निधारमा आएको पसिना पुछ्दै थिएं।" ... majaa aayo padhera :)


 
Posted on 11-07-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL ...mexico ko vacation sakyo ni ta :D...aba trecking :P k garnu??? timi harayo after mexico...ani trecking maa bhetincha ki bhanera hideko ma ta... chitthi ta pathako ho...jawaaf nai aayena...khoi hulaki ley nai lukaayo ki chitthi chai...natra ta timi ley bhetnu parney...ek patak hulaki sanga bujham kyara :D...

ma chai baato laagey ahiley...


sorry sweety...i am rude :( :(....bad bad me

 
Posted on 11-09-07 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

raascal ji,

malai pani maya lagyo usko. thanks.

harke dai,

Sorry la. chitthi padhnu aghi nai delete garecha mero PA le. Sorry again.

Happy tihar

CL


 
Posted on 11-14-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Loved the story because of its simplicity mixed with the audacity (not of kissing but of asking us whether she really had to leave the apt) of the guard.

This proves a point how a simple story can be made good by tweaking with the starting point (had it been narrated in chronological order, it would have been blunt).

By the way, why does the narrator need to be a male?


 
Posted on 11-22-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

I am desparately waiting for your next story. when is the next?

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters