2007-11-24,Saturday,
म सीता मिजार हु, हरि (बहादुर) मिजारकी पत्नी । तल्लो जाति । असत्तिहरूले झुक्याएर मेरा लोग्नेको जग्गा आफ्ना नाममा पास गरे । उल्टो रिन तिर्न सकेन भनेर मेरा लोग्नेलाई बलजफ्ती लगे अनि मारे ।
म सीता मिजार हु, हरि बहादुर मिजारकी पत्नी । जातले कामी । मेरा लोग्नेको जग्गाजमिन खाए । हामीलाई रिन लाग्यो अनि रिन तिर्न सकेन भनेर मेरा लोग्नेलाई बलजफ्ती लगे अनि मारे । म तिनको रिन तिर्न पैसा खोज्न हिडेकी थिए । पैसा पनि खोजे तर (-त्योभन्दा) पहिले नै मेरा लोग्नेलाई मारिसकेका रहेछन् ।
आठ वर्षघि रामबहादुर खड्गीसग अलिकति पैसा लिनुभएको रहेछ, मेरा लोग्नेले । समयमै त्यो रिन तिर्न सकेनौं । एक वर्षछि 'ल भैगो, जग्गा दिऊ भनेर कुरा भएछ अनि दुइ रोपनी जग्गा उसलाई दिन्छु भन्नुभएछ । तर ऊ (रामबहादुर) बाठो मान्छे, कागजपत्र मिलाएछ र सबै जग्गा उसको नाममा पास गरेछ । सुन्थान (पनौती नगरपालिका- १०) को हाम्रो १३ रोपनी जग्गा पूरै आफ्नो नाममा पास गरेछ । तर, मेरा लोग्नेलाई भने जम्मै -जमिन) लगिसक्यो भन्ने थाहै रहेनछ । उसले हामीलाई 'त्यो जग्गामा नटेक, अब त्यो मेरो हो' भनेपछि मात्र सबै लगिसकेछ भन्ने थाहा पायौं हामीले ।
त्यतिखेर फलफूल खेती गरेपछि टन्न पैसा कमाइन्छ भन्थे, सबैले । त्यसैले हामीले पनि त्यो जग्गामा फलफूल खेती गरेका थियौं, सुन्तला, जुनार र हलुवावेद रोपेका थियौं । फलेर लटरम्म भए पनि हामीलाई रामबहादुरले त्यो जग्गामा छिर्न दिएन । समाजको डरले हो कि किन हो, उसले पनि ती फलफूल टिपेन । अनि सबै सुन्तला, जुनार र हलुवावेद खेर गए ।
सबै जग्गा खाएपछि पनि उसले 'मेरो रिन तिर्' मात्र भनिराख्थ्यो । कमाउने जग्गा नै उसले खाएपछि हामीले कहा“बाट तिर्ने - किन तिर्ने - तर, हामी गरिब मान्छे, कोसग गुहार माग्ने (रामबहादुरले पोहोर मंसिरमा पनि उहा“ (लोग्ने) लाई लग्यो र एकदम कुटपिट गर्यो । 'त्यो जग्गामा भएको घर भत्का' भनेछ । भएको घर भत्काएर हामी कहा“ जाने - हामीले भत्काएनौं । अनि फेरि गएको साउनमा पनि उहा“लाई लग्यो । उहा“लाई पाटनको मंगलबजारमा घाइते बनाएर फालिदिएको रहेछ । छ-सात दिनपछि त्यहाका चर्चका पुजारी -पाश्चर) ले भेटेछन् र घर ल्याइदिए ।
जथाभावी उठाउने, कुटपिट गर्ने । हामी डरायौं । अनि घर पनि भत्कायौं । त्यसपछि हामी भूइतले छाप्रोमा बस्न थाल्यौं । 'भनेको मान्यौ भने २ रोपनीबाहेक अरू जग्गा फिर्ता गर्छुुभनेको थियो, रामबहादुरले । गर्ला नि भनेर जे-जे भन्छ मान्यौं । तर, आज यो हाल भयो ।
तर, अस्ति (२७ कात्तिक) त्यो (रामबहादुर) फेरि आएछ । म घर थिइन“ । ऊस“ग उसैको मोटर चढेर गणेश खड्गी पनि आएको रहेछ । त्यो (गणेश) सग मेरो लोग्नेले १४ हजार रिन लिएको छ भन्दै मस“ग पनि पैसा माग्न आउने गथ्र्यो । ऊ इटाभट्टामा काम लगाइदिने मान्छे हो । ललितपुरको एक भट्टाबाट उहा“ले १४ हजार रुपैया“ लिनुभएको रहेछ, चार वर्षघि । त्यो उसैले मिलाइदिएको पनि हो । तर, हामीले रिन लिएको केही दिनपछि त्यो भट्टा बन्द भयो, हामीले इटा पार्न पाएनौं । अनि कसरी रिन तिर्ने ?
त्यस दिन (कात्तिक २७) बिहानै ती दुवै (गणेश र रामबहादुर) आएछन् र 'अब तैलै पैसा तिरिनस्, हामीसगै हिड्' भनेछन् । बिहान ८ बजेतिर हाम्रो घरमा आएका थिए रे, ती । म त बिहानैदेखि मेला गएकी थिए“ । छरछिमेकीले र मेरी छोरीले पनि देखेकी रहिछ । (बा.३च) १४६६ नम्बरको गाडीमा आएको थिए भन्छन् । अरू ४-५ जना मान्छे पनि थिए रे । लोग्ने घरमै थिए । गणेशले 'अब तैले पैसा तिर्नुपर्दैन हामीसग हिड्' भनेछ । उनले आनाकानी गरेछन् । त्यसपछि घिच्याउन थालेछन् र बलजफ्ती गाडीमा राखेछन् । मेरा पतिले 'मसग अहिले पैसा छैन, इटा पारेर तिर्छुभनेछन् । तर, ती असत्तिले '२ दिनभित्र जसरी पनि पैसा चाहिन्छ' भनेका थिए रे ।
छोरी कल्पनालाई सोधे पनि हुन्छ । ऊ यही कुरा भन्दै रु“दै गर्छर्ेे मलाई केही थाहा थिएन । मेलाबाट साझ मात्रै फर्किए । फर्किंदा पो छोरीले अध्यारो अनुहार लगाएर बुबालाई लगेको कुरा गरी । साहुले च्याप्तै लगे । बाबु सधैं टेन्सनमा । त्यसैले छोराछोरी पनि एक वर्षघिदेखि स्कुल जान छोडेका थिए । जेठी छोरी त पहिल्यैदेखि मेलापातमा लागिहाली । घरमा अन्न छैन, के-को पढाइ - त्यतिखेर १४ वर्षी मात्रै थिई । परिवार पाल्न स्कुल छोडी । गरिबका घरमा जन्मेपछि के-को पढाइ
त्यो छोरी 'तैले पैसा तिर्न पर्दैन भन्दै बाबालाई लगे' भन्दै खुब रोई । ऊभन्दा कान्छा दुइ केटाकेटी छन्, १२ र ५ वर्षा । दुइवटै छोरा । जेठाको नाम कृष्ण हो, कान्छाको प्रदीप । उनीहरूले बाबुको धेरै पीर गरे । 'भो भएन, जसरी पनि पापीहरूको मुख टाल्नु पर्यो' भनेर म माइली अमाजु (गौंथली ढलकोटी) लाई लिएर (गत) शनिबार गणेश खड्गीको घरमा गए । लोग्ने अ“ध्यारो अनुहार लगाएर बसेका रै'छन् । सुगुर थुन्ने खोरजस्तो ठाउमा उनलाई राखेको रैछ । हामीलाई देख्नासाथ रुन थाले । 'भतिज श्यामलाई भनेर गणेशको पैसा तिर्देऊ, नत्र मलाई मार्छन्' भने । मैले गणेशसग पनि बिन्तीभाउ गरे, उनलाई छाडिदेऊ भने । तर त्यो कसाही के मान्थ्यो - 'रामबहादुरलाई नसोधी छोड्न मिल्दैन' भन्यो ।
त्यसपछि हामी रामबहादुरलाई भेट्न गयौं । उसले 'तेरो लोग्नेलाई छोड्ने हो भने त्यो जग्गा छोडेर अन्तै जाओ' भन्यो । पछि त एउटा कागजमा मलाई 'सही गर्' पनि भनेको थियो । तर, पहिल्यै त्यत्रो जग्गा खायो, अब के गर्ने हो भनेर मैले मानिन“ । हामी फेरि गणेशकहा“ आयौं र बिन्तीभाउ गर्यौं । उसले '२ दिनभित्र पैसा तिर्ने भए तिर्, नत्र तेरो लोग्नेलाई मारिदिन्छु×' भन्यो । अनि 'जसरी भए पनि (दुइ दिनभित्र) पैसा तिछौं, केही नगरिदेऊ भन्दै हामी हिड्यौं ।
लोग्नेको हालत त्यस्तो थियो । असत्तिहरूको के भर - पैसाको जोरजाम गर्न लागे म । पैसा खोज्न जेठीअमाजुको घरमा गए । उनको नाम बच्ची बोगटी हो, घर गोठाटार । सबै दुःख सुनाएपछि अमाजुले १४ हजार रुपैया दिनुभयो । अनि म बुधबार पनौती फर्किए“ । तर, वडा सचिव मैया थापाले बाटैमा सुनाइन्- तपाईंको लोग्ने त अस्पतालमा छन् रे । पछि पो मैले थाहा पाए“, उनलाई मारिसकेका रहेछन् । लोग्नेलाई मारिदिए । जग्गा पनि तिनैले लगे । अब केटाकेटीलाई मैले के गरेर पाल्ने ?
www.nayapatrika.com