[Show all top banners]

SurNaTal
Replies to this thread:

More by SurNaTal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

ThahaChaena

somewhereondearth
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मेरो कथा मेरो गीत

[Please view other pages to see the rest of the postings. Total posts: 50]
PAGE: <<  1 2 3  
[VIEWED 16975 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-26-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कथा मेरो गीत: Hits FM २०५३-९-२५

पुल्चोक पुरानो छात्रवास

भाग १:

जिवनमा, यात्रामा; घटनाहरु हुन्छन, दुर्घटनाहरु पर्छन्, प्रेम र सहानुभूतिका तरंगहरु छचल्किएका हुन्छन। एस् एल् सि को रिजल्ट भयो। म खुसि ले उफ्रिए। बुवा आमा र दाजु दिदि पनि खुसि हुनु भयो। निक्कै राम्रो अंकमा पास् भएछु, सोचे भन्दा पनि राम्रो।

बधाइ र सुभकामनाका सयकडौं कोशेलीहरु बोकेर म आफ्नो परिवार्, प्यारि आमा र रमाइलो गाउँघरलाई पछाडि छाड्दै २०५१ शाल आषाड २४ गतेको शुभ-प्रभात् संगै बाटो लागेको थिएं, सहर तर्फ। मन् गरौं थियो। मुटु बोझिलो थियो। बाटामा धेरैले सोधेथे। म "काठ्माण्डु पढ्न" भन्ने जवाफ् संगै शुभकामना बटुलिरहेथें। करिव ९ बजेतिर भोजपुर् टक्सार को सानो धुले धावनमार्गमा उतिबेलाको RNAC को एउटा टुइनटर उत्रियो। यन्त्रवत् आफ्ना भारि पाइतालाहरुलाइ प्लेन को भर्र्याङ् मा ठेलिरहंदा मन् एकतमास् उत्तर तिरका धान खेतहरुमा रुमल्लिएको थियो। फर्किएर एकपटक गाउँघरतिर बिदाइरुपि आँखाहरु फिजाएं। निमेषभरमै प्लेन धावनमार्गमा घस्रिन थलिसकेथ्यो। झ्यालबाट मलाइ पुर्याउन आउनु भएको दाजुलाइ हात हल्लएर बिदा गरें। जिवन् पहिलो पटक हवाइजहाजमा छ, तैपनि किन कुनै उल्लास छैन, कुनै उत्सुकता छैन। सायद मन् अरुनै धेरै मिस् गरिरहेछ, जो त्यो टुइनटरको cockpit भन्दा अत्याधिक् मुल्यवान् छ।

केहि बेरमै म मेरो आकासमा थिएं। ट्याम्के डांडो काट्ने बेलामा पुन: मेरो गाउँघरलाइ एकपटक अँगालें, भवनाभरि, मनभरि, त्यो पारि भिरालोमा, मेरो 'भंगेरि' गाउँ। जिवनको रफ्तार प्लेन ले काठमाण्डौ त्रिभुवन अन्तरस्ट्रिय विमानस्थलमा छाडिदियो। र अनि शहरि परिवेशमा एउटा गाउँले उत्पादनको नौलो यात्रा सुरु भयो, भविस्य निर्माणको नाममा।

"म नौलो यात्र थाल्दैछु ......"

यसरि मेरो कथा सुरु हुन्छ, नयाँ कथा। सत्य हो, सुरु संगै अन्त्य जोडिएको हुन्छ। तर मैले कहिल्यै सोचिन, मेरा कथाहरु यसरि सपना जस्तै अधुरै बिलाएर जान्छन।

त्यस्पछि म एउटा टाढाको आफन्तले खोजिदिएको डेरामा बस्न थालें, एक्लै। जिवन् सुन्सान वगरको एक्लो यात्रि जस्तै लाग्यो। यथार्थ त यहि हो, धर्तिमा जो जन्मन्छ, एक्लै, र जो मर्छ, उ पनि एक्लै। तैपनि किन मलाइ आफ्नो वस्तबिकता बोझिलो लगिरहेछ? उमंगहिन दिनहरु। निरस अनुभव। खल्लो मन। लक्ष्य र उदेश्यहरु ओझेलमा पर्लान् झैं। नौलो वातावरणमा मैले मेरो सहजका, मेरो मनोरंजनका र शौखका कुराहरु पनि सबै गुमाएको थिएं। म एउटा सफल कालिगढको भावना बिहिन् मुर्ति भएको थिएं सायद्। तै पनि भाग्ने कुरा भएन, जिवन संग, एकान्त संग। भागेर पनि कहां पो पुगिने हो र। आखिर् प्रिथ्वी गोलो छ। जति भागे पनि कोहि कहिं पुग्ने होइन।

पुल्चोक क्यम्पसमा overseer पढ्ने पुर्व योजना सहित नेपाल छिरेको हुं। प्रवेश् परिक्ष्या दिएं। साधारण स्कुलको सामान्य प्रतिस्पर्धामा हुर्किएको बिध्यार्थी हुं। त्यो देश् ब्यापि प्रतिस्पर्धा अजंग कै थियो कि झैं। नाम पहिलो पंतिमै थियो, merit list को। खुसि लाग्यो, अलिकता जिवनमा उमंग थपियो। अफसोश, खुसि बांढ्न पनि कोहि छैन, छेउछाउ। आफ्नाहरु जो छन्, टाढा गाउँमा। म त यो लाखौंको भिडमा एक्लै न हो। जहां जाउं कसैले चिन्ने हैन, कसैले सोध्ने हैन, कसैले वस्ता गर्ने हैन। सहर् किन यति यन्त्रवत, दिनै पिछे आँखा जुधे पनि किन कोहि म संग बोल्दैन? वा कि म नै एकांकी हुं? मेरो मेसो हराएको छ, या मेसो मिलेको छैन, यो सहरमा। गाउँमै कतै मेसो छाडेर आएंकि? र खुसिलाइ एउटा पत्रमा उतार्ने प्रयास गरें, बाबु-आमा र दाइ-दिदिका लागि। म कान्छो छोरो, घर छाड्ने दिन कति बिचलित् हुनुभएको थियो, वाहांहरु। मैले आफ्ना उकुस् मुकुस् हरुलाइ एउटा लामो पत्रमा भरसक् खांद्ने प्रयास गरें।

यहां मैले भालेको डाँको कहिल्यै सुनिन। एकैचोटि झिस्मिसे भयो। सुर्य उदाए। सुकुमार् यौवनी फुल् फुल्यो। घामको न्यानो मलिन हुदै गयो। फुल ओइल्यायर झर्यो। सुर्य अस्ताए। चिर अध्यारोमा मुटु धकक्क फुल्यो। राम्रा-नराम्रा खै कस्ता कस्ता सपनाहरु आए। फेरि झिस्मिसे भयो। तर भालेको कुखुरि काँ फेरि सुनिएन। किनकि म मेरा १६ बशन्तहरु बितेका रमाइला डाँडा-पाखा र झरना-चौतारीहरुमा थिइनँ। म त एउटा मान्छे मान्छे को गन्जागोल्, शहर, काठमाण्डुमा थिएं। यसरि दुखमा होस् व सुखमा, समय त चिप्लिनै रह्यो। सुलुलु-सुलुलु। मैले आफुलाइ घटिरहेको पाएं। जिवन मैनवत्ति न हो, पग्लिरहन्छ, अनवरत्। र एक्दिन बिलाउंछ, जमिनमा, हावमा, झ्याप्प। सुस्तरि हावा बहंदा मन् हल्लिन्छ, मैनको ज्वति जस्तै। जिन्दगि दुइ दिनको भरोसा हिन यात्रा न हो। त्यसैले यस्लाइ हांसेर बिताउनु पर्छ, एउटा जमर्को गर्छु। गाउने सोख थियो, सानैमा। अत: गुन्गुनाउने प्रयास गर्छु।

"चलेछ वतास सुस्तरि मनै सरर

भरोसा छैन जिवनको बिताउं हाँसेर ......"

 

क्रमश..

 

 

भाग : २

भदौ २१ गते, शाल त उहि हो, कक्षा सुरु भयो। कलेज जिवनको पहिलो दिन, अलिकति उल्लास बटुलेको हुनुपर्छ। एक दुइ साथिहरु बटुलिए। केहि दिन पछि होस्टेल बस्न थालियो। बिस्तारै वातावरण संग आफुलाइ मिलाउदै गएँ। होस्टेलमा एउटा गज्जबको टेलिफोन सेट थियो। मैले हालसम्म फोन हुन्छ भन्ने सुनेको मात्रै हो, अहिले देखेको छु, प्रत्यक्ष। अझै प्रयोग् गरेको छैन। गरौं कस्लाइ, को नै छ र मेरो फोन ले माने राख्ने, यो सहरमा। सायद तेहि एक्लोपन् थियो, जस्ले एउटा नयाँ शोख वा भनौ रुचिको जन्म दियो म भित्र: नयाँ नयाँ फोन नम्बरहरु खोज्ने र नचिनेकै ठाउँमा फोन गरेर साथिहरु बनाउने प्रयास गर्दै जाने।

साथिहरु यसलाइ 'ब्लफ कल' भन्ने गर्दा रहेछन्। तर मलाइ 'ब्लफ' न सब्द र न अर्थ नै थाहा थियो। मैले २-४ केटा साथिहरु बनाए। सायद अचम्म। तेस्तो कदाचित् नहुने रहेछ, सायद म पाखे थिएं। जव फोन केटिको हुन्थ्यो, मलाइ अप्ठेरो पर्थ्यो। पहिलो कुरा, स्कुल हुंदा कोहि केटि म तिर आइराखेकि भए म दोबाटोबाट अर्को गोरेटो पक्डिन्थेँ, सारै खै के के। हुन सक्छ सारै conservative वा फेरिपनि सारै पाखे थिएं। बानि अझै तेति हटिसकेको थिएन, सहरमै पनि। दोस्रो कुरा, 'ब्लफ कल' को आतंकै फैलेको हुने रहेछ, उरन्ठ्यौला केटाहरुले फोन गरेर जथा भाबि कुरा गरेर वाक्क लगाउने रहेछन्, केटिहरुलाई। सम्भवत आफु पनि तेहि समुहमा परियो, उरन्ठ्यौले केटो। के थहा फोन उठाउनेवालिलाई कि म केटि देखे भाग्ने सम्भु राम थिएं भनेर। जे होस्, क्रम जारि नै राखें, सायद पाखे उपाधि वाट ओर्लनु पनि थियो आफुलाई। एक दुइ केटिहरु पनि साथि भए भनौं, फोन गर्दा सामान्य कुराकानि हुन्थ्यो। उहिले पत्र मित्र हुन्थे, बिध्यालयमा, अहिले तार मित्र, कलेजमा। आखिर् कुरो उस्तै उस्तै हो; सब्दहरु संगको साइनो। कोहि केटिको भौतिक उपस्थिति त अझै भुइचालो नै थियो मेरा लागि: कस्ले चाहन्छ र पुन: नब्बेसालको जस्तै महाभुकम्प आयोस र आफ्नो घर् भत्काएर जावस्, आफ्नो धर्ति चर्काएर जावस्।

यस्ता नयाँ फोन नम्बरहरु कसरि संकलन गरिए, सबै यहाँ प्रस्तुत गरिराख्न सकिन्न। तर एउटा फोनको यहाँ कुरा गर्छु। किनकि त्यो मेरो बिशेस फोन हो, बिश बन्यो त्यो फोन। म पाटनढोकाको बस चडेर सहिद् गेट तर्फ गैरहेको थिएं। तिनै थोत्रे बसहरु मध्यको एक्, जस्मा अझै २६ नम्बर चडाइ सकिएको थियन। अगाडिको सिटमा बसेका दुइ जना युवतिहरु आफ्नै गफमा मस्त थिए। म तिनिहरुको गफमा मग्न थिएं। बस सिंहदरवार काटेर भद्रकाली तर्फ दौडिरहेथ्यो, तेहि ५०-६० मिटर सडक त जो थियो काठ्माण्डुमा, जहाँ सवारि हरु कस्सेर हुइंकिन पाउँथे। मैले सुनें,

"एइ रस्मि, चिन्जान भाको नि यत्तिका दिन भै सक्यो, तैंले त आफ्नो फोन नम्बर नि देकि छैनस् त!"
"दिउँ भन्छु, सधै भुलि हाल्छु। टिप् त, २२ ५ ....."

त्यो फोन र जोडिएको नाम मेरो दिमागमा टाइप भयो। सहिद् गेट आयो। आफु तेहिँ जान भनेर गाको, ओर्लनै पर्यो। उनिहरु ओर्लेनन, नत्र एक्छिन् पछ्याउन नि हुन्थ्यो। भिड यस्तो बसमा कि ओर्लदै गर्दा पनि उनिहरुको मुखडा नजर पर्न सकेन। कुनै अफसोस् पनि भएन, किनकि मेरो लागि खजाना तेहि फोन नम्बर नै काफि छ। सायद धरहराको मुनि बसेर राणाहरु किन यति सौखिन् भन्दै माथि हेर्दै केहि समय अनायास काटम्ला भनेर निस्केको हुदो हुँ, तेति मन बसेन होला तेस्मा र छिट्टै होस्टेल फर्किएं। सांझ पर्दा नपर्दै दिउंसोको नम्बर घुमाएँ। सच्चिकै त्यो ऐतिहासिक फोन सेटमा अंकहरु घुमाउनै पर्थ्यो। कहिले काहिँ पुरै घुमेन भने ८ घुमाएँ भन्यो, ७ बन्थ्यो र रामबहादुरलाइ गरेको फोने बलरामको मा पुग्थ्यो। यो पटक् तेस्तो भएन। भनेकै ठाउंमा पुग्यो।

"हेलो, यो कुलेश्वोर हैन्?"
"हो, कस्लाइ खोज्नु भएको?"

म निक्कै सजिलो परिवेशमा थिएं, यो पटक। नाम थाहा थियो। स्वर पनि सुनेको। पछाडि बाटै भए पनि केटिको आँकडा अनुमान् थियो। कम्तिमा उस्को कपाल् चाउचाउ जस्तो गुडुल्किएको र रंगाएर रातो रातो पारेको थियो भन्ने थाहा छ। सायद मलाइ त्यो तेति मन् परिरहेको पनि थेन होला, किन छँदाखाँदाको कालो सलक्क परेको केसलाइ गुजुल्ट्याएर चाउचाउ झै बनाउनु पर्ने होला। सयाद त्यो बिचार कतै मन् मन् मा आएर उतै बिलाएको हुनु पर्छ, किनकि कसैले कपाल कस्तो बनायो भनेर रेख देख गर्ने जिम्मा मलाइ कसैले मलाई दिएको त हैन।

"तपाइँ रस्मि हैन?"
"हो, तर तपाइँ को नि?"

म को? को को?
निमेशभरलाइ अलमल्ल मा परेँ। पहिले जस्तै। र पहिले जस्तै मेरो सोझो हिसाब निकालेँ। म फलानो। यसरि सहर छिरेको। यति भो। अहिले यसो गर्दै छु। फोनमा साथि बनाउने रहर छ। अन्याथा नमाने तिमि पनि साथि बन्छौ कि? आदि इत्यादि। तर म आफैमा बिस्वस्त थिइन कि यो phone friend बनाउने hobby त्यो ticket collection गर्ने hobby जस्तै हो कि अलिक् बढता पनि हो?

उनको स्वोर मिठो थियो, कोइलिकै झैं, मधुर थियो, तेति धेरै रोश वा प्रतिरोध वा इन्कार पनि थिएन, कोहि अजनवि संग कुरा गरिरहनु पर्दा। त्यो सामान्य केटिहरुको भन्दा फरक् प्रतिक्रिया हो, कम्तिमा मेरो फोन बर्तालाप को अनुभवमा। के त तेसो भए उनि असामान्य हुन। असामान्य बनेको abnormal. तर मैले उन्लाइ पछाडिबाट मात्रै भएनि देखेको छु, उनि बोलिरहेको सुनेको छु, खासै असामान्य त लागेको थेन। जे सुकै होस्, आफुलाइ फोन फ्रेन्ड चाहिएको, कुरा गर्न रमाइलो थियो, भैगो। धेरै दिमाग् घुमाउनु जरुरि केलाइ?

कुरै कुरामा मैले कसरि उन्को नाम् र फोन नम्बर् भेटेको भनेर पनि सुनाँए। पक्कै त्यो अलिक् अनौठोपन् थियो मेरो, र त्यो पक्कै अनौठो तरिका थियो, फोन collect गर्ने। उनि असमन्जस् हाँसिन्।

"तिमिलाइ फेरि फोन गरें भने केहि आपात्ति हुन्छ कि?"
"हुदैन, गर्नुस् न"
"मेरो फोन नम्बर नि लिन्छौ कि?"
"OK"
"५१४ ....."
"Thanks"
"Bye bye"
"Bye"
"Take Care"

हैन अनायास यो take care कहा बाट मुखमा आयो? किन उनका हाँसोहरु मन परे, सब्दहरु मन परे? किन मन कस्तो कस्तो नौलो अनुभूति गरिरेछ? के उनि कुनै एउटा हुलाक टिकट भन्दा बढिनै हुन त? म खुसि छु। किन? के को लागि? आफैसंग आफैं अनुत्तरित छु। कता कता अन्तर कुन्तरमा यस्तो पनि लाग्यो, सायद एउटै अपरिचित् नजर र दुइ चार अद्रिष्य शब्दहरुमा पनि मायाँ बस्दो रहेछ।

एकै नजरमा माया बस्यो है
लुकि छिपि हेरि दिनाले
त्यो नजरले जिउदै मार्यो
है.................

पुल्चोक क्याम्पसमा वर्षका २ वटा सेमिस्टर हुने रहेछन्। त्यसमा पनि एसिस्मन्ट र फाइनल गरेर दुइवटा परिक्षा। फेरि प्रबिधिक पढाइ: प्राक्टिकल् रे, फिल्ड वोर्क रे, ति सबैका रिपोर्ट रे, के रे, कु रे। म निक्कै ब्यस्त हुन थालि सकेको थिएँ। चाहेर पनि सबै फोन सखिहरुसंग कुरा गर्न पाइरहेको थिन। २-३ दिन् पछि एउटा फोन आयो। सायद जिवनमा मेरो नाममा आएको पहिलो 'कल' होला। म माथि तेस्रो तल्लामा बस्थें, छात्रवासको। तल भुइ तलामा थियो त्यो ऐतिहासिक फोन। पुरै छात्रवासको एउटै फोन हो, पाले दाइ ले फोन उठाउने र बाहिर निस्केर कराउने,

"फलाना को फोन आएको छ, तुरुन्त आउनु पर्यो।"
"फलाना को फोन आएको छ, तुरुन्त आउनु पर्यो।"
"फलाना"
"फलाना"
.......................................................................

धेरै पटक् पुन: प्रसरण गर्नै पर्यो त्यो उर्दि, नत्र माथिल्ल तल्लाहरुमा र पछाडि कोठा भएकाले नसुन्ने। तर नजिकै कोठा भएकाहरुलाइ टाउको दुखाइ।

लु यो पटक मेरो नाम्।

"सुर न ताल् को फोन आएको छ, तुरुन्त तल आउनु पर्यो।"
"सुर न ताल्"
"सुर न ताल् को फोन आएको छ, तुरुन्त तल आउनु होला"

मलाइ बिस्वास नै छैन, कसैले मलाइ पनि फोन गर्ला। एक्छिन सोचे, कोहि फोन मित्र मध्यकै एउटा होला वा होलि। तर को? तेत्तिकै दौडिएँ। एकै सासमा भुइ तला पुगेछु। दुइ वटा भर्‍याङ्हरु कसरि दौडेहुँला, सास न वास। धन्न एकै चोटि मुन्टिएर तल पुगिन। अहो भाग्य।

स्वाँ स्वाँ गर्दै फोन उठाएँ।

रस्मि। हँ? रस्मि। साच्चि। हो। रस्मि।

उनलाइ किन किन मेरो बारे सोच्न मन् लाग्यो रे, अस्ति को फोन बर्तालाप पछि। कस्तो झंकार हो यो, के दुबै पंछिहरु एकै दिसा तर्फ उड्दै छन् त? किन तेति धेरै अरु पंछिहरुलाइ मेरो बारे सोच्नु परेन, र उन्लाइ पर्यो? किन मलाइ यि 'सुर् न ताल्' का सैकडौं प्रष्नहरु बिझिरहेका? किन फेरि अर्को प्रष्न? उत्तर कहाँ हुन्छ? कसरि खोज्ने?

म एक्दम् सोझो, मिजासिलो, निस्कपट, निस्वार्थी फोन कलर रे। आजसम्मक कोहि पनि ब्लफ कलरहरु तेति सम्यम, सरल र इमन्दार थिएनन रे। मलाइ रोस् पनि छ। म ब्लफ कलर हैन। तर म को त? नचिनेकालाइ किन फोन गर्नु पर्ने? जे सुकै होस्, देश् अनुसार को भेष। म ब्लफर नै हो।

कसैले प्रसंसा गेरेको साच्चि रमाइलो लाग्ने रहेछ। त्यो माथि कोहि युवति मेरो बयान् गरिरहेछिन्, तारको अर्को टुप्पोबाट। त्यो पनि चिन्नु न जान्नु, देख्नु न सुन्नु। हैन। सुन्न त सुनेकै हुन। तर २-४ शब्द सुनेकै भरमा उनि कसरि convinced भइन? भगवान तिम्रो लिला अपरम्पार छ। म हर्सित छु। काउकुति लागिरहेछ, मनभरि, तनभरि।

कुरा हुदै गयो। कस्को रहर हो भन्न गरो छ। यदि पंछिहरु एउटै दिशा तर्फ उडिरहेका भए दुबैको एउटै रहर् पनि त हुन सक्छ। कुरा भेटघाटको हुदैछ।

"zoo जानु भएको छ?"
"छैन, किन र?"
"त्यतिकै"
"तिमिले घुमाउन लाने हो?"

खै यो मेरो रहर हो कि उन्को, कि दुबैको, हामि zoo घुम्न जाने भयौ। मानौँ हामि बर्सौँ देखि का सखि हौँ, मानौ लगौटिया। तर मैले उन्लाइ पछाडिबाट मात्रै देखेको, उन्ले मलाइ देखेकै छैन। कस्तो रफ्तार हो यो, २ वटा फोन कल अनि तुरन्त चिडियाखानाको बोटिङ्। कहिले सदियौँ स्थिर लाग्ने जिवन कहिले किन यति रफ्तारमा चल्छ? मैले मेरो हुलिया बताए। उनले उनको। अलेलि हुलिया त थाहै पनि थियो। बताएँ।
"तिमि कुर्लिंग कपाल वालि हैन।"
"किन कुर्लिंग कपाल मन पर्दैन?"

कुन्नि, मलाइ थाहा छैन, त्यो कपाल् मलाइ मन् परेको हो कि हैन, वा किन मन नपरेको, वा किन चासो तेस्को। जे होस्, समय र मिति पनि तोकियो। चिडियाखानाको मेन गेटमा भेट्ने। कोठा फर्किए। पहिलो पटक रूम मेटलाइ सबै कुरा भने। उ त सम्झाउन तिर लाग्यो।

"तिमिले किन हुलिया देको, यहाँ त केटिहरुले तेसरि बोलाएर हुलिया परिवर्तन हुनेगरि भकुर्याउँछन् नि, गुन्डा लगाएर।"

लौन, त्यो त मैले कहिलेइ सोचिन। सुनेको वा देखेको कुरा पो दिमागमा आउँछ। आफुलाई के ज्ञान तेस्तो। तर फेरि सोचेँ, उन्को कुरामा कहिँ छल छ झैँ त लागेन। फेरि मैले के नै पो गल्ति गरेको छु र, सबै स्पस्ट भन्दिएकै हो। फेरि फोन दोहोर्याएको उनैले हो, चिडियाखाना को कुरा पनि उनैले निकालेकि हुन, भलै मैले थपेको हुँ। जे सुकै होस्, कुटाइ खानै त नपर्ला हो। आफैले आफैलाइ बिस्वास् दिलाएँ। साच्चिमा उन्लाइ बिस्वास गरेँ र भेट्न जाने भएँ।

यसरि मेरो फोन मित्रता को सोख आज आएर वस्तविक मित्रतामा परिवर्तन हुदैछ। चिडियाखानाको मेन गेटमा म भन्दा पहिले उनि नै पुगेकि। मैले परैवाट चिनेँ। उन्ले पनि गेस गरि हालिन्। हाम्रो पहिलो भेट। सायद कहिँ इन्द्रेणि लागेको होला, पारि मेरो रानि वनमा। सात डाँडाँ पारि मेरो गाउँमा। म अझै लजालु नै छु, सायद केटि जस्तो। उनि अलिक स्पस्ट छिन, खुलस्त छिन। म भन्दा। धेरै कुरा उनि नै झिक्छिन्। म प्राय: छोटा छोटा उत्तरहरु दिदैछु। चिडियाखाना छिरेर हामि देब्रे पट्टि लागेका छौँ, तिनै हरिनहरुको गोठ हुदै, तिनै थरि थरिका बिराला र बाँदरहरुका खोरहरु हुंदै। मेरो थोरै बोल्ने बानि मन् पर्यो रे उन्लाइ। कुन्नि, एउटा सौहार्दता हो या सच्चिकै हो, भन्न गरो छ। किनकि मेरो थोरै बोल्ने बानि धेरैलाइ मन नपर्ने गर्थ्यो। तर मलाइ किन किन संसार नै मन पर्न थालेझैँ छ। कतै एउटा नयाँ गोरेटो खनिदै त छैन, जहाँ उनि र म - म र उनि हिड्न थालिरहेछौं, आफ्नो संसार तर्फ, पिरतिको गाउँ तर्फ।

यो वाटो काहाँ जाने काहाँ पुग्ने हो
पिरति को फुल फुल्ने गाउँ जाने हो
जाउँ म पनि जान्छु
जाउँ म पनि जान्छु

ल ल ल ल ल ल ल ल ल ल ल ल
ल ल ल ल ल ल ल ल ल ल ल ल

क्रमस:

Last edited: 05-Dec-07 01:23 PM

 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-30-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suntale Jyu,

maile timi ra rasmilai mero gharko kausibata durbinbata zoo ma hereko. timiharu duijanako jodi kasto ramro thyo . timiharule badam pani khako hai? rasmiko kapal chahi henna dye thyo timro chahi bleach ho kyare...

he he he

keep on coming


 
Posted on 11-30-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले ज्यू, राम्रो छ प्रस्तुति, अरू नि लेख्दै गर्नुस्.

सुन्तले ज्यू केटी सँग zoo घुम्न जानुभएको रैछ. हाम्रो त त्यतिबेला स्कूल नै zoo को ठ्याक्क पछाडि थियो.
कक्षा ८ मा हुँदा मिसले पढाइरहनुभएको बेला zoo को मयूर 'म्याऽऽऽउँ म्याऽऽऽउँ' गरेर कराउँथ्यो ठूलो स्वरले.
(मलाइ त्यतिबेलासम्मा थाहा थिएन, मयूर पनि बिरालो जस्तो गरि कराउँछ भनेर, हा हा!, तर कराउने रैछ नि!)
हामी क्लासमा पढिरहेका बिद्यार्थीहरूलाइ चैं त्यो ठूलो म्याऽऽऽउँ म्याऽऽऽउँ स्वरले खूब हाँसो उठ्थ्यो, तर मिसको 
अगाडी हाँस्नु भएन, टेबलमुनि हेरेर हाँसिन्थ्यो. त्यो उमेर नै त्यस्तै थियो, कुकुरको पुच्छर बांगो देखे नि हाँसो 
उठ्ने, झन् मयुर बिरालो जस्तो गरी कराउँदा हाँसो नउठ्ने कुरै थिएन नि, हैन?


 
Posted on 11-30-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नीकै राम्रो लाग्यो तपाईंको लेख् | अरू लेख हरु प्नी  लेख्दै गर्नु होला। साहित्य त कहाँ बाट आउनु नी?
 
Posted on 11-30-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्तले ज्यु, मलाई पनि मेरो ब्ल्फ कल याद आयो, गरेको हैन पाएको चाँही हाहा
के के हो के के हुने !

well written, keep on coming, thnx



 
Posted on 12-02-07 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पुर्ण पाठकहरु र बिसेश् गरि पढेर टिप्पणि लायक समेत सम्झिदिनुहुने साझा बासिहरुमा हार्दिक धन्यवाद्।

तपाइहरु सबैको टिप्पणि दोहोर्याइ तेहेर्याइ पढेको छु, गुनेको छु र मनन गरेको छु। तिनिहरु साचिकै प्रेरणादाइ र आभार योग्य छन्। सक्दो प्रयास् गर्ने छु, ति टिप्पणिहरुलाई भर मग्दुर समेट्न।

तर, as always, stories are never 100% reality and never 100% fiction, कम्तिमा मेरा लागि। अझ लेखकको (मेरो) सोच्ने सक्ति र सब्दमा उतार्ने कलामा भएका limitations ले कथालाई चाहे जस्तो बनाउन सकिदैन। तेसैले, अहिले सम्मका र अव आउने अन्तिम भाग् (हुन सक्छ भोलि तिर होला) जे जस्तो छ/बन्छ, त्यो मेरि limitation भित्रको प्रस्तुति सम्झिदिनु होला।

धन्यबाद्
 


 
Posted on 12-02-07 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

whatever effort u'll expense on ur article we'll appreciate it. afterall there r really few ppl in sajha with such a great expressions.

broda, लेखाइको शैलिबाट, चरित्रको शैली पनि स्पस्ट हुन्छ। तपाईंको दुबै शैली उत्कृष्ट छन।
यो "वा-वा"को तपाईं शत प्रतिशत भागीदार हुनुहुन्छ।


 
Posted on 12-03-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कथा मेरो गीत: Hits FM
२०५३-९-२५
पुल्चोक पुरानो छात्रवास

अन्तिम भाग

उनिसंगको त्यो भेटमा मन् भाबुक बनिरहेछ, उल्लासित पनि। आज एउटा आफन्त भेटेझैं लागिरहेछ, मेरा एकाँकिहरु अव कतै निख्रिदै गएझैं। एउटा नया साइनो जोडिए झैं। तर कुन साइनो हो यो, उनि तार साथि थिइन, अहिले के हुन? साथि वा अरु केहि? वा केटि साथि? के फरक् छ साथि र केटि साथिमा? किन म जहिले पनि हराउँछु? के यो प्रेम हो? प्रेम के हो? के त्यो यस्तै हुन्छ? कस्तो यस्तो?

म मेरा मनका खालिपनहरु र सहरमा एक्लो हुनुको तिक्तताहरु सम्पुर्ण पोखिरहेँ, उनि सामु। मनौं उनि मेरि आफ्नै हुन, साथि, सहयात्रि, अभिभावक, सबथोक। किन यति धेरै बिस्वास, यति छिट्टै? किन यति धेरै अत्मियता, यति रफ्तारमा। प्रत्यक गति संग दुर्घटना पनि संभवित भएर बहन्छ। मन अनयासै कता कता brake लगाउँ भन्छ। जिवन मार्ग सधै महेन्द्र राजमार्ग जस्तो सिधा कहाँ हुन्छ र। उनको मुहार पढ्छु, धेरै उल्लासहरु देख्छु, खुसिहरु छचल्किरहेका। किन उनि यति धेरै हर्सित् छिन। म मा के पाएकि छिन उनले? के भेटेकि छिन् वा के देखेकि छिन् म मा? वा के छ हामि बिचको यो अपरिचित भेटमा, जो उल्लास छरिरन्छ, उनमा पनि, ममा पनि। कोहि नयाँ मान्छे संगको पहिलो भेट सधै यस्तै हुने हो? कि यो भेट केहि बिशेस् छ? किन म सोचिरहन्छु, चाहिने नचाहिने। उनि म सामु छिन्। तेहि एउटा उत्सव हो। मनाएत भैगो। सोच्नलाई त पुरा जिन्दगि छदैछ।

मेरा कुराहरुले उनलाइ पनि भाबुक् बनाइरहेछन्। किन म जहिले पनि यि pessimistic कुराहरु मात्रै गरिरहन्छु। किन म आफु मात्र हैन अरुलाइ पनि खुसि हुनवाट रोकि रहन्छु। उनि खुसि छिन्, खुसि हुन देउ, किन आफ्ना भाबुकताहरु उनि सामु लादि रहन्छु? उनि सम्झाउन तिर लागिरहेछिन्। अवत उनि भै गइन नि रे, मेरो एक्लोपन दुर गर्न। सायद। हुन सक्छ तिमि ठिक। तिम्रो कुरा ठिक। हुन सक्छ बेठिक। वा तिमि हावाको एक् झोका हौ, आयौ, मलाइ छोयौ र निमेश् भरमै बिलाएर जान्छौ। वा तिमि बिजुलिको एक् झिल्को हौ, चट्याँग संगै आउने। हत्तेरिका, किन उहि मेरो भाबुकता मेरो पहिलो पहिलो प्रेमको अंकुरणमा बाधा दिरहेछ।

प्रेम? हुन सक्छ। नहुन पनि सक्छ। प्रेम एउटा लाहुरेले बर्मा कि तरुनिलाइ गरे जस्तो पनि हुन्छ। प्रेम मुना ले मदनलाइ गरे जस्तो पनि हुन्छ। वा प्रेम भनेको कुनै मुर्त कुरा हैन र म अमुर्त कुराको पछाडि कसरि लाग्न सक्छु? उनि मेरा भबुकताहरुको किताब बन्द गरेर उमंगको नया अध्याय पढ्न चाहन्छिन्। हामि अहिले ति बाघ र सिंहका बिसाल खोरहरु, हात्ति र गैंडाका गोठहरु, चितुवका खोरहरु सबै हेरेर त्यो बिचको तलाउ किनारमा उभिएका छौं। निर्भिक प्रेम जोडिहरु कोहि तलाउ किनारमा अलिक पर रुखको फेदमा आड राखेर संसार भुलिरहेछन्। पारि पट्टिको उध्यानमा सयपत्रिको सुनौलो द्रिस्य मनमोहक् तलाउमा छायाँ बनाइरहेछ। सुन्दर र साना परिवारहरु स-साना डुंगाहरुमा यता उता गरिरहेछन्, त्यो तलाउ ओरिपरि। हांसका बथानहरु उन्मक्त आफ्ना दिनचर्याहरु खर्चिरहेछन्, ति किनाराका दर्सकहरु संग जिस्कियर, उनिहरुले दिएका बिस्कुट, बदाम र सुन्तलाका टुक्राहरु संग रमाएर।

केहि छ्यणको मौनतालाई चिर्दै मैले भनें

"तिमिले किन चिडिया खना नै रोजेकि?"
"नजिकै भएकोले। फेरि यो तलाउ र ओरिपरिको वातावरण त अतिनै सुन्दर लाग्छ मलाइ।"
"मलाइ त ति बिभिन्न किसिमका जनावरहरु खुब मन पर्यो। मैले कहिलौ यतिथरि जनावर देखेको थिन गाउंमा।"

कुरै कुरामा हामि त्यो मयुरको खोर र अरु अनगिन्ति चराहरुका पिजडाहरु तिर पुगिसकेथ्यौं।

"तर मलाइ किन किन यिनिहरुको बन्धि जिवन मन पर्दैन। हेर्नुस त जंगलमा स्वतन्त्र रमाउने ति सुन्दर चराहरुलाइ यो सानो पिजडामा कति बिरक्त जिवन जिउनु परेको छ।"

कुरा त हो। तर फेरि किन उनि उमंग को अध्याय नसकिदै भाबुकता उमारिरहेकि। म कुरा मोडिरहेछु र हामि त्यो चौरमा बसेर बदाम वालालाइ बोलाइरहेछौं, केहि वेर अरु जिवन् साट्नु छ, घाम उ त्यो चम्पादेवि डाँडोमा नडुबुन्जेल्। हाम्रा अन्तरंगहरु चौर सुनसान नहुन्जेल् मौलाइ रहे। उनि पाटन क्याम्पसमा I Sc पढिरहेकि। म पुल्चोकमा overseer। उनि बनस्थली पढेकि, अंग्रेजिमा निक्कै पोख्त। नेपाली पनि उत्तिकै राम्रो लाग्यो। म सरकारि बिध्यालयवाट आएको, अंगेजि पास् गर्नलाइ पनि निकै धौ धौ पर्या। अलेलि लेखन र गायनमा रुचि राख्ने। उनि साहित्य पढ्न सौखिन। मैले पनि नेपाली त निकै पढेको हुं तर उन्ले जस्तो बिदेशि सहित्य पढेको छैन। उनि स्कुलमा badminton खेल्थिन्। म Volleyball। तर खेल दुबैको रगतमा पोतिएको बिशय। थाहा छैन हामिले किन एक अपसमा भेटने अभिलाशा राख्यौं, तर हाम्रा interest हरु निकै नजिक् थिए। यो जम्काभेट एउटा सुन्दर आस्चर्य थियो।

सगर पहेँलिन थलिसक्यो। समय त उहि हो, उडिरहन्छ, पंछि जस्तै। हाम्रा अन्तरंगहरु सकिएका छैनन भन्दैमा अंधेरि कुरिरहन सकिनन। हामि चिडियाखानबाट निस्कियौं र लगन्खेल रत्नपार्क को मिनि बस पक्डियौं। हरिहर भवन मेरो गन्तब्य, ओर्लनै पर्यो। उन्लाइ हतार भैसकेको छ, रात हतार गरिरहेछिन्, आफ्नो अस्थित्व उझेल्न। मैले 'बाइ' भने, उन्ले हात हल्लाइन। होस्टेल तर्फ लागेँ, तिनै बाँसघारि हरु हुदै, क्रिश्न गल्लिका। रुप्पिहरु आफ्नो गुँड खोज्दै किरिङ मिरिङ कराइ रहेथे। मलाइ आज तिनिहरुको कुनै वस्ता लागेन। मनमा कुराको कुहिरो मडारिरहेथ्यो। सपनाहरु बुनिदै थिए। जिवनमा कसैको साथ अनिवार्य छ। उनि मेरो जिवन भरको साथि। उनि मेरि बेहुलि।

मायाँ के होला
सोचेको तिमिनै हो मेरो बेहुलि
मायाँ के होला

सपनाभरि पनि उनि छाइरहिन्। त्यो अर्को बिहानि कति सुन्दर भएर जन्मिएको। तेहि कोठा, #३१२, तेहि होस्टल्, तेहि प्रांगण, तेहि Volleyball Court, सबथोक तेहि हो। तर किन सबथोक भिन्न, नौलो जस्तो, रमाइलो, सुन्दर, रोमांचक?

घट्टस्थापना आउन २-४ दिन बाँकिनै थियो। घर जानु छ, दशैँमा। उल्लासित छु। आजै गडिको टिकट काटि रहनु पर्यो भनेर नयाँ बस पार्क सम्म पुगेको त वर्वाद् भैसकेछ। कहिँ टिकट छैन। कति छिटै काट्ने रहेछन्, जानबुझहरुले। आफुलाई त सुइंको नाइ। 'कोशि यातायत', 'मकालु यातायात', 'Royal Tiger', 'चितवन् कोच' सबै चाहरेँ, सबैतिर बाट निरासा मात्रै। 'लाहुरे भिडियो कोच' कि के भन्ने मा पुगेथें, आजै जाने भए एउटा सिट छ भन्छ। के गर्ने गर्ने। class हरु त लगभग बन्द भैसकेका, तर रस्मिलाइ केहि भनेको छैन। दोधार। घर त जानै छ। उन्लाइ फोन गरेर गएं भन्नु पर्ला। दशै पछि त भेट भै हाल्छ। आफैँलाई सन्त्वना दिएँ र लास्ट् सिट को एउटा टिकट लिएर होस्टल फर्किएँ। २-४ लुगाको पोको पारेँ, पाटनढोकामा अलेलि चक्लेट किने, २-४ कितावहरु हालेँ र मेरो क्याम्पस बोक्ने झोला भरियो, तयारि सकियो। एउटा बिध्यार्थिको यात्रा, के नै हुन्छ र।

१ बज्न लागेछ। फोनमा पुगेँ। सनिवार, केटाहरुको ताँति रहेछ, फोनमा। पालो कहिले पो हो आउने। १:३० तिर होला, पालो आयो। खोइ को फुच्चेले उठायो,
"मैसाप त घरमा होइसिन्न" भन्छ। कहाँ गइन भन्न पनि तिमि को भन्यो भने के भन्ने। आफु पछाडि अरु ५-७ केटाहरु फोनको लाइनमा छन्। उफ्। घर जाने उमँगमा तुसारापात भैरहेछ। पुन: लाइनमा पछाडि बसें। २ बजे तिर होला पालो आयो। पुन उहि उत्तर,

"बहिर गैस्या छ, ४-५ बजे मत्रै आइसिन्छ।"

यो के को स्या र सु हो, सुर् न ताल्। आफुलाइ उसै कन्सिरि तातेको बेला त्यो फुच्चेको गैस्यो र आइस्यो पटक्क मन परेन। हैन कुन दर्जाको सत्कार हो यो। मैले जानेको त उहि तं, तिमि, तपाइँ, हदै भए हजुर्, राजालाइ भए बक्सेको छ, तेहि हो। यो स्या र सु चाहिं कता फिट हुने हो कुन्नि।

अव के गर्ने। ३ बजे नै नयाँ बस पार्क पुग्नु छ। अव नहिडे बस छुट्छु। यो बस छुट्यो भने न टिकट पाइने हो, न टिकट किन्ने पैसो नै। फसाद्। मन गर्हौं बनाउदै बाटो लागें।

बस थानकोट काटेरा ओरालो लाग्यो। पहिलो पटक रात्रि बसको यात्रा। त्यो नौबिसे सम्मको जुलेबि घुमाउरोले पेट हल्लिएर अव वान्ता होला जस्तो। रस्मिको झल्को, उन्लाइ जान्छु सम्म भन्न नपाउनुको बिवसता, अनि बसको झंग झंग, अन्तिम सिटको यात्रा। भौतिक र मानसिक तनावको एउटा पराकस्ट थियो त्यो रात्रि बस। भोलि पल्ट चटारा हुंदै आफ्नो जन्मथलो तर्फ लागेँ। दुइ दिनको बोझिलो एकल पैदल यात्रा पछि म मेरो प्यारो गाउँमा पुन एक्पटक टेकिरहेथेँ, गर्भिला पाइलाहरु। सम्पुर्ण थकानहरु मेटिए, सायद उनका यादहरु पनि पातलिए, अरु १०-१५ दिनहरु।

रस्मिको झल्को र बाँकि रहेका निक्कै report हरुले मिलेर मलाइ तानिरहे र धेरै दिन म मेरि आमाको हातको मिठो खाना खाइरहन सकिन। सायद म बिग्रिदै गएं, मेरि आमाको लागि बिरानिदै गएं। कता कता आफैले आफैलाइ 'धिक्कार छ तलाइ' भनेझै पनि लाग्यो। कोजाग्रत पुर्णिमाको भोलिपल्ट म पुन: काठमण्डु आइपुगें। होस्टेल छिर्ना साथ पाले दाइले एउटा पत्र दिनु भयो र म जाने साथ धेरै वटा फोन आएको थियो पनि भन्नु भयो। मन झनै भरि भो, म आखिर किन कसै प्रति पनि उत्तरदायि हुन सकिरहेको छैन।

कोठामा गएं र पत्र खोलें।

---------------------------------------------------------------------------------
हेलो ब्लफर,

मलाई थाहा छ, तपाईलाई ब्लफर् भनेको मन् परोइन, तर म संग अरु के नै साइनो पनि छ र। 'तपाई' पनि केलाई भन्ने हो र, कुनै respect बाकि भएको भए पो। आखिर् तिमि पनि उहि ड्यांगको मुला त निस्कियौ। ब्लफर्। कति सकेको होला जाबो एक् कल फोन पनि नगरि सुटुक्क बाटो लाग्न। म पनि उस्तै, के को भरमा चिन्नु न जान्नुसंग पछि लागेकि, खुब इमन्दार् साथि भनि रहेकि? के को इमन्दार्, सब् भन्दा बेइमान् परेछ, निश्ठुरि। आफु यता फोन गरेको गरेइ, उ उता कता हो गाउंतिर रे।

अव त्यो गाउँ कहा हो र मैले कसरि फोन गर्ने। उफ्, म stupid किन पछि लागिरा होला, एउटा ब्लफर् को, I need to get lost from here without any further delay.

जे भए पनि म तिमि जस्तो बेवारिस् हैन। तेसैले जादा जादै भन्दि हालुम्, म मामा घर जादै छु, तिहारलाई। दशैं पछि फर्किएउ र कुनै सद्-भावना बाँकि नै लिएर आएउ भने मेरो घर को फोन अझै काटिएको छैन।

उफ्, किन अझै यस्तो निस्ठुरिको पिछा गरिरहेकि, उल्लु म। थाहा छैन फेरि तिमिलाइ म भेट्छु, भेट्दिन वा भेट्न चाहन्छु, चाहदिन।

All the best.

रस्मि।
---------------------------------------------------------------------------------------

Please रस्मि, म ब्लफर् हैन। Please please म बेइमान हैन। म धोकेवाज वा निश्ठुरि हैन। यो मेरो सानो अब्यवस्थित् पन मात्रै हो कि जस्ले मेरो इमानदारितालाई छोपिदिएको। म बेइमान हैन। तर मैले इमान्दारि पनि त देखाउन सकिन। म सायद बेवारिस्, कुनै पनि साइनो प्रति कुनै उत्तरदायित्व बहन गर्न नसक्ने/नजान्ने, नालायक।

आफैँलाइ गालि गरे पनि मन हलुका हुन सकेन। हतार हतार फोनमा पुगें। उहि फुच्चे को स्वर,

"मैसाप त हिजो नै बैतडि गैस्यो, मामाघर।"
"कहिले फर्किने?" आँट गरेर सोधें।
"तिहार उहिँ मनाउने हो रे, आमा पनि जानु भा छ।"

कोठा पुगेँ र तेत्तिकै ढल्किएं। आखिर मैले confess गर्न पनि किन नपाउने। किन तिमि म संग लुकामारि खेल्छौ? म कसरि भनु म स्वार्थि हैन। Please तिमि छिट्टै आउ। सायाद यात्राको थकानले होला, सोच्दा सोच्दै भुसुक्क निदाएछु। ब्युंझदा त एकैचोटि भोलि बिहान भएछ। एक्लै छु। साथि घरवाट फर्केको छैन। उस्ले रेडियो लगेनछ। यत्तिकै खोलेँ, सुन्न मन लागेर हैन, हुनसक्छ मन बहलाउन।

"यो रेडियो नेपाल हो, ........यस्तै अर्को दुघटनामा बैतडि तर्फ गैरहेको से. अ. ख. ......"। म निदाएँ। म ब्युझिएँ। अझ सपना देखें। अनि वस्तविकतामा फर्किएँ। किन यस्तो अशुभ सोचेको होला मैले। तैपनि मनले मानेन र कुलेश्वर् फोन गरें।

उहि फुच्चे,
"आमा र मैसाप एक्सिडेन्टमा ......"।

जिवन एउटा मैन बत्ति नै त रहेछ। हावाको सानो झोकाले झ्याप्प हुने, अकस्मात्।

के सोचे मैले
के भयो ऐले
कसम हाम्रो
बिलयो काहाँ
नलैजाउ टाढामा।

अस्तु।
सुर् न ताल्


 
Posted on 12-03-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SurNaTal Jiu Tapaiko Sur sanga Tal milaune Rashmi ko Antye yesari hola bhanera socheko thiyina....Ekdum Hridayesparshi katha rahechha. Bhagwan yesto kasaile bhognu naparosh.

 
Posted on 12-03-07 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

So sad,

arko katha ma rampyariko barema lekhnus hai sur na tal ju! Your writing skill is wonderful.

 

 


 
Posted on 12-03-07 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

राम्रो रे'छ नि त मैले त हेर्नै नभ्याएकि

कस्तो दुखद गितिकथा   नँया परिकल्पना है  तर। रेडियो मा सुनेको त हो के  यस्तो खाले  गितिकथाहरु लेखेकै पढ्दा झन रमाइलो लाग्यो । त्यो बेला मेरो अंकल नै पर्ने कल्याण गौतम ले कस्तो मज्जाले भन्नु हुन्त्ह्यो कुनचै मा पो हो रेडियो मा-- हिट्स एफ एम हो कि  जस्तो लाग्छ :)

 

 


 
Posted on 12-03-07 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्स्, म त FAN हो नि dear Kalyan को। मिस् को आफ्नै अंकल। अहिले के गर्नु हुन्छ? मेरो कथा पनि उहाँले नै वाचन गर्नु भएथ्यो, तेहि Hits FM को मेरो कथा मेरो गित् मा।

 
Posted on 12-04-07 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Sunte sarai ramro lagyo. tara maile yesto ending huncha bhanera ta sochekai thena.

 
Posted on 12-04-07 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले, यो कथा हो कि ब्यथा ? साह्रो मन छोयो।

 
Posted on 12-04-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुर न ताल ज्यु,

किन यस्तो अन्त्य? मन नै दुख्यो, धेरै राम्रो छ, अरु पनि सुनम्न है।

 
Posted on 12-04-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरीलाई सुर न ताल ले बैतडी पुर्याईकन सिध्याईदिएछन -- हे हरी! सँगै चिडियाखान गएको मान्छे त्यो पनि मन पराउने --उस माथि केटी! त्यस्तो अन्याय गर्नु हुन्थ्यो के त? आफु चैं सकुसल भोजपुर पुगेर आउने उस्लाई चै ल हेर मामाघर पुग्नै नपाई सिताराम पार्देछन त्यो पनि एक्लै हो र --शिब! शिब!-- के जमाना आयो नी बरै -- कलि चम्केको त होला नी --

प्रस्तुती राम्रो छ। सुर न तालको शैली मलाई मन पर्छ। मैले माथिको टिप्पणी रस्मीको अन्त्य सत्य हैन भन्ने आधारमा गरेको हुँ। मैले त्यस्तै बुझें कथा पढेर। यदि मेरो बुझाई गलत रहेछ भने थाह पाम म माथिका शब्दहरुलाई फिर्ता लिन्छु।


 
Posted on 12-04-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर न ताल ज्यु, कथा अती राम्रो तर  कथाको अन्त्य चए अलिक दु:ख दाएिक भयो तर जिन्दगी यस्तै हो। कसैको वास्तवैक्ता हुन्छ त कसैको कथा मै सिमित हुन्छ तर मलाई चै यो कथा वास्तवैक्ता नै लाग्यो। घत्नअनी अरू प्रस्तुती को आसा राख्छु र चाडै नयाँ कथा पढ्न पाउन  असा गर्दछु। धन्यवाद !


 
Posted on 12-04-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Literally, a very gut wrenching, painful end, but for some reason the end sounds like a little bit dramatically distorted from the reality. [My apology if it’s real.] All in all, excellent writing. 
 
Posted on 12-04-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

      हामि अहिले ति बाघ र सिंहका बिसाल खोरहरु, हात्ति र गैंडाका गोठहरु, चितुवका खोरहरु सबै हेरेर त्यो बिचको तलाउ किनारमा उभिएका छौं। निर्भिक प्रेम जोडिहरु कोहि तलाउ किनारमा अलिक पर रुखको फेदमा आड राखेर संसार भुलिरहेछन्। पारि पट्टिको उध्यानमा सयपत्रिको सुनौलो द्रिस्य मनमोहक् तलाउमा छायाँ बनाइरहेछ। सुन्दर र साना परिवारहरु स-साना डुंगाहरुमा यता उता गरिरहेछन्, त्यो तलाउ ओरिपरि। हांसका बथानहरु उन्मक्त आफ्ना दिनचर्याहरु खर्चिरहेछन्, ति किनाराका दर्सकहरु संग जिस्कियर, उनिहरुले दिएका बिस्कुट, बदाम र सुन्तलाका टुक्राहरु संग रमाएर।

 

कस्तो जिबित लाग्ने बताबरण  बनाएको...... onetouch लाइ  हजारौ touch  गर्यो 

बास्तममैं राम्रो छ. ..................


 
Posted on 12-05-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्व प्रथम् मेरा झिना मसिना मनोवादहरु मन पराइदिनु हुने सम्पुर्ण साझाबासिहरुमा हर्दिक् क्रितज्ञता र आभार ब्यक्त गर्दछु।

मैले पहिले पनि कुरा उठाएको हुँ, यो कथा हो, १००% reality हैन। तर स्वभाबिक रुपमा उत्सुकता सबैको यो रह्यो कि के real हो के हैन।

यसो भनौं, घटनाहरु प्राय: real हुन, तर सबै म पात्र संग सोझो संभन्ध राख्थेनन्।

२०५१ सालको हुनुपर्छ, दशै मानेर होस्टेल फर्किना साथ 'सुर न ताल' ले radio को समाचारमा सुनेको वास्तबिक बस दुर्घटनामा अधारित कथा हो यो। सुर् न ताल् ले चिनेको त थिएन बस दुर्घटनामा दिवंगत हुने आमा छोरिलाइ, तर एउटा कल्पना गर्यो, यस्तो पनि त भएको हुन सक्थ्यो। मलाइ यति चाहि थहा छ, तिनि भर्खर SLC सकेर कलेज जान थालेकि छात्रा थिइन।

उनि जो हुन्, र उनकि आमा जो हुन, मेरो कामना छ कि उनिहरुको आत्माले चिर सान्ति पाएको छ र पाइरहने छ।

बाकि घटनाहरु त सामान्य नै हुन र खासै यो वा त्यो real ले उत्ति माने नराख्ला।

एकपटक पुन हार्दिक् धन्यवाद।


 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters