[Show all top banners]

gahugoro
Replies to this thread:

More by gahugoro
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 India's hand in all the troubles of Nepal
[VIEWED 3211 TIMES]
SAVE! for ease of future access.
Posted on 12-02-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सीमापारिको सञ्जाल

तिहारलगत्तै कात्तिक २९ गते बसेको मन्त्रिपरष्िाद् बैठकमा मुलुकका तीन सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग -राअवि) का प्रमुखहरूलाई समेत उपस्थित गराइयो । कारण थियो, तराईमा क्रियाशील समूहहरूले असोज तेस्रो साता भारतको पटनामा गरेको बैठक  ।

राअविले सरकारलाई बुझाएको एक गोप्य प्रतिवेदन अनुसार तराईकेन्दि्रत आन्दोलन कसरी अगाडि बढाउने भन्ने विषयमा केन्दि्रत थियो, पटना बैठक । तराईमा सशस्त्र गतिविधि गररिहेका जयकृष्ण गोइत, ज्वाला सिंह र विस्फोट सिंहका अतिरत्तिm 'शान्तिपूर्ण आन्दोलन' गररिहेका केही नेतासमेत सो बैठकमा उपस् िथत थिए । बैठकमा अनेक समूहमा विभाजित आन्दोलनकारीहरूलाई एकजुट गरी शान्तिपूर्ण र सशस्त्र सङ्घर्षलाई फरकफरक नेतृत्वमा तर समानान्तर ढङ् गले अगाडि बढाउने निर्णय गरएिको जासुसी प्रतिवेदनमा उल्लेख छ । एक उच्च गुप्तचर अधिकारीका अनुसार, आश्चर्यलाग्दो कुराचाहिू के थियो भने त्यस बैठकमा भारतको बाह्य गुप्तचर एजेन्सी 'र' -रसिर्च एन्ड एनालिसिस विङ्) का केही अधिकारी तथा भारतीय विदेश मन्त्रालयमा 'नर्थ डेस्क' हेर्ने सहसचिव प्रीति शरणको समेत उपस् िथति थियो  ।

पटना बैठकमा 'र' समेतको संलग्नतापछि प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले पहिलोपटक तराईको तनावमा भारतीय पक्षको संलग्नता रहेको सार्वजनिक अभिव्यक्ति दिए । मङ्सिर २ गते बीबीसी नेपाली सेवासूगको साक्षात्कारमा उनले 'राष्ट्र-राष्ट्रबीचको कुरा हो' भन्दै तराईको विखण्डनकारी गतिविधिलाई लिएर आफूले कुनै राष्ट्रसूग सम्झौता नगर्ने पनि बताए । चार दिनपछि नै भारतीय राजदूत शिवशङ्कर मुखर्जीले तराईका घटनामा आफ्नो देशका कसैको पनि संलग्नता नरहेको दाबी गरेका छन् ।

मिसन तराई

नवजनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंहका अनुसार, पटना बैठक तराई मुद्दामा अपनाइने भावी रणनीतिका सम्बन्धमा केन्दि्रत थियो । बैठक हुनुभन्दा केही दिनअघि पटनामा उपचाररत भाइ डा भरतप्रसाद सिंहलाई हेर्न जाूदा रामराजालाई पनि 'र' का अधिकारीहरूले भेटेका थिए । दिल्लीबाट आएका ती अधिकारीहरूले पटनाकै कुनै होटलमा रहेको कार्यालयमा आफूलाई बोलाएको सिंह बताउूछन् । "तराईका आन्दोलनकारीलाई अब के गर्ने भनेर सोधेका थिए," रामराजाले नेपाल सूग भने  । उनले त्यहाू सबै आन्दोलनकारीलाई नेपाल सरकारबाट क्षमादान दिलाउने, पुनःस्थापना गराउने र संविधानसभा निर्वाचनमा ध्यान केन्दि्रत गराउनुपर्ने सुझाव दिएका थिए ।

रामराजाले 'र' का अधिकारीसूगको संवाद विस्तृत रूपमा बताउन खोज्दै थिए, सूगै रहेका छोरा डा मनोजकुमार सिंहले रोकिहाले । आफ्ना पिताले यसअघि दिएको बयानबाट भारतीयहरू रसिाइसकेकाले धेरै कुरा बोल्न नहुने उनको जिकिर थियो । तराईका सशस्त्र-निःशस्त्र समूहहरूलाई एक ठाउूमा ल्याउन गत वैशाख २८ गते पटनामा गरएिको अर्को बैठकको 'गोप्यता' यसअघि रामराजाले नै नेपाल मार्फत सार्वजनिक गरेका थिए -हेर्नुस्, २४ असारको आवरण रपिोर्ट) । सो बैठकको एक प्रस्तावमा भनिएको थियो, "काठमाडौूस् िथत भारतीय दूतावाससूग सुमधुर सम्बन्ध र सहयोगको प्रत्याभूति गराई तराईको लडाइूलाई अघि बढाउनुपर्छ ।"

यतिखेर तराईमा जयकृष्ण गोइत, ज्वाला सिंह र विस्फोट सिंह समूहमा विभक्त जनतान्त्रिक तराई मुक्तिमोर्चा, मधेसी जनअधिकार फोरम, जनवादी गणतान्त्रिक तराई मुक्तिमोर्चा, तराई कोब्रा, तराई बागी, नेपाल जनतान्त्रिक पार्टी, परविर्तन नेपाल, उल्फा समूह, राष्ट्रिय आर्मी नेपाल, अजिङ्गर एक्सजस्ता अनेक नामधारी समूहहरू जन्मने क्रम जारी छ । र, अधिकांशको संरक्षणथलो सीमापार िरहेको छ । रामराजाका अनुसार, सीमामा वा सीमापार िबसेर राजनीति गर्नेहरू भारतीय सुरक्षा निकाय, सरकार र गुप्तचर संस्थाको निगरानीमा आउनु र भारतीय पक्षले त्यसलाई आफ्नो हितमा प्रयोग गर्न खोज्नु स्वाभाविक हो ।

पछिल्लो अवधिमा सीमावार ितराईका सांसदहरूलाई समेटेर क्षेत्रीय पार्टी बनाउने अभियानप्रति पनि भारतीय चासो जोडिएको छ । समाचार स्रोतका अनुसार, २०६३ पुस यतामात्रै 'र' का अधिकारीहरूको उपस्थितिमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टीसम्बद्ध तराई मूलका २६ सांसदहरूको बैठक काठमाडौूका होटलहरूमा पटकपटक बसिसकेको छ । "तर, कोही पनि आफ्नो मूल पार्टी त्याग्न तयार नभएका कारण हालसम्म कुनै निष्कर्ष निस्किएको छैन," सहभागी एक सांसदले बताए ।

जानकारहरूको भनाइमा, पहिचान र प्रतिनिधित्वको प्रश्नसूग जोडिएको तराईको असन्तुष्टिलाई माध्यम बनाएर भारतको राजनीतिक र सुरक्षा स्वार्थ पूर्ति गर्ने प्रयास 'र' मार्फत गरूिदैछ । "नत्र सशस्त्र गडबढी मच्चाएर नेपाललाई टुक्र्  याउन खोज्नेहरूले भारतमा किन संरक्षण पाइरहेका छन् ?" एक सुरक्षा अधिकारी प्रश्न गर्छन् । तराईको आन्दोलनले सीमापारबिाट सहानुभूति र प्रोत्साहन पाउनुमा त्यहाू बढ्दो माओवादी गतिविधि नियन्त्रण गर्नैपर्ने भारतीय नीति पनि एउटा कारण थियो ।

आफ्नै भूमिमा आधारति माओवादीमाथि राजनीतिक नियन्त्रण जमाउनकै निम्ति भारतले सात दलसूग उनीहरूको सहकार्य गराएको थियो । त्यहाू पनि 'र' थियो । सात दल र माओवादीबीच 'र' कै रोडम्याप अनुसार १२ बुूदे समझदारी भएको दाबी माओवादीका पूर्वनेता रवीन्द्र श्रेष्ठ गर्छन् । "बाबुरामजीको भारतीय शासकवर्गसूग पहिल्यैदेखि सम्बन्ध थियो । 'र' का प्रमुखसूग पनि उहाूको भेटघाट बाक्लो थियो," श्रेष्ठ भन्छन्, "पछि प्रचण्डले पनि 'र' का प्रमुखलाई भेटेपछि माओवादी त्यो सहमतिमा पुगेको हो ।" रवीन्द्र श्रेष्ठले 'र' सूग आफ्नो पूर्वपार्टीको सम्पर्क रहेको दाबी पटकपटक गरे तापनि माओवादी नेतृत्वबाट त्यसबारे औपचारकि प्रतिक्रिया आएको छैन ।

जानकारहरूको भनाइमा यतिखेर नेपालका माओवादीबारे 'र' को रणनीति एउटै छ, युद्धमा र्फकन नदिने र सत्ताको नेतृत्वमा पनि पुग्न नदिने । त्यसका लागि उसले संविधानसभा निर्वाचनलाई नै अचूक रामवाण देखेको छ । तर, त्यही हुन सकिरहेको छैन ।

र’ को चलखेल

भारतले बाह्य मुलुकमा मूलतः राजनीतिक जासुसी गर्नका निम्ति तयार पारेको गुप्तचरहरूको फौज हो 'र', जो नेपालमा झन्डै ४० वर्षदेखि सक्रिय छ । ०२५ असोज ६ गते यसको स्थापना हुनुपूर्व यहाू आईबी -इन्टेलिजेन्स ब्युरो) का जासुसहरू सक्रिय हुन्थे । अहिले पनि नेपालमा आईबीको अलग्गै सञ्जाल छ तर बढी सक्रिय 'र' नै देखिन्छ । त्यो सक्रियता यति छ कि, एक सुरक्षा अधिकारीको शब्दमा, "नेपालको राज्यसत्ता सञ्चालनदेखि सामान्य नागरकिको जीवनयापनसम्ममा 'र' को प्रभाव देखिन्छ ।"

कतिपयलाई अतिरञ्जित लाग्न सक्छ तर उनको भनाइ लगभग सत्यको नजिक छ । "पहिले को-को विदेशी जासुसी संस्थाको एजेन्ट हो भन्ने हुन्थ्योे," नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अनुभवमा, "अहिले त को-को विदेशी जासुसको एजेन्ट होइन छुट्याएर व्यवहार गर्नुपर्ने अवस्था छ ।"

नेपालमा अमेरकिी सीआईए, चिनियाू जासुसी संस्था, पाकिस्तानको आईएसआई, बेलायतको एमआई-६ आदि पनि सक्रिय छन् । तर, सबभन्दा बढी चलखेल 'र' कै रहेको गुप्तचर स्रोतहरू उल्लेख गर्छन्  । नेपालसूग खुला सिमाना रहेको, 'विशेष सम्बन्ध' भएको अनि ००७, ०४६ र ०६३ सालका राजनीतिक परविर्तनहरूमा उत्प्रेरकको भूमिका खेलेको जस्ता कारणहरूले यहाू भारतलाई छद्म खेलहरू खेल्न सहज भएको देखिन्छ । त्यसमाथि हरेक निर्णयमा सीमापारकिो मुख ताक्ने राजनीतिक प्रवृत्तिले गर्दा त 'र' का अधिकारीहरूका निम्ति पनि नेपाल मिसन सायद त्यति कठिन हुन्न होला ।

काठमाडौूस्थित भारतीय दूतावासको तेस्रो महत्त्वपूर्ण पद 'मिनिस्टर' को आवरणमा रहने व्यक्ति नै प्रायः 'र' को नेपाल स्टेसनका चीफ हुने गर्छन्, जुन जिम्मेवारी अहिले सुरेश ढुन्डियाले सम्हालिरहेका छन् । दूतावासकै शिक्षा शाखा अन्तर्गत प्रथम सचिवको आवरणमा रहेका आलोक तिवारी र कन्सुलरको आवरणमा रहेका केभी जौहरी उनका सहायक हुन् । सुरक्षा शाखाको प्रथम सचिव रहेका अरविन्दकुमार डीआईजी स्तरका 'आईबी' अधिकारी हुन् भने हालै आएका कर्णेल मनमोहन सिंह धनोवा भारतीय सैनिक गुप्तचर विभागका नेपाल प्रमुख हुन्  ।

नेपालमा 'र' ले प्रायः उच्च स्तरका अधिकारीहरू नै खटाउने गर्छ । जस्तो कि, ०४६ सालपछि रवीन्द्र ओहरी, एसएस राजन, एसबीएस तोमर, टी हर्मिजलगायतका उच्चाधिकृतहरू स्टेसन चीफ भएका थिए । यीमध्ये तीन वर्षसम्म नेपाल बसेका ओहरी यहाू आउनुअघि श्रीलङ्कामा काम गरेका थिए, 'र' को स्पेसल ब्युरो 'थर्ड एजेन्सी' मा । काम थियो, तमिल विद्रोहीहरूलाई सामरकि सहयोग पुर्‍याउनु  । कोलम्बोमै बसेर काठमाडौू आएका हर्मिज झन् ०६१ सालमा 'र' को प्रमुख नै भए । र, दुई वर्ष काम गरी केही महिनाअघि मात्रै उनले अवकाश पाए । यतिबेला उनको ठाउूमा अशोक चतुर्वेदी नियुक्त भएका छन् । भारतको नेपाल-नीति निर्माणमा प्रभाव पार्ने मुख्य व्यक्तिमध्ये हुन् उनी पनि ।

ँफिफ्थ कोलमनिस्ट’

नेपाल लाई प्राप्त एक तथ्यले 'र' द्वारा भारतीय प्रभाव विस्तारका लागि नेपालमा कुन हदसम्मको खेल हुन्छ भन्ने देखाउूछ । इतिहासतिरै फकार्ंै । ०३२ सालको कुरा हो । तत्कालीन विद्युत् सहायकमन्त्री ध्यानबहादुर राईका निजी सचिव विजय चापागाइर्ंमार्फत 'र' ले मन्त्रिपरष्िाद्का सबै निर्णयहरू किन्ने गरेको रहेछ -हेर्नुस्, तत्कालीन नेपाल गुप्तचर विभागको सक्कल पत्र) । चापागाइर्ं भारतीय दूतावासका द्वितीय सचिवको आवरणमा रहेका 'र' एजेन्ट बीके राजपूतलाई मन्त्रिपरष्िाद्का माइन्यूट बेच्दै गरेको अवस्थामा ०३२ साउन २७ गते पक्राउ परेपछि यो रहस्य खुलेको थियो ।

त्यसरी मन्त्रिपरष्िाद्को निर्णय चोरी नै गराउनुपर्ने अवस्था अब रहेन । नेपालको मन्त्रिपरष्िाद् देखि संसद्सम्म, सुरक्षालगायत अधिकांश महत्त्वपूर्ण निकाय, कर्मचारीतन्त्रदेखि प्रायः सबै राजनीतिक दलको नेतृत्वसम्म 'र' को पहुूच स्थापित भइसकेको जानकारहरू बताउूछन् । जस्तो कि, सांसद् जगन्नाथ खतिवडाले गत साउनमा सदनमै भने, "नेपालमा विदेशी शक्तिहरूको चलखेल अत्यन्तै बढेर गएको छ । कूटनीतिक नियोगको अवाञ्छित क्रियाशीलता मुलुकका कुनाकुनासम्म देखिन्छ । संसद्मै पनि विदेशीहरूको स्वार्थपूर्ति गर्ने फलानो-तिलानो आए भन्ने सुनिन्छ ।"

खासगरी काङ्ग्रेसद्वारा सांसद पदमा मनोनीत अमरेशकुमार सिंहप्रति लक्षित गर्दै यस्ता टिप्पणीहरू आए । सिंह स्वयम् भारतीय संस्थापनभित्र आफ् नो पहुूच रहेको सार्वजनिक दाबी गर्ने गर्छन् । तर, गुपचुप रूपमा गुप्तचरी गर्नेहरू त कति छन् कति ! 'र' ले कूटनीतिक आवरणमा रहेका अधिकारीबाहेक यस्तै दूतावासबाहिर मान्छेहरूलाई राखेर सञ्जाल निर्माण गरेको छ, जसको मुख्य हिस्सा 'फिफ्थ कोलमनिस्ट' का रूपमा रहेका नेपालीहरू नै हुन् ।

गुप्तचरीको भाषामा आफ्नो संस्थापनलाई हरेक किसिमले सघाउने विदेशीहरूको समूहलाई फिफ्थ कोलमनिस्ट भनिन्छ  । त्यस्तो समूहभित्रका सदस्यहरू एकआपसमा अपरििचत हुन सक्छन् तर परचिालन गर्ने गुप्तचर संस्थाले एउटा छुट्टै 'सेल' मार्फत उनीहरूबीच समन्वयकारी भूमिका निर्वाह गर्छ । जानकारहरूका अनुसार, 'र' ले पनि विभिन्न क्षेत्रका व्यक्तिहरू सम्मिलित फिफ्थ कोलमनिस्टहरूको सानोतिनो फौज नै बनाएको छ नेपालमा ।

नेपालका अधिकांश फिफ्थ कोलमनिस्टहरू आफ्ना आर्थिक, पारविारकि, व्यक्तिगतलगायतका स्वार्थका कारण 'र' को प्रभावमा परेको पाइएका छन् । कतिपय त थाहै नपाई उपयोग भइरहेका पनि छन् । त्यसरी प्रयोग गर्नका निम्ति अनेक प्रपञ्च रचिन्छ  । प्रतिनिधिसभा परराष्ट्र सम्बन्ध तथा मानव अधिकार समितिको संयोजक रहूदा सांसद सोमप्रसाद पाण्डेले यस्तै अनुभव बटुलेका थिए । उनको संयोजकत्वमा गठित एक समितिले ०५७ सालमा भारतले सीमा मिचेर बनाएको लक्ष्मणपुर बाूध तत्काल भत्काउन सरकारलाई सुझाव दिएको थियो । प्रतिवेदन तयार पार्ने क्रममा पाण्डेले भारतीय दूतावासबाट अनेक निम्ता पाए, अनौपचारकि रात्रिभोजको । "तर, म औपचारकि कार्यक्रममा पनि बहुत कम जान्थेू," उनले नेपाल लाई अनुभव सुनाए, "भेट भएका बेला काठमाडौूमा घर छ कि छैन, सन्तान कति छन्, कहाू, कतिमा पढ्छन्, हामीले केही सहयोग गर्नुपर्छ कि जस्ता व्यक्तिगत प्रश्नहरू सोधेर हैरान पार्थे ।"

त्यहीूनेर चिप्लिने गरेका छन् धेरैजसो नेताहरू  । नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, नेतृ विद्या भण्डारी, भरतमोहन अधिकारी, काङ्ग्रेसका रामचन्द्र पौडेल, चक्र बास्तोला, अर्जुननरसिंह केसी, खुमबहादुर खड्कासम्मले भारतीय छात्रवृत्तिमै आफ्ना सन्तान पढाएका र पढाइरहेका छन् । सुरक्षा निकायहरूमा पनि यो रोग सल्केको छ । जस्तो कि, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले पदमा छूदै आफ्ना छोरा दिलीपराजलाई भारतीय छात्रवृत्तिमा चिकित्सा विज्ञान पढ्न पठाएका थिए ।

राअविका एक पूर्वउच्चपदस्थ अधिकारीले 'र' को राजनीतिक पहुूचकै आधारमा आफ्नो संस्थाको नियमावली संशोधन गराई आफ्नो पदावधि दुई वर्ष थपेको स्रोत दाबी गर्छ । ती अधिकारीले 'र' का तत्कालीन नेपाल स्टेसन चीफ मदन प्यासीलाई रभिmाउन उनका सम्धी भारतीय सेनाका पूर्वजनरल शमशेरसिंह, उनकी श्रीमती मिरासिंह, छोरा विभन खुबचन्द सिंह र बुहारी नुपुर प्यासीलाई ०६१ साउन २२-२५ मा नेपाल बोलाएर आफ्नै खर्चमा घुमाएका थिए ।

राअवि र 'र' बीच औपचारकि सम्बन्ध नै छ । "तर, समान सम्बन्ध छैन, माथिल्ला हाकिम र नेताहरूको 'र' सूग अप्राकृतिक साूठगाूठ रहेका कारण हामी जहिल्यै तल पर्छौं," एक गुप्तचर अधिकृत गुनासो गर्छन्, "त्यसैले हामीले उनीहरूसूग भन्दा उनीहरूले हामीसूग लिने कुरा बढी हुन्छन् ।"

नेपाल प्रहरीको भने 'आईबी' सूग मात्रै औपचारकि सम्बन्ध छ । प्रवक्ता सुशीलवरसिंह थापाका अनुसार, लोकतन्त्र स्थापनायता मात्रै भारतले नेपाल प्रहरीलाई आठ सय ५५ वटा साना गाडी दिइसकेको छ । त्यो सहयोगसम्बन्धी सबै 'डिल' आईबीका नेपाल प्रमुख अरविन्दकुमारले गरेको स्रोत बताउूछ । यो त भयो, औपचारकि सम्बन्ध । नेपाल प्रहरीको पनि अनौपचारकि सम्बन्ध 'र' सूगै छ  । गत भदौ २९ गते थानकोटमा पक्राउ परेका तीन भारतीय गुप्तचरहरू वेदराज मिश्र, घनश्याम मिश्र र रेनु पाललाई बिनासोधपुछ 'र' को जिम्मा लगाएको थियो प्रहरीले ।

'र' कै 'अनुरोध' मा गिरफ्तारी गर्ने काम पनि हुने गरेको छ प्रहरीबाट । ०६३ असार २७ गते भारतको मुम्बईमा शृङ्खलाबद्ध बम विस् फोट भएलगत्तै प्रहरीले काठमाडौूबाट चार पाकिस् तानीलाई पक्राउ गरेको थियो । तीमध्ये असीम अलि र वालिदलाई रातारात वीरगन्ज पुर्‍याएर भारतीय गुप्तचरको जिम्मा लगाइएको थियो । कतिपय कारबाहीमा 'र' आफैू पनि अगाडि सर्ने गरेको छ ।

एक समय सांसद मिर्जा दिलसाद बेगले एउटा तथ्य उजागर गरेका थिए, "रवीन्द्रनाथ शर्माले तपाईंलाई राप्रपामा ल्याउने स्वीकृति इन्डियन एम्बेसीबाट लिइसकेको छु भनेपछि म यो पार्टीमा आएको हुू ।" आफूमाथि पाकिस्तानी एजेन्ट भएको आरोप लागेपछि ०५२ चैत १५ गते उनले यस्तो विज्ञप्ति निकालेका थिए, भलै त्यसले उनको ज्यान जोगाएन । ०५५ असार १५ गते काठमाडौूको सिफलमा उनी मारएि । त्यो हत्यापश्चात् 'र' ले प्रयोग गर्ने अन्डरवल्र्ड डन छोटा राजनले ०५५ साउन ४ गतेको इन्डिया टुडे मार्फत भनेका थिए, "आईएसआईको एजेन्ट भएकाले मैले उसलाई मार्न लगाएको हुू ।"

'प्रपोगन्डा-वार' त अरूजस्तो भारतीय गुप्तचरहरूको पनि प्रमुख अस्त्र नै हो । ०५७ जेठ ३० गते इन्डिया टुडे को इन्टरनेट संस् करणमार्फत 'लिक' गराइएको 'एन्टी-इन्डिया एक्टिभिटिज इन नेपाल' नामक ७८ पृष्ठ लामो एक प्रतिवेदन 'र' कै प्रपोगन्डा भएको जानकारहरू बताउूछन्, जसमार्फत सिङ्गो नेपाल पाकिस्तानी आईएसआईको खेल मैदान भएको तथ्यहीन प्रचार गरएिको थियो । भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याबारे छानबिन गर्न गठिन जैन आयोगले ०५४ सालमा बुझाएको प्रतिवेदनको परििशष्टमा पनि 'र' ले दिएको रपिोर्टको हवाला दिूदै रानी ऐश्वर्यले राजाका अङ्गरक्षक आदित्यशमशेर जबरालाई राजीव-हत्याको तारतम्य मिलाउन १० करोड रुपियाू उपलब्ध गराएको विवरण समावेश थियो ।

सञ्जाल फैलाउूदै

आफ्नो समर्थनमा भएको जनआन्दोलन-२ पछि भारतलाई थुप्रै सामरकि फाइदा मिल्यो । जस्तो कि, ०६३ कात्तिक १३ गते मन्त्रिपरष्िाद् बैठकले गरेको यो निर्णय ः "भारतीय सेनाका सेवानिवृत्त भूतपूर्व सैनिकहरू तथा निजहरूका आश्रति परविारका सदस्यहरूलाई पेन्सनलगायत अन्य सेवा उपलब्ध गराउने प्रयोजनका लागि हालसम्म नेपालका विभिन्न १६ स्थानमा डिस्टि्रक सोल्जर बोर्ड -डीएसबी) सञ्चालन भई आएकोमा अन्य क्षेत्रहरूमा पनि सरल र सुलभ ढङ्गले पेन्सन उपलब्ध गराउनका निम्ति हाललाई लमजुङ, वालिङ, गोरखा, कोहलपुर, टीकापुर र दिक्तेलसमेत छ स्थानमा १० वर्षका लागि डीएसबी स्थापना गर्न स्वीकृति दिने  ।"

यीसमेत गरी नेपालका २४ जिल्लामा 'डीएसबी' हरू खडा गरसिकिएको छ भने पोखरा, धरान र बुटवलमा त स्थायी पेन्सन क्याम्प नै छन्, जहाू भारतीय सेनाका कर्णेल बस्छन् । नेपाली सेनाका एक जर्नेलका अनुसार, डीएसबी भनेको 'र' र सैन्य गुप्तचर विभागको विस्तारति सञ्जाल नै हो ।

अल नेपाल भारतीय पेन्सनर कल्याणकारी सङ्घले ०५७ सालमै प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालालाई थप १० स्थानमा डीएसबी स्थापनाका लागि अनुरोध गरेको थियो । "यस्ता संस्था थप स् थापना गर्न दिूदा राष्ट्रिय हित अनुकूल नहुन पनि सक्छ," प्रक्रिया अगाडि बढाउने क्रममा राय माग्दा नेपाली सेनाबाट यस्तो जवाफ आएपछि ०५७ असार ३० गते रक्षा, गृह र परराष्ट्रसचिवको त्रिपक्ष्ाीय बैठक बसेको थियो ।

बैठकले ब्याङ्कमार्फत नै पेन्सन वितरण गर्न सकिने अवस्थामा बर्सेनि लाखाूै खर्च हुने गरी सोल्जर बोर्ड खोल्ने भारतीय माग शङ्कास् पद भएको ठहर गर्‍यो । रक्षा स्रोतबाट प्राप्त त्यतिबेलाको निर्णयमा भनिएको छ, "भारतीय राजदूतको अध्यक्षतामा हुने गरी अब पनि त्यस्ता संस्थाहरू खोल्न दिूदा राष्ट्रिय हित सम्बर्द्धन हुन नसक्ने देखिन्छ ।" बेलायत सरकारबाट सञ्चालित बि्रटिस गोर्खा वेलफेयरको सेन्ट्रल कोअर्डिनेसन कमिटीको अध्यक्षचाहिू बेलायती राजदूत नभई नेपालकै रक्षासचिव रहने गरेका छन् । भारतीय सोल्जर बोर्डको अध्यक्ष पनि रक्षासचिव नै हुनुपर्ने नेपाली पक्षको मागलाई भने भारतले कहिल्यै रुचाएन ।

अन्ततः भारतले तिनै कोइराला प्रधानमन्त्री र रक्षामन्त्री भएका बेला थप छ स्थानमा डीएसबी स् थापना गर्ने स्वीकृति पाएको छ । भारतले म्याग्दीको बेनी र सङ्खुवासभाको खाूदबारीमा पनि डीएसबी स्थापनाका लागि जोड दिएको छ । सङ्खुवासभाको चैनपुरमा सोल्जर बोर्ड हुूदाहुूदै सोही जिल्लामा अर्को बोर्ड स्थापना गर्न खोज्नुका पछाडि भारतको सुरक्षा स्वार्थ गाूसिएको देखिन्छ । स्मरण रहोस्, तिब्बतसूग जोडिएको संवेदनशील किमाथाङ्का नाका सङ्खुवासभा जिल्लामै पर्छ  । बेनीबाट मुस्ताङ हुूदै तिब्बतसम्म मोटरबाटो जोड्ने कसरत भइरहूदा बेनीमा सोल्जर बोर्ड राख्ने प्रस् ताव पनि अनौठो छ । किनभने, बेनीबाट आधा घन्टाको मोटरबाटोमा रहेको बाग्लुङमा डीएसबी कार्यालय पहिल्यैदेखि छूदैछ ।

वीरगन्जमा ०६० माघमा महावाणिज्य दूतावास स्थापना गरएिपश्चात् तराईमा भारतीय सञ्जालको व्यापक विस्तार भयो । "त्यो वास्तवमा वाणिज्य दूतावास नभई 'र' को एक्सटेन्सनझैू देखिन्छ," एक नेपाली गुप्तचरले बताए । भारतीय दूतावासले यतिबेला साना परयिोजनाका नाममा खासगरी तराई क्षेत्रमा २० अर्ब रुपियाूभन्दा बढी लगानीका विभिन्न कार्यक्रमहरू सञ्चालन गररिहेको छ ।

०६० कात्तिक २१ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा र उनका समकक्षी भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीबीच तीन करोड रुपियाूसम्मका 'साना परयिोजना' नेपाल सरकारको सहभागिताबिना नै भारतीय दूतावासमार्फत खर्च गर्नसक्ने सहमति भएपछि भारतीय दूतावास कूटनीतिक नियोगभन्दा विकासे संस्थाजस्तो देखिएको छ ।

मूलभूत स्वार्थ

भारतीय स्वार्थलाई पर्दापछाडि रहेर सघाउनु 'र' को प्रमुख काम हो, जो नेपालमा कुनै एक विषयसूग मात्र गाूसिएको छैन । नेपाली राजदूतका रूपमा भारतमा छ वर्ष बिताएका डा भेषबहादुर थापाका अनुसार, नेपालमा भारतका थुप्रै स्वार्थहरू छन्, जसलाई यसरी वर्गीकरण गर्न सकिन्छ ः राजनीतिक-कूटनीतिक पक्ष, सुरक्षाको अवधारणा, प्राकृतिक साधनको उपयोग -खासगरी जलस्रोत), सीमा, व्यापार, नागरकिहरूबीच खुला सम्पर्क र आवतजावत ।

नेपालको राजनीतिमा सदैव नियन्त्रित अस् िथरता उत्पन्न गरेर आफू आश्रति बनाउनु भारतीय रणनीतिकारहरूको मुख्य स्वार्थ हो । ००७ सालयता सरकारदेखि सरकारविरोधी शक्तिहरूलाई सामरकि सहयोग गर्नुको मूल ध्येय त्यही देखिन्छ । पञ्चायतकालमा सशस्त्र सङ्घर्ष गर्नका लागि 'र' ले आफूहरूलाई एक ट्रक हतियार दिएको कुरा बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्त मा उल्लेख गरेका छन् । ०४२ सालमा बमकाण्ड गर्ने रामराजाप्रसाद सिंहदेखि माओवादीहरू र अहिलेका तराईका विद्रोहीहरूले भारतीय भूमिमै प्रश्रय पाएका छन् ।

नेपाली राजनीतिमा आफ्नो नियन्त्रण अन्तर्गतको अस्थिरता उब्जाउन खोज्ने भारतीय चाहनाका पछाडि मुख्यतः सुरक्षा, जलस्रोत, व्यापारलगायतका स्वार्थहरू देखिन्छ । नेपालमा अमेरकिा, चीन, पाकिस्तानलगायत कुनै पनि तेस्रो मुलुकको गतिविधि बढ्न नदिने र सामरकि दृष्टिले आफूमा निर्भर बनाउने उद्देश्य भारतको सुरक्षा स् वार्थसूग जोडिएको छ । अर्को स्वार्थ, धेरैले भन्ने गरेजस्तै जलस्रोतको उपयोग हो ।

एक सर्वेक्षण अनुसार, सन् २०२५ सम्ममा भारतलाई पिउने पानीकै सङ्कट पर्छ, त्यतिबेलासम्म उसलाई थप चार सय २० अर्ब घनमिटर पानी आवश्यक छ । त्यस्तै बढ्दो औद्योगिकीकरणका कारण सन् २०१० सम्म उसलाई थप ११ हजार मेघावाट विद्युत् आवश्यक छ । त्यसको सजिलो स्रोत निश्चय पनि नेपाल नै हुनसक्छ । तर, व्यावसायिक 'डिल' गरेर भन्दा राजनीतिक दबाब दिएर नेपालको जलसम्पदामाथि कब्जा जमाउने सोच दिल्लीमा हावी देखिन्छ, जसलाई पर्दापछाडि बसेर 'र' ले परपिूर्ति गर्न खोज्छ ।

'र' को बढ्दो गतिविधिलाई 'काउन्टर' दिने ढङ्गले पछिल्लो अवधिमा चीन र अमेरकिाका गुप्तचर संयन्त्र पनि नेपालमा निकै सक्रिय भएको आभास मिल्छ । "नेपालमा जस्तो विदेशीले खेलेको भूमि संसारमा थोरै मात्र छन्," पूर्वमन्त्री डा थापा भन्छन्, "देशको जनमतले दिएको भन्दा विदेशी शक्तिको आडमा रमाउने प्रवृत्तिका कारण यसो भएको हो ।"

कतिसम्म भने प्रधानमन्त्री कोइराला स्वयम्ले मुलुकको स्व्ातन्त्रता र सार्वभौमसत्ता खतरामा परेको बताइसकेका छन् । भारतका विदेशसचिव शिवशङ्कर मेनन नेपाल आउनुभन्दा तीन दिनअघि गत भदौ २६ गते कोइरालाले त्यस्तो अभिव्यक्ति सार्वजनिक गरेका थिए । स्रोतका अनुसार, मेननले नेपालका विभिन्न नौ सीमा नाकामा भारतीय सुरक्षा चौकी राख्ने प्रस्ताव ल्याएका थिए, जसको सुइूको कोइरालाले भारतकै राजदूत शिवशङ्कर मुखर्जीसूग भदौ २२ गतेको भेटमै पाएका थिए ।

यद्यपि, मुलुकमा विदेशी चलखेल बढाउने काममा प्रधानमन्त्री कोइराला स्वयम् आलोच्य छन्, जसले राजदूतहरूकै सल्लाह सुनेर खासखास निर्णयहरू लिए । आफ्नो पदीय मर्यादा ख्याल नगरी विदेशी कूटनीतिज्ञहरूलाई जतिबेला चाह्यो त्यतिबेला बालुवाटार पस्न पाउने छुट दिए । राजदूतले चाहेर मात्र होइन, आफैू धाएर दूतावास पनि पुग्ने गरे हाम्रा नेताहरू । माओवादीका शीर्षनेताद्वय प्रचण्ड र बाबुराम भट्टराई गत कात्तिक १४ गते भारतीय दूतावासमै पुगेर राजदूतलाई भेटेको चर्चा सेलाउन नपाउूदै प्रचण्डले हालै पोखरामा अर्को रहस्य खोले, "सातचोटि दूतावास पुगिसकेको थिएू तर यसपालिचाहिू एम्बुसमा पारे ।"

यतिबेला नेपालमा भारतीय भूमिका कुन तहमा छ त ? नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे भन्छन्, "नेपाल भारतको नयाू उपनिवेश हो भन्दा केही फरक पर्दैन । राजनीतिक, कूटनीतिक, आर्थिक र सांस् कृतिक रूपले भारतले नेपालमा चौतर्फी प्रभाव जमाइसकेको छ ।" त्यो प्रभावको मुख्य संवाहक र सूत्रधार खोज्दै जाने हो भने त्यहाू अरू कोही होइन, 'र' नै भेटिन्छ ।

सरोजराज अधिकारी

के के हो 'र' हो 'र' ?

सन् १९६२ मा चीनसँगको युद्धमा नराम्रो पराजय भोग्नुपरेपछि भारतले अन्तर्राष्ट्रिय जासुसी क्षमता सुदृढ पार्न 'र' गठन गरेको थियो  । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सोझै आफ्नो मातहत रहने गरी आफ्ना पारविारकि मित्र रामेश्वरनाथ काओ, जो आईबीमा थिए, लाई यसको नेतृत्व सुम्पेकी थिइन् । स्थापनाकालमा यो एजेन्सीसँग आईबीबाट ल्याएका दुई सय ५० कर्मचारीहरू मात्र थिए, जुन सङ्ख्या अहिले सयौँ गुणा बढिसकेको छ । 'र' को सङ्गठन, आकार र बजेट अरू त अरू भारतीय संसद् को जानकारीमा समेत हुन्न, न त यो निकाय प्रधानमन्त्रीबाहेक अरू कसैप्रति जवाफदेही छ । 'र' ले सूचना सङ्कलन र विश्लेषण मात्र गर्दैन, अपरेसनहरूमा प्रत्यक्ष आफैँ पनि संलग्न हुन्छ । पाकिस्तानलाई टुक्र्याएर बङ्गलादेशको स्थापना गर्नु र सिक्किमलाई भारतमा विलय गराउन सक्नु 'र' को ऐतिहासिक सफलता हो । तर, श्रीलङ्कामा अन्तहीन तमिल विद्रोहको बीउ रोप्नु, कारगिलमाथि पृथकतावादी विद्रोहीहरूले गरेको अतिक्रमणको भेउ नपाउनु आदि चाहिँ प्रमाणित असफलताहरू हुन्  ।

छिमेकी मुलुकहरूमा अस्थिरता उत्पन्न गर्ने काममा मात्र 'र' मुछिएको छैन, आतङ् ककारी क्रियाकलापमा पनि यसको नाम जोड्ने गरन्िछ । जस्तो, पाकिस्तानले आफ्नो देशमा हुने थुप्रै तोडफोडहरूमा 'र' संलग्न रहेको आरोप लगाउँछ, जसरी भारतमा हुने त्यस् ता गतिविधिमा पाकिस्तानी 'आईएसआई' तानिन्छ ।

'र' का उच्चाधिकारीहरू विदेशमा प्रायः कूटनीतिक आवरणमा बस्छन् । स्वाभाविक रूपमा उनीहरूले तलब-भत्तादेखि भौतिक सुविधासम्म करअिर डिप्लोम्याटहरूले भन्दा बढी पाउँछन्, जसले गर्दा विदेश मन्त्रालय -साउथ ब्लक) सँग उनीहरूको 'शीतयुद्ध' चलिरहन्छ । विदेश नीति निर्माण प्रक्रियामा आफ्नो बढी प्रभाव पार्नका निम्ति पनि साउथ ब्लक र 'र' बीच प्रतिस्पर्धा चलिरहन्छ  । सन् १९७७ मा मोर ारजी देशाईको नेतृत्वमा जनता पार्टीको सरकार बनेका बेला मात्र 'र' ले राज्यबाट असहयोगी व्यवहार भोग्नुपरेको थियो । नत्र यसले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । निरन्तर सरकारको प्राथमिकतामा पररिहेका कारण 'र' को संरचना पनि हरेक वर्ष बढ्दै गएको छ ।

जासुस लेखकहरू

ँर’ अब रहस्यको विषय रहेन । केही महिनायता 'र' कै उच्चाधिकृतहरूले भटाभट यसको पर्दाफास गर्दैछन् । सुरुमा आूट गरे मेजर जनरल भीके सिंहले । २०५७ सालमा भारतीय सेनाबाट 'र' मा गई चार वर्ष काम गरेका जर्नेल सिंहले इन्डियाज एक्सटर्नल इन्टेलिजेन्स ः सिक्रेट्स अफ रिसर्च एन्ड एनालिसिस विङ् नामक संस्मरण लेखेर निकै चर्चा पाए । 'र' का अनियमितताहरू सार्वजनिक गरििदएका कारण सिंहको घरमा खानतलासी मात्र लिइएन, उनको पुस्तकमाथि प्रतिबन्ध लगाउने प्रयत्नसमेत गरूिदैछ ।

'र' का पूर्वअतिरत्तिm सचिव बी रमन पनि दौडमा सामेल भइहाले । २६ वर्ष 'र' मा बिताएर हालै मात्र सेवानिवृत्त भएका रमनले लेखे, द काओ-ब्वाइज अफ 'र' ः डाउन मेमोरी लेन । पत्रपत्रिकामा स्तम्भ र टिप्पणीहरू लेखिरहने रमनको पुस्तकले पनि उत्तिकै चर्चा पायो, जसमा उनले आफू कहाू-कहाू, कस् तो-कस् तो अपरेसनमा सहभागी रहे, त्यसको खुलासा गरेका छन् ।

त्यसपछि प्रकाशित भयो, 'र' का पूर्वप्रमुख के शङ्करण नायरको इन्साइड आईबी एन्ड 'र' ः द रोलिङ स्टोन द्याट ग्यादर्ड मस । त्यसमा उनले आफ्नो जासुसी अनुभवको गाथा लेखेका छन्, जसमा एउटा छोटो नेपाल-अनुभव पनि छ । आफ्ना 'मित्र' राजा त्रिभुवनविरुद्ध भर्खरै सत्ताच्यूत गरएिका राणाहरूले षड्यन्त्र गर्न थालेको खबर पाएपछि दिल्लीले तत्कालीन आईबीका जासुस नायरलाई सत्यतथ्य बुझ्न सन् १९५३ मा काठमाडौू पठाएको थियो । उनले भारत फर्केर रपिोर्ट बुझाए- राणाहरूले त्रिभुवनलाई आफ्नो पञ्जामा पार्न लागेका छन्  ।

केहीअघि आईबीका पूर्वसंयुक्त निर्देशक एमके धरको संस्मरण- ओपन सिक्रेट्स ः इन्डियाज इन्टेलिजेन्स अनभिल्ड पनि प्रकाशित भएको थियो । उनको पुस्तकमा पनि नेपालसूग जोडिएका थुप्रै प्रसङ्गहरू छन् । माथि उल्लिखित पुस्तकहरू यस वर्ष प्रकाशित हुनुपूर्व 'र' सम्बन्धी एउटै मात्र पठनीय पुस्तक उपलब्ध थियो, सन् १९८१ मा प्रकाशित अशोक रैनाको इन्साइड 'र' ः द स्टोरी अफ इन्डियाज सिक्रेट सर्विस �

 
Posted on 12-02-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिक्ततापूर्ण विगत

२००७ सालको क्रान्ति चरमोत्कर्षतिर पुगेका बेला अन्तरमि राणा प्रधानमन्त्री मोहनशमशेर जबराले राजा त्रिभुवनका नाति ज्ञानेन्द्रलाई गद्दीमा राखे । राणाविरोधी आन्दोलनमा लागेका बीपी कोइरालालगायतले अपदस्थ राजा त्रिभुवनलाई आन्दोलनकारीको नियमित सम्पर्कमा रहने गरी पाल्पाजस्तो कुनै सुरक्षित स्थानमा लैजान चाहन्थे । "तर, भारत सरकार राजा त्रिभुवनलाई आफ्नो नियन्त्रणमा लिन चाहन्थ्यो," बीपीले डा हरदिेव शर्मालाई दिएको एक अन्तर्वार्तामा भनेका छन् । यसका पछाडि भोलिको नेपालमा आफ्नो प्रभाव जमाउने भारतीय चाहना थियो ।

भयो पनि त्यस्तै । राजा त्रिभुवन आन्दोलनकारीभन्दा भारतकै शरणमा गए । र, भारतीय सहयोगमै पुनःस्थापित भएर र्फकंदा एक्लै आएनन्, 'भारतीय हस्तक्षेप' पनि सँगै लिएर आए । अर्थात् भारत, उत्तर प्रदेशका तत्कालीन गृहसचिव गोविन्दनारायण उनका निजी सचिव बन्न पुगे । मन्त्रिपरष्िाद् बैठकमै बसेर हालीमुहाली गर्ने तत्कालीन भारतीय राजदूत सीपीएन सिन्हा नेपालमा सरकारमाथिका पनि सरकारसरह बने ।

केआई सिंहको विद्रोहपछि ००८ पुसमा यातायातमन्त्री भद्रकाली मिश्रले मन्त्रिपरष्िाद् बैठकमा काठमाडौँको सुरक्षार्थ ट्याङ्कसहितको भारतीय सेना झिकाउनुपर्ने लिखित प्रस्ताव नै राखे  । यस प्रस्तावले मातृकाप्रसाद कोइराला नेतृत्वको १४ सदस्यीय मन्त्रिपरष्िाद्मा विवाद उत्पन्न भयो । विवाद सुल्झाउन सिङ्गो मन्त्रिपरष्िाद् हेलिकप्टर 'चार्टर्ड' गरी दिल्ली पुग्यो । अन्ततः सो प्रस्ताव परमिार्जित रूपमा पारति भयो । त्यसकै आधारमा नेपाली सेनालाई तालिम दिलाउन र नेपालको उत्तरी सीमामा भारतको सुरक्षा चेकपोस्ट राख्न भारतीय सैनिक मिसन झिकाइयो ।

०१७ सालको काण्डमा पनि भारतीय भूमिका अर्थपूर्ण रह्यो । तत्कालीन भारतीय राजदूत भगवान सहायले ठोरी जङ्गलमा सिकार खेल्न आएका भारतका सेनाध्यक्ष जनरल केएम थिमैयालाई ०१७ मङ्सिर २८ गते राजा महेन्द्रसँग भेट गराउनु र त्यसलगत्तै निर्वाचित प्रधानमन्त्री बीपीलाई राजा महेन्द्रले अपदस्थ गर्नु सायद संयोग मात्र थिएन । नेपाल मिसन सकेर स् वदेश र्फकनासाथ सहाय दिल्लीको लेप\mटिनेन्ट गभर्नरमा बढुवा भए ।

'कू' गरेपछि राजा महेन्द्रको झुकाव चीनतिर देखियो । भारतीय खतरालाई ध्यानमा राख्दै उनले तिब्बत-काठमाडौँ जोड्ने कोदारी राजमार्ग बनाउनेलगायतका सम्झौता गरेर चीनतिर सम्बन्ध बढाए । आक्रोशित भारतले ०१८ सालमा नेपालमाथि आर्थिक नाकाबन्दी नै लगायो । र, कोलकातामा रहेका काङ्ग्रेस नेता सुवर्णशमशेरको नेतृत्वमा महेन्द्रको शासनविरुद्ध सशस्त्र सङ्घर्ष गरायो । अन्ततः भारतसँग सम्बन्ध सुचारु पार्न सन् १९६५ मा असमान सैन्य सम्झौता गर्न महेन्द्र बाध्य भए ।

चार वर्षपछि नै नेपालले भारतले मन पराउने एउटा निर्णय गर्‍यो, चीनसँग जोडिएका नेपालका विभिन्न १६ स्थानमा राखिएका भारतीय सैन्य चौकीहरू हटाएर । भारतीय स्वार्थमा त्यस्तै अर्को धक्का पुग्यो, राजा वीरेन्द्रले ०४५ जेठमा चीनबाट हतियार ल्याउने सम्झौता गरेपछि । परण्िाामतः भारतले नेपालसँगको व्यापार तथा पारवहन सन्धि नवीकरण नगरेर आर्थिक नाकाबन्दी लगायो, जसले ०४६ सालमा जनआन्दोलनका निम्ति आधार तयार पार्‍यो ।

आन्दोलनकै दौरान ०४६ चैत १८ गते भारतका तत्कालीन विदेश सचिव एसके सिंह एउटा प्रस्ताव बोकेर काठमाडौँ आए, जसलाई मानेको भए नेपालको जलस्रोतमा भारतीय आधिपत्य मात्र कायम हुने थिएन, नेपालले भारतको सुरक्षा छाता स्वीकार्नुपर्ने अवस्था पनि आउँथ्यो । आफ्नो देशलाई 'भुटान' बनाउने त्यो प्रस्ताव वीरेन्द्रले स्वीकारेनन्, बरु पञ्चायत व्यवस्थालाई बलि चढाए ।

१४ वर्षपछि आफैँ 'बलि' चढ्नुपर्‍यो राजा वीरेन्द्रले, दरबार हत्याकाण्डका कारण । त्यसपश्चात् राजा भए ज्ञानेन्द्र  । सुरुमा रामै्र सम्बन्ध भए पनि भारतसँग उनको सम्बन्ध बिगि्रयो ०६१ माघमा सत्ता हत्याएपछि । ००७ सालमा 'बेबी किङ्' बन्न पुग्दा भारतको अस्वीकृतिका कारण राज गर्न नपाएका ज्ञानेन्द्र ०६३ सालमा पनि संयोगवश भारतकै कारण सत्ताबाट फालिए ।

एसएसबीको सीमा-तालिम

भारतले चीनलाई लक्षित गरेर उत्तरी सीमा क्षेत्रमा तैनाथ गर्नका निम्ति आफ्नो गुप्तचर संस्था 'र' अन्तर्गत थुप्रै स-साना अर्धसैन्य दस्ताहरू खडा गरेको थियो । 'र' का पूर्वअधिकारी मेजर जनरल भीके सिंहले इन्डियाज एक्सटर्नल इन्टेलिजेन्स पुस्  तकमा उल्लेख गरे अनुसार, सीमा सुरक्षा बल -एसएसबी) त्यस्तै एउटा टुकडी थियो, जसलाई २०५८ सालयता चिनियाँ सीमाबाट हटाएर नेपाली सिमानामा तैनाथ गरएिको छ ।

एसएसबीले हाल आएर सीमावर्ती क्षेत्रका गैरसैनिक युवाहरूलाई पनि आफ्नो मिसनमा सामेल गर्न थालेको छ । त्यसका निम्ति सिलीगुडीबाट १३ किलोमिटरको दूरीमा रहेको एसएसबीको सेक्टर मुख्यालय रानीडाँगामा बिहारको किसनगन्जदेखि सिक्किमसम्मका १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई छानेर प्रशिक्षण दिइएको छ । यस्  तो प्रशिक्षण कार्यक्रम देशभर िसञ्चालन गर्ने र रानीडाँगाबाट मात्रै बर्सेनि तीन सय ६० युवालाई प्रशिक्षित गर्ने लक्ष्य रहेको एसएसबीले जनाएको छ । त्यसका लागि रानीडाँगास्थित एसएसबीको २१ नम्बर बाहिनीमा पर्सेप्सन म्यानेजमेन्ट स्कुल -सचेतना व्यवस्थापन विद्यालय) खोलिएको छ ।

एसएसबीले स्थानीय बासिन्दासँग सहकार्य गरेर काम गर्ने आफ्नो नीति अन्तर्गत युवाहरूलाई तालिम दिइएको दाबी गरेको छ । एसएसबीका २१ नम्बर बाहिनीका प्रमुख, डीआईजी हरश्िचन्द्र पाण्डे तालिमको मूल उद्देश्य सर्वसाधारणसँग सहकार्य गरेर सिमानाको निगरानी गर्नु रहेको बताउँछन् । भन्छन्, "युवाहरूलाई तालिम दिएर कुनै जटिल उद्देश्य प्राप्त गर्नु छैन । सीमाका बासिन्दा र सुरक्षाकर्मीबीच सहकार्य बढाउनु तालिमको मूल उद्देश्य हो ।"

तालिमका क्रममा एसएसबीको गस्ती गर्ने शैली, अपराधी र सुरक्षाकर्मीहरूले प्रयोग गर्ने हतियारहरूका बारेमा समेत जानकारी दिइएको एसएसबी स्रोतले जनाएको छ । प्रशिक्षण लिएका युवाहरूलाई सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप, मानव बेचबिखन र हातहतियारको अवैध ओसारपसार, संदिग्ध गतिविधिमा संलग्न व्यक्तिलगायतका विषयमा सूचना सङ्कलन गर्न परचिालन गरनिेछ ।

नेपालमा माओवादी गतिविधि तीव्र रहेका बेला पनि सीमा क्षेत्रका युवाहरूलाई भेला गरेर एसएसबीले गोप्य रूपमा तालिम दिने गरेको थियो । अहिले विद्यालय स्थापना गरेर त्यसलाई खुला गरएिको हो । उसबेला गोप्य रूपमा तालिमप्राप्त युवाहरूलाई नेपाली माओवादीको भारतका विद्रोही समूहहरूसँगको सम्पर्क, सीमा क्षेत्रमा उनीहरूको गतिविधि, हतियार ओसारपसार आदिबारे सूचना एकीकृत गर्न प्रयोग गरन्िथ्यो । कतिसम्म भने नेपालमा द्वन्द्व चर्किएका बेला सिमानाका बासिन्दाले लगभग निःशुल्क र सहज रूपमा हतियारसमेत पाउन सक्थे ।

बिहारको किसनगन्जदेखि सिक्किमसम्म चार सय ८८ किलिमिटरको नेपाली सीमामा एसएसबीका २० आउट पोस्टहरू थप्ने तयारी भइरहेको छ । त्यहाँ हाल एसएसबीका कम्पनी स् तरका मुख्य र सहायक गरी ५६ वटा आउट पोस्ट तैनाथ छन् । हाल हरेक पाँच किमिमा एसएसबीको एक आउट पोस्ट छ भने अब २० आउट पोस्टहरू थपिँदा हरेक साढे तीन किमिमा एक पोस्ट पर्नेछ ।

उपेन्द्र पोखरेल/सिलीगुडी -भारत)

टिप्पणी

तुलानारायण साह

 

मधेस दोहोरीको सन्देश

दुई साताअघि मात्रै प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले भारतको सहयोग भए दुई मिनेटमै मधेस समस्या समाधान गर्न सकिने बताएका थिए ।

तर, गत साता भारतीय राजदूत शिवशङ्कर मुखर्जीले मधेस द्वन्द्वमा भारतको कुनै पनि किसिमको संलग्नता नरहेको प्रतिउत्तर दिए । प्रधानमन्त्री कोइरालाले विराटनगरको आफ्नो त्यो अभिव्यक्तिमार्फत दुईवटा सन्देश दिन चाहेका थिए । एक, अहिले मधेसको अस्तव्यस्ततामा नेपाल र भारत दुवैतिरका आपराधिक तत्त्वहरूको संलग्नता छ, जसका लागि भारतसूग कुराकानी भइराखेको छ । अर्को, आफू स्वयम्को भारतसूगको सम्बन्ध सुमधुर नै छ ।

उता राजदूत मुखर्जीका प्रतिउत्तरले पनि कोइरालाले जस्तै दुईवटै सन्देश दिन चाहेको हो । एउटा, भारतले मधेसमा जारी दुवै किसिमका - सशस्त्र, निःशस्त्र) आन्दोलनलाई अप्रत्यक्ष रूपमा फेर िसमर्थन गरेको छ । अर्को, प्रधानमन्त्री कोइरालासूग भारतको खटपट सुरु भएको छ र अहिलेको राजनीतिक गतिरोधमा कोइरालाबाट खोजे अनुसारको व्यवहार भारतले पाइरहेको छैन ।

नेपाल र भारतबीचको दोहोरीे शैलीका यी वक्तव्यबाजी नै मधेसबारे अहिलेसम्मका सबैभन्दा गम्भीर प्रकृतिका देखिएका छन् । यसअघि यस्ता उच्च तहका व्यक्तित्वहरूबीच मधेसको विषयलाई लिएर यसरी सार्वजनिक टीकाटिप्पणी कहिल्यै पनि भएको थिएन ।

अहिलेको दोहोरीले प्रधानमन्त्री कोइराला र भारतीय पक्षबीच दूरी बढेको त प्रस्ट बुझिन्छ नै, साथसाथै नेपालको राजनीतिमा आफ्नो हस्तक्षेपकारी नीति कायम राख्नका लागि भारतले 'मधेस कार्ड' लाई बडो जतनका साथ प्रयोग गर्न चाहेको सङ्केत पनि मिलेको छ । भारतले यसअघि पनि मधेस आन्दोलनप्रति सहानुभूति व्यक्त नगरेको होइन । तर, त्यो अहिलेको मुखर्जी शैलीमा थिएन । केही महिनाअघि भारतीय प्रधानमन्त्रीका विशेष दूत श्यामशरणले भनेका थिए, "मधेस आन्दोलनका राजनीतिक मागहरूलाई राजनीतिक रूपमै सम्बोधन गरेर अगाडि बढ्दै आपराधिक गतिविधिलाई नियन्त्रण गरनिुपर्छ ।"

श्यामशरणको यस लाइनलाई आफ्नै हिसाबले बुझेर हो कि आफ्नो परम्परावादी सोच्ने शैलीले हो, प्रधानमन्त्री कोइरालाले विराटनगरमा दिएको वक्तव्यमा मधेस समस्याको राजनीतिक पक्षबारे पूरै मौनता साूध्दै समस्यालाई आपराधिक गतिविधिका रूपमा मात्र बुझेर भारतसूगको सहकार्यको धारणा अघि सारे । तर, राजदूत मुखर्जीले मधेसी नेताहरूभन्दा पनि एक कदम अगाडि बढेर मधेस द्वन्द्वमा भारतको कुनै हात नरहेको भन्दै प्रधानमन्त्रीसूगको दूरी बढेको सङ्केत मात्र गरेका छैनन्, बरु मधेसी सशस्त्र समूहहरूको मन जित्न पनि खोजेका छन् ।

उसो भए के प्रधानमन्त्री कोइरालाले बुझेको मधेस समस्या उनको वास्तविक बुझाइ हो त ? गत माघको मधेस जनविद्रोहताका प्रधानमन्त्रीले अनिच्छापूर्वक गरेको सम्बोधनदेखि अहिलेसम्ममा उनको सोचाइ र बुझाइमा कुनै परविर्तन आएको छ कि छैन ? अनि, के राजदूत मुखर्जीले भनेजस्तै मधेसमा भइरहेको हालको गतिविधिमा भारतीय आपराधिक समूहहरूको कुनैखाले संलग्नता नै छैन त ? नेपालका ठूला दलहरूसूग खटपट बढेपछि मात्र किन भारतको मधेसप्रति सहानुभूति देखिएको हो ? कोइराला-मुखर्जीबीचको दोहोरीले नेपालको समसामयिक राजनीतिमा यस्ता अनेकौू प्रश्नहरू जन्माएको छ ।

विगत केलाउने हो भने श्यामशरणदेखि शिवशङ्करसम्ममा देखिएको मधेसप्रतिको सहानुभूति न वास्तविक हो, न त प्राकृतिक । यो त केवल कृत्रिम हो । दल-माओवादी १२ बुूदे समझदारीदेखि माओवादीलाई सदन र सरकार दुवैमा प्रवेश गराउूदासम्म आफूले खोजेको जस्तै भूमिका पाउूदै आएको भारतलाई पछिल्ला केही दिनमा प्रचण्ड र गिरजिाप्रसाद दुवैैले नटेरेको अनुभव भएको हुनुपर्छ । गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणालीको अड्को थापेर संविधानसभाको निर्वाचनबाट पन्छिन खोजेको भन्दा पनि भारतको योजना र सल्लाहबिना नै माओवादीहरूले त्यसलाई अघि बढाएका कारण भारतीय पक्ष बढी चिढिएको हुनुपर्छ, माओवादीहरूसूग । त्यस्तै, माओवादीहरूसूगको सहकार्य सुरु भएदेखि जनआन्दोलनसम्म भारतको पूर्णरूपेण भारतको हित र चाहनाको रक्षा गर्ने वचनबद्धता प्रकट गर्दै आएका कोइरालाले प्रधानमन्त्री बनिसकेपछिका दिनहरूमा चीनसूग सम्बन्ध बढाएको र भारतले पछिल्लोपटक खोजेका विकल्पहरू खासगरी 'बेबी किङ्' र २०४७ को संविधान ब्यूूताउनेबारेमा खासै गम्भीर नभएकाले यतिबेला भारतीय पक्ष कोइरालासूग असन्तुष्ट भएको हुनुपर्छ ।

तर, भारतीय राजदूत मुखर्जीको अभिव्यक्तिबाट हौसिनुअघि मधेसीहरूले पनि ख्याल गर्नुपर्दछ कि उनको वक्तव्य भोजपुरबाट आएको हो, सिराहा, सप्तरी अथवा धनुषाबाट होइन । कोइरालालाई जवाफ दिनका लागि मुखर्जीले पशुपतिनाथको भूमि काठमाडौूलाई छाडेर सिद्धिकालीको भूमि भोजपुरलाई रोज्नुको पछाडि अरू खासै केही कारण नभए पनि भारतीय सहयोगको विस्तार पहाडी क्षेत्रमा भइरहेकै छ भन्ने सन्देश प्रवाहका लागि हो । नत्र एउटा समाचारको खण्डन गर्न दुई दिन पनि नकुर्ने भारतीय दूतावासका यी प्रमुखलाई कोइरालाको भनाइमा प्रतिउत्तर लगाउन साताभन्दा बढी समय लाग्नुको कारण के ?

भारतको अबको नीतिचाहिू पहाडतिर सहयोग वृद्धि गरेर त्यस क्षेत्रमा व्याप्त भारतविरोधी भावनालाई न्यून पार्दै सन्तुलन बनाइराख्ने र राष्ट्रिय राजनीतिमा ठूला दलहरूलाई ठाउूमा राख्नका लागि मधेस कार्डलाई प्रयोग गर्ने हो, जुन स्पष्टै छ । उसको खास ध्यान सिंहदरबारमा आफ्नो प्रभाव जमाउनेतिर नै छ । मधेस समस्याको समाधान उसको प्राथमिकतामा पर्ने खासै कारण छैन । मधेसमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन -अनमिन) को सक्रियतासूगै भारतका खुफिया एजेन्सीहरूको चलखेल वृद्धिले काठमाडौूलाई कति असर गर्छ, त्यो त पछिको कुरा हो तर मधेसमा झन्झन् तीव्र गतिमा जन्मिन थालेका सशस्त्र समूहका कारण मधेसी समाजले अझ बढी असुरक्षित महसुस गर्दै जानेचाहिू निश्चितप्रायः छ ।

यो पक्का हो कि अबका दिनमा नेपालका राजनीतिक दलहरूसूग भारतको दूरी जतिजति बढ्दै जान्छ, मधेस द्वन्द्वमा सशस्त्र समूहहरूको पनि त्यति नै जन्म भइरहन्छ । लामो समयदेखि काठमाडौूमा राजनीतिक दलहरूलाई एकआपसमा जुधाएर गर्दै आएको वर्चस्ववादी राजनीतिमा यदि आफू पछाडि पर्छ भने ती दलहरूलाई चुनौती दिनका लागि मधेसबाट विकल्प खोज्ने प्रयास भारतले गरी नै रहनेछ । होइन भने गत माघअघिसम्म एकाध मधेसीहरूलाई एजेन्ट बनाएर पाल्नुबाहेक मधेसमा खासै समस्या नदेख्ने भारतले एकाएक सहानुभूति देखाउनुका पछाडि के नै कारण हुनसक्छ

 
अभिमत

सञ्जय उपाध्याय

नया“दिल्लीको पछिपछि

आफूहरूबाहेक सबै राजनीतिक शक्ति र समूहलाई राष्ट्रघाती ठान्ने माओवादी नेतृत्वलाई यति दिन बितिसक्दा पनि लैनचौर प्रकरणले पोल्न छाडेको छैन । राजनीतिक असमझदारी बढ्दै गएको अवस्थामा माओवादीहरूको राष्ट्रवादको खिल्ली उडाउन अन्य दल र पक्षलाई प्रशस्त मौका मिलेको छ । हानि सीमित गर्ने प्रयासमा माओवादी अध्यक्ष प्रचण्डले भारतीय राजदूतसूग यस प्रकृतिको भेटघाट पहिलो नभएको जानकारी दिएर नयाूदिल्लीले उनको पार्टीसूग पहिलेदेखि सम्बन्ध राखेको देखाउन खोजेका होलान् । तर, त्यस कथनले माओवादीका विरोधीहरूलाई नै ऊर्जा दिइरहेको छ ।

प्रचण्ड र डा बाबुराम भट्टराईले गोप्य रहने ठानेको लैनचौर-प्रवेशलाई दूतावासले नै सार्वजनिक गरेको भन्ने चर्चाले प्रमुखता पाएको छ । तर, त्यसको सबैभन्दा महत्त्वपूर्ण पाटो भने ओझेलमा परेको छ । स्वतन्त्र भएदेखि नै भारतले नेपालमा आफ्ना प्रतिकूल राजनीतिक शक्तिको प्रतिष्ठामा आक्रमण गरी नेपाली राष्ट्रियतासूग सम्बन्धित प्रश्नहरूको अवमूल्यन गर्न सफल हुूदै आएको छ ।

त्यसो त भारत सरकार र समाजले आफ्ना स्वार्थहरू नै पूर्ति गर्ने हो । त्यसमाथि हाम्रै राजनीतिक शक्तिहरूको व्यवहारले नयाूदिल्लीको प्रयासलाई सजिलो बनाइदिने गरेको छ । परण्िााम हामीले दशकाूैदेखि भोगिरहेकै छाूै । कुनै पनि स्वाभिमानी सरकारले ग्रहण गर्नै नसक्ने सन्धि राणाशाही टिकाउने सर्तमा मोहनशमशेर राणालाई सही गराउन नयाूदिल्ली सफल भएको थियो । सन् १९५० को त्यो सन्धि गरेको केही महिनाभित्रै राणाशासनको अन्त्य पनि भयो ।

हुन त चीनमा उदयमान कम्युनिस्टहरूले तिब्बत आफ्नो नियन्त्रणमा लिएपछि नेपालमा प्रजातन्त्र स्थापित गराई भारतले यस क्षेत्रमै स्थायित्व कायम गर्न खोजेको बताइयो । तर, त्यसबेलाका भारतीय पत्रपत्रिकाहरू नियालेर हेर्ने हो भने नयाूदिल्ली नेपालमा चीनको खतराभन्दा बाक्लिन थालेको शीतयुद्धमाझ अमेरकिा र बेलायतको बढ्न सक्ने सक्रियताप्रति बढी संवेदनशील रहेको प्रस्ट हुन्छ ।

आमनेपाली अस्ताएका राणाहरूको निन्दा गर्न व्यस्त रहूदा उसबेला भारतीय 'सल्लाहकार' हाम्रो मन्त्रिमण्डल बैठकमा सहभागी हुने हैसियत बनाउन सफल भए । २०१५ सालसम्मको राजनीतिक अस्थिरताका बीच नेपाली प्रशासन, सेना र समग्र विकासको स्वरूपलाई आफू अनुकूल बनाउन नयाूदिल्ली निकै सफल भयो ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले चीन र इजरायललगायतका मुलुकहरूसूग सम्पर्क बढाउूदै नेपालको अन्तर्राष्ट्रिय पहिचान व्यापक बनाउन खोज्दा नयाूदिल्लीसूग उनको सम्बन्धमा चिसोपन आयो । आफूलाई राजा महेन्द्रले प्रधानमन्त्रीका रूपमा हेर्न तयार नरहेको भनी बीपीले जवाहरलाल नेहरूसमक्ष गुनासो गरेपछि नेहरूकै सक्रियतामा बीपी सरकार बनाउन सफल भएको खुलासा केही भारतीय विश्लेषकहरूबाट उतिबेलै भएको थियो ।

सन् १९५९ मा नेपाल भारतको सुरक्षा क्षेत्रभित्र रहेको भन्ने नेहरूको सार्वजनिक भनाइले बीपीलाई कडा प्रतिवाद गर्न कर लगायो । नेपाल स्वतन्त्र निर्णय गर्न सक्षम सार्वभौम राष्ट्र रहेको बीपीको अडानलाई नेहरूले भारतीय संसद्मै समर्थन त गरे तर '५० को सन्धिसूग आदानप्रदान गरएिका गोप्य-पत्र सार्वजनिक गरेपछि मात्र । भारत निर्वासनमा आफ्नो जीवनका अन्तिम वर्षहरू बिताइरहेका मोहनशमशेरलाई नेपालीहरूले एकपल्ट फेर िधिक्कार्न पुगे । बीपीलाई भने नेपाली सुरक्षासम्बन्धी भारतीय व्याख्याले अप्ठ्यारो बढायो ।

राजा महेन्द्रको पालामा कालापानीमा भारतीय सेनाको उपस्थितिलाई पञ्चायत व्यवस्था टिकाउने दरबारको सौदाबाजी भनी देखाउन दिल्ली सफल भयो । दरबारले यसबारे केही गरेको भए पनि भारतले के-कस्ता अर्घेल्याइू गरेको हुूदो हो भन्ने सामान्य चासो पनि अहिलेसम्म नेपालीले राखेको पाइूदैन । सन् '६५ को हतियारसम्बन्धी सहमतिलाई नेपालले रद्द गरेको दुई दशकपछि पनि ०४६ सालमा भारत राजतन्त्रविरुद्ध त्यसलाई प्रयोग गर्न सफल भयो ।

जनआन्दोलनपछि नेपालको नयाू संविधान कस्तो हुनेछ भन्ने भारतीय संवाददाताहरूको जिज्ञासामाझ 'सर्वमान्य' नेता गणेशमान सिंहको अभिव्यक्तिपछि उनको उपयोगिता सकियो । अन्तरमि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसमक्ष त भारतले राजा वीरेन्द्रलाई पञ्चायत व्यवस्था समर्थन गररिहने सर्तमा प्रस्तुत गरेको मस्यौदा सन्धि नै तेर्साउन पुग्यो । सिंहजस्तै भट्टराई पनि एक सङ्कीर्ण एवम् असन्तुष्ट राजनीतिज्ञका रूपमा दर्ज हुन पुगे ।

प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला टनकपुरको दलदलमा फस्दै जाूदा नयाूदिल्ली दरबारसूग सम्बन्ध बढाउन तत्पर भयो । नेपाल विशेषज्ञ प्राध्यापक एसडी मुनिले एक प्रसङ्गमा त कोइरालाको भारतपरस्त छविले भारतकै अहित गरेको समेत लेखे । पञ्चायतकालीन भारत-विरोधलाई त्यस व्यवस्थाको उपज रहेको भनी नयाूदिल्लीले दरबारसूगको सम्बन्ध अझ प्रगाढ बनाउन थाल्यो । त्यसपछिका वर्षहरूमा कति नेता उचालिए, कति पछारएि । नेपाल-भारत सम्बन्धका कुनकुन पक्षसूग त्यस्तो उतार-चढाव गाूसिएको थियो भन्ने कुरालाई त अहिले गौण बनाइसकिएको छ ।

राजा ज्ञानेन्द्र गद्दीसीन भएको वर्षदिन नबित्दै एउटा प्रभावशाली भारतीय दैनिकका सम्पादक काठमाडौू आएर राजासूग अन्तर्वार्ता मात्र लिएनन्, त्यससूगको समाचारमा दलहरूको असक्षमतामाझ दरबारले प्रत्यक्ष राजनीतिक हस्तक्षेप गर्नुपर्ने आशयको टिप्पणी नै गरे । त्यसमा भारत सरकारको कुनै हात थिएन भन्नु त्यस देशको सञ्चार क्षेत्रको संस्कृति नबुझेको ठहरनिेछ ।

'माघ १९' को कदमअघि राजा ज्ञानेन्द्रको भारत भ्रमणको तिथि तय गर्न निकै कसरत भएको थियो । भूतपूर्व प्रधानमन्त्री पीभी नरसिंह रावको देहान्तपछि निर्धारति शाही भ्रमण अन्तिम समयमा रद्द गर्नु परेको थियो । नयाू तिथि तय गर्ने क्रममा एक महिनाभर िफेर िउही जटिलताहरू फर्किनुमा के-कस्ता कारण थिए ? नयाूदिल्लीले भन्ने गरेझूै उसले राजालाई प्रत्यक्ष शासन नगर्न सल्लाह दिएकै थियो होला । तर, राजाले सरकार प्रमुखको पद आफूले नलिएर कुनै 'स्वीकार्य' व्यक्तिलाई दिएको भए घटनाक्रमले अर्कै मोड पो लिने थियो कि ?

यसरी राणा, दरबार, राजनीतिक दलहरू र अहिले आएर माओवादीको राष्ट्रवादको खिल्ली उडाउन पाइरहूदा सन् '५० सन्धि, कालापानी, टनकपुर-महाकालीजस्ता मुद्दामा नेपालको हात उठ्नै नसक्ने गरी तल परसिकेको छ । के राष्ट्रहितको कुरा गर्न कुनै पनि शक्ति र समूहको हैसियत कहिल्यै कुनै प्रहसनकर्ताको भन्दा फरक नहुने नै भयो त


 
Posted on 12-04-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it's an article from the current "Nepal" magazine; it's very long, but gives a clear pictures on who's meddling inside our land and it clearly shows our greatest leaders are being used merely as 'pawns'.

I've used "bold" and "underline" in case u want to get the gist of the article.


 
Posted on 12-04-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MRA - (must read article)

Thanks gahugoro.

 

 


 
Posted on 12-04-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is really a must read and think type of article for every sensitive Nepali and mostly for those leaders who are in policy making level. Actually I was thinking to post this link in SAJHA but you did. 

Thanks for this ........


 
Posted on 12-04-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Irony is dictator king is the only one not for sale. From B.P to Prachanda, they are called visionary through glass made in india. 2007/046/063 all so called public (sheeps) victory was achieved through a hidden herder. What a sad reality for nepal. Salute Birendra for not turning nepal to bhutan, not my favourite but atleast he didn't needed a glass to see the truth. Need to arm every nepali to save it from vultures, that's the only way. No big ideas, speeches or imagination will work to stop another Palestine in making, damage has been already done, wait and see and regret for whole generations.


 
Posted on 12-04-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It seems nepalese intellects have mentally surrendered before India.


 
Posted on 12-04-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I always Knew that India is behind everything that is going on in Nepal Including the Maobadis. How would you explain that maoist and 7 parties agreed to come in peace and work together after that meeting in India. If nepal wants peace than we should find a leader who can take the country out of india's grasp.

 
Posted on 12-10-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Plan A succeeded: पछिल्लो अवधिमा सीमावार ितराईका सांसदहरूलाई समेटेर क्षेत्रीय पार्टी बनाउने अभियानप्रति पनि भारतीय चासो जोडिएको छ । समाचार स्रोतका अनुसार, २०६३ पुस यतामात्रै 'र' का अधिकारीहरूको उपस्थितिमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टीसम्बद्ध तराई मूलका २६ सांसदहरूको बैठक काठमाडौूका होटलहरूमा पटकपटक बसिसकेको छ । "तर, कोही पनि आफ्नो मूल पार्टी त्याग्न तयार नभएका कारण हालसम्म कुनै निष्कर्ष निस्किएको छैन," सहभागी एक सांसदले बताए ।

Many candidates to-be-Lendhup Dorjes of Nepal

Minister, three Madhesi MPs resign from parliament

Citing growing problems in the Terai region, a cabinet minister and three Madhesi parliamentarians from various parties have announced their resignation as members of the Interim Legislature Parliament.

Minister Mahantha Thakur (centre) and other Madhesi leaders organising a press conference in the capital following their resignation from the parliament and their parties on Monday Dec 10 07. Four lawmakers including minister Thakur and five other Madhesi leaders announced their resignation. nepalnews.com/NPA

Science and technology minister Mahantha Thakur, who represents the Nepali Congress party, Hridayesh Tripathi, a lawmaker from Nepal Sadbhawana Party (Anandi Devi), Mehendra Yadav of CPN (UML) and Rastriya Prajatantra Party (RPP) lawmaker Ram Chandra Raya announced their resignations on Monday.

They tendered their resignation to the parliament secretariat. They also quit their party posts.

Similarly, five leaders from Terai - Sarbendra Nath Sukla of Rastriya Janashakti Party (RJP), Anish Ansari, Ram Chandra Kushwaha and Brishesh Chandra Lal of NC and Srikrishna Yadav of UML quit their party posts citing the same reasons.

Organising a press conference at a hotel in Lalitpur this afternoon, the Madhesi leaders said they had decided to quit the parliament and their parties in response to the state's apathy towards solving the problems dogging the Terai people.

They also demanded that the interim government, interim parliament and the judiciary be reconstituted in order to make them inclusive in nature. They, however, said they were not espousing separatist agendas.

Hridayesh Tripathi said they were going to start discussions on the possibility of forming a new party.

NC lawmaker Jaya Prakash Prasad Gupta was also present in the press conference, but he didn’t clarify if he, too, had joined this rebel bandwagon.

The sudden move of Mahesi leaders comes at a time when the seven parties are striving to evolve a consensus to end the current political deadlock. The parties are yet to react officially on these developments. nepalnews.com mk/ia Dec 10 07


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Like us in Facebook!

free counters