[Show all top banners]

SadhanaSharma
Replies to this thread:

More by SadhanaSharma
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मेरी अनलाइन साथी

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 10979 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-21-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा मैले दुइ वर्षजस्तो अगाडि लेखेकी हुँ । पहिले नै मधुपर्क र everestuncensored.org मा प्रकाशितपनि भइसकेको हो, तर साझामा पनि पोष्ट गर्ने रहर लाग्यो .........................

मेरी अनलाइन साथी


म आज निकै निरास छु । हिजो बेलुकापनि आस्था अनलाइन भएकी थिइन। “मेरै कुराले रिसाएर होला नि मैले किन त्यसो भने हुँला!” यस्तै कुराहारुले आज मेरो मनमा खैलाबैला मच्चिएकोछ। “पुकार! के भो यार तलाई आज सन्चो छैन कि कसो?” निशान्तले धेरै पटक सोधिसक्यो, तर पनि हाँसिरहनु, बोलिरहनु पर्ने म आज निरास अनि चुपचाप छु।
आस्था मेरी अनलाइन साथी हो, उ अर्कै कलेजमा पढ्छे । आजसम्म मैले र आस्थाले एकअर्कालाई देखेकाछैनौं । एक वर्षजस्तो अगाडी मेरो र आस्थाको चिनजान भएको थियो । आस्थालाई भेट्नु अघि मलाई “कुनैपनि मान्छेसंग …अलिअलि च्याट गर्दैमा साथीको दर्जा कसरी दिन सकिन्छ होला” जस्तो लाग्थ्यो । कतिपय ठाउँमा त यस्ता इन्टरनेट च्याटिङका विभत्स रुपहरु पनि देखिएकाछन् । त्यसैलेपनि म यसलाई त्यति विश्वास गर्दिनथिएँ । मेरा कतिपय साथीहरुका त अनलाइन प्रेमी प्रेमीकापनि छन्, यस्ता सम्बन्ध त अझैपनि मलाई फेसनको एउटा रुपमात्र लाग्छन् । यस्ता जमाना अनुसार अलि पुराना सोचाइहरु भएको भएपनि मैले आस्थासँग इमानदारी पूर्वक मित्रता गरें । “थाह छ ! मेरो दिमागमा तिम्रो एउटा तस्वीर बनिसकेको छ, म चित्रकार भएकोभए त्यो तस्वीर बनाएर पठाउँथें तर के गर्नु म पोट्रेट बनाउँन जान्दिन ” एकदिन मैले यसो भन्दा फुरुङ्ग परेकी थिई आस्था अनि उसको दिमागमा पनि मेरो छवि भएको कुरा बताएकी थिई ।
म आस्थासँग निकै खुलेर कुरा गर्न सक्छु । देशको परिस्थितिका विषयमा, सिनेमा र हिरोहिरोइनका विषयमा, पढाइका विषयमा, साहित्यका विषयमा, अनि आफ्नै विषयमा पनि मैले ऊसँग धेरै कुरा गरेको छु। एकवर्षको अन्तरालमा हामी बिच निकै गहिरो मित्रता गाँसिएकोछ, मैले आजसम्म उसँग कुनैपनि कुरा लुकाएको छैन । अनि शायद उसलेपनि इमानदारी पुर्वक हाम्रो मित्रतालाई अगाडि बढाएकी छे । कहिलेकाहीँ मलाई लाग्थ्यो ” म कसरी आस्थालाई यति विश्वास गर्न सक्छु र ! उसले भनेका सम्पूर्ण कुराहरु झुठा हुनसक्छन्, मेरो चोखो मित्रता, मेरा पवित्र भावनाहरु कतै भद्दा मजाक बनिरहेका हुनसक्छन् । ” यस्ता कुराहरुले मलाई कहिलेकाहीँ तनावपनि दिने गर्थे तर उसँग अनलाइन च्याट गर्न थालिसकेपछि भने म उसलाई पुरा विश्वास गर्थें । आस्था कसैको काल्पनिक नाम नै किन नहोस्, जसको छवि मैले आफ्नो दिमागमा राखेकोछु, उसैलाई म आस्था मान्छु , मेरी अनलाइन साथी आस्था ।
अस्ति उसले मेरा सामु अनौठो प्रस्ताव राखी । ” पुकार ! हामी भेटौं न एकदिन, आइ रियल्ली वान्ट टु मिट यु भन न कहाँ भेट्ने ?” म छक्क परें । अहिले सोच्दा त त्यति छक्क पर्नुपर्ने कारण केही थिएन । साथी मानेको मान्छेलाई एकपटक हेर्ने इच्छा लागेको होला उसलाई । तर त्यतिखेर मैले यी कुरा सोच्दै सोचिन । मेरो एकोहोरोपन नै त होला यो, म आस्थाको छविलाई नै साथी मान्थें । मेरो कल्पना मा जस्ती आस्था बसेकि छे, म उसैलाई साँच्चैकी आस्था मान्छु र मानिरहन चाहन्छु । यसो सोच्दा त यो मेरो पागलपन नै लाग्छ तर साँच्चै मैले आस्थालाई हेर्ने, उ कस्ती छे, जान्ने इच्छा कहिल्यै राखिन । ऊ पनि त मेरो छवि उसको दिमागमा भएको कुरा गर्थी, म उसको कल्पनाको पुकार भन्दा बिल्कुलै पृथक हुन सक्छु । यही कुराले हाम्रो मित्रता, हाम्रो सम्बन्ध टाढिंदै अनि चिसिंदै जानसक्छ । आस्थाको प्रस्तावपछि यहि सोचेको थिएँ मैले । आफूले सोचेका यिनै कुराहरुलाई बेलिबिस्तार लगाउँदै मैले उसलाई भनेको थिएँ ” आस्था साथीको रुपमा म तिमीलाई गुमाउन चाहन्न त्यसैले आइ एम भेरी सरी टु से, बट आइ क्यान नट मिट यु” । मेरा कुराहरु सधैं सकारात्मक लिने आस्थाले मलाई बुझ्न सकिन । ” ओके ओके! आइ गट इट, तिमी हाम्रो सम्बन्धमा इमानदार रहेनछौ, त्यसैले त भेट गर्न डराउँछौ” ऊ निकै रिसाएकी जस्तो लाग्यो मलाई । सम्झाउन खोज्दैमात्र के थिएँ, आस्था मसँग रिसाएर अफलाइन भई ।
अब त उसको रीस अलि शान्त भयो होला भनेर म हिजोपनि अनलाइन भएँ तर ऊ आइन । अनि मैले उसलाई एउटा लामो इमेल पठाएँ, आफ्नो मन भरिका सारा भावना त्यो इमेलमा छताछुल्ल पारिदिएको थिएँ मैले ।
“आज आस्था अनलाइन आउली कि नआउली ! मेरो इमेल त उसले पक्कै पढी होला, के सोची होला उसले फेरि” यिनै कुराले मेरो मथिंगलमा खलबली मच्चाउँदैछन् आज । आजपनि आस्थाले मलाई बुझिन भने म उसलाई भेट्छु नै बरु तर उसलाई गुमाउन सक्दिन भन्ने निर्णय गरें मैले । आफ्नो एकोहोरोपनका लागि त्यो चोखो मित्रतालाई बलि चढाउन चाहन्न म ।
कलेजमा एउटा बोझिलो दिन बिताएर घर फर्केपछि डराउँदै इन्टरनेट कनेक्ट गरें मैले। आस्था अनलाइन भएको कुरापनि थाह पाएँ तर किन किन उसँग कुरागर्न शुरुगर्नै डरलाग्यो मलाई । ” हाई पुकार तिम्रो इमेल पढें मैले, आइ एम सरी ल मेरो रुड बिहेबियरको लागि !” आस्थाले आफैं कुरा सुरु गरी । उसले मेरो इमेललाई सकारात्मक नै लिइछ, मेरा सारा तनावहरु उसका हरेक वाक्यसँगै घट्दै घट्दै गइरहे । ” तिमी चाहँदैनौ भने म भेट्ने कर गर्दिन, यु आर सो इमेसनल माइ फ्रेन्ड, म तिम्रो भावनामा ठेस पुर् याउन चाहन्न, हामी सँधै अनलाइन साथी भएर नै एकअर्काको सुखदु:खमा साथ दिनेछौं है त! अब त खुशी छौ तिमी ? ” उसले यसो भनेपछि त मेरो हर्षको सीमा रहेन । ” छु आस्था छु, म धेरै खुशी छु, धन्यवाद छ तिमिलाई मलाई बुझिदिएकोमा अनि यति राम्रो मित्रताको उपहार दिएकोमा, थ्याङ्क्स अ लट फर गिभिङ मी सच अ ब्युटिफुल रिलेसनसिप” यसरी आफ्नी साथी सामु आफनो खुशी जताएँ मैले ।
साँच्चै अब म ज्यादै खुशी छु । अघिसम्म बोझिलो भएको मेरो मन, चङ्गा बनेर आकाशमा उड्दै छ जस्तो लाग्छ अहिले । म जे गर्छु भावनामा डुबेर गर्छु, यो कुरालाई कति राम्ररी बुझेकी छ उसले । मेरो भावुकतामा अनि मेरो एकोहोरोपनमा पनि राम्रो मित्र बनेर साथ दिएकि छ उसले । मलाई गर्व छ आज उ प्रति मेरी अनलाइन साथी, आस्थाप्रति ।


Last edited: 21-Dec-07 11:36 AM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-21-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice story.....
 
Posted on 12-21-07 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि अनलाइन साथी छ एकजना।
 
Posted on 12-21-07 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भावात्मक कथा रहेछ। तर काल्पनिक सम्बन्ध मा त्यस्तो आत्मियता पाउन सकिएला र? 

Crazy_love को अनलाइन साथी च्याङ्बा हो ?  


 
Posted on 12-21-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have an online girl friend, she is in different state, we talk every day on phone and some times on webcam. We share everything to each other, even her family knows me and talk to me.
Last edited: 21-Dec-07 10:07 PM

 
Posted on 12-22-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ho ra? Samosa ji, is this possible to believe somebody as an eternal part of your life without seen him/her personally? I do not believe in these sorts of online friendships, affairs. please tell me, are you serious? Online relationship is to much prone to be broken down soon hoina ra? Please do not take it as offense hai, I am asking genuinly!!
 
Posted on 12-22-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think, you could find good people sometime.

 


 
Posted on 12-22-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NewKt ji, In my personal opinion, the most important things to make any sort of relationships strong, are honesty and trust. If you trust your online friend and you are honest to him/her, then online friendship is possible. After all, you need not to know how s/he looks like to be his/her friend, isn't it?
 And i totally agree Destiny 2007, sometimes you could find really good people.
Anyways, thanks a lot for your comments.
Last edited: 22-Dec-07 04:10 PM
Last edited: 22-Dec-07 04:11 PM

 
Posted on 12-24-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Exactly, SS,

tara online sathi sadhai offline bhayera po maryo yeha ta.

 


 
Posted on 12-24-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-27-07 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, Online saathi lai mail pathayera online bolaunus na ta!! Aaihalne po ho ki !
Cow boy, if you are saying "its fun" for my story, thanks a lot.
 
Posted on 12-27-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i have also online gf almost we spend 4-5 hrs in net,,though we r in different country so how and why  retation is bound with us .. may b distance doesnot make any effect in my view...so guys any conclusion for me coz me stiil in confusion abt ours relation...though we share a tiny things with in 2 hrs,,so plzzzzzzzzzz help me
 
Posted on 12-27-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sadhana jyu, very nice story!!!

 
Posted on 12-27-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन्डै छुटेको रहेछ यो अध्याय। जति बढी लेखहरु पढन पाउँछु मलाई त त्यति राम्रो लाग्छ। समयसामयिक बिषयबस्तुको प्रस्तुती रमाईलो लाग्यो।
 
Posted on 12-27-07 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sadhana Ji, kasto ramro laagyo sabai lai milne virtual world ko story, ghar ghar ki kahani jastai laagyo


 
Posted on 12-27-07 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SS ji, this is a nice story but do u think it can be true in a real world?  
 
Posted on 12-27-07 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks to Dipika ji, Deep ji , Kancha ji  and Kalejo ji for appreciating my work. Kalejo ji, I do think this can be true.
 
Posted on 12-27-07 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is really nice to be a online girl friend or boy friend if they trust each other.  I have friend for 14 months...I have never seen her...I am going to see her after 2 months...she loves me alot and so i do...

 
Posted on 12-28-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awesome story!  Thanks for sharing SadhanaSharma ji. As everyone said here before than me here,  I have one great online friend as well; it's been almost 5 yrs now. And this story reminds me of her. Next time I saw her online, I will let her know about this story, I bet, she will love this story! thanks again SadhanaSharma Ji!

wow.nepal


 
Posted on 12-30-07 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its really good to know about samosa's love story. And wow nepal, thanks for appreciating my story. I also believe in online friendship.

 
Posted on 12-30-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La Sadhana Jee ramro lagyo yo ONLINE katha. Thanks for sharing hai.  Kahilekai ta real frineds bhanda Online frens nai badhi helpful hunchhan.


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters