[Show all top banners]

rmxyz

More by rmxyz
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Where is our young generation heading??
[VIEWED 1021 TIMES]
SAVE! for ease of future access.
Posted on 12-24-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०८ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

तन्नेरी

कलेज 'बङ्क' गर्दै डिस्को


किरण पाण्डे

बुधबारदेखि शुक्रबार बिहान साढेसातदेखि मध्यान्ह बाह्रबजेसम्म काठमाडौं, सुन्धाराका बेबिलोन र एक्सबार डिस्को बिहानी कक्षा छोेडेर आउने राजधानीका निजी कलेजका विद्यार्थीले भरिन्छन्।

घरबाट किताब–कापीको झ्ोला बोकेर क्याम्पस हिँडेका विद्यार्थीहरू अभिभावक र क्याम्पसलाई ढाँटेर कलेजकै ड्रेसमा बिहान सबेरैदेखि डिस्को पुग्छन्। तर उनीहरूका यस्ता क्रियाकलापप्रति 'व्यस्त' अभिभावक र पैसा भए पुग्ने निजी कलेज सञ्चालकहरूले त्यति चासो दिएका देखिँदैन।

कलेजकै पोशाकमा एउटा डिस्कोमा छिरेको यो संवाददाताले मुटु थर्किने स्वरमा बजेको अङ्ग्रेजी गीतमा नाचिरहेका जावलाखेलस्थित वेलह्याम्स कलेजका कक्षा ११ का एक विद्यार्थीलाई आफू पहिलो पटक आएको बताउँदा उनले सधैँ क्याम्पस बङ्क गरेर आउन उक्साउँदै भने, “अझ् जोडी लिएर आउनु पर्छ सोम, बडो मजा हुन्छ। घरमा कलेज गए, नगएको कसलाई थाहा हुन्छ र?” त्यो दिन डिस्कोमा उपस्थित झ्ण्डै चार सय विद्यार्थीमध्ये मञ्जुश्री स्कूलमा पढ्ने कक्षा १० का केही किशोर–किशोरी पनि थिए।

विद्यार्थीहरूलाई लक्ष्य गरेर बिहान–बिहान 'बङ्कर्स पार्टी' चलाउने डिस्को क्लबहरू त्यसबापत एक बिहानको कम्तीमा रु.१५ हजार लिन्छन्। केटाकेटी बटुल्ने जिम्मा लिने कलेजका केही विद्यार्थीहरू रु.५० देखि १०० को प्रवेश शुल्क कम पार्न र आफूलाई नाफा समेत निकाल्न सक्दो धेरै साथी लैजाने र कलेजमा भएकालाई मोबाइलमा फोन गरेर समेत बोलाउने गर्छन्। एक्स बारका मेनेजर सोमप्रसाद निरौलाले डिस्कोमा रक्सी–चुरोट बन्देज गरिएको बताए पनि प्रायः सबैको हातमा डान्सबारमै खिल्लीको रु.१० मा बेचिने चुरोट धुवाइरहेको देखिन्थ्यो। कतिपय विद्यार्थी बाहिरै रक्सी पिएर आई झ्ुम्म परिरहेका थिए, कसैकसैको मुखबाट गाँजाको गन्ध समेत आएको थियो। केटीहरू पनि केटाहरू सँगसँगै लागेर चुरोट तानिरहेका थिए। सल या झ्ोलाले मुख छोप्दै डिस्को छिर्ने केटीहरूमध्ये केही कलेज ड्रेसमा नाच्दानाच्दै त्यो पनि खोलेर स्लीभलेस भेष्ट र स्ल्याक्समा नाच्न पुगेका देखिन्थे।

नियन्त्रणमा निरीहता

२१ मङ्सिर शुक्रबार एक्सबारको क्लब भीमा भेटिएका वेलह्याम्स, प्राइम, किस्ट, जेभियर इन्टरनेशनल, क्यापिटल, काठमाडौँ भ्याली, भीएस निकेतन, क्याम्पियन कलेजका विद्यार्थीहरूमध्ये धेरैले मनोरञ्जनका लागि सधैँ आउने गरेको बताए भने केहीले साथीहरूको लहैलहैमा पहिलो पटक आएको बताएका थिए। कलेजका बिहानी कक्षामा अनुपस्थित हुने विद्यार्थीहरू डिस्को, पार्क वा सिनेमा जाने गरेको जानकारी हुँदाहुँदै पनि कतिपय कलेजहरूले रोक्ने प्रभावकारी उपाय गर्नुको साटो 'अनुपस्थिति' बापत निश्चित रकम जरिवाना लिएर छाड्ने गरेको पनि पाइयो।

प्राइम कलेजका प्रशासकीय अधिकृत किरणकुमार रञ्जितका अनुसार पछिल्लो दुई हप्तादेखि उनको कलेजमा शुक्रबार ११ र १२ मा विद्यार्थी उपस्थिति २० देखि २२ प्रतिशतले घटेको थियो। कमलपोखरीको किस्ट कलेजका प्रमुख प्रशासकीय अधिकृत तक्षकुमार राईले बिहीबार र शुक्रबार व्यवस्थापन समूहका १५ प्रतिशत विद्यार्थी अनुपस्थित भएको बताए। केही समयअघि कलेजले बेबिलोन डिस्कोलाई कलेज ड्रेसमा आएकालाई नछिराउन र क्याम्पसमा खबर गरिदिन अनुरोध समेत गरेको जानकारी दिँदै प्रशासकीय अधिकृत राई भन्छन्, “उनीहरूको व्यापारमा घाटा हुने कुरो किन गर्थे? जति गरे पनि कलेज बंक गरेर डिस्को जाने प्रवृत्तिलाई निरुत्साहित गर्न सकेनौँ।” एक्स बारका मेनेजर निरौलाको भनाइ थियो, “विद्यार्थी आफैँले सोच्ने कुरा हो, हामी कसैलाई नआऊ भन्दैनौँ।”

कलेजहरूले आफ्नो कमजोरीलाई अभिभावक र स्थानीय प्रशासनको दोष देखाएर पनि ढाकछोप गर्ने गरेका छन्। प्राइम र किस्ट दुवै कलेजका प्रशासकीय अधिकृतहरूले विद्यार्थी कलेज नआए अभिभावकलाई फोन गर्ने गरेको, तर उनीहरूले चासो नदिएका र नियमन गर्ने प्रशासनिक निकायले पनि ध्यान नदिएको बताए। यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सुरक्षा निकाय वा प्रशासनले पनि कुनै पहल गरेको छैन। महानगरीय प्रहरी प्रमुख सर्वेन्द्र खनाल यसबारे जानकारी नभएको तथा स्थानीय प्रशासन र सामाजिक सचेतना विना प्रहरीले मात्र नियन्त्रण गर्न पनि नसक्ने बताउँछन्। प्रहरी उपरीक्षक खनालको धारणा छ, “क्याम्पस ड्रेसमा डिस्को विल्कुल गलत हो। क्याम्पसले बङ्क गर्ने विद्यार्थी कहाँ जान्छन् जानकारी दिने हो भने हामी कारबाही गर्न तयार छौँ। त्यसरी सिनेमा हल जाने विद्यार्थीहरूको निगरानी शुरु भइसकेको छ, यसमा पनि अब गर्छौं।”

शिक्षा मनोविज्ञ प्रा. चिरञ्जीवी शर्मा यस्तो संस्कृतिको सुरुआत राजधानीमा तडकभडक देखाएर सञ्चालन भएका कलेजहरूबाट भएको ठान्छन्। उनका शब्दमा, “विद्यालयबाट भर्खर आफूलाई खुला महसूस गरेका किशोरवयका विद्यार्थीप्रति अभिभावक र कलेज दुवैले सचेत भएर सीपयुक्त, कार्यमूलक र व्यावहारिक शिक्षामा जोड नदिने हो भने यसले विद्यार्थीमा गलत प्रवृत्ति विकास गर्न सक्छ।”

अनमोलमणि पौडेल

Courtesy : Himal bi-weekly

People Say in Nepal that there is chhadaa prabriti in USA but see in Nepal even 17-18 years old boys and girls are allowed in Disco and not only that even smoking and drinking are also allowed.  What a pathetic law and order in our country........ God save Nepal...........


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters