[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मैले नभेटेको प्रेमी।

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 14427 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-24-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

साझा log in गर्ने बितिक्कै you have a got a mail.. भन्ने message थियो। धेरै पहिले देखि मैले केहि लेख्न पाएकी थिन। जीबनका केहि addiction हरु मध्ये साझा पनि एक हो मेरो लागि। mail एक जना पाठकबाट आएको थियो।

"मेरी प्यारी लेखिका,
तिम्रो कथाहरु पढ्न नपाएको धेरै भयो। म तिम्रो कथाहरुमा जीबनको प्रतिबिम्ब पाँउछु। त्यो तिम्रो कथा नभएर मेरो हो जस्तो लाग्छ कहिले काहिं र इर्श्या पनि लाग्छ तिमिसङ। तिम्रो लेखाइसङ। प्रेमपुर्ण डाह लाग्छ मलाइ। म किन तिमिजस्तो आफ्नो भोगाइहरुलाइ आकार दिन सक्दिन? म किन तिमी जस्तै भावहरुलाइ रङ भर्न सक्दिन? तिम्रो कथामा मलाइ खुशी लाग्छ र कहिलेकाहिं दुख पनि। तिमी कथालाइ जिबन्त बनाउछौ। कति पनि क्रितिमता छैन तिम्रो अभिब्येक्तिमा। कति सरस र सरल छ तिम्रो लेखाइ। के म तिमीलाइ तिम्रो अर्को कथाको लागि बिशेस अनुरोध गर्न सक्छु।

तिम्रो शुभेच्छुक,

mail न्यानो थियो र मिठो पनि। कसलाइ राम्रो लाग्दैन र तेस्तो भावपुर्ण अनुरोध पढ्दा reply गर्न थाल्छु म।

शुभेच्छुक जी,

तपाइको मेलको लागि धेरै धन्यबाद। म जस्तो सामान्य लेख्ने मान्छेको तेति धेरै प्रसंशा गर्नु भएकोमा अलि अलि संकोच पनि लाग्यो। म चाँडै नै अर्को कथा लेख्ने कोशिश गर्नेछु।
CL
मेरो नयाँ कथा पोस्ट गरेको केही छिनमा नैं अर्को मेल आँउछ 'शुभेच्छुक ज्यु' को।

प्यारी लेखिका ज्यु,
एस कथाले मेरो मन जित्न सकेन। तिम्रो कथाको plot अति नै निरस थियो। यो कथा पढेर मलाइ waiting for Godot को याद आयो। हामी त्यो के पाउन मरि हत्ते गरेर हिडिंरहेका छौं जीबनमा? तिमी आफ्नो लेख्ने शैली परिबर्तन नगर। तिमी जसरी लेख्ने गर्छौ, तेसरी नै अघि बढ। म तिमीलाइ तिमी जस्तै भएको हेर्न चाहन्छु।
फेरि अर्को राम्रो कथाको प्रतिछ्यामा।

शुभेच्छुक।

मैले तेस्को reply पनि दिन करै लाग्यो। किनभने उ मेरो पाठक मात्र थिएन, एउटा इमान्दार आलोचक पनि थियो। उसको feed-back हरु मलाइ खुशी बनाउने भन्दा पनि मेरो लेखाइलाइ प्रभावशाली बनाउन प्रेरणा दिने खालको थियो।

शुभेच्छुक ज्यु,

फेरि पनि तपाइको आलोचनाको कदर् गर्छु र अर्को चोटि राम्रो लेख्ने प्रयास गर्नेछु।
CL

केहि दिनपछिको rest पछि मलाइ नयाँ plot लेख्न मन लाग्यो र हतारमा पोस्ट गरें। एसपल्ट कुनै मेल आएन 'शुभेच्छुक' को। शायद उ ब्यस्त भएको हुन पर्छ, मेरो कथा पढ्न नभ्याएको पनि हुन सक्छ। मलाइ उसको मेल पढ्ने बानी परेको जस्तो भयो। उ मेरो आलोचक, शुभेच्छुक, साथी अनि प्रेरणाको श्रोत। म उसको मेललाइ miss गर्छु र उसलाइ पनि। मलाइ थाहा छैन उ कस्तो छ? के गर्छ? किन मलाइ मेल लेख्छ? मेरो कथा किन मन पराउछ?
केहि हप्तापछि फेरि उसको मेल आँउछ। म खुशी हुन्छु र पढ्न थाल्छु।

"मेरी प्यारी लेखिका,

तिमीलाइ यो मेल लेख्न धेरै प्रयास गरेको हुँ। तर हरेकचोटि एक प्रकारको असजिलो महसुस हुन्थ्यो। म तिम्रो कथा मात्र होइन, तिमीसङ प्रेम गर्न थालेको छु। शायद यो पागलपन हो। के एस्तो हुन्छ बास्तबिक जिन्दगीमा? तिमी मेरो कल्पनामा छौ। तिम्रो कुनै ठोस आक्रिति छैन। तर तिम्रो सोचाइमा मेरो बिहान सुरु हुन्छ र तिम्रो सपनाले रात बिति जान्छ। म एस घडि प्रेममा मुग्ध छु। तिमीले मलाइ भेटेकि छैनौ र मैले तिमीलाइ देखेको छैन। तर पनि म लिप्त छु तिमीसङ, तिम्रो लेखाइ सङ अनि तिमी सङको मधुर कल्पनामा।
म आफै चकित छु। यो के भै रहेछ मेरो जीबनमा? म किन तिम्रो शब्द शब्दलाइ प्रेम गर्छु, तिम्रो नामलाइ मन पराउछु?
तर तिमी चिन्ता नगर मेरी प्यारी लेखिका, यो प्रेमले तिमीलाइ बिथोल्ने छैन न त तिमीलाइ भौतिक रुपमा पाउने लालसा छ मलाइ। तिमी त मेरो जिबनको अभिन्न अङ हौ। मैले तिमीलाइ पाइ सकेको छु ह्रिदयमा। तिमी स्विकार वा अस्विकार। प्रेम आफै हुन्छ। कसैले चाहेर हुदैन। न त खोजेर हुन्छ। म तिमीलाइ तिम्रो लेखाइमा अबरोध बन्न चाहदिन र अब देखि स्वस्थ आलोचना गर्न सक्दिन। किन भने प्रेममा म तिमीलाइ सधै सुन्दर देख्छु र तिम्रो प्रत्येक कथाहरु असाधै राम्रा हुन्छन् मेरो लागि। मेरो प्रतिक्रिया अब देखि biased हुन सक्छ। त्यो तिम्रो प्रगतिको लागि राम्रो हुँदैन। छोड यी सारा ब्यर्थका कुरा। तिम्रो लागि म एक 'शुभेच्छुक' मात्र हुन सक्छु, प्रेमी होइन।
तिमीले लेखेको कबितामा जस्तै मलाइ पनि तिमीलाइ पाउनु वा गुमाउनुको कुनै अर्थ नै छैन। पाउनु भनेकै गुमाउनुको अर्को 'रुप' हो। म तिमीलाइ एसरी नै आफ्नो सोचाइमा पाइ रहन चाहन्छु।
तिमीले लेखाइलाइ निरन्तरता दिनु। कहिले नरोक्नु। मेरो प्रतिक्रियाको लागि कुरेर नबस्नु। मैले अघि नै भनि सके नि, म तिम्रो प्रेमी भैसके। अब मेरो प्रतिक्रिया तिम्रो लागि honest हुन सक्दैन। म तिम्रो प्रेमको गहिराइमा डुबिसकेको छु। उत्रिन्छु वा उत्रिन्न थाहा छैन। तर यो पल मलाइ मायामा रमाउन देउ, मेरी लेखिकासङको अलौकिक मायामा।

तिम्रो सफलताको कामना गर्दै,
उहि तिम्रो नभेटेको प्रेमी।

शुभेच्छुकको त्यो अन्तिम मेल पछि मलाइ यस कुराको दुख लाग्यो कि मैले एउटा राम्रो आलोचक गुमाए र सोच्न थाले त्यो कहिले नदेखेको र नभेटेको अलौकिक प्रेमीको बारेमा।


( नोट: यो कथा पूर्णत काल्पनिक भएको कुरा समस्त पाठकलाइ जानकारी गराउन चाहन्छु र प्रतिक्रियाको लागि खुलेर लेख्न हुन अनुरोध गर्दछु। )

Last edited: 24-Dec-07 07:02 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-24-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting one. I rarely write anything in the threads of story and poems because I don't how to write in the similar way as they express. Writing "very nice story, I liked it keep it up" is not so good culture, I think. But this story made me a thought that there might be many readers who write personal mails. There are many postings ( both for and against) which mostly appreciate the style of writings. In this context, though you have written ( नोट: यो कथा पूर्णत काल्पनिक भएको कुरा समस्त पाठकलाइ जानकारी गराउन चाहन्छु र प्रतिक्रियाको लागि खुलेर लेख्न हुन अनुरोध गर्दछु। ) , writers should have faced this situation. I hope this story will discourage them to write personal mails rather than sajha postings.

Parbatya

 
Posted on 12-24-07 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy Love,

 I loved the way u wrote this short story. Its a different style and ur imagination should be appreciated. As an interested person in literature, i see ur good creative art and potentiality. Keep it up.

-Nepal Premi.


 
Posted on 12-24-07 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद साथीहरु एहाँहरुको प्रतिक्रियाको लागि,

जब म यो कथा पोस्ट गर्दैथे, मलाइ कता कता डर लागीरहेको थ्यो। कतै कथाको अर्थ बिग्रने त होइन। मेरो कल्पनामा प्रेमको कुनै सीमित परिभासा हुन सक्दैन र। येस कथाको 'प्रेमी' को प्रेम भिन्दै प्रकारको छ I am crazy, ...I? अलिकति divine र अलिकति virtual जस्तो। मलाइ खास शब्द आएन  लेख्नलाइ। अनि फेरि कहिलेकाहि हामी infatuation लाइ पनि love भनेर confuse हुन सक्छौं। जे भए पनि प्रेममा अलौकिक शक्ति हुन्छ र रमाइलो अनुभुति पनि हुन्छ।

Thanks again for your great support,

CL


 
Posted on 12-25-07 3:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

( नोट: यो कथा पूर्णत काल्पनिक भएको कुरा समस्त पाठकलाइ जानकारी गराउन चाहन्छु र प्रतिक्रियाको लागि खुलेर लेख्न हुन अनुरोध गर्दछु। )

बिल्कुल गलत- यो काल्पनिक हुन सक्दैन या हैन ! यो यथार्थ हो !


कथा छोटो-मिठो छ ! प्रस्तुति मुख्य हो...जुन उत्क्रिष्ठ छ !


 
Posted on 12-25-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, I have a very high regard for your imagination. I always admire your creativity. You rock!!!!! 

And also I agree with Sate ji, "यो काल्पनिक हुन सक्दैन या हैन ! यो यथार्थ हो !"

 keep it up CL,


 
Posted on 12-25-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pjna, अर्को चोटि अलिकति लामो लेख्ने प्रयास गर्छु नि ल। अल्छि भइन भने।

NKC, अब देखि बिग्यापन गर्नु पर्ला CL को कथा पढ्नेलाइ एउटा Vitamin को चक्की free मा दिइनेछ। Just kidding

sharu bhakta, धन्यबाद।

Parbatya, लाखोंकी बात की आपने। Thanks for dropping in your valuable comments.

Nepal Premi, म प्रयास गर्नेछु है त अझै राम्रो लेख्नलाइ।

SateLite,

बिल्कुल गलत- यो काल्पनिक हुन सक्दैन या हैन ! यो यथार्थ हो !


धरोधर्म होइन भन्या यो साँचैको।

Dipika, And also I agree with Sate ji, "यो काल्पनिक हुन सक्दैन या हैन ! यो यथार्थ हो !"

सत्य होइन के, गाइको मासु खाए पाप लागोस ल। मलाइ तेस्तो प्रेम गर्ने मान्छे नै जन्मेको छैन भन्या यो सन्सारमा। Trust me. ha ha ha ...


 
Posted on 12-25-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL aru ta thikai ho tara malai saru_bhakta bata kina sharu_bhakta banaunu bhako?

 
Posted on 12-25-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyo pakka BIRKHE Maila ko kam ho..........
 
Posted on 12-25-07 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saru_bhakta Ji,

Sorry for my typing error.

Amazing Ji,

Lau na aba birkhelai kina dosh ni ? marne bho birkhele malai.

YO KATHA REAL HOINA KE. Pashupatinathko kasam bhanya........

Prabhu rachyaa gara sabaiko aba


 
Posted on 12-26-07 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो यो पाक्का पनि बिर्खेकै काम हो॥॥॥ लौ जा त मैले पनि भन्दे।।।....:P:P

nice work...

 
Posted on 12-26-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Tyo pakka BIRKHE Maila ko kam ho jhilke daa kina hamro birkhe da lai testo aarop lagaunu bhaako.

CL ramro lagyo hajur yo lekh. keep it up

 
Posted on 12-26-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा! झन सुटुक्क इमेल गरेको यता साझामा कथा राख्देर, झिल्के र हर्केले थाहा पाइ हाले नि! :)

अब देखि 'शुभेच्छुक' को ठाउँमा सिधै 'बिर्खे' लेख्नु पर्यो, यसै थाहा भयो त्यसै थाहा भयो!

 

जे होस, मजाले डायरी स्टाइलमा रेछ कथा, मजा लाग्यो पढेर।

 


 
Posted on 12-26-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy Love good job keep it up....aajhai dherai dherai lekhnu hai

Best of Luck

 
Posted on 12-26-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy Love good job keep it up....aajhai dherai dherai lekhnu hai
Specially i like the title "Maile Nabheteko Premi"

Best of Luck

 
Posted on 12-26-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केदाइ,

लौ न "बिर्खे जी" लाइ किन देखि नसहनु भाको? सन्चै हुनुहुन्छ?

Uptowngal, होइन ब्यारे "बिर्खे" मेरो नभेटेको प्रेमी होइन के।

बिरु, साँच्ची नैं तिम्रो नाम राखिदिउँ त? दुनिया जले तो जले भनेर। हा.. हा.. हा.........

unforgiventale, धन्यबाद येहाँको प्रतिक्रियाको लागि।

सत्ते सत्ते, धरोधर्म, राम राम, "बिर्खे माइला जी" मेरो कथाको पात्र होइन भन्या।


 
Posted on 12-27-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सत्य होइन के, गाइको मासु खाए पाप लागोस ल। मलाइ तेस्तो प्रेम गर्ने मान्छे नै जन्मेको छैन भन्या यो सन्सारमा। Trust me. ha ha ha "  ....so funny response by CL. lol !!

CL, do you think I might be that person, lol!! just kidding. You always have a unique style of writting your stories, this one is awesome as well. And as other readers here I also doubt it, when you said its a fictious story! 

सधैं झै मिठो छ!  तर कता कता सत्यता लुकेको भान भने पक्कै हुन्छ, म त सांचो कथा मा आधारित हो भन्ने सोच्दै पढदै गरेको है, लास्ट म पो एसो लेखेको देखें "कल्पनामा आधरित भनेर", धेरै पछी पढ्न पाउंदा धेरै नै रमाइलो लाग्यो, आज भोली दीप जि ले नि अली थकाई मार्दै हुनुहुन्छ जस्तो छ। hapy new year! hope and wish all of you enjoying this holiday season!

wow.nepal


 
Posted on 12-27-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow. nepal Ji,

How have u been? when r u going to write again?

Anything is possible in the world except the character of my story. he he he. joke gareko matra.

Thank u for your great comment.


 
Posted on 12-27-07 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पर्भु म कतातिर जाउँ, अहिले आएर म त्यो कथाको पात्र हैन रे!

हाय मेरे फुटे करम!

तेरि जुल्फोँसे जुदाई तो नहिँ मांगि थि

कैद मांगि थि रिहाइ तो नहिँ मांगि थी


 
Posted on 12-27-07 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe_mailaji
 
Congratulation on being at the centre stage. "kuro bujhnu deutaa pujnu"

Parbatya
Last edited: 27-Dec-07 07:11 PM

 
Posted on 12-28-07 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरु जी,

मलाइ त मेरो भन्दा पनि तपाइको जुल्फेंको माया लाग्यो नि। किनभने त्यो च्याङ्बाले लिस्टमा तपाइको नाम first मा लेखेको छ रे अनि अब बिरेलाइ ठोक्छु भन्दै खोज्दैछ। Myaadi पनि आजकल लुङि छोडेर pant लाउन थालेको छ रे belt सहित च्याङ्बाको डरले।

 

Parbatya Ji,

ल है, च्याङ्बाले के के गर्ने हो?


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters