"उ बुवा आइ पुग्नु भयो, भन्दिम?" मेरो भाई करायो।
"खै? त्यत्तिकै भन्छस" डर लाग्य्या छ भन्दैमा कम्फर्म नगरि बसेर नि भाथिएन नि फेरि, यता उता हेरे नदेखे पछि ढुक्क हुदै ठुलो स्वर ले भने "आए म डराउन्न! " भन्नलाइ भने मुटु ले ठुलै ढ्याङ्रो बजायो "दर्शन गरे बुआ" आमा को स्वर सुनेपछि।
---------------
बुवा भनेको मेरो हजुरबुवा --बाबा ले बुवा भनेर हामि सबै को पनि बुवा-- २ दिन अगाडि ठुलो हजुरबुवा को मा जानु भएको थियो, श्राद परेको भएर। वहा हरुको पनि बुवा, मेरो झन कुप्रो हजुरबुवा को श्राद दुइ दाजु भाइ ले जैले पनि संगै भएर गर्नु हुनथ्यो, त्यहि पर्या थियो।
हाम्रो स्कुल जाडोको बिदा थियो। म भन्दा डेढ बर्स सानो मेरो भाइ र म लाइ स्कुल छुटि भा बेला धान्न मेरि आमा लाइ हम्मे हम्मे पर्थ्यो-- हाम्रो उपध्रो ले। सानै थियोउ नि हामि पनि, नभए कस्ले गर्थियो र जानि जानि त्यस्तो आमा लाइ दिक्क लाग्ने काम।
त्यो दिन उता पल्लो घर का अन्जना र उसको भाइ सागर पनि हाम्रै घर मा खेल्न लाइ आए का थिए । के खेल्ने भनेर सल्ला गर्दा सबै को टिचर टिचर बनेर खेल्ने निधो भयो।
"म अर्पना म्याम बन्ने" स्कुल कि छुच्छि अर्पना म्याम मात्र टिचर हो जस्तो लाग्ने त्यो बेला, त्यस्तै बनेर सब लाइ थर्काउने कत्रो रहर आफ्नो-- भनि हाले।
"नाइ नाइ" उनिहरुले भन्दै थे-- पालै पिलो सबै जना टिचर बनेर खेल्ने कुरा गरेपछि सबै खुसि भएर "ल ल" भन्न थाले। यो पटक म टिचर बाकि तिन जना स्टुडेन्ट।
मेरो भाइ ले एउटा सानो लौरो पनि ल्याएर दियो, लौरो देख्ना साथ चस्मा अनि हजुरबुवा नभएको याद आयो-- "आहा! के चाइयो र अब त्यहि बाकि थियो --त्यो चस्मा लाएपछि म अर्पना म्याम जस्तै देखिन्न होला त ? "- सोच्दै कुदे हजुरबुवा को कोठा तिर।
बुवा लाइ नजिक को हेर्न लाइ, पढ्न लाइ एउटा चस्मा चाहिने --त्यो स्पेसल चस्मा थियो बाहिर जादा अर्कै लाउनु हुनथ्यो, तर बोक्न लाइ यो पनि बोकेरै हिड्नुहुन्थ्यो। अस्ति मात्र के भएर हो कुन्नि बिर्सिनु भएछ। उता ठुलो हजुरबुआ कहा पुगिसकेपछि था पाएर फोन गर्नु भएको थियो - आमा ले "पठाइदिउ त बुवा" भने को सुनेकि थिए मैले।
चस्मा लगाए! -- राम्ररी केहि पनि देखिन-- तैपनि खोल्न मन लागेन। टाउको माथि तिर फर्काएर चस्मा मुनि बाट हेर्दै फर्किदै थिए, ढोका मा राखेको म्याट मा अल्झेर घोप्टो परेर पछारिए-- चस्मा उछिटिएर उत्तानो परेछ -- म लडेको सुनेर मेरा स्टुडेन्ट हरु पनि दौडदै आए।
हतार हतार घुडा टक्टक्याउदै उठेर गएर चस्मा टिपे--एउटा आखा को सिशाइ छैन।
"उ!" अन्जना को भाइ ले देखायो। सिशा त फुटेछ ।
मेरो भाइ ले टिप्यो त्यो फुटेको सिशा -- अन्जना हरु भागे।
यहि कुरा ले हिजै देखि मेरो भाइ ले "उ बुवा आउनु भयो !" भनि भनि मलाइ झस्याङ झस्याङ तर्साइ राखेको थियो। अति भए पछि मैले पनि -- उस्ले माउसुलि को बच्चा हजुरबुवा को बेत को लट्ठि ले, हजुरबुवा नभएको बेला मा कुच्चाइ कुच्चाइ मारेको थियो --त्यहि भन्दिन्छु भने। भाइ चुप लाग्यो -- सम्झौता भयो - दुबै चुप लाग्ने। चस्मा खोल सहित स्टोररुम मा लुकाइयो।
---------------------
यो पटक भने सच्चै भनेको रहेछ मेरो भाई ले -साझ पर्या थ्यो, बुवा साच्चै आइपुग्नु भएको रहेछ -- साझ मा बुवा ले खासै पढ्नु हुन्न, पढ्ने भन्या भोलि बिहान को पत्रिका हो -- बिहान सम्म था पाउनुहुन्न भनेर अलिकति भए पनि मन ढुक्क भयो।
भाइ र म दुबै बुवा नेर गैइम, नगए फेरि बदमाशि गर्या शंका होला भनेर। नानु, ठुलो हजुरबुवा कि नातिनि पनि आएकि रहेछे, २-४ दिन हामि का बस्न लाइ, स्कुल छुट्टि भएको ले । नानु लाइ देख्न साथ अब चुटाइ खा यस्ले पनि देख्ने भैइ भनेर के गरौ र कसो गरौ जस्तो भयो।
बुवा ले हामि दुबै लाइ बोलाएर आफु नजिक लिनु भयो अनि "Pjnनु, ल भन के के गर्यौ तिमिहरु ले म नभएको बेला? "
यो उहा को सधै सोध्ने प्रस्न हुनथ्यो कतै बाहिर गएर आउदा को।
मेरो भाइ खितखित्खित हास्यो --म भने चुप लागे-- "हजुर को चस्मा फुटाए" भन्न नमिल्ने-- बाकि त्यसो सुनाउने काम गर्या केहि होइन।
"कहिले स्कुल लाग्ला जस्तो पारिसके बुवा" आमा ले चिया राख्दै हजुरबुवा लाइ सुनाउनुभयो।
धन्न चस्मा फुटाएको कुरा था दिएनछम --नभए आमाले सबै को अगाडि सुनाइदेर मेरो बिजोकै हुने रहेछ -- डर ले घाटि सुक्यो -- थुक निल्दै भाइ तिर हेरेको पेट मा काउकुति लागे जस्तो खित्खित्खित हास्छ फेरि।
कसैले "किन हासेको?" भनेर सोधुन अनि स बिस्तार सुनाउला भनेर हो कि किन हो।
त्यत्तिकै मा दाइ आइपुग्यो अनि "किन हासेको त चै --होमवोर्क गरिस?" प्याट टाउको मा हान्दै सोध्यो भाइ लाइ। बल्ल त्यस्को हासो रोकियो। यसरि एक छिन लाइ भए पनि था नपाई दाई ले मेरो उद्दार गरिदियो।
भोलि पल्ट बिहान छिटै निन्द्रा ले छोड्यो - रातभरि डर लाग्या थियो। आँखा मिच्दै किचन मा गए - बुवा मर्निङ वाक मा गएर,पत्रिका लिएर आइ सक्नु भएको रहेछ, किचनमै बसेर चिया पिउदै हुनु हुदो रहेछ। अब एकछिन मा कौसि मा बसेर घाम ताप्दै, अर्को कप चिया पिउदै पत्रिका पढ्ने उहाको नियमित रुटिन जस्तै नै थियो।
"चिया भै सक्या हो?" बाबा पनि किचन मै आइपुग्नु भयो।
आफुलाइ भने सबै भेला भा ठाम मा पर्यो कि सातो जाने -- तेइ चस्मा सम्झेर।
"बुवा ले हेरिसक्नु भा हो?" पत्रिका तान्दै बाबा बोल्नु भयो।
"ए छैन तँ हेर न ऐले, म दिन भरि घरमै हुन्छु --भरे तिमिहरु काम मा गएपछि हेरौला नि म-- के हतार म बुढो लाइ।" हजुरबुवा ले भन्नु भयो।
"क्या मज्जा" मनमनै हासे म।
तर त्यो मज्जा एक छिन पनि टिकेन। बाबा घडि हेर्दै बोल्नु भयो "हैन आज अलिक चाडै निस्कनु छ बुवा। आमा तिर हेर्दै "सुन्यौ अहिले बिहान को खाना नबनाउ है मलाइ " भनेर उठ्नु भयो।
आफ्नो भने दिमाग मा खाना न पिना खालि चस्मा आ आइ छ। अब सजाय के कस्तो हुने हो अन्दाज गर्न पनि सक्या थिएनम -- पहिले कहिले त्यस्तो भा थिएन-- छटपटि हुने नै भयो नि।
म लाइ मात्र हो कि भाइ ले पनि भेट्ने हो अर्को टेन्सन को बिषय थियो -- मैले मात्र चुटाइ भेटे को खन्ड मा पछि सम्म गिज्याउथियो भाइ ले।
बाबा उठेर गए पछि आमा खान बनाउन तिर लाग्नुभयो - हजुरबुवा पत्रिका हातमा लिएर उठ्न लग्नु भयो -मैले पत्रिका बोकेकै हात मा समातेर झुन्दै कराए- "बुवा बुवा हनुमान बादर हो अरे, भगवान होइन अरे, हो?"
हजुरबुवा को गफ लम्ब्याउनु पर्यो भने, वा पढ्न अल्चि ला बेला यस्तै यस्तै भगवान हरु को कुरा निकल्थिम भाइ र म - ज्ञानि भएको जस्तो पनि देखिने आफ्नो पनि काम बन्ने- मत्लब पढ्नु नपेर्ने । तर यस्ता कुरा खास गरि बेलुका हुन्थे - आज बिहानै बेला न कुबेला हनुमान गुहारे - सन्कट मा जो पर्या थिए।
हजुरबुवा पनि छक्कै पर्नु भयो "कस्ले भन्यो ?" आमा झन अचम्मै " एका बिहानै के को हनुमान ? २-४ दिन बुवा सङ टाढा के भए इनिहरु लाइ के सुनाउ, के सुनाउ जस्तो हुने?" आमा ले अर्कै मिठास देख्नु भए छ मेरो निर्दोश अनुहार मा हाहा।
" नानुदिदि ले राति सुत्या बेला भनेकि।" मैले काम बन्न बन्न लाग्या देखेर फुर्किदै सुनाए ।
"ल हिड कौसि म गएर घाम ताप्दै कुरा गरौ-- याहा आमा लाइ काम गर्न दिउ " हात मा लियेको पत्रिका त्यै किचेन को फ्रिज माथि छुस्स राखेर बुवा ले मलाइ डोर्यौदै माथितिर लाग्नुभयो।
--------------------
"हनुमान बादर हो पनि हैन पनि, तर हामि उन्लाइ भगवानै मान्छौ किन भने---------" बोल्दै जानुभयो हजुरबुवा .......
म सुन्दै गए।
भाइ र नानु हल्ला गर्दै त्यहि आइ पुगे- मैले हजुरबुवा को आड पाएर कराएर भने "नानुदि तिमिले भन्या जस्तो बादर होइन अरे हनुमान! "
बुवा को अगाडि उ पनि केहि बोलिन, तर मनमनै "उस होइन चै होला" भन्या जस्तो गरिन।
उता हनुमान को कथा मा हनुमान को पुच्छर मा आगो लागिसक्या थियो-- हजुरबबुवा ले भन्दै हुनुहुथ्यो " ........अनी पुच्चर मा आगो बलेका हनुमान लन्का को घर को छाना माथि माथि कुदे......."
म बिच मा कराए "बुवा बुवा किन छाना माथि कुदेको हनुमान? माथि बाट हाम्फालेर पुच्चर पानि मा डुबाउनु पर्ने।"
"पेट फुटेर मरि हाल्चन नि हनुमान।" भाइ जान्ने पल्टियो।
"मर्दैनन, भगवान पनि कहि मर्चन" मैले हनुमान को डिफेन्स गरे।
"त्यत्ति अग्लो ठाउ बाट हाम्फल्दा जो पनि मर्छ!" उ रिसाएर बोल्यो।
"भगवान मर्दैन!" म।
"मर्छ" अनुहार बिगारेर बोल्यो।
"मर्दैन" म।
"मर्छ!" उ।
"मर्दैन!" म।
"हिजो आफु त्यत्ति जाबो ढोका बाट लड्दा था पाइनौ, कसरि बुवा को चस्मा फुट्यो।" जज को अगाडि बहस गर्या वकिल ले मुद्दा जित्ने दर्हो तर्क पेस गर्या जसरि उज्यालियो भाइ को अनुहार।
"
" म।
"ए पर्खि पर्खि के भनिस, चस्मा? " हजुरबुवा।
"बुवा बुवा यस्ले हजुर को बेतको लट्ठि ले माउसुलि को बच्चा किच्च्याइ मार्यो" मैले पनि सम्झौता तोड्नै पर्ने देखे।
नानुदिदि कुरा नबुझेर जिल्ल पर्दैथिन। हजुरबुवा हाम्रो कुरा बुझ्न खोज्दै हुनुहुन्थ्यो।
समाप्त।।