[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 लौ म नसक्ने भए स्वीटी सङ.....................

[Please view other pages to see the rest of the postings. Total posts: 35]
PAGE: <<  1 2  
[VIEWED 13820 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-12-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वीटीको मुड ठिक छैन भन्ने कुरा उस्ले चोर औंलाले घरि घरि अनुहारमा खसिरहने केशलाइ बटारीरहेकी देखेर थाहा हुन्थी। मैले सोध्नु पर्दैनथ्यो। एकछिनमा सबै आफै बताइहल्छे भन्ने कुरामा म ढुक्क थें। अरु बेलामा पनि उ हद्द भए ३० मिनेट चुप रहन्थी। तेसपछि निरमा डिटरजेन्टले जस्तै मन सफा गरेर सबै कुरा छर्लङ बताँउथी मलाइ। मेरो मिल्ने साथी उ। केहि लुकाँउदैन थी सकेसम्म। एउटा कुरा बाहेक। त्यो झ्याले (झ्यालकुमार) सङ उसको सुटुक्क इलु इलु भैसकेको कुरा अझै मलाइ भनेकि थिन।  शायद उसलाइ म पनि झ्यालेको प्रेममा 'वन वे ट्राफिक' भएर दुर्घटनाको कारण मेरो मुटु सारै नराम्रो दुखेको थियो भन्ने कुरा थाहा थिएन। गल्ती कसैको थिएन। आज घरबाट कलेज आउन्जेल उ चुप नै थी।


"आज पहिला चिया पिउन जाँउ क्यान्टिनमा।" स्वीटीको मुखबाट बल्ल बोली फुट्यो।
"यो बिहानको क्लास त बोर नैं छ। हुन्छ नि।" मैले साथीको दुखमा साथ दिनै पर्यो। बिहानको १० बजिसकेको थियो। क्यान्टिनमा चिया मगाएर कुरिरहेका थियौं।
"आज कलेज बंक गरौ।"
"कहिले पो नगेरेको छ र? अस्तिको हप्ता देखि क्लास बसेको छैन। कहाँ जाने आज?"
"फिलिम हेर्न जाने। पढ्नै मन छैन यार।"
"नम्बर १ को कारण कि नम्बर २ को?" मेरो इशारा नयाँ ब्वाइफ्रेन्डपट्टी थियो। जुन कुरा स्वीटीले मलाइ अझै लुकाइरहेकी थिए।
"मेरो हार्टको सेन्टरमा अहिले पहिलाको नम्बर १ झरेर नयाँ नम्बर १ आको छ।"उसको आँखा चम्कियो बल्ल।
"अनि पहिलाको नम्बर १ के रे उस्को नाम?" सबैजनाको नाम याद गर्न पनि गार्हो। घरि अनिल, घरि सुनिल, घरि को को।
"पहिलाको नम्बर १ मुटुको सेन्टरबाट अहिले सरेर दाँया कर्नरमा पुगेको छ। उ पनि मेरो मुटुमा नै छ।" बल्ल हाँसी मोरी। बिहानदेखि औँसी जस्तै काली भाकी थी।
"तेरो मुटु कति ठुलो हो। दुइजना अटाउने एकै ठाँउमा। अनि आज किन मुड अफ नि तेरो?"
"मुटुको बाँया कर्नरमा 'राज' पनि राज गरि राको छ।" आँखा झिम्काइ फेरि मलाइ। राजसङ उसको ब्रेक अप भाको त ६ महिना भै सक्यो। तर पनि दुबै जना अझै फोन गर्दा रहेछन्।


चिया सकेर हामी दुबै पाटनको अशोक सिनेमा हलतिर लाग्यौं। गेटनिरै एकजना को हो चिन्या चिन्या जस्तो मान्छे हाँसीरहेको थियो।
"ल हेर मेरो नयाँ नम्बर १" स्वीटीले देखाइ।
"कति ढिलो आको तिमीहरु?" झ्यालेको स्वरले मलाइ झस्कायो एकछिन। यो धोखेबाजसङ फिलिम हेर्ने भनेकि स्वीटीले। मनभित्र फेरि आगो बलेर धुँवा निस्क्यो। स्वीटी मस्किन सुरु गरिरहेकी थी। उस्को पातलो कम्मर घरि right to left घरि left to right swing गरिराको थ्यो। उसको परेला हरु झिमझिम गर्न थालेको थियो। स्वीटीको कपाल चाही right shoulder बाट left अनि left बाट right shoulder मा हल्लिरहेको थियो। मोरीको कम्मर पिटिक्क भाँच्चिएला भन्ने कत्रो डर मलाइ। 'मु' भनेको झ्याले मुर्दार दङ परेर स्वीटीलाइ हेर्या हेर्यै भयो। येही अदाले त भुतुक्क बनाँछ प्राय सबैलाइ। मैले स्वीटीको कम्मर सङै लच्किरहेको शरीरलाइ नियाली रहें। मलाइ किन आउदैन यो कला? म किन सक्दिन मस्किन?


"cl, उसलाइ कहिले देखेकि छेस्?" नक्कली मस्कि फेरि।
"तिमी आजकाल झ्यालमा बस्दैनौ नि तेति। किन?"झ्याले बजियाको मुखमा हान्न मन लाग्यो मलाइ। बेकारमा मैले कस्तो राम्रो राम्रो कबिताहरु लेखेको, फेरि सबै स्वीटीलाइ देको। किशोर कुमारको 'हमे तुमसे प्यार कितना भन्ने गीत 'रिवाइन्ड' गर्दै कति सुन्या कति। एकदिन त भाइले झन्डै चक्का नै फाल्देको वाक्क भएर। कम चोट परेको छ र झ्यालेले गर्दा। अझै पनि त्यो झ्याल देख्यो कि मुटु चस्किन्छ।
"आजकाल गर्मी छ नि त घामले पोल्छ तेसैले।"मलाइ तेसको अनुहार पनि हेर्न नपरोस भन्ने भाको थियो। खासमा घाम भन्दा बढी तैले पोल्या छस् भन्न मन थियो भन्न सकिन।
'हाइ'  भन्दै स्वीटी त पर पो जान्छे एकैचोटी। म झन् यो झ्याले बाट कसरी टाढा हुने भनेर सोच्दैथें। तेसको मुटुको दाँया कर्नरको नम्बर २ पनि पाल्नु भाको रैछ हलमा त। एक मनले मलाइ खुशी लाग्यो। बल्ल हुने भयो सबै कुराको समाप्ति। स्वीटीको मुटु रित्तै हुन्छ छिट्टै नै। फिलिम हेर्ने भनेको त अर्को फिलिम पो सुरु हुने भयो आज। मेरो मनमा अब के हुन्छ भन्ने भै राको थ्यो। स्वीटीमा त तेस्तो केही पनि चिन्ता देखिन। उल्टो नम्बर दुइलाइ पनि सङै लिएर पो आइ।
"मेरो मिल्ने साथी cl अनि उस्को साथी उ" भन्दै झ्यालेलाइ पो देखाँउछे बा। तुरुन्तै म झ्याले गधाको साथी बनेछु।
"उ चाही मेरो कजन । अहिले भर्खरै आर्मी जोइन गरेको। उ पनि फिलिम हेर्न आको रे। हामी सङै हेरौँ न हुन्न?"
झ्यालेको मुख त हेर्न काइदा थियो। अमिलो खाएर बिग्रेको अनुहार जस्तै। तर हुन्न भन्ने तागत कहाँ उ सङ ? अब स्वीटीको कजन भनेर चिनाए पछि। चारैजना हलभित्र पस्यौं। स्वीटीको कजन त क्या चलाख, स्वीटीसङै बस्यो। म परें झ्याले सङै। मलाइ त रमाइलो लाग्यथ्यो। कस्तो हुँदो रैछ मेरो मुटुमा चोट पुर्‍याएको नतिजा झ्याले? आज तँलाइ पनि त तेस्तै भयो नि। अब खुच्चिङ् मनमनै भन्दैथें। येसो सम्झे, अगाडी इस्क्रीनको फिलिम त जहिले हेरे पनि हुन्छ। येहाँ स्वीटी र उसको नम्बर २ को कस्तो फिलिम चल्या रैछ भन्ने कौतुहौलता लाग्यो। मैले साइडबाट हेरें, अध्याँरोमा। येस्तो मौका फेरि फेरि आँउदैन पनि थ्यो। मैले अध्याँरोमा सेतो हात र कालो हात चलिरहेको देखें। एकप्रकारको इर्श्या पनि लाग्यो स्वीटी देखी। कस्ति बाठी, नम्बर १ र नम्बर २ सङै बसेर फिलिम हेर्दैछे। सोच्दा सोच्दै मेरो हातमा कस्तो खस्रो चिजले छोको जस्तो महसुस भो। मेरो हात त जकडेको जस्तै भो। चलाउन खोज्छु चल्दैन। फुकाउन खोज्छु फुक्दैन। येसो हेर्छु त झ्यालेले पो समातिराको रैछ। झेल्ली मोरो फेरी झेल्ली गर्दैछ म सङ। एक चोटि त "म" बाट आउने सबै संस्क्रित शब्दहरुले उसलाइ बिभुसित गर्न मन लागेको हो। तर केटी परें, तेस्तो मुख् छाड्न मिल्दैन।  त्यो पनि येत्रो मान्छेहरुको अगाडी। आफ्नै बेइजत हुन्छ। तर मनमा एउटा जुक्ति आयो। येहि हो right time मेरो निर्दोस प्रेममा भएको धोखाको बदला लिने यो सङ। cl सारै खुशी भै मनमनमा।


"ऐयाsssssssssssss,"झ्याले करायो।
"के भयो?" स्वीटीले सोधी। म फिलिममा नै ध्यान देको जस्तै गरेर बसें। झ्याले चुपचाप उठेर बाहिर निस्क्यो। तेसपछि स्वीटी र उसको नम्बर २ पनि मस्त भये आफ्नै फिलिममा। झ्याले फर्केर आयेन। त्यो दिन त मेरो मन अति नै रमायो। फिलिम हेरेपछि हामी तेहि नजिकको रेस्टुरेन्टमा गएर खाजा खायौं। बाटोमा घर फर्किदाँ फर्किदैं मैले कुरा निकाले।
"स्वीटी येस्तो तरिकाले हुँदैन है। कि दुबैलाइ छोडिदे होइन भने एक जनासङ मात्र प्रेम गर। के गर्‍या त्यो? उ सङ पनि मस्क्या छ। उ सङ पनि फिलिम हेर्‍या छ।  त्यो मोरो झ्याले बजियाले आज मेरो हात समाएर मैले त बेस्कन चिमोटीदिए तेस्लाइ।"
"तेही भएर पो त्यो बिचैमा उठेर गाको रहेछ। तेस्तो किन चिमोटेको त। बिस्तारै हात छोड न भन्न सकिनस्?" अझ उपदेश पो छ महारानीको त! कस्ति केटी हो यो? मैले चिन्न सकिन मेरो आफ्नै साथी भएर पनि।
"ल आज हामी फाइनल कुरा गरौं। तँ एउटालाइ बिर्सी। अति भयो यो नाटक। म तँ सङ हिंड्न पनि डर भै सक्यो यार।"
"म सक्दिन कसैलाइ छोड्न।"
"किन?"
"नम्बर १ पनि कस्तो माया गर्छ मलाइ। नम्बर २ त झन् स्वीट छ। अनि मलाइ दुबैको माया लाग्छ।" माछा जस्तो आँखा घुमाँउदै भनी।
"उसो भए बिहे नि। बिहे त दुइजना सङ गर्न मिल्दैन होला नि? कि बिहे पनि दुइ जना सङै? "
"धत् लाटी। बिहे भनेको त कहाँ आफुले सोच्ने कुरा हो र? "
"के रे?"
"हो नि त। मामु बाबाले जसलाइ मन पराइसिन्छ अनि जो सित बिहे गरिदिसिन्छ म त उसैसङ जाने। बिहे जस्तो कुरामा त ठुलोमान्छेहरुको निर्णय पो राम्रो हुन्छ त। हामी बच्चाहरुलाइ के नै थाहा हुन्छ र?"

लौ म नसक्ने भए स्वीटी सङ

Last edited: 12-Jan-08 06:09 PM
Last edited: 12-Jan-08 06:29 PM
Last edited: 12-Jan-08 06:30 PM
Last edited: 12-Jan-08 08:24 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-14-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे जी,

धन्यबाद, येहाँको कमेन्टको लागी।

सुर न ताल ज्यु,
अशोक हल त हाम्रो बेस्ट सिनेमा हल हो क्या। स्कुल बंक गर्दै जाने हल त्यो।

कलेजो,

हुन्छ, हुन्छ, म भनिदिउला स्वीटीलाइ मरि मरि नहाँस्नु भनेर पनि।

जगटाधारी ज्यु,

ल टिप्नुस स्वीटीको ठेगाना,

स्वीटी स्वीट
अनाम नगर,
पागल बस्ति,
चन्द्रमा लोक।


 
Posted on 01-14-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" लौ नसक्ने भयो अब स्वीटी संग " भन्दा पनि लौ अब नसक्ने भयो क्रेजी संग भयो ।
सरल शब्दमा मिठास छरेको, कहानी होइन जवानी भरेको। बयान गर्न नसक्ने भएं, "लौ न नसक्ने भएं अब क्रेजी संग।"

 
Posted on 01-14-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै! स्विटीको कुरो आइसक्या रेछ, म बजिया यताउता अल्मलिएर बसेछु!

कल्पना गर्दा नै कस्तो कस्तो भयो बाबै मलाई त - "उस्को पातलो कम्मर घरि right to left घरि left to right swing गरिराको थ्यो। उसको परेला हरु झिमझिम गर्न थालेको थियो। स्वीटीको कपाल चाही right shoulder बाट left अनि left बाट right shoulder मा हल्लिरहेको थियो। मोरीको कम्मर पिटिक्क भाँच्चिएला भन्ने कत्रो डर मलाइ।"

अर्को कुरा, त्यत्रो दुख पाएर हेर्दा हेर्दा नि आँखा थाकिसक्या झ्यालकुमार, बल्ल बल्ल आफू संगै हल भित्र बसेको बेला हातै समातिसक्या बेलामा, " बल्ल पर्यो निरमाया माकुरी जालैमा" भने जस्तो खुसु खुसु कुरा गरेर इमोसनल बनाएर प्रेममा पागल बनाइदिनु पर्ने नि, कयौँ दिन रात जलाएर मन खरानी बनाएको सजाय जाबो एउटा चिमोटाई??????

स्विटीको सिद्धान्त गजबको रेछ -" बिहा भन्ने कुरा बच्चाहरुलाई के थाहा हुन्छ र। बाबु आमालाई थाहा हुन्छ" हाहाहाहा उफ!!

साह्रै मजा आयो किरेजी, धन्यवाद्! साला दिल खुस हो गया कहानी पढके! खतरा इन्टरटेनिङ गयो यसपालि!


 
Posted on 01-14-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा फेरि कमेन्ट गर्न मन लाग्यो अर्को रमाइलो लाइनमा-

""एक चोटि त "म" बाट आउने सबै संस्क्रित शब्दहरुले उसलाइ बिभुसित गर्न मन लागेको हो। तर केटी परें, तेस्तो मुख् छाड्न मिल्दैन"

मोरा, मरन्च्याँसे, मुर्दार, मुस्ले, मुङ्ग्रे, मर्न नसकेको, मुर्कट्टे, मुसे, मस्यान्द्रे, मान्द्रे इत्यादी भने नि अलि अलि डोज पुग्थ्यो कि झ्याले सोमलाई??


 
Posted on 01-14-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ ज्यु,

यो क्रेजि त हजुरको अनुराधाबाट धेरै इम्प्रेस भएकि छे। कसरी बन्ने होला तेस्तो सोबर। एकचोटि अनुलाइ सोधि दिनु न। Plzzzzzzzzz 

बिरु जी,
मैले स्वीटीले कम्मर लच्काँउदा तपाइ जरुर बेहोश हुनु हुन्छ भन्ठानेको। तर अझै होशमा नै हुनुहुँदो रहेछ।


"म" बाट आउने सब्दहरु सिकाइदिनु भएकोमा धन्यबाद। तपाइसङै practice गर्नु पर्ला।
"मु" भन्या मुस्ले बिरु। I don't know meaning hai....... u tell me..ha ha ha


 
Posted on 01-14-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा! बेहोश भएको नि नराम्रो संग बेहोश भएको। अब कथा २ दिन पहिला आएको रेछ, आज सम्म बेहोश नि म त कम्मर लच्काएर मस्केको देखेर! बल्ल आज होश आ'को त्यो नि सपनामा भउतेको धम्मरधुसको थुतुनो देखेर! :)

अब कुरा त ठिक गर्या हो! लु ठिक छ म संग प्राक्टिस गर्ने भ' गर्ने जे पर्ला पर्ला!

'मो' मोरी किरेजी, तेत्ति नि था छैन ! मुस्ले भन्या आगोको पिरो धुँवाँको मुस्लो जस्तो भन्या नि।


 
Posted on 01-14-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Crazy, timro questions ta kati mathi rahicha yaar sorry for the late reply re kya

Ani puja ta aajkal international affair ma parera church tira dhairachhe ni

Mero kalam le rest maagna thalyathyo kya tesaile tara feri utsuk huna thalisake kalam, machirachhan tya

pokhara ta kata bata pugnu ni suntalejyu ghanchang ghanchang gardai laagnu huncha maila dai aadi baatomai tarasaunu hunchha kalejo ra kancha pani chadechan muglin bata ta mero man bichara dodharma chha jaane k najaane mai

Ani kalejo ko ra kancha ko ta kurai nagara mai hairaan bhaisake, tara prerana ra ma chai sita ra gita ho kya re tyo pani bujhnai parne chha world map jyu saga

 
Last edited: 14-Jan-08 11:34 AM

 
Posted on 01-14-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

once again hai ta

murkatte biru ha ha ha ha .......

murkatte bhanya tha chaina hai malai


 
Posted on 01-14-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika,

malai ta timi sita , gita ani sarita pani ho jasto lagcha hai . ajkal saritalai dekhya chaina sajhama.

puja feri khairesanga jana lagi ki kya ho? sajhama yetro eligible haru chan. k garna laki ho?


 
Posted on 01-14-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lau na ni sita ra gita tha paaye tyo sarita chai ko yaar

Ani sita ni mai gita ni mai bhanda marli prerana le euta ta u bhanna parihaalyo ni

Puja jaana laageko re gaisaki baru farkina chai laageko ho kya re
Last edited: 14-Jan-08 11:41 AM

 
Posted on 01-14-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै यस्ता कुरा गर्छिन बाबै दिपीका! हेरि सुक्रबार देखुन चाइन्जो बडारकुँडार अरेर, लिपपोत अरेर, मसिनो चामल खोजेर यिनलाई स्वागत सत्कार चइनि गर्नु परो भनेर दिन रात केइ भनिएन। ओखरबोटेको बारिमा फल्या चिचिला काँक्रो थाक्रो सहित उखेलेर नि ल्या हो! माथ्लाघरे सुइँखुट्टेको बारिमा फर्सि फल्या देखेर, "बाजे फर्सि लिन पर्सि आउनुस" भन्दा भन्दै "हाउँरा घराँ पाउन आउन ला'छन आजै लान्छु, तेरो फर्सि पर्सि ल' र क्यार्नु ए बजिया?" भन्दै धारे हात ला'र भ' नि तो फर्सि नि ल्या कै हो! भाले खोज्न तो साइँलो घर्तीको छोरो पर्दिपेलाई पारि गाममा नि पठाकै हो। तेल्ले ल्या तो रातो भाले मेरि बास्सै! काँचै लुछौँ जस्तो रहर लाग्दो थो! धन्न तो काटिएनछ!  हेरि मैन्टोल मागेर तो बालेर घर झिलिमिली पार्दा मात्तै ३ लिठर मइतेल सिनित्त भा' कुरा सारा गाममाई थाहा छ! फेरि ब्यान ब्यानै यिनि नानिहरुलाई अप्ठेरो चाइन्जो पर्ला बनेर कान्ला मास्तिर बारिमा दोटा खाल्डो खनेर चइनी भुस भर्ने बोरा च्यातेर बार नि बारिद्या थेँ। कठै आउने बेलाँ कोइ आएन बाबै हाउँरो घराँ, सुन्तलेले बसै रोकेन हाम्रा तिर जस्तो लाओ!


 
Posted on 01-14-08 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो माइला दाई को छेपारोको जस्तो कुरा पत्याउदिन म त। घरि दिप्पु मेरो घरमा आउ भनेको छ, अनि ल हुन्छ भनेर भउते ज्यु को आमन्त्रणलाई पनि बिमन्त्रण गरेर आफ्नै माइला दाइ काँ जान्छु भन्दा चैं ढिडो खान दिन्छु बत्ति नि छैन भनेको छ ल भयो त तेसो भए आउदिन भन्द फेरि पल्लघरे पिलन्धरे को बाट मैन्टोल लेराउछु भनेको छ। एउटा भर भएको कुरो गरे पो सुन्नु बरु भउते ज्यु ले तामा-आलु र बोडि ख्वौछु भन्नु भ को छ, अब तेहि जाने हो कति मन् डुलाउनु


 
Posted on 01-14-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! सी एल ज्यू, रमाइलो रहेछ कथा। तपाइको शैली एकदम दाऽऽमी!
अशोक हलमा फिलिम हेर्न आम्ने भनेपछि कहीं मैले तपाइलाइ देख्या त थिइनँ पहिले? 
म झ्यालमा चैं बस्दिनँ थें है, बरू झ्यालबाट चियाएर भने हेर्थें कहिले काहीं!

अनि दीप्पूले मलाइ के सोध्ने भनेको? तिम्री जुम्ल्याहा बहिनी प्रेरू कता गै रे? 
 
Posted on 01-14-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ जिम्माललेले हल्लाएछन यता तिर नि, हैन बुढेस्कालाँ नि कम्मर मच्काउनी र थच्काउनी कुरा गर्न मन लाग्नी भन्या,
अब त नयाँ पिढीलाई पावर डेलिगेट गर्नु पर्‍यो नि सुड्ढा
चित्रे पनि बबाल अशोक हल जाने रइ'छन्त  है
क्रेजी ले मुर्कुट्टा भन्या न बुझ्या हो र?



 
Posted on 01-14-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! मुर्कट्टे रे! मुरक्ट्टा भन्या टाउको नभा भन्या के किरेजी मुसि यति पनि नबुझ्या!

ल हेर यिनि दिपीका नानी फेरि कस्तो बात मार्छिन! लौ न नि! मइँले क्यार्न छेपारा उखान जस्तो चइनि कुरा गर्दाहुम?? ढिँडो त खान दिन्छु भन्या हो र, हाम्रामा ढिँडो पाक्ने अर्छ पो भन्या त। तिमेरु हेरि आउने मेलोमेसो देखेर मसिनो चामल खोज्या छु नि गाँठे! बत्ति त पिलन्धरेको मैनटोल ल्या तेसैले त हो नि, बरु तो मइतेल सक्केर मैनटोलको बत्ति नि पिलन्धरे जस्तै भा छ, जतिखेर नि धिपिधिपि अर्छ! हेर बाबै तो भउतेले आलु-तामा त ख्वा ख्वायै हो, तेल्ले त बाबै आलु-तामा-बोडि पका्र छोक्रा छोक्रा आफू खान्छ झोल मात्तै पाउनालाई दिन्छ, अनि ङिच्च दाँत देखा'र " क्यार्नु गरिपको घर हउर, मिठो मसिनो भन्या एइ हो" भन्छ, भोलि देखुन कोइ नआउन भनेर क्या! भन्द्या छ है भोकभोकै पर्लाऊ भउतेकाँ गयौ भन्देखुन।


 
Posted on 01-14-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, अब अशोक हल भन्या आफ्नै गाम् ठाम् को हल भएपछि गइने भैहाल्यो नि! फिलिम नै हेर्न नगएनि
अरू ठाउँमा जाँदा बाटोमै पर्थ्यो, अनि डाउटर साबले भन्नुभएको सम्झिन्थें, 'हरियालीमा हेरेर आँखाको व्यायाम गर्दा
आँखालाइ फाइदा हुन्छ!"
त्यसैले अशोक हलतिर हरियाली भा'को मौका पर्यो भने यस्सो आँखाको एक्सर्साइज नि गरिन्थ्यो! आँखा शीत्तल हुनथ्यो।
अनि त्यो २६ लम्बरको बस चढेर काठमारू तिर लागिन्थ्यो!

Last edited: 14-Jan-08 01:01 PM

 
Posted on 01-14-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लु हेर, जिम्मालले त यता लुकेर नानाथरि कुरा काट्दै मेरो पाहुनाहरु भड्काउँदै रे'छन्।  तिम्रा गामाँ मइनटोल नै छैन, भुत्राको मागेर ल्याउँछौ? दिपिका-जी, बुढाले मइन्टोलको धाक दे'र हजुरहरुलाई फकाउन मात्र खोजेका हुन्। हजुरहरु गएपछि बुढाले त्यै पुरानो भक्कु चप्पल बालेर उज्यालो बनाउनी हुन्। पुरा गामै गनाएर बस्न खप्न हुँदैन। अनि यी बुढाले पका'को खानीकुरा कसरी घाँटीबाट जानी हो कुन्नि। यिनले त त्यै हातले खोर्यात खोर्यात नलीखुट्टोको लुतो कन्याउँछन, अनि हातै नधोइकन ढिडोको पिठो ओडाल्न थाल्छन। अन्खेरि, त्यै हातले सिँईईईईईईईईईईईई गरेर सिँगान फाल्छन र हात यसो सुरवाल तिर पुछे जस्तो गरेर आलुको अचार साँध्न थाल्छन्।  अनि ढिँडोमा नि बुढाको फुलेको दाह्री भेटिन्छ। फेरि तातो तातो ढिँडो घुर्लुक्क निल्यो कि जिम्माल्नीको कपालको  रौँको एउटा टुप्पो  ढिँडोको डल्लो सँगै पेटाँ पुग्छ, अर्को टुप्पो थालमा भा'को ढिँडोको थुप्रोमा हुन्छ। अब त्यो रौँ बाहिर तान्यो भने पेटमा भाको ढिडोको डल्लो पनि बाहिर आउन खोज्छ, रौँ निल्नु पनि कसरी। हाम्रा घराँ त पोख्रेली चामलको फरररररररररररररर फुकेको, मग मग बासना आउने भुजा, त्यसमाथि साजी घ्युको हररररररर बासना अनि आलु-बोडि-तामाको तर्कारी, साँधेको गुन्द्रुक र भटमासको अचार ख्वाम्ला। हाम्रो मा त पर बस्नको लागि नि सिमन्टीलगाको अनि टिनले छाको पाइखाना छ। पाइखाना बस्दा माइलादाइको घरमा जस्तो गीत गाउन नि पर्दैन, चुकुल छ ढोकामा। लोहटामा पानी बोकेर जानु नि पर्दैन, मैले पहिले नै बाल्टीभरी पानी लगेर राख्दिम्ला।
 
Posted on 01-14-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरु जी,

मुसी नभन है मलाइ। उस्कै याद आँउछ क्या ? म त हात्ती जस्तै छु नि।

world map

मैले पनि तिमिलाइ देख्या हो। त्यो सुकुल सुकाको झ्यालमा है?

ritthe and bhaute

फेरि पनि येहाँहरुलाइ धन्यबाद यो threadलाइ घच्याडीदिनु भाकोमा।

दिपिका,

पुजालाइ बिरुको गाँउमा पठाइदेउ न।


 
Posted on 01-14-08 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La Crazy bahini katha saarhai ramro cha hai.. ani dipika timilai chahin ma ra Kalejo bro le kahile hairan paareun haan? Pakha na timilai Dipika , aru kura timro arko posting ma lekhaunla...


 
Posted on 01-14-08 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kancha01,

mero dai ta janmya chhaina yo sansarma. tapaai mero sathi hola ni. ani dipikalai kina testo hairan garya ha?

ani timro judwa kaleo khoi ta aja?


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters