[Show all top banners]

SateLite
Replies to this thread:

More by SateLite
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

ThahaChaena
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 एउटा कथा - by SateLite
[VIEWED 4486 TIMES]
SAVE! for ease of future access.
Posted on 01-14-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसले hanger बाट झिकेर एउटा सर्ट लगायो ! कुनै समयमा उसको दाइले दियको सर्ट थियो ! नाडिमा टाँक लगाउदै उसले जिन्सको zeeper बन्द गर्यो ! मनमनै सोँच्यो Pee गरेर जाँउ कि भनेर तर भैगो उहिँ अस्पताल पुगेर गरौँला भन्ने सोँचेर झर्यो तल !काठमाडौँमा पेट्रोलको हाहाकार थियो ! केहि दिन त रिजर्वमै चलायो तर जब गन्धले पनि बाइक चल्न छाडेयो केहि बिकल्प थियन उसँग ! डबल Stand मा घरमा बाइक पार्क गरेको पनि आज तेस्रो दिन भैसकेको थियो ! wallate हेर्यो ! एउटा पाँचसयको नोट देखेपछि ल ट्याक्सिमा जाँदा हुने रहेछ भनेर अशोकहलको गल्लिबाट ट्याक्सिमा चढेओ ऊ !


"टिचिङ हस्पिटलसम्म जाँउ सर"


ट्याक्सि ड्राइभर अलिक बुढोबुढो थियो क्यारे ! झस्कियो "सर' भन्ने शब्द उसकोलागि प्रयोग भयकोमा !यस्तै सर भन्ने ठिटाहरुले अलि पर पुगेपछि आफुसँग भयको सबै रित्तो पारेर लुटेका घटना पढेको-सुनेर या हुनसक्छ देखेरै पनि होला ! एकपल्ट उसको मुखमा सर्रर आँखा दौडायो ! अब अलि बिश्वस्त भयको हुनुपर्छ ट्याक्सि ड्राइभर ! एकमा नलगि सिधै दुइ गियरमा मोटर हुँइक्यायो !


आ.. मैले त्यो ठिटाको नाम भन्नै बिर्सेछु ! उसको नाम दिपक हो क्या रे ! तर मलाइ उसको अन्तिम नामचाहिँ थाहा भयन जे सुकै जे सुकै नै किन नहोस,कमसेकम मैले आफुलाइ यो last name को business गर्दै हिँडनेकाममा ब्यस्त कहिले पारेको थियन ! सबैले मानेका बुद्दिजिवि या भद्र भन्नेहरुसँग मलाइ मित्रता गर्न अलि कताकता अप्ठ्यारो लागेर आँउथ्यो !बरु अरुले अभद्र र आवारा मानेकाहरुसँग ठुलो ठुलो स्वरमा उफ्रियर कुरा गर्नुमै आफ्नो संसार सिमित पारेको थियँ !


कलेजमा सबैका आ-आफ्ना ग्याङहरु हुन्छन ! भन्नाले आफुजस्तै मिल्ने साथिहरुको समुह !स्कुलमा छँदा मलाइ लाग्थ्यो साथिहरुलाइ चुरोट पिउँदा साथ नदिनु भनेको १००८ वटा गाइ मार्नु बराबरको पापकर्म हो जस्तो लाग्थ्यो ! बरु कहिलेकाहिँ एउटा भोजे भन्ने ठिटो..जुन मेरोलागि साथि कम कुनै केटो बढि थियो ! उसले कहिलेकाहिँ चुरोटको सुर्ति फालेर गाँजा हालेर दिने stick तान्दाचाँहि अलि झ्याउ लागेर आँउथ्यो !तैपनि म टाउको दुखेको छ भन्ने पारेर एक दुइ सर्को तानेर टाप हुन्थेँ ! समस्या के हुन्थ्यो भने,घरमा पुगेपछिपनि त्यो गाँजाको गन्धले छोडदैनथ्यो ! बाबाले थाहा पाउनु भयो भने मैले सबैकुराबाट राजिनामा दियर www.sadhu.com खोलेर बसेहुन्छ भन्ने कुरामा म बिश्वस्त थियँ ! अनि अलि साधु बनिहाल्ने समयपनि भयको थियन ! कम्तिमा मेरो सोँचमा ! अनि घरमा पुगेपछि पहिलो काम सरासर बाथरुममा पसेर नुहाउनु हुन्थ्यो ! आमा कहिलेकाहिँ छक्क पर्नुहुन्थ्यो यो जाडोमापनि कति दुइ-दुइपटक नुहाउनपरेको भनेर ! अब गर्ने के....आमा आज गाँजा तानेर आयको अझै गन्ध गयन त्यहिभयर नुहायको भन्न नि अलि नमिल्ने अनि मुसुक्क हाँसेर चुपचाप बाथरुम पस्यो..तातोपानिले जिउ भिजायपछिको कुरै बेग्लै छ !


आ...म त्यो दिपकको बारेमा कुरा गर्दै थियँ !त्यसँग काठमाडौमा मात्र भेट भयको थियो ! सिनेमा सम्बन्धि काम गर्दा ! त्यो कतै कुन जिल्लामा पर्ने हो कुन्नि हेलम्बु भन्ने ठाँउबाट आयको रहेछ काठमाडौ !अलि रिजर्भजस्तो मान्छे थियो ! म क्लापबोर्डमा मार्कर पेनले लेखेका सिन,शट नंबरहरु हत्केलाले मेटिरहँदा त्यो चिया ल्याउन भन्दै कुनै स्पटब्यायको नाम लिन्थ्यो ! अपशब्द चाहि उसले प्रयोग गरेको मैले सुनिन नत्र एउटा स्पटब्वायलाइ चिया ल्याउन अराउने तरिका प्रायश यस्तो हुने गर्थ्यो - हे ...."भातेकान्छा चिया ल्या त येता तेरो अंकलहरुलाइ !" ! अझ कुनै कुनै नायकहरुले बडो प्रेमले उनिहरुलाइ " मर्न नसकेको सानुकान्छा केहि खानेकुरा ल्याउ बा" भन्थे ! अनि स्पटब्वायहरु पर्दामा देखिने नायकहरुको पर्दापछाडि सेवा गरिरहन्थे ! निर्देशकहरु
स्पटब्वायलाइ बाबु-आमा सहितको गालिले मात्र बोलायर आफ्नो बिशेष निर्देशकिय क्षमता प्रर्दशन गरिरहन्थे र परिणाम के हुन जान्थ्यो भने...for an example कुनै दिन निर्देशकलाइ आफ्नो बिशेष निर्देशकिय कला देखाउने मन छैन र स्पट ब्वायहरुलाइ राम्रो मुखले बोलाइरहेको छ भने उनिहरु उपयुक्त गालिको अभावमा छटपटिरहन्थे र गल्ति गरिरहन्थे ! निर्माताको भाइ-भतिजा र निर्देशकको संयुक्त गालि एकमुष्ठ सुनेपछि असिम सन्तुष्टिका साथ काममा जुटिरहन्थे र चियापनि अलि मिठो बनाउँथे !

यस्तो गालिको उर्वर समयमापनि दिपक स्क्रिप्टका केहि पाना समात्दै आफ्नो मसिनो स्वरमा बोलाउथ्यो " चन्द्र भाइ चिया ल्याउ त येता दुइ कप" अनि स्पटब्वाइले बिनागालिको यो नरम अनुरोधलाइ खासै महत्त्व दिदैनथ्यो ! धेरैबेरपछि " सर चिया" भन्दै अघिल्तिर देखा पर्दथ्यो !


____________________________________________

मैले sucide गर्ने प्रयास गरेको रहेछु !मलाइ अस्पताल पुर्याइयको रहेछ ! sucide गर्दा मैले कुनै जटिल बाटो रोजेको रहेनछु !खालि सातवटा निद्रा लाग्ने गोलिहरु कोकमा मिसायर पियर पल्टेको रहेछु ! जे हुनुथियो त्यहि भयो ! मुखबाट फिँज निस्किनथालेपछि चारैतिर अँध्यारो देखिन थाल्यो भने भित्रका पार्टपुर्जाहरु प्रर्तिष्प्रर्धा गर्दै फुटेको महशुस हुन थालेको थियो ! पहिला मुटु अनि फोक्सो अनि नशाहरु !मेरो मोवाइल मैले मर्ने बेलामा बन्द गरेको थियँ संयोगबश घरबाट कसैको फोन आयको हुनुपर्छ ! हुनसक्छ आमाले गर्नुभयको नै किन नहोस !" तपाइले सम्पर्क गर्न खोज्नुभयको मोवाइलको स्विच अफ गरियको छ " भन्ने NTC को अन्टिको आवाज सुनेपछि हुनुपर्छ ! घरवालाकोमा फोन गर्नुभयको हुनसक्छ-घरवालाले मेरो ढोकामा टक-टक गरेको हुनसक्छन सायद आफ्नो सानो मायालाग्दो छोरि दिपालाइ पठायहोलान मलाइ बोलाउन !गलत अर्थ नलागोस यहाँनिर- दिपाको उमेर केवल नौ बर्षको हाराहारिमा होला !घरवाला ठिकै थिय त्यसैले मैले मरेपछि उनलाइ ढोका तोड्न लगायर घाटामा पार्न चाहन्नथेँ ! सोँचे- मर्नु नै त छ ,के नै गल्ति गरिदै छ र ? अलिकति ढोका धकेले तर चुकुल लगायको थियन !

म भन्न सक्दिन मेरो अर्ध-मृत शरिर कसले फेला पारेको थियो भनेर ! तर म अस्पताल पुर्याइयको थियँ ! अलिकति ढिला भैसकेको थियो !जहाजमा घरका सदस्यहरु एयरपोर्टसम्म आइपुगेको थाहा पायको थियँ ...ICU मा मेरो छेउमा बसेका घरवालाको मधुरो तर अस्पष्ट आवाजमा ! हुनसक्छ जसले जन्म दियको थियो...उहाँहरु आउनु भयको होस ! म अलि पर पुगिसकेको थियँ !
असमयमा मरिरहेको मैले कुन आँखाले आमालाइ हेर्न सक्छु होला र ? आशाको दियो बन्नुपर्ने मान्छेले जिवनभरिको आँशु दिँदैछु भन्ने थाहा हुँदा हुँदै म अब आमा-बाबाका आँखामा कसरि हेर्न सक्छु ? म आफ्नै स्वार्थले मरिरहेको थियँ ! कसैसँग गुनासो थियन न त बाँच्ने उत्साह नै !
आफुले रोजेको मृतुमा म आफैले आनन्द मानिरहेको थियँ ! भित्रका पार्ट-पुर्जाहरु पिस-पिसमा टुक्रिरहेका थिय अथाह पिडा दिँदै ! यो अन्तिम समयमा म एकपल्ट फेरि एउटा कल गर्न चाहन्थेँ !
थाहा छैन किन ?

_____________________________________________________

दिपक टिचिङ हस्पिटलको छेउमा पुग्यो !
" काठमाडौको ट्राफिक जामको पनि कुरा गरि साध्य छैन बाबु " बुढो ड्राइभरले कपाल कन्याउदै " Riverse mirror" मा उतिर हेर्दै भन्यो !दिपकले टिचिङ जानेतिर नेपाल यातायातका बसहरुले गरिरहेको जाम देख्यो !

"यहिँ साइड लगाउनुस सर" दिपकले ड्राइभरको कुम मा छुँदै भन्यो !
बुढो ड्राइभर यतिबेला अलि सतर्क भयो " सर" को सम्बोधन सुनेर ! सायद उसलाइ ' गुरुजि'को पद दिइयको भय अलि सजिलो महशुस गर्दो हो !दिपकले कुनै समयमा ध्रुवचन्द्र गौतमको "दुबिधा" उपन्यास पढेको थियो, त्यसैको मुख्य पात्र अमरराज जस्तो लाग्यो त्यो ड्राइभर उसलाइ ! जताततैबाट एक्लो तर रक्सि धेरै पिउने जँड्याहा !
मिटरमा 138 रुपैयाँ उठेको रहेछ ! उसले पाँच सयको नोठ दियो ! ड्राइभरले "ओहो येत्रो नोठ...कसरि साट्ने" भन्ने भाव मुहारभरि छर्यो तर केहि नबोलि ड्यासबोर्डबाट सय पचासका नोठ निकालेर तिनसय पचास फर्कायो ! बाँकि पैस फर्काउन स्विटरको भित्रि गोजितिर हात हाल्दै थियो दिपक केहि नबोलि बाहिर निस्कियो ! ड्राइभरको मुहारमा केहि धन्यवाद भन्न खोजेजस्तो भाव देखियो !

पारि जाने बाटोको ट्राफिक slow नै थियो ! दिपकले दुइटा बसको बिचबा बाटो काट्नै थालेको थियो ! कतैबाट हावासरि आयको मोटरसाइकलले पचास हात पर हुत्ताइदियो उसलाइ ! अप्रत्याशितरुपमा आयको मोटरसाइकलमा ठोक्क्यिर दिपकको टाउको केहि परको नेपाल यातायात को बसको पाङ्ग्राको रिङमा ठोक्किन पुगेको थियो ! रातो रगतले हिलो लागेको बसको टायर रङ्गियो ! उसको एउटा जुत्ता बाइककै टायरमै छुतेको थियो !

बुढो ट्याक्सि ड्राइभर हिँड्नै लागेको हुँदो हो..देख्यो ! अचानक त्यो जाडोमा उसको मुहारभरि पसिना देखियो ! पेटिमाथि ट्याक्सि अडायर उ दिपकनिर पुग्यो ! मान्छेहरु रमिता एर्न जम्मा भैसकेका थिय तर अझै उपचारतिर लागेका थियनन !

सबैका मुखतिर उसले घृणाले हेर्यो अनि दिपकको रक्त्याम्मे शरिर बोक्न थालेकै बेला एउटा नव युवक देखापर्यो सिनमा र खुट्टापट्टि समाउन थाल्यो दिपकको ! दुइजनाले बोकेर हस्पिटल प्राङ्गणमा पुर्यायपछि हालाहुल गर्दै उसलाइ ICU मा लगियको थियो !

बुढो अमरराज पात्रले उसलाइ पल्लो साइडमा उतारिदियकोमा आफुलाइ दोषि मानिरहेको थियो ! दिपकलाइ ठक्कर दिने मोटरसाइकल या उसको चालक कहाँ थिय त्यो कुरा सायद इश्वरलाइ नै थाहा होला ! उ बतासको बेग झैँ आयको थियो दृष्यमा अनि संबेदनाशुन्य मानवझैँ बेपत्ता भयको थियो !
_____________________________________________________

सायद मेरा यि अन्तिम सासहरु हुन सक्छन ! उपचारमा खटिरहेका डक्टरहरु हताश देखियका थिय ! राम्रा नर्सहरुको मुहारबाटपनि कान्ति हरायको थियो भने अर्कोतिर मैले किन आत्महत्या गरेँ भन्ने प्रश्न सबैका लागि एउटा उत्तर नभेटिने प्रश्न बन्ने सम्भावना उत्तिकै थियो ! किनकि त्यससम्बन्धि कुनै कागजातहरु या केहि दस्तावेजहरु छाडियका थियनन !यो आफुले रोजेको मृत्यु थियो तसर्थ कुनै जटिलता थियन तर बाँच्नेहरु त यसको उत्तर खोजिरहनेछन नि !कसैले यसलाइ असफलताहरुको कारण जन्मियको नैराश्यताको result भन्लान भने कोहि यसलाइ असफल प्रेमको परिणाम ठानेर आफ्नो बौद्दिकताप्रति प्रसन्न होलान ! अझ यहाँनिर कथाले यस्तो मोडपनि लिन सक्छ ,सबैले एउटा पात्रको मृत्युलाइ आफ्नो सुबिधाअनुसार ब्याख्या गर्न सक्छन ! मलाइ केफरक पर्छ र यि कुराहरुए, जुन म मरिसकेपछिको कुरा हो ! मलाइ त यो अन्तिम अवस्थामा इश्वरले भन म भनुँ मान्छेहरुलाइ भनि सोधेमा एउतै कुरा भन्थे होला- " भन्दिनु म मेरि आमालाइ धेरै आदर र माया गर्छु अनि मेरि प्रेमिकालाइ अथाह प्रेम गर्छु भन्देउ" ! तर कहाँ छ इश्वर ? अहिलेसम्म नजिक आयको छैन !

बिषको प्रभावले मेरा कानहरु अनि दाहिने आँखाबाट लगातार रगत बगिरहेको थियो ! डक्टरहरु असफल हुँदै गैरहेका थिय !यत्तिकैमा दीपकको रक्त्याम्य शरिरको ICU मा प्रवेषपछि यहाँको सिन अर्कै बन्न गयको थियो ! मलाइ हेरिरहेको मध्ये हेड डक्टर दिपकको गम्भिर अवस्था हेर्न उतातिर गयको थियो भने भर्खरका कलिला नर्सहरु दिपकको फुटेको निधार देखेर त्रसित मुद्रामा थिय !

मेरो देखि उतापट्टिको बेडमा दिपकलाइ राखियको थियो ! उ अचेत थियो ...म डुब्नथालिसकेको थियँ तर दिपक हो भन्ने मलाइ थाहा भैसकेको थियो !

उ मलाइ अन्तिम भेट गर्न आयको थियो हस्पिटलमा तर अहिले उ आफै अन्त्य हुने तरखरमा थियो !
कहिले हो म एकदम सम्झिन सक्दिन तर कुनै दिन चोभारमा हामि साँझ सुर्यास्तपछि बीयर पिइरहेका थियौँ , एक्छिन बियर पियपछि..अलिकति जिन पिउन थालियो ! म प्याजका टुक्राहरुसँग
निट केहि प्याग पिइरहेको थियँ ! अनि प्राय नबोल्ने दिपक त्यो साँझ रक्सिले निकै बोलेको थियो ! अचानक उ नजिक आयो अनि मसँग हात मिलायको थियो !नि चुम्यो ! म हाँसे " wht a gay style " भन्ने सोँचेर ! तर अचानक उसले भनेको थियो- " हामि साथि हो नि हैन र ! साथिको लागि ज्यान दिनसक्ने !तँलाइ केहि पर्यो भने मलाइ भन्नु..म जहाँ भयपनि आउनेछु, तँलाइ बचाउनेछु तर एक्लै छोड्नेछैन !"

रक्सिको तालमा मित्रले ठोक्यो भन्ने सोँचेर म एउटा निश्फिक्रि हाँसो हासेको थिँय तर उ हाँसेको थियन !

उ अचानक केहि चलमलायो....डक्टरहरु उसको bleeding रोक्न प्रयासरत थिय केहि सतर्क भय ! दिपकको टाउको मतिर फर्काइयको थियो..उ मतिर हेरेर एक्पल्ट मुसुक्क हाँस्यो, एउटा छोटो हाँसो ! मैले गाला चलाउने प्रयत्न गरेँ तर उ घोप्टियो...कहिले न-उठ्ने गरि !

हेड डक्टरले एक्पल्ट उसको नाडि छामेर घोषणा गर्यो " he is dead".

मेरो अवस्था चरममा पुगेको थियो ! अचानक मुखबाट रगत बग्यो...मलाइ लाग्यो मेरो मुटु मेरै मुखबाट बाहिरिँदै छ !
मैले डक्टरले मेरो नाडि छामेर " he is dead" भनेको सुनिन ! सायद त्यो मेरो मृत्युपछिको कुरा हुनसक्छ !
अचानक केहि हतारियका अनि आत्तियका पाइलाहरु ICU Room मा प्रवेष भय ! आमाले मलाइ हुनसक्छ परैबाट चिन्नुभयको...एउटा रुवाइ कोठाभरि छरियो ! मैले चिनेको आवाज थियो त्यो,मेरै आमाको ! बाबाको आँखाभरि आँशु टम्म थिय तर नि-शब्द ! सायद मेरो yello body देखेर सबैले आशा मारिसक्नुभयको हुनसक्छ !

आमाले मेरो टाउको आफ्नो काखमा राख्नुभयो !आँशुहरु मेरो face मा झरेको म महशुस गर्न नसक्ने भैसकेको थियँ !

" बाबु यो के गरेको तिमिले ?" आमाले रुँदै सोध्नुभयो !

तर मसँग दिनलाइ न त आवाज नै थियो न त उत्तर नै थियो !

दुइपल्टको लामो सासपछि मेरा अरु सासहरु चलेनन !एउटा सानो झट्कापछि मेरो देह लाशमा परिवर्तन भैसकेको थियो !


The End

*Story is based on imagination,it has nothing to do with anyone's real life*


 
Posted on 01-27-14 11:31 AM     [Snapshot: 1257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याटलाइट जी,

हजुरको यो मनोबिश्लेशानात्मक कथा पढेर अनायास आवाज निस्कियो "वाह !! कस्तो लेख्न सकेको .... "

अझै साझा विचरण गर्दै हुनुहुन्छ अरुनै छद्ध नामले भने कृपया यो अनुरोध याद राख्नु होला लेख्न कहिले नछोड्नु होस् ..... हरेक वाक्य सचित्र आँखा अगाडी आइरहेको थियो पढ्दा .... कस्तो तीक्ष्ण र गहिरो कल्पना शक्ति तपाईंको .....

प्रसंसक
थाहा छैन (थाने)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters