[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "रातो गुलाफ"

[Please view other pages to see the rest of the postings. Total posts: 30]
PAGE: <<  1 2  
[VIEWED 10982 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-13-08 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

बिहान उठ्नासाथ पहिले म पत्रिका नपढी नहुने भएकोले ढोका खोलेर हेरे। अगाडी एउटा सुन्दर रातो गुलाफको एक झुप्पा फुल थियो र फुलको बिचमा एउटा रातो कार्ड।


"आज भ्यालेन्टाइन डे त होइन नि?" आफैले आफैलाइ प्रश्न गरें। फुल बोकेर डाइनिङ् टेबुलमा राँखे र हत्तनपत्त क्यालेन्डर हेरें। आज १३ फेबुअरी रहेछ। अनि रातो गुलाफ चाहि पठाउने भ्यालेन्टाइन को परेछ मलाइ? उत्सुकताबस त्यो रातो खामभित्र को भ्यालेन्टाइन कार्ड खोलेँ।

कार्डमा पनि रातो गुलाफको चित्र थियो र एउटा कबिता।

O, my love is like a red, red rose,
That is newly sprung in June.
O, my love is like the melody,
That is sweetly played in tune.

- Robert Burns.

कबिताले मलाइ झस्कायो। पछिल्लो केही महिना देखी येस्तो फुलहरु सङ येही कार्ड कसैले पठाइ रहेको छ। पहिलो चोटी क्रिसमस हो क्यारे, दोस्रो चोटि नयाँ बर्स र यो समेत तेस्रो। म फेरि सोच्न थाले को हुन सक्ला यो भ्यालेन्टाइन। मेरो चिनेको परिचितहरुमा मप्रति रुचि देखाउने कोहि छैन। इस्कुलमा एक जना म सङ मिल्छ तर उ त साथी मात्र हो। मेरो अपार्टमेन्टको अफिसमा छ एकजना ह्यान्सी। तर उसले म बिना काममा घरिघरि उसलाइ हेर्न मात्र जाने भनेर थाहा पायेपछि कुनि कहाँ सरुवा गरेर गएछ। मोरो ठ्याक्कै Patrick Dempsey जस्तै थ्यो। पहिलो चोटि त मेरो बेसिनको धारा लिक भएर नैं कम्प्लेन गर्न गएकी हुँ। पछिल्लो चोटि चाहि मेरो पार्सल येहाँ आयोकि भनेर सोध्न गएकि हुँ। तेसपछि चाहिँ कहिले के कहिले के भनेर बहाना बनाँउदै अफिस भित्र छिरेर दिनको एकचोटि चाहिँ Hi भन्थे। १ महिना देखि चाही उ गायब भयो, अर्को ठाँउमा गयो रे काम गर्न मोरो। मैले हेर्दैमा तेसको के बिग्रेको थियो र तेस्तो?


अँ, येदि कसैले फुल पठाउने भए मेरो ठेगाना थाहा पाएकै हुनु पर्छ। मेरो अड्कलमा कि त त्यो हुनु पर्छ कि नभए अर्को एउटा काले छ मेरो बैँकको काममा जहिले पनि मद्दत गर्ने। मलाइ देख्ना साथ बत्तिस बङारा देखाएर हाँस्छ काले चाहिँ अनि जिस्किन थाल्छ। तर उ त जिस्किने मात्रै हो तेस्तो फुल नै पठाउने जस्तो त लाग्दैन। तेसो भये यो गोप्य भ्यालेन्टाइन को हुन सक्छ त? रातो गुलाफलाइ हेर्दै मैले फेरि कार्डमा हेरें। न त्यहाँ पठाउनेको नाम थियो न त मेरो। तर सम्बोधनमा Sweetheart लेखिएको थियो। Heart कहिँ sweet हुन्छ त? रगत सफा हुने त्यो ठाँउ त नुनिलो पो हुनु पर्ने हैन र? आफै हाँस्न मन लाग्यो मलाइ। ढोकामा कसैले knock गर्‍यो।


मेरो ढोका अफाडी फेरि रातो गुलाफको ठुलो झुप्पाले मुख छोपेर कोहि उभिएको थियो।
"Hi"
"कसलाइ खोज्नु भएको?"
"क्रेजीलाइ"
"तपाइको परिचय?"
"म आकाशे हिरो, होइन होइन झ्याल कुमार, त्यो पनि होइन बिजे। नाम राख्न त तिमीलाइ आइहाल्छ नि तिम्रो कथामा। तिमि नैं नाम राखिदेउ न। भोली त मेरो कथा पनि लेख्छौ होला नी। ल मेरो नाम पनि तिमी नैं राख।"
म एकचोटी मेरो शहर थर्किने गरि हाँसे।
"जोक नगरौँ न बरु त्यो अनुहारको दर्शन पाँउ।"
"बिस्तारी मुस्कायौ भने झन् हिस्सी देखिन्छौ। बाटो हिड्ने मान्छे लड्ने गरी किन हाँसेकी।"
"म जसरी हाँसु तपाइलाइ के मतलब? खै तपाइको अनुहार हेरु न भनेको। गुलाफको फुलको झुप्पालाइ एकछिन भुँइमा राख्नुस न।"
"कहाँ भुँइमा राख्ने। यो त तिमीलाइ दिन ल्याएको। बरु भरै बेलुकी डिनरको लागे पनि रिक्वेस्ट गर्न आएको म त।"
"मुख नैं देख्या छैन। को हो पनि थाहा छैन। पहिला मुख देखाउनु न भनेको। अनि कुरा गरुलाँ नि।"
ट्रिन्न ट्रिन्न ट्रिन्न। फोन पनि अहिले आउनु पर्ने।
"जाउ, फोन उठाउ। म यहीँ तिमीलाइ कुरी रहन्छु।" गुलाफ बहादुरले भने पछि म फोन उठाउन भित्र पसेँ। रिसिबर उठाउन खोज्छु मरे सक्दिन, १० किलोको ढुङा भन्दा पनि गरुङो बा। कस्तो गारो भाको यो। घन्टि पनि रोकिदैंन रिसिवर पनि हातमा आँउदैन, जबरजस्ती दुबै हातले रिसिवर उठाएर 'हलो' भनेको त अनुहारमा चिसो के ले छोयो र म ब्युझिएँ। म त गुलाफको त्यो बुकेलाइ बोकेर निदाएकी रहेछु डाइनिङ् टेबुलमा।


घडी हेर्दा त दुइ बजिसकेको रहेछ। आजलाइ गुप्तबास अब। येतिखेर कहाँ जाने। गुलाफ बहादुर पनि हराइ हाल्यो। डिनर पनि क्यन्सिल। यत्रो भ्यालेन्टाइनमा सारा संसारको रमाइलो म चाहि धुमधुम्ती एक्लै कोठामा। मेरो भ्यालेन्टाइन पनि कसो नआउला भन्दै कोठा सफा गर्न थाँले।
५ बजे ढोकामा knock knock गर्‍यो। सपना त होला नि भनेर ढोका खोलिन। १ मिनेट सम्म लगातार knock सुने पछि मैले हातमा चिमोटें। दुख्यो त्यसपछि ढोका खोलें।
अगाडी ५ फिट ८ इन्चको भुतुक्कै पार्ने जवान केटो थियो। अलि अलि ब्राउन कलर, ठिक्कको माछा जस्तो आँखा अनि कालो कपाल। मेरो मनमा लड्डुहरु फुट्न थाले। शायद यही हो ,,,,,
"के म इज्जिसङ भेट्न सक्छु?"
"हजुर म क्रेजी यहीँ छु।"
"क्रेजी होइन के इज्जि।"
"को इज्जि?"
"यो apt no: B 206 होइन?"
" त्यहाँ पढ्नुस् न?" भित्ता तिर देखाउदैं भने मैले।
"C 206!! हे भगवान! मैले यो के गरें?" एक्कासी उसको सुर्य जस्तो तेज भएको अनुहारमा गल्तीका रेखाहरु निराशाका बादल सङै दौडिन थाले। एकछिन लामो स्वास फेरेर उसले भन्यो। "त्यो मेरो गुलाफको बुके र भ्यालेन्टाइन कार्ड दिनुस त। म सङ बजार गएर किन्ने समय छैन। नत्रभए आज पनि इज्जि अर्कैसङ डेट जाने भइ।"
मैले अबेर नगरी गुलाफको बुकेलाइ उठाँए र एकचोटि चुमें। रातो गुलाफको बुकेलाइ ढोकैबाट उसको हातमा दिएँ।
रातो गुलाफसङै मेरो सपना र गुलाफ बहादुर धमिलो हुँदै क्षितिजमा बिलीन भए।

केही बेरको मौनतापछि भरेङ ओर्लिदैं उसले भन्यो-  HAPPY  VALENTINE DAY !

P.S. Make sure you send your valentine roses and gifts to your beloved in correct address. Otherwise I won't return again. he he he

 

 

Last edited: 13-Feb-08 06:09 PM
Last edited: 13-Feb-08 06:10 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-13-08 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Patrick-Dempsey-gal01.jpg

 

लौ हेर रिट्ठेको गफ,
यी येस्तो आँखा भन्या मैले। बोल्नै नपर्ने आँखाले सबै बताउने।
यो पनि तिम्रो आँखा हो?


कलेजो,

मलाइ क्या हाँस उठ्यो साथी। अबेला भएन र? किन नदेको त रेड रोज अहिले सम्म। फेरि अर्कैलाइ पुग्ला नि भन्द्या छ मैले।


 
Posted on 02-13-08 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपालीको रेड रोज किरेजीलाई दिएर बिचार अरि हेर्नु पर्‍यो कि केहो?

आफ्नो त जहिले नि खेर जाननी के,  रोज पनि।


 
Posted on 02-13-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलेस्ट्रल् हाइ भएर डिल फुलेको त्यस्तो त्यो चाउरी पर्या आँखालाई राम्रो भन्दिने क्रेजी तिमीले? हाम्रो आँखामा चाँही के फुलो पर्या छ?



 
Posted on 02-13-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलो भा छैन क्रेजी, त्यो रोज को रङ त भोली पो खुल्छ त
 
Posted on 02-13-08 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही साच्चै  ढिलो भयो कलेजो, क्रेजी सुतिसकी

Just in jest la bro
 
Posted on 02-13-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भोली चाँही आउने सन्केत छैन आज राती त कसो भेट नहोला र मेरो valentine सँग

Nice one CL, you are really crazy in writing those things. I can just imagine your feelings while reading your stories. Happy Valentine Day ( I hope this wont work as I dont wanna give to any girl which will lead to some sort of ...................................)

Good night and have nice dreams with your lost valentine.

Parbatya


 
Posted on 02-13-08 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute, plz timro red rose refrigereter ma rakha bholisamma oyilaula.

kalejo, u can give 2 morrow.

ritthe, malai bhanya ho ta. kalejoko valentinelai dine ho kalejole. malai ta bholi arkai color ko rose aucha. Guess.

Thanks parbatya,

HAPPY VALENTINE TO YOU ALL


 
Posted on 02-13-08 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए क्रेजी, तिमीले टास्या त्यो फोटो आएन है
फेरी टास, वा डिलिट गर
मैले गेस गरे भोली तिमीलाई कून कलरको रोज आउछ भनेर
भोली नै भनौला
सरि तिमीलाई अहिले भ्यालेन्टाइन विश गर्दिन ल
किन भने मैले मेरो प्यारिलाई विश गरेकै छैन अहिले सम्म
 
Posted on 02-13-08 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरेजी, मैले त मेरो रेड रोज रेफ्रिजेरेटरमा राखेर तिमीलाई रेफ्रिजेरेटर सहितै फेडेक्स गर्न लाग्या, बाटोमा फूल ओइलाउँछ कि भनेर।

तिमीले दे'को ठेगाना त सही नै छ नि, हगि?  रेफ्रिजेरेटर फाल्दिए नि हुन्छ, तर रोज चैँ सिरानीमा सजाएर राख्नु, ल।


 
Posted on 02-13-08 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oooops!

 crazy स्विकार हुने भए म पठाम्छु रातो गुलाफ--  हिहिहिहि

हत्तेरिका !! देवरजीले दि सक्नु भा'रैछ  :)

 होस होस  पठाउदिन   न मेरो आँखा माछाको जस्तो छ न मेरो उचाँइ ५.८' छ 

Last edited: 13-Feb-08 09:36 PM

 
Posted on 02-13-08 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपनिमै भए पनि फूल हटाइ हेरे हुन्थ्यो

फूलको गु्छ्छा पछाडी मलाई देखे के जान्थ्यो

फोनको घन्टी त्यतिबेलै बज्न पर्ने क्या झुर

तिमी पनि सिङ्गल रेछौ के छ गाँठे सुर???

 

हेहेहे जे होस रमाइलो लाग्यो पढेर! पठाउँ है पठाउँ यसपाली सबैले रातो गुलाब पठाउँ!


 
Posted on 02-13-08 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते को स्वर मा:-
के सोचे मैले--के भयो अहिले
अर (or)
क्या हुवा तेरा वादा-- वो कसम वो इरदा
लोल,  आज लाई भयो ल साथीहरु भोली पनि टाईम छ नि हास्ने
गूड् नाइट
लव या अल
 
Posted on 02-14-08 1:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही बेरको मौनतापछि भरेङ ओर्लिदैं उसले भन्यो-  HAPPY  VALENTINE DAY..

भन्न त भनेछ  नि है । हे  हे । मन राखिदिछ।  केटो गतिलो जस्तो छ । B 206 कि सान्नानि लाई बधाईछ ।
C206 कि लाई  शुभकामना, छिट्टै  राम्रो भ्यालेन्टाइन पाउनुहोस ।

तर मलाई छोटो जस्तो लाग्यो । नहुन पनि सक्छ । कुरो अगाडि बढ्न पनि सक्छ ।

राम्रो प्रस्तुति को लागि धन्यबाद । im expecting more..




 
Posted on 02-14-08 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी को कथा ब्यथा सदा झैं उत्तम। समसमयिक पनि। भनिन्छ नि सुनार को सय चोट लोहार को एक। त्यही एक हो।
 
Posted on 02-14-08 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramro cha crazy

Last edited: 14-Feb-08 08:38 AM

 
Posted on 02-14-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लप्पू, राम्रो लेख्यौ!
तिम्लाइ ह्याप्पी भन्टाङ्भुन्टुङ डे!
 
Posted on 02-14-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, साह्रै भाग्यमानी रहेछौ। अब रियल को त के कुरा गराइ भयो र, सपनामै गुलाफको झुप्पा पाउने भए पछी। ख्वाब मे ही सही, कोही हमे भी कोही एक गुलाब देता।

कथा राम्रो छ, अरु पनि पढ्न पाइयोस। 


 
Posted on 02-14-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुल्नु अघि झार्न खोज्ने त्यो पापी हुरीले,
रुखै ढाल्न सकेन, निर्दोष फुलको मायाले,
एक स्पर्श त्यो प्रेमको फुलले भुल्न सकिन,
मुटुभित्र खोपिएको उसको नाम अझै मेट्न सकिन।

 

america-rose

DEAR ALL,

HAPPY VALENTINE DAY!

Crazy_love


 
Posted on 02-14-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting ....

One ignorable suggestion - could you take some time to re-read your own story 2-3 tyaam and then edit plz? I am sure it would be more fantastic.


 
Posted on 02-14-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ खुलेर हाँसेकै थी, आफैलाइ भुलेर बाँचेकै थी,
काँडाहरुको माझमा, त्यो मात लगाउने साँझमा,
रातो गुलाफको खुशी देखेर इर्श्यामा जल्नेहरु,
निस्वार्थ माया पनि दिन सिक स्वार्थीहरुको माझमा।

Crazy and all,

Happy Valentine Day!


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters