इतिहासस“ग
गा“सिएको नाता
शाहवंशीय राजाको उद्गम थलोले गणतन्त्रको
खाता खोल्ला -
भोजराज भाट र दामोदर न्यौपाने/गोरखा
फागुन
१४ गते झिसमिसे बिहानीमा गोरखकाली मन्दिर रहेको माथिल्लो
गोरखा दरबारतिर उक्लिए म्ँाओवादी वरष्िठ नेता बाबुराम
भट्टर्राई । संविधानसभाको चुनावमा गोरखा क्षेत्र नं २
बाट उम्मेदवारी दिएको भोलिपल्ट द्वन्द्वात्मक भौतिकवादमा
विश्वास राख्ने बाबुराम त्यसरी मन्दिर गइरहेको दृश्य सा“च्चै
अपत्यारलिो थियो । आ“गन या बारीको डिलमा बसेर स्थानीयले
उनलाई चाख दिएर एकोहोरो हेररिहे ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको
गोरखा दरबार पुग्दा बाबुरामको स्वागत-सत्कारमा कुनै कमी
रहेन । दरबार हेरचाह अड्डाका कर्मचारीदेखि पुजारीसम्म
त्यहा“ थिए । दरबार परसिरभित्र छालाका जुत्ता खोलेर बाबुरामभित्र
पसेको देख्नासाथ गोरखनाथका पुजारी टेकनाथ घिमिरे थाली
बोकेर आइपुगे । भने, "प्रसाद थापेर जानूस् है बाबु
†" मौका छोप्न बाबुराम पनि कम रहेनछन् । भनिहाले,
"पृथ्वीनारायण शाहले यही गोरखनाथबाट आशर्ीवाद पाएर
पुरानो सत्ताको एकीकरण गरेका थिए, लौ मलाई पनि नया“ सत्तामा
विजयी हुन आशर्ीवाद दिनूस् †" पुजारीबाट खरानीको
टीका थापेका बाबुरामले भावुक मुद्रामा पा“च सय रुपिया“
दक्षिणा पनि थमाए ।
खासमा बाबुरामले टीका थापेका मन्दिरका
अर्का पुजारी प्रदीपनाथ योगी माओवादीपीडित रहेछन् । डेढ
वर्षहिले माओवादी कार्यकर्ताले राजावादी भएको आरोपमा उनलाई
मोसो मात्र दलेका थिएनन्, जुत्ताको माला लगाई गोरखा बजार
परत्रिmमा समेत गराएकँ थिए । तर, अहिले तिनै कार्यकर्ताका
वरष्िठ नेताले 'आशर्ीवाद' लिनुको चुनावी अर्थ पक्कै होला
। २०१५ सालको चुनावमा काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद
भट्टर्राईले एउटा बाहुन बस्तीमा रक्सी र कुखुराको मासु
खाइदिएका कारण हारेको चर्चा गोरखाका गाउ“घरमा अझै पनि
सुनिन्छ ।
त्यही तीतो यथार्थ बुझेर बाबुरामले पनि
गोरखनाथको र्'दर्शन' गरेका हुन् त - माओवादीका यी वरष्िठ
नेताले आशर्ीवाद माग्नुको प्रतीकात्मक सन्देशचाहि“ 'शत्रुकै
गोलीले शत्रुलाई ढाल्ने' रणनीति हुनसक्छ । एकातिर धार्मिक
आस्थाको प्रतीक गोरखनाथ र कालिकामाईमा गएर उनी गोरखालीहरूको
सहानुभूति बटुल्ने प्रयासमा देखिन्छन् भने अर्कोतिर उनका
कार्यकर्ताचाहि“ गोरखाका शाहवंशीय अस्ितत्व नामेट पार्ने
गतिविधिमा लागेको भेटिन्छन् ।
जनआन्दोलन-२
लगत्तै गाउ“बाट सहर छिर्ने क्रममा माओवादी कार्यकर्ताहरूले
देशव्यापी रूपमा राजाका सालिक भत्काउने अभियान नै चलाए
। त्यही क्रममा गोरखा बजारमा रहेको पृथ्वीनारायण शाहको
सालिक पनि भत्काइयो । गोरखाका ऐतिहासिक र पुरातात्त्विक
महत्त्वका वस्तुहरूको संरक्षण गर्न २२ वर्षघि करबि १५
करोड रुपिया“ लागतमा गोरखा दरबार संरक्षण परयिोजना सुरु
गरएिको थियो । त्यसै अर्न्तर्गत ०५२ सालमा पार्कको मध्यभागमा
राखिएको उनको सालिक अनावरण नहु“दै माओवादीले तोडे । न्यायप्रेमी
भनेर चिनिएका राजा राम शाहको सालिक पनि उनीहरूले बा“की
राखेनन् । कतिसम्म भने पृथ्वीनारायणका सहयोगी बीसे नगर्चीको
सालिकसमेत माओवादीले रहन दिएनन् ।
गोरखाका हरेक शाहवंशीय अवशेष मेटाउने
प्रयासमा देखिन्छन् माओवादीहरू । जस्तो, माथिल्लो र तल्लो
दरबारका भित्ताभित्तामा प्रचण्डलाई प्रथम राष्ट्रपति बनाउने
नारा पोतिएका छन् । गोरखा बजारको मूलद्वारमा सडक विस्तार
गर्न नमिल्ने गरी पक्की सहिद गेट बनाइएको छ, जसमा 'जनयुद्ध'का
क्रममा गोरखामा मारएिका व्रि्रोहीहरूको शिलालेख छ । गोरखा
दरबार क्षेत्र परसिरमा रहेको रानीवनलाई कब्जा गरेर 'गणतान्त्रिक
जङ्गल' नामकरण गरएिको छ ।
दरबार परसिरमा रहेका गोरखनाथ तथा कालिकामाईको
मन्दिरलाई पूजापाठ खर्च उठोस् भनेर स्थापना गरएिको ३६
वटाजति गुठीमध्ये अधिकांश माओवादी कार्यकर्ताले कब्जा
गरेका छन् । किन - माओवादीका गोरखा इन्चार्ज विजय भन्छन्,
"हालसालै २३ वटा गाविसमा सात हजार रोपनी जग्गा गुठीको
नाममा देखियो । ती सबै मन्दिर, मठ र दरबारका नाममा दर्ता
भए पनि त्यसको भोगचलन कि त दरबारका पुजारीले गरेका छन्
कि त दरबारकै आसेपासेले । त्यसैले जनताकै मातहतमा सम्पत्ति
हुनर्ुपर्छ भनेर कब्जा गरेका हौ“ ।"
गणतन्त्रतिर गोरखा
गोरखकाली मन्दिरलाई शाहवंशको कुलदेवीका
रूपमा पूजा गरन्िछ । यही“बाट फूलपाती लगेर हनुमानढोकामा
भित्र्याएपछि दसै“ पूजा सुरु हुन्छ । राजाहरू कालिकालाई
शक्तिको प्रतीकका रूपमा लिन्छन् । पृथ्वीनारायण शाहले
मुलुक एकीकरण गर्दा दिएको नारा थियो- जय गोरखकाली माई
† राजधानी काठमाडौ“मा सारेपछि पनि शाहवंशीय राजाहरूले
आफ्नो दैवी-केन्द्र गोरखालाई नै मानिरहे । "राजधानी
सारे पनि देवीलाई र्सार्न त मिलेन," गोरखा क्याम्पसका
इतिहास विषयका उपप्राध्यापक अर्जुन भण्डारी भन्छन्, "त्यही
भएर उनीहरू यता धाइरहन्छन् ।" विजय प्राप्त गरेपछि
शाहवंशले गोरखनाथलाई इष्टदेव मान्न थाले । त्यही भएर गोरखनाथ
अङ्कित मुद्रासमेत प्रचलनमा ल्याइएको थियो । यस्तो मुद्रा
दर्ुइ वर्षघिसम्म पनि प्रचलित थियो । निसाना छापमा समेत
गोरखनाथ अङ्कित छ ।
गोरखकालीमा
चार जना पुजारी छन् । उनीहरू सिद्ध सम्प्रदायका योगी हुन्,
जसको कान चिरएिको हुन्छ । उनीहरूले हरेक दिन गोरखनाथ गुफामा
रोट बनाउ“छन् । चामल या गहु“को पीठोमा ल्वाङ, सुकुमेल,
छोकडा, अलै“चीलगायत ५२ किसिमका मसला हालेर यस्तो रोट बनाइन्छ
। रोट का“चो र पकाएको गरी दर्ुइ किसिमका हुन्छन् । का“चो
रोट भुङ्ग्रोमा राखेर पकाइन्छ भने पाकेको रोट घिउमा राखेर
। धेरै दिनसम्म नबिग्रिने र खा“दा अडिलो पनि हुने भएकाले
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा सेनालाई यस्तै
रोट खुवाउने गरेको भनाइ छ ।
मनको इच्छा पूरा गर्न सवा लाख रोट चढाउने
चलन पनि छ गोरखामा । ०६१ माघमा राजा ज्ञानेन्द्रले गोरखा
दरबारमा रहेको गोरखनाथ गुफामा सवा लाख रोट चढाएका थिए
। पुजारीका अनुसार राजाहरूले नया“ काम थाल्न वा कुनै शक्ति
हासिल गर्नपर्ूव गोरखनाथको आशर्ीवाद लिने चलन छ । नभन्दै
राजा ज्ञानेन्द्रले पनि रोट चढाएको एक सातापछि नै माघ
१९ मा 'कू' गरे । त्यसको र्समर्थनमा स्थानीय व्यापारी
मानबहादुर श्रेष्ठको नेतृत्वमा ठूलो र्याली निस्क्यो
। मानबहादुर एक वर्षछि नगरचुनावमा पृथ्वीनारायण नगरपालिकाको
र्सवसम्मत मेयर त भए तर बा“की वडामा उम्मेदवार भेट्टाउनै
मुस्िकल पर्यो । अहिले त उनी स्वयम्मा राजतन्त्रप्रति
कुनै मोह छैन ।र्
वर्तमान सरकारले राजाको अधीनमा रहेको
गोरखा दरबारलाई पुरातात्त्विक विभाग अर्न्तर्गत सरकारी
मातहतमा राखेको छ । विगतमा दरबार परसिर राजा वीरेन्द्रको
स्वामित्व हुनेगरी बनाइएको थियो । कालिका र गोरखनाथको
पूजा गर्न वीरेन्द्रले गोरखा दरबारकै टाकुरोमा हेलिप्याड
बनाएका थिए । राजपरविारले प्रायःजसो बडादसै“का बेला यहा“
पूजापाठ गर्ने चलन छ । लोकतन्त्रपछि चाहि“ राजा आएका छैनन्
। हरेक वर्षो बडादसै“मा यहा“ ८६ वटा रा“गा र १ सय ३५ बोकाको
बलि दिइन्थ्यो । यसपालि ३५ बोका र रा“गा १९ मात्र काटियो
। स्थानीय बासिन्दाहरू 'बदलि“दो परििस्थति'का कारण सङ्ख्या
घटेको अनुमान लगाउ“छन् ।
राजाको
शासनकालसम्म पनि चैतेदसै“मा २७ वटा रा“गा, ४६ वटा बोका
काटिन्थ्यो । गोरखा दरबार हेरचाह समितिका नायब सुब्बा
विष्णु सिम्खडा भन्छन्, "खोइ, त्यो पनि हुने हो या
होइन, अहिलेसम्म पत्तो छैन ।" गोरखा दरबारमा पूजा
गर्दा राजाका एक प्रतिनिधि खटिन्छन् । गएको बडादसै“सम्म्ा
त्यस्ता प्रतिनिधि खटिएकै थिए तर आउ“दो चैते दस“ैमा आउने/नआउनेबारे
केही जानकारी नपाएको दरबार स्रोत बताउ“छ ।
गोरखा दरबारको हेरचाहका निम्ति कालिकामाई
मन्दिर परसिरमा १ सय १४ र गोरखनाथ गुफामा चार कर्मचारीहरू
छन् । यहा“का पुजारीलगायत कर्मचारीको परम्परागत बफादारी
दरबारतर्फभए पनि उनीहरूलाई सेवा-सुविधाचाहि“ सरकारले उपलब्ध
गराउ“दै आएको छ । माओवादी कार्यकर्ताले बेलाबखत राजाप्रति
बफादार रहेको आरोप लगाई कर्मचारीहरूलाई अपहरण गर्ने, धम्क्याउने
काम पनि गरेका छन् ।
गोरखा दरबार हेरचार अड्डाका कर्मचारी
विष्णु सिम्खडा द्वन्द्वकालमा तीनपटकसम्म माओवादी अपहरणमा
परेका थिए । गुनासो पोख्छन्, "उनीहरू मलाई नानाथरी
आरोप लगाउ“थे । तर, मचाहि“ विशुद्ध दरबारकै कर्मचारी भएका
आधारमा अपहरणमा परेको हु“ । एकपटक त पिटपाट पनि गरे ।
अहिले पनि माओवादीका डरले अधिकृतलगायतका माथिल्ला हाकिमहरू
यहा“ छैनन् । सुब्बाले कार्यालय चलाउनुपरेको छ ।"
गोरखनाथका पुजारी प्रदीपनाथ योगी पनि माओवादीले आरोप लगाएजस्तो
आफू दोषी नभएको दाबी गर्छन् । भन्छन्, "मलाई राजतन्त्र
जोगाउने प्रपञ्च रचेकोलगायत आधा दर्जन आरोप लगाएका थिए
। म त्यस्तो शक्तिशाली भएको भए के रोट पोलेर बसिरहन्थे“
होला र †"
शाहवंशको मूलथलो गोरखामै अहिले राजतन्त्रको
पक्षमा बोल्नेहरू खासै भेटिन्नन् । पछिल्लो अवधिसम्म संवैधानिक
राजतन्त्रको वकालत गर्दै आएका नेपाली काङ्ग्रेसका केन्द्रीय
सदस्य चिरञ्जीवी वाग्ले भन्छन्, "अहिले गोरखावासीले
चाहेर पनि राजालाई जोगाउन सक्दैनन् । यसको फैसला त देशभरकिै
जनताले संविधानसभामार्फ गर्नेछन् ।"
दुवैका निम्ति सामरिक
गोरखाली शाहवंशलाई तारो बनाएर मुलुकमा
गणतन्त्रको जग हाल्ने काममा माओवादीहरूको अग्रणी भूमिका
छ । त्यसका निम्ति गरेको व्रि्रोहको केन्द्र नै गोरखालाई
बनाउनुपर्ने तर्क पनि कतिपयले गरेका थिए । गोरखा घर भएका
नेता बाबुराम भट्टर्राई भन्छन्, "पुरानो सत्ताको
एकीकरण गोरखाबाट भयो भने नया“ नेपाल पनि यहा“बाट सुरु
गर्दा त्यसको साङ्केतिक महत्त्व हुन्छ भन्ने सुझाव पनि
दिएका हौ“ । तर, पछि हामी के निष्कर्षा पुग्यौ“ भने चीनमा
जस्तो एउटै ठाउ“बाट जनयुद्ध सुरु हुन सक्दैन । त्यही मान्यता
बोकेर चार जिल्लाबाट एकैपटक जनयुद्ध थाल्यौ“ ।"
माओवादीका अर्का गोरखावासी नेता हितराज
पाण्डे निम्न कारणले गर्दा गोरखा जनयुद्धको महत्त्वपर्ूण्ा
क्ष्ँेत्र मानि“दै आएको बताउ“छन् ः
ड्ड माओवादी अध्यक्ष प्रचण्ड गोरखामै
शिक्षण पेसा गर्दागर्दै पार्टर्ीीाजनीतिमा लागेका थिए
।
ड्ड जनयुद्धअघि पार्टर्ीीे हेडक्वार्टर
गोरखामै थियो ।
ड्ड जनयुद्धको पहिलो फौजी योजना ०४५
सालमा गोरखाको सिरानचोक भयो । जनयुद्ध तयारीको अन्तिम
योजना कोर्ने काम ०५२ असोजमा गोरखाको धुवाकोटमा बसेको
केन्द्रीय समिति बैठकले गर्यो ।
ड्ड ०५२ फागुन १४ गते गोरखामा मारएिका
विद्यार्थी दिलबहादुर रम्तेल जनयुद्धकै पहिलो सहिद बन्न
पुगे ।
ड्ड ०५३ भदौ १ गते देव गुरुङ गोरखाको
छाप्राकबाट पक्राउ परे, जो पछि डीएसपी ठूले र्राईसितको
साटासाटमा छुटेका थिए ।
ड्ड ०५७ चैत १७ गोरखाका छ महिलाले त्यहा“को
'जेल ब्रेक' गरे ।
माओवादीको बुझाइमा गोरखास“ग केन्द्रीय
सत्ताको पनि भावनात्मक सम्बन्ध जोडिएका कारण उसले त्यस
क्षेत्रलाई सामरकि महत्त्वकै रूपमा लिएको थियो । हुन पनि
शाहवंशको मात्र होइन, काठमाडौ“को संस्थापनमा प्रभावशाली
रह“दै आएका बस्नेत, थापा, पाण्डे आदि सम्भ्रान्त समुदायको
पुख्र्यौली थलो पनि गोरखा नै हो । स्मरण रहोस्, देशभर
िसेना परचिालन नहु“दै गोरखामा एकीकृत विकास परयिोजना अर्न्तर्गत
सैनिक मोर्चाबन्दी सुरु भइसकेको थियो । ०५८ सालमा सङ्कटकाल
लागेलगत्तै त भच्चेक, हर्मी, पालुङटार, घ्याम्पेसाल, मनकामना,
आरुघाट र सदरमुकाम गरी सात ठाउ“मा सैनिक क्याम्प खडा गरएिको
थियो । उपत्यकाबाहिर पहाडी क्षेत्रमा यति धेरै सैनिक क्याम्प
राखिएको एक मात्र जिल्ला गोरखा नै थियो ।
गोरखामा सेनाको सक्रियताले माओवादीलाई
पनि निकै अप्ठ्यारो पार्यो । धेरै कार्यकर्ता मारएि भने
कतिपयले अन्तर्घर्ाापनि गरे । गोरखाकै वैकल्पिक पोलिटब्युरो
सदस्य सुरेश वाग्ले त ०५६ भदौ २३ गते प्रहरी कारबाहीकै
क्रममा मारइिसकेका थिए । उनी जनयुद्धका क्रममा मारएिका
सबभन्दा माथिल्ला नेता हुन् ।
माओवादीहरूले गोरखामा ठूला आक्रमण खासै
कहिल्यै गर्न सकेनन् । बरु त्यस जिल्लाबाट मात्र २ सय
९ कार्यकर्ता, र्समर्थकहरू गुमाए । तर, युद्धकालमा सफलता
हासिल गर्न नसकेका माओवादीले शान्तिकालमा भने चुनावी जित
हासिल गर्ने दाबी गर्दैछन् । बाबुराम भन्छन्, "इतिहास
हर्ेर्ने हो भने हाम्रा पर्ुखाहरूले पृथ्वीनारायण शाहका
पुस्ताहरूलाई गोरखाका राजा बनाएका हुन् । पुरानो नेपालको
एकीकरण हाम्रै सामन्तवादी पर्ुखाले गर्यो, अब नया“ नेपालको
निर्माण नया“ पुस्ताको र्सवहारा वर्गले यही गोरखाबाट गर्दैछ
।"
के माओवादीले भनेजस्तो गोरखाको चिनारी
बदलिन्छ त - कुनैबेला अहिलेका माओवादीस“गै काम गरेका नेकपा
एमालेका केन्द्रीय सदस्य वाचस्पति देवकोटा भन्छन्, "हिजोका
दिनमा पृथ्वीनारायण शाहले इतिहास बनाए, अहिले त्यस इतिहासलाई
मार्न खोज्नु भनेको आफ्नै पर्ुखालाई नामेट गर्नुजस्तै
हो ।" उनको थप भनाइ थियो, "निश्चय पनि नेपालको
एकीकरण गर्नेमा गोरखालीको भूमिका महत्त्वप्ार्ूण्ा रह्यो
। त्यसमाथि पृथ्वीनारायण शाहले त्यसबेला जितेका राज्यलाई
टुक्रा पार्ने काम नगरी एकीकृत बनाइराखे । त्यसैले उनको
योगदानलाई अहिले पनि कदर गर्नर्ुपर्छ ।" तर, त्यस
योगदानलाई कदर गर्ने नाउ“मा राजालाई जोगाउनर्ुपर्छ भन्ने
पक्षमा चाहि“ वाचस्पति देवकोटा छैनन् ।
गोरखाको शाहवंशीय साख कहिलेसम्म कायम
भइराख्छ त - बाबुराम भन्छन्, "अबको नया“ गोरखाको
चिनारी भनेकै गणतान्त्रिक नेपालको सुरुवात हो । अब यहा“बाटै
गणतान्त्रिक विजयी अभियान थाल्दैछौ“, संविधानसभामार्फ
।" उनले गोरखनाथ बाबास“ग आशर्ीवाद थाप्नुको अर्थ
पनि सायद त्यही होला । |