[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 मेरो एउटा प्रयाश
[VIEWED 3671 TIMES]
SAVE! for ease of future access.
Posted on 03-05-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो शैली भन्दा अलि फरक खालको कविता लेख्ने कोशिस गरेकी छु्, लेख्ने बित्तिकै यहाँ टाँसेकी हुँ, सुझावहरु पाउने आश मा, अलि के नपुगे के नपुगे जस्तो लागिरहेको छ, आशा छ, साझाका दिग्गजहरुबाट पाएको सुजावले मैले यसलाई माझ्ने नै छु् ।

तुलना

आखिर तुलना कसरी नै गर्न सक्छु र म

यो मौकै मौकाको राष्ट्रसँग, त्यो हल्लै हल्लाको देशलाई

यहाँको नियम मान्ने शैलीसँग, त्यो घुस्याहा परिबेशलाई

 

तरपनि थाहै नपाइ तौलिरहेकी हुन्छु म

यो उत्तर आधुनिक समाजसँग, त्यो प्राचीन अवशेषलाई

यहाँको भड्किलो पहिरनसँग, त्यहाँको शालिन भेषलाई ॥

 

(कविता अझैपनि निर्माणाधिन अवस्थामा छ, यसलाई पुरा गर्न सबैको सहयोगको अपेक्षा गर्दछु ।)

Last edited: 05-Mar-08 10:06 AM

 
Posted on 03-05-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

चेली ०८-१८-०६ मा साझा मा टांसिएको यो मेरो भाव ले तपाईं को प्रयास मा एउटा ( नभे आधा) इट्टा थप्छ कि ?

Move to:
 
अम्रिका को मान्छे भाग २


यो शहरमा धेरै धेरै रहर थिए ,
हरपल मरिरहने जहर भेटें मैले

सपना देखने हरुको केही कमि छैनन त्यहाँ पनि
सपना बेच्नेहरुको लामो लहर देखें मैले।

अग्ला अग्ला भवन्, ठुल ठुला महल भित्र
जीवन जगतका खन्डहर भेटें मैले।


मेशिन हो कि मान्छे हो, छुट्ट्याउन सकिन
जिउनको लागि होईन, बाँच्नको लागि केही प्रहर किनें मैले।

काशी जानु, राम नाम जप्नु, तर अ्रि^का नजानु
सबलाई एक पटक सचेत गराउने ठहर गरें मैले।


 
Posted on 03-05-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो शहरमा धेरै धेरै रहर थिए ,
हरपल मरिरहने जहर भेटें मैले

 

Wah thuldai, ramro chha!


 
Posted on 03-05-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के काशी के अम्रिका , सबै उस्तै हुन साथी
अम्रिका मा भवन त काशीमा मान्छे का ताती

मान्छे देखी वाक्क म त भवन निर्जिव जाती
दङ्ग पार्छ अम्रिकाले हर हिसाबले तल देखी माथि

 


 
Posted on 03-05-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one spreadlove,

Ma pani America lai gali garna chahanna, aakhir sapana ko desh ho yo. Duita farak farak desh lai compare garna matra khojeko.

एक वर्षजस्तो अगाडि एकजनाले लेखेको दुई लाइन कविता मलाई असाध्यै मनपरेको थियो, आज यहाँ Context मिले जस्तो लाग्यो :

एउटा यो देश जहाँ हृदय पत्थरको हुन्छ

अनि अर्को त्यो मेरो देश, जहाँ पत्थरको पनि हृदय हुन्छ

 

( यस कविताका रचनाकार शायद अष्ट्रेलियामा हुनुहुन्छ)

 


 
Posted on 03-05-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हृदय पत्थरको न यता छ न उता
पत्थरको हृदय कतै भेटदिन म त
कथा सायद खुकुरी र अचानो को होला
चोटको बयानमा घाईते पिल्सीएर रोला
गल्तीमा त्यो मनको यो मन हाँसेको बेला
यो मनको गल्तीमा हाँसो मन नपरेको होला
 
Posted on 03-05-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो देशको माया त निकै लाग्छ
तर मेरो माया सीमा मा सिमित किन राखु?

मलाई त लाग्छ देश्भक्ती एउटा भ्रमित धारणा मात्र ,कि मेरो देश सर्वोत्तम हो किनकी म यहाँ जन्मे .


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters