[Show all top banners]

badarkta
Replies to this thread:

More by badarkta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सद्दाम हुसेनको पुनर्जन्म
[VIEWED 7274 TIMES]
SAVE! for ease of future access.
Posted on 03-08-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इराकमा सद्दाम हुसेनलाई झुण्ड्याएर मारियो । घित्रिक्क प्राण जानासाथ उनी यमराजको सामुन्ने पुगे । यमराजले सद्दामलाई न्यानो स्वागत गर्दै भने-’तिमी पहिले नै यहाँ आउनुपर्ने मान्छे, ढिलो आयौ ।’ सद्धाम र यमराजका बीच भलाकुसारी भयो । भलाकुसारीपछि यमराजले भने-’हेर सद्दाम, म तिमीलाई स्वर्ग नर्क दुवैतिर पठाउँदिन ।’

यमराजले छक्क परेर भने -’किन ? त्यसो भए कहाँ पठाउनुहुन्छ ?’

यमराज बोले -’तिमीलाई स्वर्ग नर्क जता राखे पनि ममाथि खतरा हुन्छ । तिमीले मेरो सत्ता कब्जा गर्न बेर लगाउँदैनौ !’

यमराजको कुरा सुनेर सद्दाम मुसुक्क हाँसे । सद्दामले सोधे -’त्यसो भए मलाई कहाँ पठाउनुहुन्छ ?’

यमराजले भने -’तिमीलाई पृथ्वीमै फर्काइदिन्छु । बरु कुन देशमा पुनर्जन्म चाहन्छौ - भन !’

सद्दाम बडो सोंचमा परे । उनले कुन देशमा जन्मन पाए राम्रो होला भनी निकै सोचविचार गरे तर निर्णय गर्न सकेनन् । उनले यमराजसँग केही घण्टाको समय मागे । यमराजले समय दिए । त्यसपछि यमराजको दरबारको बगैंचामा घुम्दै सद्दाम सोचविचार गर्न थाले । उनलाई इराकमै जन्मन मन लाग्यो तर फेरि यस्तै विजोग, यस्तै मृत्युदण्ड दोहोरिएला भन्ने डर लाग्यो । त्यसैले इराकमा फेरि नजन्मने निर्णय गरे ।

सद्दामलाई अमेरिकामा जन्मन मन लाग्यो । तर उनले तत्कालै विचार बदले । उनलाई लाग्यो - अमेरिकाको राष्टपति बने पनि तानाशाह बन्न सकिदैन । कथंकदाचित तानाशाह बन्न सकिए पनि धेरै समय टिक्न पाइदैन र इराकमा जसरी नै जसरी झुण्डिएर मर्नुपर्नेछ ।

कुन देशमा जन्मने - सद्दामको चिन्तन अब चिन्तामा परिणत भयो । उनले बेल्जियमदेखि वेलायतसम्मका देश सम्झे, भारत सम्झे, चीन सम्झे, जापान सम्झे । तर कहिँ पनि जन्मन मन लागेन ।

घण्टौंसम्म सोंचविचार गर्दा पनि पृथ्वीलोकको कुन देशमा जन्मने भनी सद्दामले निर्णय गर्न सकेनन् । उनले पुनर्जन्मका लागि देश छान्ने जिम्मा यमराजलाई नै दिने विचार गरे । यमराजका अगाडि उपस्थित भएर सद्दामले भने -’पुनर्जन्ममा जाने देश हजुरले नै छानिदिनुपर्‍यो । मैले त छान्नै सकिन ।’

सद्दामको कुरा सुनेर यमराज पनि सोंचमा परे । निकैबेर सोंचेपछि उनले सद्दामलाई सोधे -’तिमीलाई कस्तो देशमा जन्मन मन लागेको छ पहिले त्यो बताऊ !’

सद्दामले भने -’यस्तो देशमा जन्मन पाउँ प्रभो जुन देशमा जति तानाशाही मच्चाए पनि, जति अत्याचार गरे पनि कुनै कारवाही नहोस् । सत्तामा बसेर जति अपराध गरे पनि, जस्तै आन्दोलन ब्यहोर्नुपरे पनि, जति दमन गरे पनि अनि आन्दोलनबाट हटाइए पनि कुनै कारवाही नहोस् । सत्तामा बसेर गरेको सात खत माफ हुने त्यस्तो कुन देश होला ? त्यो देशमा पठाइदिनुपर्‍यो प्रभो !’

सद्दामको कुरा सुनेर यमराज मुसुक्क हाँसे अनि भने -’त्यसो भए तिमीलाई म नेपालमा जन्माइदिन्छु ।’

s: rakure


 
Posted on 03-08-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

s] hGdfO dfq lbG5' lg , cfheGbf !@ jif{ cuf8L jf6 ;2fdsf] csf]{ emg s'|/ ?kdf k|rG8 eGg] csf]{ hGt' hGd]sf] yfxf 5}g ls s;f] <<<<<<


 
Posted on 03-08-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Funny but kinda abruptly pessimistic.

Hope, particularly about justice, must not be lost this easily.

Be prepared for a long wait, but lose not the hope.

 

Nepe


 
Posted on 03-08-08 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खासमा त्यस्तो भको हैन रे। सद्दाम हुसेनले सुरुमै नेपाल छान्या हो। यमराज समेत तीन छक खाएछन हुसेनको छनौट सुनेर। किन त्यस्तो दरिद्री देश छानेको भनेर यमराजले सोद्धा हुसेनले यस्तो जवाफ दिएछ।


"प्रभु, मलाई नेपालमै पठैदिनुस्। किनकी त्यहाँका मान्छे एकदम असल छन। म राजा हुना साथ आदी भन्दा बढीले मलाई भगवानको अवतार मान्दिन्छन। अलिकती पढे लेखेकाहरु पनी मेरो वरीपरी चाकडी गर्दै शक्तीको पूजारी भएर बसिहाल्छन। अनपढ गवाँरहरुलाई उचालेर फाईदा लिनेहरु पनि छँदैछन्, तिनीहरुलाई म भन्दा मुनिका पावरवालाहरुले नै अल्मल्याइदिहाल्छन। घराँ खान लाउन छैन, पढ्नु गुन्नु छैन, सप्पै नेता बन्न खोज्नी, अनी  सत्तामा को पुग्योको टन्टो लिने मुर्खहरुको देशमा म त के मेरो सात पुस्ताले राजगर्न पाउँछ, प्रभु। अनी प्रभु बिदेशाँ बसेर भूक्नेहरुको त झन ताँती छ तिनीहरुको। मलाई त त्यै देश पाए आनन्द हुन्छ।"


 
Posted on 03-08-08 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेसाहिलाज्यू,

सिक्काको अर्को पाटो देखाईदिनुभयो, धन्यवाद ।

नेपे


 
Posted on 03-08-08 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Probably the most awaited (by poster president of Nepal) the hybrid of Janga Badur and Gautam Budda is the reencarnation of Saddam Husain......
 parth
 
Posted on 03-09-08 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is a journalist prophesizing the emergence of a dictatorship in Nepal. My opposite prophecy is presented at the end of the message.

 

Nepe

 

*** *** *** *** *** *** *** *** *** *** *** *** ***

 

अधिनायकवाद कि प्रजातन्त्र ?

मनुज चौधरी

14 October 2007

 http://www.kantipuronline.com/Nepal/Archive/265th%20issue/haminepali.php

 

माओवादीहरूको आदर्शप्रति आस्था राख्नेहरू सबैलाई श्रद्धा गर्नुपर्छ किनभने हिंसाको रणनीतिका बाबजुद समाज निर्माणप्रतिको तिनको प्रतिबद्धतालाई नजरअन्दाज गर्न सकिँदैन । आस्था आखिर आस्थै हो । कसैलाई राजावादी र काङ्ग्रेसी हुने अधिकार छ भने अरूलाई माओवादी हुने अधिकार छैन भन्नै मिल्दैन । तर, माओवादीहरूलाई विश्वास गर्ने गैरमाओवादीहरूचाहिँ सबैलाई पटमूर्ख भन्नैपर्छ किनभने माओवादीहरूले बारम्बार उल्लू बनाउँदा पनि तिनमा चेतना आएको छैन ।

 

एमालेजसरी माओवादीहरूलाई पनि विस्तारैसँग प्रजातान्त्रिक मूलधारमा ल्याउन सकिन्छ भनेर सोच्नेहरूले एउटा भ्रम पालेका थिए  । माओवादीहरूले संविधानसभाको चुनाव बिथोलेपछि कतिपयलाई त्यो भ्रम बोध भएको छ । तर, दुःखको कुरा तिनमा अझै पनि माओवादीहरूको लोकतान्त्रीकरणको आशा टुटेको छैन । त्यस्ता उत्साही आशावादीहरूले बुझ्नुपर्ने कुरा के भने चुनावी राजनीतिबाट सत्ता प्राप्त गर्न सकिँदैन भन्नेमा माओवादीहरू प्रस्ट छन् । उनीहरू अहिले 'मृत्यु या मुक्ति' को अन्तिम युद्ध लडिरहेका छन् । उनीहरूले गाउँ घेरे र सहर पसे । अहिलेसम्मको रणनीतिमा उनीहरू चुकेका छैनन् । तर, माओवादीहरूले अपेक्षा गरे अनुरूप दरबारले संविधानसभाको चुनाव बिथोल्न कुनै षड्यन्त्र नगरेपछि, संसद्बाटै गणतन्त्र घोषणा गराउने प्रयासमा आफूहरू विफल भएपछि, वाममोर्चा बनाउने सोचले पनि हावा खाएपछि र चुनाव हुने निश्चित भएपछि उनीहरूले चुनावी राजनीतिमा आफूहरू राम्रैसँग नाङ्गिने कुरा बुझे । त्यसैले चुनाव बिथोल्नुबाहेक उनीहरूसँग अर्को विकल्प नै थिएन । वैधानिक प्रक्रिया उनीहरूको हितमा हुने कुरै भएन ।

 

आउँदा दिनहरूमा सतहमा जस्ता कदम चाले पनि, सतहमुनि उनीहरूको रणनीति जसरी हुन्छ सेना, राजनीतिक दल र सरकारजस्ता वैधानिक संस्था र तिनका आधारमा चल्ने वैधानिक प्रक्रियालाई कमजोर तुल्याउँदै र गलाउँदै लैजाने हुनेछ । प्रत्युत्पादक हुने डरले अहिले नै ती संस्थाहरूलाई भताभुङ्ग भने तिनले पार्न चाहने छैनन् तर तिनलाई मनोवैज्ञानिक रूपमा थिङ्थिलो पार्ने र उचित मौकामा प्रहार गर्ने उनीहरूको योजना हुनेछ । जसरी कुनैबेला उनीहरूले सेनासँग नभिडी 'जनयुद्ध' अगाडि बढ्न सक्दैन भन्ने निष्कर्ष निकालेर सैनिक ब्यारेकमाथि हमला गरेका थिए, त्यसैगरी अहिले उनीहरू बिनाहिंसा सत्ता प्राप्त हुने स्थिति नबनेमा सहरी 'जनविद्रोह' गर्नुपर्ने निष्कर्षमा पुगिसकेका छन् । त्यस स्थितिका लागि उनीहरूको तयारी व्यापक छ । काठमाडौँमा वाईसीएलका दसौँ हजार कार्यकर्ताहरू केन्दि्रत भएको बताइँदैछ । त्यसबाहेक परेको खण्डमा अरू हजारौँ कार्यकर्ता काठमाडौँ भित्र्याउन माओवादीहरूलाई कठिन हुने छैन । चुनाव स्थगित हुँदैमा केही बिगि्रएको छैन भनेर मानिसहरूलाई आशावादी तुल्याउन खोज्नु राम्राे कुरा हो तर सम्भावित यथार्थको आकलन समयमै गर्नु उचित हुन्छ । त्यसैले आउँदा दिनहरूमा हामीले प्रतिगमनकारीका रूपमा हेर्ने गरेको उग्रवामपन्थी या उग्रदक्षिणपन्थी शक्ति राजनीतिमा हावी हुने र प्रजातन्त्रका वाहकका रूपमा हेरेका अग्रगमनकारी शक्तिहरू पुनः ओझेलमा पर्ने सम्भावनालाई नकार्न सकिँदैन ।

 

धेरै जटिल बनिसकेको अबको स्थितिमा सेना आफ्नै चालमा, दरबार आफ्नै तालमा, अन्य सुरक्षा निकायहरू के गर्ने भन्ने अन्योलमा र प्रजातान्त्रिक दलहरू आ-आफ्नै स्वार्थमा दौडिरहने हो भने माओवादीहरूका लागि त्यसभन्दा अनुकूल परििस्थति अर्को हुनै सक्दैन । निर्वाचनको अर्को मिति तोक्दैमा या तत्कालीन राजनीतिक गतिरोध समाप्त पार्ने विकल्प खोज्दैमा माओवादीहरूले अनुशासित रूपमा वैधानिक बाटो पछ्याउने छन् भनेर सोच्नु गलत हुनेछ । त्यसैगरी अहिले नेपाली काङ्ग्रेसलाई दोष दिएर सरकारको नेतृत्व परविर्तन गर्न खोज्नु भनेको सरकारलाई अस्थिर र पङ्गु बनाउने माओवादीहरूको इच्छा साकार पारििदनु हो ।

 

यस्तो स्थितिमा अब दुइटा मात्र विकल्प बाँकी छन् ः पहिलो, देशलाई थप जटिलतातर्फ जानबाट जोगाउन र प्रजातन्त्रलाई संस्थागत गर्ने आधारहरू निर्माण गर्न माओवादीसँगको शान्ति प्रक्रियालाई कायम राख्दै मध्यमार्गी प्रजातान्त्रिक शक्ति र दक्षिणपन्थी शक्तिहरूबीच एउटा अघोषित मोर्चा निर्माण गर्ने, जसलाई निश्चय पनि सेनाको समर्थन प्राप्त हुनेछ । त्यो प्रजातान्त्रिक शक्तिहरूको एउटा सशक्त रणनीतिक चाल हुनेछ, जसबाट माओवादीहरू नराम्रैसँग दच्किने छन् । तिनले त्यो अभेद्य एकताको अगाडि पुनः युद्धमा फर्किने आँट गर्ने छैनन् र ती वैधानिक प्रक्रियाको बाटो समात्न बाध्य हुनेछन् । आजसम्मको तिनीहरूको सफलता र चुरीफुरी प्रजातान्त्रिक शक्तिहरूबीचको विग्रह र विमतिको परण्िााम हो । त्यस्तो नकारात्मक परििस्थतिले सकारात्मक मोड लिनेबित्तिकै माओवादीहरूको सङ्कटको दिन सुरु हुनेछ ।

 

त्यसो नहुने हो भने देश दोस्रो विकल्पमा धकेलिनेछ  त्यो भनेको रक्तपातपूर्ण ढङ्गबाट स्थापित हुने उग्रवामपन्थी या दक्षिणपन्थी अधिनायकवाद हो । तर, हामीकहाँ त न अधिनायकवादी न प्रजातन्त्रवादी कुनै पनि व्यवस्था र सरकारलाई हामी काम गर्न दिँदैनौँ अनि विकास कसरी सम्भव होस् ? गणतन्त्रको बाटो रोजेर गन्तव्यमा पुग्न लागिसकेका थियौँ तर जसले गणतन्त्र भनेर कोलाहल मच्चायो, उसैले त्यसमा अवरोध सिर्जना गरििदयो । अनि, दोषचाहिँ राजतन्त्रको रे ! यस्तै हो भने हामीले शान्ति, स्थिरता र विकासविहीन अरू धेरै वर्षहरू बिताउनुपर्नेछ । यस्तो परििस्थतिमा, आउँदा दिनहरूमा प्रजातन्त्र मारेर अधिनायकवाद निम्त्याउने कि प्रजातन्त्रका लागि यस स्तम्भकारले सुरुदेखि मेलमिलापका लागि गर्दै आएको अपिलको बाटो समात्ने, त्यो अग्रगमनकारी नेताहरू र माओवादीको मोहनीजालमा फसेका तथाकथित नागरकि समाजका सक्रिय कार्यकर्ताहरूले बुझ्ने कुरा हो ।

 

*** *** *** *** *** *** *** *** *** *** *** *** ***

 

 

My view:

 

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=1&PageNum=1&forum=57&threadid=56421#558939

 

“Manuj Chaudhary has an interesting reading and speculation. However, I think there is a zero chance for any dictatorship to emerge immediately or in a foreseeable future. The simple reason is that, there is no power/force/group/party in Nepal that has not been tested and not failed to disappoint people already. So a forceful grabbing of power by any existing power in Nepal is impossible (to happen and sustain).

 

If a new power unknown before appeared in Nepal somehow, could impress the people with it's vision and/or some introductory activities and dared to grab the power somehow, then there would be a chance, although still a slim one due to various other factors, for a dictatorship or whatever it would like to, emerge in Nepal.

 

Meaning, the dictatorship first then good works (dictatorship --> good works) path is impossible in Nepal.

 

Good works first, then dictatorship (good works --> dictatorship) is possible.

 

Not only possible, it is inevitable. Anybody who can demonstrate some good work will not just be supported but will be worshipped. A sure way to lead to one or the other kind of authoritarian rule, if not dictatorship.

 

Putting all together, the only possible route to a dictatorship in Nepal is to get to power first through a legitimate means (election or common agreement) and do some good works to impress the people.

 

In another words, that is not going to happen for next few years or until perhaps second election.”

 

 

*** *** *** *** *** *** *** *** *** *** *** *** ***

 


 
Posted on 03-14-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहो , सद्दाम हुसैन को आत्मा प्रचण्ड्को मा छ ।

कहाँ पुरन्जन्मको कुरा,फासिमा परे पछी , आत्माचाहि यमराजकाहा पुगेको,
यमराज धर मरमा परे , ईराक मा मरिसक्यो भनेका छन, मरेको छैन आत्मा भड्किएर बसेकोछ। यो आत्मालाई कसैको मा राखी दिनु पर्ने भयो । धेरै गम खाएर घोत्लिए पछी नेपाल पठाउनु ठीक ठाने पछी कुन मान्छे को आत्मामा साट्ने कुरामा भने धेरै घोत्लिनुनै परेन , आखीभौ अलिक तन्किए , बाँया तिर बसेको कारीन्दो लाई त्यो " प्रचन्डे " भन्नेको फाइल मगाए।
कारीदो ले थप्यो , हजुरलाई म् तेही बिन्ती गरु भनेको , स्यानो तर मुख भने ठुलो होला भन्ने डरले मात्रै चुपलागेर बसेको । आहिलेको यस अवस्थामा यो भन्दा मिल्दो जुल्दो मनिष प्रिथिबी लोकमानै छैन । एस्को गुण आबगुण सबै काट्टी कुट्टी मिल्छ अनी यो पछी हामीलाई दु:ख दिन आउँदैन । साथीहो , सद्दाम हुसैन को आत्मा प्रचण्ड्को मा छ ।


 
Posted on 03-28-08 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

prachanda ta thulo shaddam bhayo ni,
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters