[Show all top banners]

Acharya Dilip
Replies to this thread:

More by Acharya Dilip
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 गिरिजा कोईरालको 'ग्रया्‍ण्ड डिजाईन' र 'ग्रेट- ग्रया्‍ण्ड डिजाईन'
[VIEWED 3675 TIMES]
SAVE! for ease of future access.
Posted on 03-14-08 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै समय भएको छैन, हाम्रा हालका प्रधानमन्त्री त्यतिबेला नेपालमा घटेका र घट्दै गरेका हरेक घटनालाई यौटै नाम दिदैं बर्बराउँथे "ग्रया्‍ण्ड डिजाईन"

 

रत्‍नपार्कमा बस ठोक्कियोस की ग्यासको आपुर्ति रोकियोस, बैंकको सेफ फोरियोस की  टेलीफोनको तार चोरियोस उनि यौटै नारा घन्काउँथे ".......यो सबै ग्रया्‍ण्ड डिजाईन हो ......."

 

राजा बिरेन्द्रको बंश नास भएको घटना देखि लिएर त्यतिबेलाका यावद कुरालाई उनि त्यहि सजिलो र 'लोकप्रिय' नाम दिन्थे। जे सुकै होस न! "ग्रया्‍ण्ड डिजाईन" भनिदिए पछि न त कुनै कुराको बारेमा पूर्ण जानकारि लिनु पर्ने, न त आफुले बोलेको कुराको बारेमा जिम्मा नै लिनु पर्ने। त्यसैले उनले बर्षौं सम्म ग्रया्‍ण्ड डिजाईनको भाँडो बजाए । कहिले ठुलो टुलो कुरामा ग्रया्‍ण्ड डिजाईनको डम्फु बजाएर रहस्यमय बनाए भने कहिले स-साना कुरालाई पनि त्यहि संज्ञा दिएर पत्रकार हसाँए ।

 

समष्टीमा ग्रया्‍ण्ड डिजाईनको डम्फूले गिरिजा कोईरालाले पूर्ण राजनैतीक फाईदा उठाए। पछि कतै पत्रकारहरुले सो ग्र‍याण्ड डिजाईनको बारेमा प्रकाश पार्न अनुरोध गर्दा उनले सधै 'पछि थाहा हुने' बताउँदै आएका थिए ।

 

समयले कोल्टे फेर्दा हाल उनी पून: देशको प्रधानमन्त्री र राष्ट्राध्यक्ष समेत बनेका छन्, तर अब कमजोर स्मरणशक्ति भएका जनता र पत्रकारले एकातर्फ त्यो कुरा सोध्न बिर्सेका छन भने अर्कोतर्फ  उनलाई त्यो ग्रया्‍ण्ड डिजाईनको बारेमा बताउने फुर्सद पनि छैन । उनले आफू चर्चामा बनिरहन र राजनैतीक बृत्तमा छाईरहन त्यसको भरमार प्रयोग गरे भने जनता र पत्रकारले पनि कहिले गमेर त कहिले हाँसेर त्यसलाई उडाए । अहिलेको स्थितिमा आफू करिव करिव नेपालको सर्बशक्तिमान व्यक्ति हुँदा सम्म त्यस तथाकथित ग्रया्‍ण्ड डिजाईनको पर्दा नखोलिनुले त्यो 'पिटारा' केवल आफ्नो निहित स्वार्थ सिद्द गर्न मात्र निर्माण गरिएको कुराको भने पर्दा खोलीएको छ।

 

यो त भयो गिरिजा कोइरालाको ग्रया्‍ण्ड डिजाईनको कुरो, तर वास्तबमै हेर्दा नेपालमाथी कूदृष्टि राख्‍ने केहि तत्व साँच्चै यौटा विशाल ग्रया्‍ण्ड डिजाईन बनाएर लागि परेको कुरा हालसम्मका बस्तुस्थितिले उदाङ्गो पारेको छ । नेपालमा घटने प्रत्यक साना तिना घटना देखी लीएर ठुला परिवर्तन र हालैका दिनमा भएका तराई आन्दोलनलाई नजिकबाट हेर्ने सबैले सजिलै अनुमान गर्न सक्ने कुरा हो त्यो ।

 

आफू कुनै बेला 'divide and rule" को शिकार भएको यौटा तत्व हाल त्यहि नीति नेपालमाथी प्रयोग गर्ने कुचेष्टा गर्दै छ र त्यो ग्रया्‍ण्ड डिजाईन भित्र हाम्रा सबै 'मै हुँ' भन्ने नेताहरु पनि नराम्ररी गाँजिएका छन् । पहिला पहिला ग्रया्‍ण्ड डिजाईनको हौवा फैलाउँदै हिड्ने धेरैलाई अहिलेको स्थितिसम्म आईपुग्दा आफू स्वयं पनि अर्कै कुनै 'ग्रेट- ग्रया्‍ण्ड डिजाईन' को यौटा कठपुतली मात्रै भएको ज्ञान प्राप्त भैसकेको छ भने कति जनाले या त अझै मुर्छीत र गहन सम्मोहित निन्द्रामा परेर यथार्थलाई बुझ्न सकेका छैनन् वा केहि गुलीयो चाटन पाउने लालसामा देशकै अस्मिताको व्यापार गर्न पनि तयार छन ।

 

नेपाल साँच्चै यौटा 'ग्रेट-ग्रया्‍ण्ड डिजाईन' को भुमरिमा रुमल्लिने स्थितिमा छ र अबका दिनहरुमा दिवा-स्वप्न बाँडने र गँजडि गफले देश बनाउँछु भनेर मात्रै केहि हुनेवाला छैन । आफ्नो हैसियत भन्दा बाहिरको भ्रम बाँडने र आफ्नो योग्यता भन्दा बढता कुरा गर्ने सबै यहि 'ग्रेट- ग्रया्‍ण्ड डिजाईन' का कठपुतली मात्रै हुन ।

 

अन्तमा, गिरिजा कोईरालाको 'ग्रया्‍ण्ड डिजाईन' त केवल यौटा हौवा मत्रै थियो र त्यसको अहिले कुनै औचित्य छैन तर अहिलेको  'ग्रेट- ग्रया्‍ण्ड डिजाईन' को भने सबै नेपालीले एकजुट भई मुकावला गर्नु पर्छ । होईन भने त्यो दिन धेरै टाडा छैन जुन दिन हामिले हाम्रा 'महान' र 'हक्की' मानिने धेरै नेतालाई पनि त्यहि 'ग्रेट-ग्रया्‍ण्ड डिजाईन' को यौटा 'मोहरा' मात्रै भएको थाहा पाउने छौं र केवल पश्चातापको लागि मात्र हामिसंग प्रशस्त समय हुनेछन् ।


 
Posted on 03-14-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलिपज्यु,

 

“Grand design” को प्रसंग सम्झाएर तपाईले हाम्रो प्रजातन्त्रको एक झल्ला दशक सम्झाईदिनुभयो ।

 

कोईरालाले जेसुकै र जतिसुकै झल्ला कुरा गरेपनि उनको एउटा खुबीलाई भने मान्नुपर्छ, त्यो हो टिक्नु ।

 

मलाई के लाग्छ भने उनको टिकाईका अनगिन्ती कारणहरुमध्ये उनको झल्लापन (सस्ता, विद्वत्ताविपन्न र अटिकाउ दावी र अडानहरु) पनि एक कारण हो । उनको त्यही सस्तोपनाले गर्दा उनी खासमा कसैको लागि गम्भिर खतरा कहिले भएनन् । जसले पनि उनलाई अलिकति तर्साए पछि काम लिन सकिने मान्छे/शक्ति को रुपमा पाए । त्यसैले उनको विकल्प खोज्नेतिर कोही लागेन - न त एमाले लाग्यो, न त माओवादी लाग्यो, न त दरबार लाग्यो ।

 

कांग्रेसभित्र गिरिजाको विकल्प खोज्ने त कुरै भएन । नरहरि आचार्यले एकबाजी पार्टी सभापति पदमा प्रतिस्पर्धी बनेका हुन् । तर त्यो उनले झारातिराई कर्तव्यपालनको लागि गरे । उनले कांग्रेसीजन बीच आफुलाई कोईरालाको विकल्पको रुपमा प्रस्तुत गरेनन् (गर्न चाहेनन् कि गर्न सकेकनन्, त्यो बेग्लै कुरा भयो) । त्यो त अलिक पुरानो कुरा भयो । आज पनि, कोईरालाले रिटाएर हुने घोषणा गर्दा सम्म पनि, कांग्रेसले कुनै चम्किलो उत्तराधिकारी नभएर झल्ला उत्तराधिकारी नै मौन रुपमा घोषणा र स्वीकार गरेको छ ।

 

सिनियर कोईरालाको सस्तोपन र सजिलोपनाले उनलाई यत्रो लामो समयसम्म सत्तामा टिकाए जस्तै जुनियर कोईरालालाई पनि सोही गुणको सोही लाभ प्राप्त होला ? यसमा म यस्सै भन्न सक्दिन । हुन पनि सक्छ । नहुन पनि सक्छ ।

 

नेपाली जनताले अलिक विद्वत्ता भएको नेता खोज्ने रहर देखाए भने झल्लाहरुले प्राप्त गरेका लाभ गुम्न सक्छ । खासै मतलव राखेनन् भने सिद्धान्त भन्दा सत्ता चाहने झल्लाहरुले पहिले झै टिकिरहन सक्नेछन् ।

 

 

*** *** *** *** *** *** *** *** *** *** *** *** *** *** ***

 

अब जहासम्म तपाईले सुझाउनु भएको “Great grand design” को कुरा छ, नि:सन्देह नेपालको राजनैतिक खेलाडीहरुमाथी भारतको पकड र प्रभाव अशोभनिय, अस्वाभाविक हदको र सतर्क हुनु पर्ने स्तरको छ, परन्तु हाम्रो खुला सिमाना र भारतनिर्भर एवं पछौटे अर्थतन्त्रले गर्दा केही हदसम्मको प्रभाव unavoidable छ भन्ने कुरालाई हामीले देख्नैपर्दछ । फेरि भारत प्रभाव विभिन्न आयामहरु (सैनिक, केन्द्रीय राजनैतिक, केन्द्रीय नोकरशाही, केन्द्रीय दलगत, विहार राज्य स्तरको राजनैतिक अनि सामाजिक, आदि ईत्यादि) भएको  जटील मामला हो भन्ने कुरा पनि बुझ्नुपर्छ हामीले ।

 

जे भए पनि हाम्रो जनस्तरको निरन्तर सतर्कता र चेतावनी, अनि तिव्र आर्थिक वृद्धितिरको हाम्रो एकमना परिश्रम र अन्ततोगत्वा (जब हामी भारतलाई उछिन्छौं तब) हाम्रो सिमानाको उपयुक्त व्यवस्थापन सहितको भारत-मुक्त राजनीति हाम्रो दीर्घकालिन प्रतिवद्धता र सपना हुनुपर्छ भन्ने लाग्छ मलाई । हाम्रो पछौटे आर्थिक अवस्थामा नै हामीले सिमाना बन्द गरेर भारतबाट एक्लिने भनेको कुरा त नेपाललाई उत्तर कोरिया बनाए मात्र सम्भव हुन्छ ।

 

त्यसैले तिव्र आर्थिक वृद्धि र क्रमिक रुपमा नेपालको आर्थिक वैविध्यकरण र भूमण्डलीकरण- यही हुनुपर्छ हाम्रो जपना, सपना र थपना ।

 

मेरो एक सुको ।

 

Nepe

 

 


 
Posted on 03-15-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सधै सधै गिरिजा कुनै बज वर्ड लिएर आउछन र रमिता देखाउछन। रमितेहरु कुनै बेला ताली र ढुंगामा रुमलिएका हुन्थे तर आजकाल गाली त परै जाओस आरती लिएर उत्रने गर्छन। अब कस्को के लाग्छ यिनै झल्ला हवलदार देउतै हुन्छन भने, न त चियाको प्यालामा आएको तुफानले नै रोक्छ न त म बाट आउन माले,मण्डले,माउबादीले नै रोक्छन!

राम्रो छ दिलीप जि तपाइको टप्पणी।


 
Posted on 03-15-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

s'/f t /fd|f] ug'{ eof] zfob /fhltlgdf ;j}n] yf]/ jf w]/ o:tf s'/f u5{g g} tkfOn] t lul/hfsf] s'/f ln'g eof] tkfOn] lhGbuLdf b]z jf ;dfhsf] nflu s]xL ug'{ jf jf]Ng' ePsf] 5 ls <<< ;j}sf] nflu ;j}eGbf ;lhnf] x'G5 s'/f sf6g / bf]if  b]vfpg ls s;]f  jGw' <<<

 

ljb]zL ;'ljwf / /demd clg g]kfnsf] dfof s:tf] dhf <<


 
Posted on 03-15-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stopthewar बन्धु,

 

गिरिजाप्रसाद भन्दा गतिलो राजनेताको कल्पना गर्न असमर्थ तपाईको दिमागको आयतन कत्रो होला भनेर सोच्दै के थिएँ एउटा भनाई याद आयो सन्तोषम् परम सुखम् ! अनि सोचें वाह ! गिरिजाप्रसादबाट सन्तुष्ट हुन सक्ने यो मान्छे कति सुखी होला जिन्दखीमा । अनि ईर्श्या पो लाग्यो तपाईको सन्तुष्टी र सुखको । बधाई छ बन्धु । तर अरुका महत्वाकांक्षी सपना र कल्पनालाई पनि सम्मान गरिदिदा पनि त्यो सुखमा कमी नआउदो हो नै भनिठान्दछु है म त ।

 

Nepe


 
Posted on 03-15-08 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"We are grateful to the Washington Post, The New York Times, Time Magazine and other great publications whose directors have attended our meetings and respected their promises of discretion for almost forty years. It would have been impossible for us to develop our plan for the world if we had been subjected to the lights of publicity during those years. But, the world is now more sophisticated and prepared to march towards a world government. The supranational sovereignty of an intellectual elite and world bankers is surely preferable to the national auto-determination practiced in past centuries."


-- David Rockefeller Baden-Baden, Germany 1991

"In the next century, nations as we know it will be obsolete; all states will recognize a single, global authority. National sovereignty wasn't such a great idea after all."

-- Strobe Talbot, President Clinton's Deputy Sec. of State, as quoted in Time, July 20th, l992

"Today, America would be outraged if U.N. troops entered Los Angeles to restore order [referring to the 1991 LA Riot]. Tomorrow they will be grateful! This is especially true if they were told that there were an outside threat from beyond [i.e., an "extraterrestrial" invasion], whether real or *promulgated* [emphasis mine], that threatened our very existence. It is then that all peoples of the world will plead to deliver them from this evil. The one thing every man fears is the unknown. When presented with this *scenario*, individual rights will be willingly relinquished for the guarantee of their well-being granted to them by the World Government."
 
-- Dr. Henry Kissinger, Bilderberger Conference, Evians, France, 1991

"The United Nation’s goal is to reduce population selectively by encouraging abortion, forced sterilization, and control human reproduction, and regards two-thirds of the human population as excess baggage, with 350,000 people to be eliminated per day."

--Jacques Cousteau, UNESCO Courier, November 1991.

"The drive of the Rockefellers and their allies is to create a one-world government combining supercapitalism and Communism under the same tent, all under their control.... Do I mean conspiracy? Yes I do. I am convinced there is such a plot, international in scope, generations old in planning, and incredibly evil in intent."
 
-- Congressman Larry P. McDonald, 1976, killed in the Korean Airlines 747 that was shot down by the Soviets

If we as a Nepalese are aware and stand against the "Grand designs" perpetuated by the Indian Expansionist in our nation, where our ruling elites are only the pawns and puppets of their designs, we as a sovereign human beings should equally be aware and  stand againt the ultimate grand design of the global ruling elites to create in their own words - a New World Order of One World Government. By the global ruling elites, I don't mean George Bush or Gordon Brown. They too are mere puppets. The global ruling elites are the one who control the world banking systems and world economy. The  interbreeding family dynasty of Rothschilds, Rockefellers et al.

The coming one world government is being set up in the political arena under the flag of the United Nations, through organizations such as the Trilateral Commission, Council of Foreign Relations, the Royal Institute of International Affairs, the Bilderbergers, and the Club of Rome whose members include many world leaders, media personalities and other influential people. The published goal of the Council of Foreign Relations for example is a one world government. And although most have never heard of many of these groups, they do exist, and they are very influential. The core of these groups hold to "illuminist" philosophy.

A second focus is economics with free trade agreements, the International Monetary Fund, World Bank and the Bank of International Settlements. The coming global monetary crisis is intended to institute a universal debt-based currency controlled by the International Financiers and issued to individuals against biometric identification cards or RFID implantable chips. This is all about control!

The third area of focus is religion. Organizations like the World Council of Churches and the Parliament of World Religions were established to introduce a new world religion. It is based on a pantheistic/humanist philosophy. Pay careful attention when you study the documents and reports published by the United Nations and related organizations. This philosophy is now being taught in the education system and has been implemented under programs such as Goals 2000.

The New World Order will be SOCIALISM. Read the United Nations declarations and treaties for proof of this fact. The individual will be subservient to the state. Rights and power reside in and derive from the state, not the individual.

United Nations documents all speak of collectivism. They claim that private ownership and management of property is not to the benefit of the human race. These things are cloaked in a pleasant language, and most people are taken in and deceived. Yet few bother to study these documents.

The land policy of the United Nations was first officially articulated at the United Nations Conference on Human Settlements (Habitat I), held in Vancouver, May 31 - June 11, 1976. Agenda Item 10 of the Conference Report sets forth the UN's official policy on land. The Preamble says:

    "Land...cannot be treated as an ordinary asset, controlled by individuals and subject to the pressures and inefficiencies of the market. Private land ownership is also a principal instrument of accumulation and concentration of wealth and therefore contributes to social injustice; if unchecked, it may become a major obstacle in the planning and implementation of development schemes. The provision of decent dwellings and healthy conditions for the people can only be achieved if land is used in the interests of society as a whole. Public control of land use is therefore indispensable...."

In the New World Order you will be in serfdom to the controlling elite! You will have no liberty, and no rights. The State will look after you for your best interests. Do you see how the governments of the free world are slowly becoming more involved in everyday life? This is exactly what socialism is. The government becomes involved in every aspect of personal life. Today we require a license for so many things. In Australia, farmers now require permission to farm the land they own. This is not freedom.

In the New World Order, private ownership of property will be abolished. You will only own what you need "after all this is best for the world." "We need to be looked after."

Terms such as 'sustainable development' mean depopulation and serfdom. The masses continue to fall for lie after lie after lie. Study history and you will discover that there have been very few free societies. Those that were free were either overthrown or fell into the trap of socialism, totally unaware of the dangers until it was too late. Socialism (communism) is always implemented through deception. History portrays a repetitive phenomenon . . . enslavement-revolt-freedom-apathy-enslavement. Enslavement frequently followed revolution because the people did not realize that socialism was slavery, not freedom.

It's time to wake up !


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters