असफल हुनमा पनि असफल?
यो लोडसेडिङ भन्ने के शुरु भयो हट्ने नाम लिइरहेको छैन। भन्छन्, यो अब कहिल्यै अन्त्य हुने छैन। महङ्गा जेनेरेटर र इनभर्टरहरूको बिक्री बढाउनलाई यसो भनिएको हो या साँच्चिकै अवस्था त्यस्तै हो बुझन गाह्रो छ। तर लोडसेडिङ छ र मुलुकले यसलाई बिक्रमादित्यले बेताललाई जस्तै बोक्नु परेको छ। यस्तोमा कारोबार कसरी गर्ने, कलकारखाना कसरी चलाउने, के गरी व्यापार गर्ने, रोजगार कसरी बढाउने!
बत्ती त छैन छैन। पेट्रोल छैन। ग्याँस छैन। मट्टीतेल छैन। खानेपानी छैन। पढाइ छैन। सडक छैन। ढल छैन। सरसफाई छैन। रोजगार छैन। सुरक्षा छैन। शान्ति छैन। "षधिउपचार छैन। काइदा कानून छैन। नैतिक बल छैन। गन्तव्य छैन। गति छैन। वर्तमान छैन। भविष्य छैन। आशाको किरण छैन। विश्वासको आधार छैन। छ भन्नु केही छैन।
जसलाई पढालेखाहरू अङ्ग्रेजीमा 'फेल्ड स्टेट' भन्ने गर्छन् त्यस्तो देश अफ्रिकी महादेशमै हुनुपर्छ भन्ने कुनै नियम त छैन होला। उसो भए एक असफल राष्ट्रमा हुने यावत लक्षणहरूबाट सम्पन्न हुँदाहुँदै पनि नेपाल कसरी जोगिएको छ त्यस्तो राष्ट्र कहलिनबाट? कि असफल हुनमा पनि असफल भएकाले हो?
http://www.himalkhabar.com/hkp/news.php?id=3