फिल्डको काममा एकोहोरिएको रहेंछु । सेल फोनको रिङ्ग टोनमा celine dion “.. im
alive…” गाउन
थालिन् । म झसंङ्ग भए ।
फोन हेरेको हाकिमको रहेछ ।
कुराहरु जे सुकै भन्नलाई होस, काम लगाउन वा ‘बाबु, तेरो प्रमोशन भयो भन्न’ मलाई
हाकिमको फोन उठाउन साह्रै गाह्रो लाग्दछ । उसो त म अफिसको काम नगर्ने मान्छे पनि
होईन । तर पनि भनिन्छ नि ‘घोडाको पछाडि र हाकिम को अगाडि धेरै बेर नबस्नु ।’ खै
कारण चाहिं के हो तर मलाई हरेक पटक हाकिम को फोन आउँदा ‘ब्याट्री सकिएर फोन किन dead भएन’ भन्ने जस्ता
भावना आइहाल्छन् । शायद मेरो कमजोरी ।
फोन काट्न मिलेन । ‘ हजुर सर’ भनेर उठाँए ।
‘somewhereondearth जी, कता हुनुहुन्छ ?’
फिल्डमा आफैले पठाएर गरिने यो प्रश्न ले धेरै कुरा बोकेको हुन्छ,
नेपालि ब्युरोक्रेसिमा ।
‘हजुर सर, म ललितपुरको लेले मा छु अहिले । alpha sector मा pilot pollution
clear गर्दै छौं । तर layer 3 मा पनि analysis गर्नु पर्ने जस्तो देखिन्छ, त्यसैले यहां
सकेर फेरि एकचोटि OMC जानु पर्छ । भोलि सम्म मा यहांको सकिन्छ ।“
आफ्नो ठाउँको जानकारि दिएपछि, हाकिमलाई too much technical
details ले
रिन्ङग्याउनु मा मलाई स्वाद लाग्दछ ।
त्यसपछि हाकिमको बोलिमा जुन intensity change आउँछ, त्यसले मलाई एक किसिमको सन्तुष्टि
दिन्छ । या त यो मेरो नितान्त ब्यक्तिगत बैचारिक संकिर्णता हो जसले हाकिमसंग नभएको
युद्धमा मेरो ego को विजय बोध गराउँछ । या भने बच्चाबेला देखि समाजले मेरो मन
मस्तिष्कमा गाडिदिएका दिनचर्याका दाउपेच, जुन आवश्यक छन, अनिवार्य छन् भनेर बेला
बेला मलाई बोध गराईन्छ प्रतक्क्ष वा अप्रतक्क्षरुपमा ।
तर मलाई खुशि लाग्छ, हाकिम अल्मल्याउँदा ।
‘ठिक छ, ठिक छ” मधुरो स्वरमा यति सुन्दा, म मुसु मुसु हाँसे ।
‘तर काठमाण्डौको काम अहिलेलाई बाकि टिमलाई छोडिदिनुस् । निर्वाचनले
अनिवार्य उपस्थिति भनेर बोलाएको छ, पर्सि देखि training छ
। भोलि बेलुका सम्म बिराटनगर आई पुग्नु होला । “
चित्तै दुख्यो । कहां फिल्डको काम, कहां चुनावको non-technical
प्रशासनिक लेठो ।
त्यहिं माथि, तराईको security problem. मेरो मनले यहि सोच्यो । यो बोलावट संगै
केहि बेर अगाडिका तमाम भावना मेरो मनबाट
पर- धेरै पर उडिसकेका थिए । मेरो अनुहार खिस्रिक्क पर्यो ।
चेब्रिएको स्वरमा भने “सर, फिल्डमा थिएं, technical भनेर मिलाउन
मिल्दैन?”
“मलाई त खटाएका छन् ।सबैलाई हो । सार्न मिलाउन मिल्दैन, बरु चाडों
आउनु”
पुर्वेलि शैलिमा हाकिमले फकाए । बुढा आफै पिडित रहेछन् । फोनमा अब
बार्गेनिगं को महत्त्व थिएन ।
‘आऽऽ चुनाव त नहोला’ भन्ने जस्ता भावना पनि आए । एक
छिन रिस उठ्यो । अफिस देखि, निर्वाचन आयोग देखि अनि तमाम राजनैतिक पार्टीहरु देखि
। एक छिन, सहकर्मि हरु संग भडास पनि पोखें । ‘एक त नयां मान्छे, त्यो पनि technical, सजीलो ठाउँमा
पार्ला’ मन यस्तै यस्तै कुरा ले होलो खुकुलो भयो ।
बिकल्प केहि थिएन । ब्याग पोको पारे । भोलि पल्ट यति एयरमा हिमाल
देखिने साइड छानेर बसे । हिमाल संगै मन पनि उग्लियो । ‘ऐतिहासिक संविधान सभाको
निर्वाचनमा मतदान अधिकृत भएर खट्न पाउनु त ठुलो गर्वको कुरा हो’
एयर होस्टेसले पिनट संगै दिएको टिसि पेपर खेलाउदै थिए । TU को English कितावका 5
stages of grief सम्झेर त्यसैमा
लेख्न पुगेछुं
-denial
-anger
-bargaining
-depression
-acceptance
अरु कुरा घटना हरु संगै ,।।।।।
meaninglessthinkings@somewhereondearth
Last edited: 31-Mar-08 08:56 PM