भक्तपुरको ठिमीबाट रत्नपार्क आउने माइक्रो पनि नभरिएको चार दिन भइसक्यो । 'चुनाव लागेर', माइक्रोबसका चालक बालकृष्ण पाठकले यात्रु कम हुनुको कारण देखाउ"दै भने । 'पहिले एक टि्रपमा उठ्ने भाडा अहिले तीन टि्रपमा पनि उठ्न मुस्किल छ,' दोलखा स्थायी बासिन्दा उनले भने ।
अरू बेलाभन्दा उपत्यका बाहिर जाने सवारी साधनको चाप बढेको छ । राजधानीबाट बाहिर सवारी साधन छुट्ने मुख्य केन्द्र थानकोटबाट मंगलबार मात्र ३ सयदेखि साढे ३ सयसम्म गाडी छुटेको थानकोट प्रहरीले जनाएको छ ।
लामो दूरीका साधनबाहेक धादिङ, नारायणगढ, रौतहट, पोखरा, तनहु"तिरका मानिस मोटरसाइकलमा घर गएको ट्राफिकले जनाएको छ । 'अरू बेला ३ सयभन्दा बढी नजाने मोटरसाइकल सोमबार र मंगलबार मात्र ३ हजार नाघे', थानकोट चेकपोष्टका प्रहरी सहायक निरीक्षक खम्बुबहादुर खड्काले भने ।
सिट नपुगेपछि ट्रक र बसको छतमा बसेर पनि यात्रुहरू गएको उनले जानकारी गराए । यता कोटेश्वरबाट अरनिको राजमार्ग हु"दै दोलालघाट, बाह्रबिसे जाने सवारी साधनमा पनि र्सवसाधारणको उत्तिकै चाप छ ।
बा१ज ५५८८ नम्बरको ट्याक्सी चालक महेन्द्र शाह पनि चिन्तामा छन् । 'सबै घर गए, चढ्ने मान्छे छैनन्', थकित अनुहार पार्दै उनले भने । दर्ुइ दिनयता ट्याक्सी चढ्ने यात्रु कम रहेको उनले सुनाए ।
बाहिर जाने यात्रुहरूको चाप वृद्धिस"गै राजधानीमा गुदपाकको बिक्री ह्वात्तै बढेको विक्रेताले जनाएका छन् । 'आज मात्र ३५-४० हजारको बिक्री भयो होला', न्युरोडस्थित श्रीताजा गुदपाक भण्डारका दीपक मास्केले भने । व्यस्तताकै कारण पसलेस"ग कुरा गर्न झन्डै एक घन्टा कर्ुर्नुपर्यो ।
'दसैंको जस्तै छ । मानिसलाई कोसेली लान सजिलो र गाउ"घरमा चीज मान्ने यही हो' उनले थपे- 'आज अलि बढी बिक्री भइरहेछ ।'