[Show all top banners]

samaeBajii
Replies to this thread:

More by samaeBajii
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जनादेशबाट उत्पन्न चुनौती र अवसरहरू
[VIEWED 1610 TIMES]
SAVE! for ease of future access.
Posted on 04-17-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनादेशबाट उत्पन्न चुनौती र अवसरहरू

भगीरथ राजाको तपस्याबाट प्रसन्न गंगाको वेग थामेझैं प्रलयका अनेक समानान्तर वेग थामेर जनताले मुलुकको बचाउ गरेका छन् । राजाको अधिनायकवादी धारलाई भुत्ते बनाएर जनताले प्रजातन्त्र बहाली गर्न बाध्य तुल्याए उनलाई । माओवादीको ११ वर्षो हिंसाको राजनीतिको धारलाई भुत्ते बनाए जनताले, प्रजातन्त्रको पक्षमा सामूहिकरूपमा उभिएर । र, यता राष्ट्रको भावी इतिहास कोर्ने जिम्मेवारी वहन गर्नुपर्ने संविधानसभा निर्वाचनको आङ्खनो दायित्व बेदागरूपमा पूरा गरेका छन् ।
निर्वाचनको नतिजा आउन केही दिन बाँकी छ, तर सम्पूर्ण नेपाली जनताको जित भएको निष्कर्षा पुग्न नतिजाको औपचारिक घोषणासम्म कुर्नु पर्दैन । जनताको चाहना शान्त, प्रजातन्त्रका मूल्य र मान्यतामा आधारित राज्य व्यवस्था सुनिश्चित गर्ने संविधान र आर्थिकरूपमा सम्पन्न नेपाल हो । स्वाभिमानी जनता चाहन्छन्, नेपाली नेताहरू, भावी संविधानसभाका सदस्यहरू र मन्त्री लगायत अन्य उच्च ओहदामा आसीन व्यक्तिहरू अब मुलुकको र्सार्वभौमसत्ताप्रति सचेत बनून्, अत्यन्त जवाफदेहीपूर्ण तरिकाले ।
निर्वाचन सम्पन्न हुने प्रक्रियामा विदेशी पर्यवेक्षकहरूको उपस्थिति र उनीहरूको नैतिक संलग्नताले अवश्य पनि सकारात्मक भूमिका खेलेको छ । तर र्सार्वभौम जनताले यो स्तरमा आङ्खनो ऐतिहासिक दायित्व पूरा गरेर निर्वाचित प्रतिनिधिहरूलाई खबरदारी पनि गरेका छन्, अब उप्रान्त नेपालका आन्तरिक विषयसम्बन्धी हरेक निर्णय रू नेपालभित्रै गरिनुपर्छ । खासगरी विगत दुइ वर्षा हातमा कमण्डलु लिएर आन्तरिक मामिलामा अन्यत्र मन्त्रणा लिन न गिरिजाप्रसाद कोइराला न माधव नेपाल वा प्रचण्ड नै पछाडि परेका छन् । जनताको वैधानिकता र र्समर्थन भएपछि उनीहरू जनमुखी र राष्ट्रमुखी बन्नुको साटो पदमुखी नै बनिरहे भने त्यो जनताको अभिमतविरुद्ध हुनेछ । अब विदेशी सहयोगका र्सत र आन्तरिक मामिलामा संलग्नताको मर्यादित रेखा कोर्ने जिम्मेवारी पनि नयाँ सरकारले लिनु पर्नेछ ।
यो निर्वाचनले हालैमा आएर नेपालमा सुरु गरिएको र अन्तर्राष्ट्रिय जगत्ले समेत अनुमोदन गरेको निषेधको राजनीतिलाई पनि अन्त्य गरेको छ । अतीतका तिक्तता र अमेल अनि निषेधको राजनीतिक तथा सामाजिक परिवेश तथा सर्न्दर्भलाई सम्बोधन नगरी मुलुक र्सार्थकरूपमा अगाडि बढ्न सक्तैन । जनताको सामूहिक विवेक र दूरदर्शितालाई सत्तामा एकाधिकार कब्जा जमाएका कांग्रेस, माओवादी र एमालेले आङ्खनै मात्र विजयका रूपमा व्याख्या गर्ने धृष्टता गरे भने त्यो राजनीतिक भूल र अपराध हुनेछ ।
१०५ वषीया आशामाया प्रजापतिले झन्डै उनीपछिका ५ पुस्तासँगै आङ्खनो मत प्रयोग गरेर नेपाली राष्ट्रिय परिवेशमा वा अब आउने संविधानको असर र आशयमा निरन्तरता र परिवर्तन सँगसँगै जान सक्ने सन्देश दिएकी छन् । त्यो सन्देशलाई बेवास्ता गरेर नेपालमा राजनीतिक स्थिरता र स्थायित्व आउन सक्दैन । र, त्यसो हुन नसके निर्वाचन सभाको औचित्य पराजित हुनेछ ।
यो ऐतिहासिक चुनौती र उपलब्धिलाई राष्ट्रनिर्माणको अधुरो प्रक्रियासँग नजोडी त्यसलाई विगत दुइ वर्षा घटना, परिघटना र राजनीतिक विचलनका आधारमा मात्र मूल्यांकन गरिनु हुँदैन । २४० वर्षूवको राष्ट्र एकीकरणलाई व्याख्या गर्ने अनेक मापदण्ड र आधारका साथै पूवाग्रह हुन सक्छन्, तर नेपाली राष्ट्रिय पहिचानको मूल घटना पनि हो, त्यो । विगत दुइ वर्षा विजयको उद्वेलनमा पृथ्वीनारायण शाहदेखि भानुभक्त जस्ता राष्ट्रिय एकता र गौरवको प्रतीक तथा विपी कोइराला जस्ता मेलमिलाप र राष्ट्रियताका पक्षधरका सालिकहरू तोडिने सिलसिला सुरु भएका मात्र हैन, त्यसलाई सत्ताका कुनै दलले विरोधसम्म नगरेर हीनताबोधको परिचय दिएका छन् । जनादेशलाई विनापूवाग्रह मुलुकको समग्र हितमा आत्मसात गर्ने बेला आएको छ, निर्वाचित सदस्यहरूको ।
अझ महत्त्वपूर्ण कुरा के हो भने संविधानसभा र्सार्वभौम जनताका प्रतिनिधिहरूको थलो हो र त्यो संविधान निर्माणका लागि निर्मित थलो हो र त्यसले प्रजातान्त्रिक प्रक्रिया, परम्परा तथा मान्यताअनुरूप अनि समग्र राष्ट्रिय स्वार्थमा आफूलाई संचालन गर्न सक्नुपर्छ । त्यसलाई आन्तरिक वा बाëय रूपमा कसैले डोर्याएको सन्देश जानुहुँदैन ।
संविधानसभाको निर्वाचनपूव अ-निर्वाचित अन्तरिम संसद्ले भावी संविधानसभालाई केही आदेश दिएको छ - पहिलो सभाद्वारा नेपाललाई तत्काल गणतन्त्र स्थापित गर्न । यो प्रक्रियागतरूपमा त्रुटिपूर्ण त छँदै छ, व्यवहारिक, कानुनी र संवैधानिक हिसाबले पनि अमान्य छ । संविधान आंशिकरूपमा लागू हुने दस्तावेज छैन । संविधानसभाद्वारा पूर्णता नपाएसम्म र अनुमोदन नभएसम्म सरकारले यति महत्त्वपूर्ण निर्णय ाई आंशिक र हल्कारूपमा लागू गरेमा त्यसले ठूलो दुघटना निम्त्याउनेछ । एकातिर जातीयताका नाममा प्रान्तको निर्माणको संकल्प र अर्कोतिर अन्तरिम संसद्को आदेशमा हचुवा कदम उठाइएमा त्यसले जनतालाई गम्भीररूपमा उद्वेलित गर्नेछ । मतदान केन्द्रमा विश्वास, आस्था र संयम साथ भएका झन्डै ७० प्रतिशत जनता अर्को बाटो लिन विवश हुनेछन् ।
यो जनादेशमा अर्को एउटा सन्देश पनि निहित छ । नेपाली जनताले प्रजातान्त्रिक पद्धतिद्वारा मुलुकको विकास, स्थायित्व र स्थिरताको चाहना गरेका छन् । गिरिजाप्रसाद कोइरालाको सान्दर्भिकता समाप्त भएको छ । विधिविहीन र भ्रष्टाचारको प्रचुरता रहेको सरकारको नेतृत्व गरे पनि उनको नेतृत्वमा संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । यसलाई नै आङ्खनो सफलता मानेर अब राजनीतिबाट अलग हुनु उनका लागि श्रेयस्कर हुनेछ । वंशवादलाई स्थापित गर्ने प्रयास नगरी पलायन भएमा त्यसले उनको व्यक्तित्वको अवमूल्यनलाई रोक्नेछ । किनकि यो नयाँ यात्राको प्रारम्भ होराजनीतिमा प्रजातन्त्रको खोलभित्र जमिनदारी सत्ताको अस्तित्व स्वीकार्य हुँदैन ।

from samaya
 
Posted on 04-17-08 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युवराजजीलाई मैले धेरै पढेको छुईन । जति पढें, तीनमा धेरैजसो कुरा म बुझ्दिनथें । ती अस्पष्ट लाग्थे । माथिको लेखमा मैले एउटा त्यस्तै अस्पष्टता भेटें ।

 

अब संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा/अनुमोदन गर्ने जुन एजेण्डा छ, त्यसको विरोध गरेका हुन् कि त्यसलाई अझ दृढताकासाथ लागु गर्नु पर्छ भनेका हुन् उनले तलका पंक्तिमा ? मलाई त यो द्विअर्थी लाग्यो ।

 

 

“..पहिलो सभाद्वारा नेपाललाई तत्काल गणतन्त्र स्थापित गर्न । यो प्रक्रियागतरूपमा त्रुटिपूर्ण त छँदै छ, व्यवहारिक, कानुनी र संवैधानिक हिसाबले पनि अमान्य छ । संविधान आंशिकरूपमा लागू हुने दस्तावेज छैन । संविधानसभाद्वारा पूर्णता नपाएसम्म र अनुमोदन नभएसम्म सरकारले यति महत्त्वपूर्ण निर्णयलाई आंशिक र हल्कारूपमा लागू गरेमा त्यसले ठूलो दुघटना निम्त्याउनेछ ।"


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters