जनताले माओवादी, नेपाली कांग्रेस र एमालेलाई सरकार चलाउन जनादेश दिएको दावी गर्दै बादलले माओवादीको नेतृत्वमा बन्ने सरकारमा कांग्रेस र एमाले सामेल हुनुपर्ने धारणा राखे । नेपाली कांग्रेस र एमालेले चुनाव नहारेको बताउदै बादलले सात दलको एकता लामो समय रहनुपर्ने उल्लेख गरे । संविधानसभा चुनावमा सामन्तवाद बिरुद्ध बामपन्थी र लोकतन्त्रवादीले बिजय प्राप्त गरेको बादलको भनाइ थियो ।
कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेसका नेता नरहरि आचार्यले नेपाली कांग्रेस कुनै प्रकारको राजतन्त्र राख्ने पक्षमा नरहेको स्पष्ट पार्दै नेतृत्व र ब्यवस्थापकीय कमजोरीका कारणले पार्टीले चुनाव हारेको धारणा राखे । पार्टीको महाधिवेशन छिटै हुने बताउदै आचार्यले माओवादीको नेतृत्वमा बन्ने सरकारमा कांग्रेस सामेल हुने या नहुनेबारे केही दिनमै टुङ्गो लाग्ने स्पष्ट पारे ।