[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 डसान

[Please view other pages to see the rest of the postings. Total posts: 44]
PAGE: <<  1 2 3  
[VIEWED 20267 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-24-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डसान

कुरा पुराणबाटै सुरु गरम होला। आफ्नै पुराण। हिंजो अस्ति जस्तो लाग्छ ति दिनहरुमा यो जिन्दगी खेलेको तर एक जुग बितीसकेछ।

मौसम गर्मीको थ्यो। भर्खरै जस्तो पानी परेर रोकिएको। दिन बिदाको अनि समय फक्रदो अपरान्हको थियो। रन्किदो घामले अघि परेको पानीलाई बफ्याउँदै गर्दा घरमा अब के गर्ने हो सोच्दै थिएँ। घरमै बसीरहनु उचित थिएन। घरमा भएको तिर्पट फुटबल बोकेर बाङ्गेको घर तिर लागें।

बाङ्गे ओछ्यानाँ तेर्सीरा रेछ। ", हिन फुटबल खेल्न" भन्या "यो मध्ये दिउँसो नी कोई फुटबल खेल्न जान्छ? तरुनी हेर्न भए नी लौ भन्नु" भन्यो।

"दुई चार सट हानम अनि तरुनी छदै नी--बुलबुले जाउँला त्यसपछि" भनें। अनि बल्ल बाङ्गे तात्यो। बुलबुलेमा उस्की बुलबुल थिई त्यो बेला। बिचरी बुलबुल एक्ली थिई, बाङ्गे जस्ता ब्याधाहरु छ्यापछ्याप्ती।

बाङ्गे बल उफार्दै डबली तिर लागिम। "तँ मात्रै के खेल्नी अरुलाई नी बोलाम " भन्यो बाङ्गेले। कुरा ठिक हो। जति धेरै भो, खेल्न उती मजा। सुपारी, ट्वाक, बर्मु छ्याकलाई नी भेला पारियो। सुरुमा जो पनि नाईँ भन्ने। बाजी खेल्नी, अनि हार्नेले कोक, चुरोस, मोमो ख्वाउने भरे नक्सालाँ भनेसी बल्ल कुरो मिल्यो।

जना भैयो जम्मा। दुईटा पोस्ट बनाएर खेल्न नमिल्ने। के गर्ने? एउटै पोस्टाँ गोल हान्ने दुईटा टिम बनाएर कि के गर्ने भन्दै सल्लाह गर्दै धोबीखोलाको फाँट तिर पुगियो। त्यहाँ एउटा बारी थ्यो जुन कसैले खन्दैनथ्यो। चौर जस्तै थ्यो। तिन तिर खनेका बारीहरु थिए एकातिर रुखै रुख। थोरै जना खेल्न त्यो चौर ठिक्क थ्यो।

अनेक तर्क बितर्क पछि कसरी खेल्ने त्यस्को तय भयो। बिचार छ्याकको थियो। दुईटा टिम बनाउने अनि पालै पालो दस "प्ल्यान्टी" हान्ने। हार्ने टिमका तिनजना मिलेर जित्ने टिमकालाई भरे नक्सालाँ एभरेस्ट :: कोक चुरोस सँग ख्वाउने। प्ल्यान्टी हान्नु अघि एक छिन एउटै पोस्टाँ गोल हान्ने गरी वार्म अप गर्ने पनि कुरो भयो।

हप्प थ्यो। चौर अझै भिजेकै थ्यो। स्लिप हान्दा लुगा बर्बाद होला भनेर सबैले भित्रि कट्टु बाहेक सबै लुगा फुकालेर छेउमा राखियो। त्यो चौरको बरीपरी घर थिएनन। अलि पर बाटामा पुगे पछि मात्रै बाक्ला घर थिए। त्यस्तो लुगा फुकालेर बेला बेला पहिले पनि खेलेकै हो। केही असजिलो थिएन। चप्प्ल जुत्ताको पोस्ट बनाईयो। चप्पल लाएर खेल्न नमिल्ने। कोहि नाङ्गै खुट्टा कोही जुत्ता लाएर खेल्ने कुरा भएन। नली खुट्टाँ जुत्ताले बजायो अर्कोले भने भुतुक्कै पार्थ्यो। फेरी "अन्दरप्यान्ट्स" जुत्ता लार के फुटबल खेलाई भयो ?

खेल्न थालियो। गर्मी पनि भयो। जोस पनि बढ्दै गयो। तिर्पट बल पनि ढाडिदै थ्यो। यसै क्रममा छ्याकले जमार एक सट हान्या के थ्यो बल बत्तेर परको रुखाँ पुग्यो। बाङ्गे बल लिन पुग्या थ्यो एक्कासी आत्त्तेर मुख छोड्दै हुईकियो। पहिले कुरा बुझिएन, बुझे पछि देखियो पनि। बाङ्गे "अरिन्ङगाल अरिङ्गाल" भन्दै बतासियो। छ्याकको सटले त्यो रुखाँ अरिङ्गालको गोलो रे त्यसैमै दिएछ दनक। अरिङ्गालहरु भुसुक्कै अपसेट भएर बल फलो गर्दै ओर्लेछन। बल टिप्न पुग्या बाङ्गेलाई पछ्याउँदै एक हुल आएका ति अरिङ्गाल देखेर हुर्धुराउँदै टाप कसेका हामीलाई पनि ति अरिङ्गालहरुले साथ दिए। हामी सबै ठुलो बाटो तिर दौडदै थिम। मेरा पछाडी दुईटा लागेका थिए।

टाउकाँ ल्याण्ड गर्लान भनेर दुईटै हातले टाउको मुसार्दै नो ल्याण्डिङको संकेतमा बत्तिदै थिएँ। मेरो अघि अघि बाङ्गे अनि ट्वाक थिए। बाङ्गेलाई एउटाले डसी सकेछ। उ उत्पात मुख छोडदै दौडान दि रा थ्यो। ट्वाकको पछि पनि दुई तिनटा थिए। पछाडी फर्केर मेरो पछि लागेकाहरुलाई हेर्दा बर्मु छ्याक पनि बत्तिंदै गर्या देख्या थिएँ।

त्यता तिर भएका घरका बार्दली, कौसी, अनि झ्यालाँ भएका मान्छेहरुले हेर्दा अरिङ्गाल के देख्दा हुन तर हामी कुदेका देखेर " हेर यि बिग्रेका केटाहरु -- अब हुँदा हुँदा दिउँसै यसरी नाङ्गै दौडिन थाले" भन्दा हुन। हाम्लाई भने अर्कै पिर। कलिलो ज्यानमा अरिङ्गालले धाबा बोलेका थिए।

भन्दा भन्दै मलाई नी एउटाले डसी हाल्यो नी टाउकाँ। ढुङ्गेधाराँ पुगेसी हाम्रो दौड सकियो। डसानमा पर्नेहरुमा बाङ्गे, , बर्मु भएछम। छ्याक, ट्वाक सुपारीले हामीले के गरेको भए टोकानमा पर्दैन थिईम त्यस्को बारेमा ज्ञान बाँढ्दै थिए। लुगा लिन जान बाँकि नै थ्यो। टाउको आफ्नो यसै टन टन हुन थालि सक्या थ्यो ज्ञान गुन चाहिया थिएन, लुगा चाहिया थ्यो त्यति बेला। मुखमा जे जे आयो बोल्दै हामी डसानमा परेकाहरु नपरेकाहरुलाई त्यो चौरमा गएर लुगा ल्याउन आदेस दिदै थिईम। एउटी आमैलाई अत्ति भएछ क्यारे बार्दलीबाट कराईन " मोरा हो, तिमीहरुलाई लाज सरम त्यस्तो केई कि छैन हँ?"

आफुलाई कस्तो भै रा बेलाँ अझ लाज सरम रे। झनक्क रिस उठ्यो। मैले केही बोल्नु अघि नै बाङ्गेले पनि आमै तिर हेरेर सोध्यो "खोजेको जबाफै कि यत्तिकै?"

आमै छक्क परीन। अघि लाग्दै गर्दा एउटा हातले उस्लाई डस्या ठाम मुसार्दै अर्को हातले कट्टुको ग्यास्टिक प्याट्ट् तानेर छोडदै भुतभुतायो बाङ्गे "अहिले यै त्यान्द्रो नी खोल्दिन्छु अनि -- आफुलाई अरिङ्गालले डसेर यस्तो भैरा बेला अझ लाज सरमको कुरा गर्दा --"


 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-25-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*~Spring~*

"sachai dasya ho?"

ख्याल ख्यालको डसाई त मयालुको मात्रै हुन्छ क्यारे। अरिङ्गाल जस्तो दुश्मनले त छेडीहाल्यो नी टाउको। अब डस्नेले ख्याल ख्याल भनेनी आफुलाई त डसानको मर्का पर्या परेई भएन त? ए रात्तै!

pjna007 ,

Birkhe_Maila

"काम पाइनस बाङ्गे अरिंगालको गोलामा फुटबल हान्" भनेको यहि हो!"

जिम्माल,
गोलाँ सट हान्नी त छ्याक हो। बाङ्गे त बल टिप्न भनेर पुग्या थ्यो। दुश्मनको पहिलो तारो उही भो।

CaMoFLaGeD

"प्ल्यान्टी" त हान्नै पाएन छ! लोल!!

प्लान्टी मात्रै हान्न नपाए त केही थिएन नी -- टाउको टनटनाएर छुट्टी। जस्ले बोले नी रिस मात्रै उठ्ने भा थ्यो। अझ झन जो पनि सोध्ने "ए, तँलाई अरिङ्गालले टोक्यो रे नी हो?" भन्दै। झर्केर "अँ" भनेर मात्रै के फुर्सद पाईन्थ्यो र -- अझ "के गरेर टोक्यो नी?", "काँ रे छ गोलो?" "कति वटाले टोक्या?" "तेसरी अरिङ्गालको गोलाँ नी सट हान्नी हो त?" त्यस्ता अनेक थरी प्रस्न गरेर धुरुक्कै पार्थे। डसानमा परेर मात्रै के छुट्टी पाईन्थ्यो--बयान दिदैको सास्ती। रिसायो झन टाउको उम्लिनी। कम्ता टेन्सन भएन।

HomLal

"त्यो "प्ल्यान्टी" रोकिएसि डसान खानेहरुले फ्रि मःमः खान नपाभे चै बिजोगै भो।"

बिजोगको त के कुरा गराई भो र त्यो दिन। कन्तबिजोग नी प्रभो कन्तबिजोग।

serial

मेरो पनि एही प्रश्न हो
म: म: खान पाये कि पाएन नि

कसलाई के धुन कस्लाई के धुन। लहरे पनि। आफ्नो त म:म नै टाउकोमा उठाईदिई हाल्यो अरिङ्गालले। के नी?

प्लान्टी हान्नै पाईएन। कस्ले कस्लाई के ख्वाउनी? त्यस्माथि त्यतिबेला म:म को कुरा झिक्या भे त बाङ्गे, म र बर्मु भएर ठोक्दैन थिम र?

justareader

क्यार्नी प्रभो। आफुलाई नी नडस्या भे त गडगडार हाँसिन्थ्यो आफु पनि। आफुलाई त छेडी हाल्यो। अनि त जो देखे पनि यस्सै रिस उठ्ने।

Phatte

"हत तेरिक, हाँस्दा हाँस्दा झन्डै खुस्कया"

के झन्नै खुस्क्या प्रभो? "परिमार्जित हावा कि?---" त्यो मरिमार्जित खुस्काउँदा चै सुस्तरी है प्रभो -- ध्यानाकर्षण सकेसम्म नहोस।

cheli

"मैले त देखेकै थिइन !"

त्यो दिन त नदेखेकै राम्रो। हालत थियो नी आफ्नो।

Nepal Ko Chora

" धित मरुन्जेल हास्न पाइयो।"

नेप्चे प्रभो, त्यसरी मर्ने मार्ने कुरा नगरम्। अहिंसा परमो धर्म भन्छन। त्यसमाथि धितै मार्दै पछि "नेस्ट्याम" के गर्नी फेरी? धितलाई हम्किरहनु पर्छ क्या प्रभो। कसो?

Harka_Bahadur

हर्के ब्रो, त्यो मिन भवन तिर बाट हुँदै शंखमुल तिर लागिया होला नी? त्यो सभाकेन्द्र अघिको बाटो बाट भित्र छिरेर यस्तै तिन सय मिटर जति अघि बढे पछि देब्रे पट्टिका घरहरुमा पनि एक दुईटा सटिक निबास गर्थे प्रभो। ति घराँ जन्ती आए आएनन होला अहिले सम्म? मनमा लाग्या कुरो नी यसो ----

Poonte ,

"उ बेलैं हाँरो यो बेलाँ जस्तो.."

के बर्बारा हो पुन्टेब्रो? कपालले पनि ब्रोको चै लट्टै लियो--- अनि जिम्मालले धोका दिए अरे? हवाईजहाजबाट ओर्लेर डकरान र घुरान दिएसी हिन्या अन्त वास्तै गर्न छोडे रे? हरे! जिम्माल त त्यस्ता होईनन --संगत बिग्रेछ कि त? :)

danphe

"साचै  बल त्यो पनि हिले चौरमा नखेली त कस्को बाल्यकाल बित्यो होला र हैन त साथी हो ? "

त्यै त प्रभो। बल लुतु लुतु छोडेनी "गोल्कि कस्तो? चुम्बक जस्तो" भन्दै गर्जीने नी थिए। ब्याक्की कस्तो? खम्बा जस्तो भन्थ्यो एउटा हाम्रो ब्याक्की। तर त्यो त सत्यबादी थ्यो। खम्बै जस्तो थ्यो। उसैको खुट्टाँ आएर बल ठोक्क्यो भने ठोक्यो हैन भने उ त टस मस नहुने। "दौडेसी स्वाँ स्वाँ हुन्छ --त्यसैले त ब्याक्की बस्या नी --नत्र फरवार्ड भै हाल्थें नी" भन्थ्यो। गोल्कि बस न त भन्यो भने "भो त्यो अपजसको भाँडो" भन्थ्यो। फरबार्ड फेरी माछा जस्तो भन्थे। अर्को टिमको लाई भन्या होला क्यारे। त्यस्तै थ्यो प्रभो।

shirish

"Are you this funny in real life too ?"

Depends प्रभो। तरुनीहरु साथाँ भए हो बोकाहरु भए नो।

 

 

 


 
Posted on 04-25-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरें म हांसेर। धेरै पछि धेरै हांसियो।

 
Posted on 04-25-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe

"दुई पटक आधा आधा गरेर भये नि पढियो !"

दुई चोटी आधा आधा गरेर सिंगै पुर्याको कि त्यै आधा पटक पटक पढ्या हो प्रभो?

fucheketo

अब उती बेलाको म:म: अहिले खाएर हिसाब मिल्ला त प्रभो? फेरी प्लान्टी हानेकै छैन।

pops ,

सपनामा हाँस्नी भन्दा सपना सँग हाँस्न पाए यसो केई भै हाल्थ्यो कि? तर केही छैन। सपनाँ भरी नी घ्वाँ घ्वाँ दिनु भन्दा त हाहाहा देकै राम्रो नी। बरु सुतान एकान्तमा छ कि साझेदारीमा छ कुन्नी। त्यसमा चै अलि बिचार पुरयाउनु पर्छ कि प्रभो?

kanchho bhai

हिलो चौरा  "अन्दरप्यान्ट्स" लार फूटबल खेलिरा, ... "प्ल्यान्टी" र "कर्नल" को त कुरै नगरौ।   "

त्यो "अन्दरप्यान्ट्स" को ब्याख्यता ट्वाक थ्यो क्यारे। जयनेपालमा लाग्या हिन्दी सिनेमाको प्रभाव। "भित्र लाउनी भा भे र अन्दरप्यान्टस रे भन्थ्यो। बाहिर लाउने लाई बाहरप्यान्टस चै भनीरहनु पर्दैन प्यान्टस मात्रै भने पुग्छ। बाहीर ला त सबैले देखेकै छ नी --अन्दरको पो ससपेन्स त" भन्थ्यो।

हो नी प्रभो। बल गोललाईन बाट बाहिर जानै नहुने। "कर्नल" भन्दै एउटाले दाबी गरी हाल्थ्यो। पाए पाईहाल्यो नपाए नी थाह छदै छ। केरा सट कर्नल हान्ने नी भन्थे भन्न लाई भरे हान्ने बेलाँ के को?

 

********

 

ल सबै साथिहरुलाई हार्दिक धन्यबाद।


 
Posted on 04-25-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalki_chori

"मरें म हांसेर। धेरै पछि धेरै हांसियो।"
धेरै पछि रे? हो छिन छिनमै त मजा पनि हुन्न। पछि मान्छेहरुले पनि सिरियस्ली लिंदैनन के। ह्या यो यस्तै हो भन्छन।

बरु हाँसेर मर्यो अनि फेरी ब्युँतियो। सबै थोक भ्यायो। फेरी कहिले हुन्छ हाँसेर मर्यो फेरी ब्युँतियो। बबाल तरिका रे छ। लौन त्यस्तो संजिबनी हाम्लाई नी छ्यास्स बरु ---


 
Posted on 04-25-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dasaan ta dinai parnithyo parbho tessari aringaal ko golaa dhawa bolesi...tyo puja ganji ma sign pen lay 10 lekhesi ta prabho bhogatey haanda ni malai herya chhan jasto laagni ni baru..pelum hai pelum..

baru kata ho aajkaal


 
Posted on 04-25-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katha bhanda comments ke kam bhanya jasto po raichha hya ta. kathale ta hasayo hasayo comments le ni uttikai hasayo.

"अरिङ्गालहरु भुसुक्कै अपसेट भएर बल फलो गर्दै ओर्लेछन।" LOL

dasan bhanda ni nam chahi प्लान्टी hunu parne kathako ke...


 
Posted on 04-25-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अब हुँदा हुँदा दिउँसै यसरी नाङ्गै दौडिन थाले"--- अत्ती हसाएकै हो ल

हुन पनि त्यो बाङ्गे कती मात्तेको, आमा जस्ता मान्छेलाई पनि जे पायो तेही भन्ने

 


 
Posted on 04-25-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिरादाई,

"tyo puja ganji ma sign pen lay 10 lekhesi ta prabho bhogatey haanda ni malai herya chhan jasto laagni ni baru.."

हो प्रभो, मुनासिब हो।

खै सिफल तिर जय बागेश्वरी तिरका कथाहरुमा पनि प्रभोको योगदान भएन। बास्साको चिट्ठा पछि खै के भो। पस्पतिका गुरुको मन्दिर अगाडीबाट कैलासमा पुगेर तानेका सर्कोको रनाहाले छोड्यो कि बाँकि छ? प्रभोलाई पनि मुस्किलै छ क्यारे -- तरुनीको बारेमा लेखम घराँ केमा फेला परिने हो था छैन, तरुनीको छोडेर अरुको बारेमा लेख्न नी मन छैन। यस्तै रे छ प्रभो जिन्दगी। गंगा मिस्ठान्न भण्डार पनि बन्द भै हाल्यो।

Pretty ,

"dasan bhanda ni nam chahi प्लान्टी hunu parne kathako ke..."

अब भाको कुरा नलेखेर नभाको कुरा के लेखाई भो र भनेर नी। प्ल्यान्टी त हान्नै पाईएन, अरिङ्गालले लखेटीकन छेडान दिदै डसानको दस्तखत गर्देर हिन्दियो। बदमास रे छ अरिङ्गाल, नैतिकता भ्रष्ट भा। युद्धमा मैदान छोडेर भागेकोलाई छोडिदिनु पर्छ कि पर्दैन? ल भै गो छोडेन रे -- हिम्मत भएको भए अगाडीबाट टोक्न सक्नु पर्थ्यो नी -- त्यसरी पिछे से बार गर्नु हुन्छ त?"

Dipika02

"हुन पनि त्यो बाङ्गे कती मात्तेको, आमा जस्ता मान्छेलाई पनि जे पायो तेही भन्ने "

हो भन्या बाङ्गे खत्तम थ्यो क्या। सोझो भलादमी भनेको त्यो ग्याङ्गमा मै एकजना। के गर्ने? मेरो सँगतै राम्रो भएन नत्र म उनीहरुलाई पनि सुधारदिन्थें।


 
Posted on 04-25-08 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-26-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aru je bhaye ni theek chha.. title ni theek chha... yo jhyaalincha bhaako kunai naya prastut garnu paryo. Dherai bho kyaa re jay nepal hall ko tyo story pachhi jhyalinchaa ko kunai wicket khasyaa hoina, Baangey ko matra maiden over.

Tyo taakaa LAAM POKHARI (ani vs shiphal sanga) tira cricket kheliyena? kehi flash back?


 
Posted on 04-28-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kancha01,

आँच! दामी गयो हो हाँसो त। पुरा मोनिटरै हल्लियोन्त!

Neural,

झ्यालिन्चाको कुरा पनि उठाउँला प्रभो।


 
Posted on 04-28-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे बिहान आलस्य लागेर बसिरा, पर्भो को डसान ले आलस्य सबै भगायो, एक्लै खित्का छाडेर हास्न थालएछु,म्यानेजर ले 'व्हाट सो फन्नी' भन्दै गयो।

धन्य हो दिप पर्भो। अनी घर गएर चुलेसी दलेर लाको हो त डस्या ठाममा ? हन हनती जरो त ल्याएन,डसाई ले ?


 
Posted on 04-28-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यु,

डसान त नराम्रो खाइएछ नि। तपाईंको डसान, हाम्रो हसान भयो।
अब अर्को चाँही कहिले नि?


 
Posted on 04-28-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

visitor

बिस्टे प्रभो, जोरो आउला आउला जह्तो भर गारो भो नी। दुईटैले डस्या भे त लडाउने रेछन क्यारे --धन्न एउटाले माईण्डचेन्ज गरेछ।

PunteDamai

"अब अर्को चाँही कहिले नि?"

झ्यालिन्चा राखि सकें, प्रभो।

 


 
Posted on 04-28-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित खित, कस्तो नरमाइलो भएछन्त । मोमो दाप्न नि पाएन्छ है, बिचरा । अनि बिमार पर्यो हो ?? बारुलाले त नराम्रो दिन्छ नि हौ ।
 
Posted on 04-28-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 खुचिङ्ग!!

टोकेछ त अरिङ्गाल ले  टाउकाँ।

कति मात्रै सहेर बसोस --अरिङ्गालको गोलो र फुटबल उस्तै उस्तै भकुण्डे हुन्छ हो ?

हिहिहिहि 


 
Posted on 04-29-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shabanam

"बारुलाले त नराम्रो दिन्छ नि हौ ।"

आम्मामा! मो चैं कि उता कालिझोरा मा पुरा सोबर भएर कुरी बसें कि अन्त सबनम् चैं यता लागेछ हो। लास्ट र्‍याग भोन्त एक्लै कुरेको कुरेकै।

फिरी डाउनग्रेड गर्दिने होईन ल। अरिङ्गाल चै हो कि डस्ने बारुला हैन त।

अन्त शनिबार चै मिरिक झिल जानु पर्छ ल -- म भरे देखि नै सोब्बर भएर बस्छु।

 

miss_ me

ह्या --- त्यस्तो आफुलाई डस्दा खुच्चिङ्ग भन्नेलाई पनि कसैले मिस गर्छ। अझ मिस मी रे -- कसरी भन्न सक्या होला?


 
Posted on 04-29-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मिस मी रे -- कसरी भन्न सक्या होला'

 मैलै भन्या हो थोडि , मैले त लेख्या हो


 
Posted on 05-05-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha ........... maile ta pahila "dasaan" lai "dasnaa, i.e. matteress" bhanera padheki. dohorayera padhda pani dasnaa ko kura ta katai chhaina bhanyaa ta "dasaan" po rahechha.  Hajurko aru katha pani rahechha, ma ta aba padhna base kammar kasera.


 
Posted on 05-05-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पछि पढ्न भनेर बुकमार्क गरेको ।

 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters