[Show all top banners]

BinodB
Replies to this thread:

More by BinodB
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Baburam and Prachanda
[VIEWED 4918 TIMES]
SAVE! for ease of future access.
Posted on 04-26-08 1:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I do not understand why this guy "baburam" is always with prachanda? is he a guard or he does not trust him enough?
 
Posted on 04-26-08 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baburam is prachanda's secretary
 
Posted on 04-26-08 3:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jungle ma Mangal bhaye jasto cha duai ko....ghar pariwar dekhi tada....thikkai cha...no comment.
 
Posted on 04-26-08 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्ड र बाबुरामको निकटता देखावटी हो । हालसम्म नयाबजारको एउटै घरमा बस्दै आएका बाबुरामलाई अब भने त्यहाँबाट हटाएर वर्षामान पुनसंग बस्न लगाइँदैछ । माओवादी संगठनमा सबैभन्दा पढेलेखेका ब्रिलियण्ट माइन्ड भए पनि बाबुरामलाई आवश्यक परेको र पार्टीलाई बुद्दीजीवी मुखौडा देखाउन परेको बेलामा मात्र ठाउँ दिइन्छ जस्तो कि अस्ति इयान मार्टीन र राजदूतहरूसंग भेट्न पर्ने बेलामा। तर धेरैजसो माओवादी नेतरत्वले बाबुरामको पढाइले बनेको वयक्तित्व, बौद्दिकता अनि बाबुराम माथि ईण्डियनहरूको भरोसाका कारण ईर्ष्या गर्ने गर्छन । त्यही कारण भित्ते राष्ट्रपतिको रूपमा चिनिएका प्रचण्ड भित्ताबाट ओर्लिएर भावी प्रधानमन्त्रीको रूपमा बहुप्रचारित बाबुरामलाई पञ्छाएर प्रधानमन्त्री बन्न एउटा खुट्टा उचालेका छन् । यसो गर्न प्रचण्डको योजनालाई अन्जाम दिने काम भने माओवादीको चण्डाल चौकडी:   मोहन वैद्य, रामबहादुर थापा, सिपी गजूरेल र स्वयं प्रचण्डले गरेका छन् । जे होस् माओवादी जस्तो लडभिड मात्र सही काम हो भन्ने विश्वासले काम गर्ने पार्टीमा डा बाबुरामको हैसियत प्रचण्डको बडिगार्ड बन्न पुगेकोमा बुद्दिजीवीहरू सहानुभूतिशील भने हुनै पर्छ जस्तो लाग्छ । २०२६ सालको एसएलसी बोर्ड फर्स्ट अनि एउटा कुशल इञ्जिनियर र पि एच डी गरेको विद्वत व्यक्ति डाक्टर बाबुराम कहिलै खुशी भएर हाँस्न पनि नसकेको देख्दा उनको मनभित्रको हुटहुटी अनुमान गर्न मात्र सकिन्छ । बरू यिनकी नेवार पत्नि हिसिलाले भने , जलस्रोत र खानेपानी मन्त्री हुनुको फाइदा लिन जानेकि रैछन किनभने  राजा महेन्द्रका मन्त्री धर्मरत्न यमीका ९ वटी छोरी मध्येकी गोर्खाको भट्टराई बाहुनलाई रोजेर छलाङ  मारेकी यिनले आफ्ना मन्त्रालयमा इष्टमित्र दिदी बहिनी , भिनाजु, भतिजा, भतिजी सबैलाई भरेर नेपालमा जनवादी गणतन्त्रको नमूना पेश गरिसकिन् भन्ने कुरा पत्रपत्रिकाले धेरैपटक लेखिसकेका छन् ।
 
Posted on 04-26-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुन्टीबाङ बैठक भन्छन क्या'र, ऊ बेला प्रचण्ड र बाबुरामले मिलापत्र गरेको ठाम । त्याँ देखुन यी दुइजना बिदेशी सुपरग्लू (भारतीय दवाब) ले टाँस्सिएका जोडी हुन । बिगतमा एकार्कालाइ हदैसम्म निषेध गर्ने प्रयास गरीसकेका हुनाले दुबैले एकार्कालाइ अझै विश्वास गर्न सकेका छैनन, त्यहि भ'र जहाँतहिँ सँगसँगै हिनेका होलान । नत्र कहाँनेर कसले कतिखेर कसलाइ खाल्डामा हाल्ने षडयन्त्र गर्लान के थाहा ?

बाबुरामलाइ नजीकबाट चिन्ने मेरा एक मित्रले भने -  बाबुराम यसरी दोस्रा बनेर पछाडि बस्नै नसक्ने मान्छे कसरी प्रचण्डको पछि पछि बस्न सक्या होला अचम्म लागेको छ, उसले पक्कै केहि न केहि दाऊ खेलिरा हुनु पर्छ । उनका अनुसार सानो उमेरदेखि बाबुराममा जसरी पनि पहिला हुनै पर्ने दोस्रा हुन चाहँदै नचाहने प्रवृत्ति थियो । त्यहि प्रवृत्तिका कारण उनी मेहनति र मेधावि पनि बने । नानि देखि लागेको बानि हुनाले माओबादीपार्टीभित्र पनि बाबुरामले पहिलो बन्ने प्रयास गर्नु स्वभाविकै हो । संयुक्त जनमोर्चाको संयोजक बनेर उनले राजनीतिक उचाइ हासिल गरेको हुनाले पार्टी राजनीतिमा छिरेपछि दोस्रो ठुलासम्म  बन्न उनलाइ त्यति गाह्रो भएन । तर उनी पार्टी नेतृत्त्वमा अरुभन्दा पछि सामेल भएको हुनाले उनलाइ रुचाउने भन्दा नरुचाउनेको बहुमत छ र हाल उनी प्रचण्डलाइ उछिनेर पहिलो बन्ने दाऊ ढुकिरहेको हुनु पर्छ ।

विवादास्पद अभिब्यक्ति दिन प्रचण्डलाइ अगाडि सार्ने, पार्टीको नीतिगत नेतृत्त्वमा आफ्नो पकड राख्ने तथा विदेशीहरु र बौद्धिक जमातमा प्रभाव कायम राख्ने नीति उनले लिएको देखिन्छ । माओबादी सत्तामा पुग्ने बेलामा ट्याक्क लाएर नम्बर वान बन्ने भुमिका तयार पार्दै रहेको जस्तो लाग्छ मलाइ । तर प्रचण्ड पनि बाठा त बाठा नै छन । उनले हालसालै विदेशी मिडियामा आफै अघि सरेर अँग्रेजिमा अन्तर्वार्ता दिने तथा वुद्धिजिवि सर्कलमा पनि पहुँच बलियो बनाउने, पार्टीभित्र पनि पकड दह्रो राख्न वाइसियल लगायत सबैलाइ उत्साहि वातावरण दिने जस्ता गतिविधि गरेर आफू पहिलो स्थानबाट नओर्लने जनाउ दिन सकेका छन । शायद तेहि भ'र बाबुराम मुस्कुराउन नसकेका होलान ।

हेर्दै जाऔ, यी दुइको छिनाझपटीमा बाजी कल्ले मार्ला ?

 


 
Posted on 04-26-08 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sabaiko kura sunera chitta bujhyo. mero bicharma pani testai lageko thiyo. Yedi Baburam prime minister bhayenan bhane mao pani tukrina sakcha. tyo ta parkhanu ra hernu matra baki cha ! .


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters