[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 नयाँ नेपाल
[VIEWED 5841 TIMES]
SAVE! for ease of future access.
Posted on 04-28-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान उठेपछि नित्यकर्म गरेर यसो एउटा पत्रिका पल्टाएको त मलाई चार सय चालीस भोल्टको करेन्ट लागेजस्तै भयो । के अचम्म यो ? अचानक यस्तो परिवर्तन कसरी भयो ? हिजो अस्ति छापिने हत्या, अपहरण, लुटपाट, बन्द, पेट्रोल, मट्टितेल, ग्यास, पानी, बत्ती आदिको कमी आदी समाचारहरु आज पत्रिकामा छैनन् । त्यहाँ अर्कै शीर्षक छ - " नेपाली वैग्यानिकहरुको अन्तरीक्षमा जाने तयारी " । अर्को पाना पल्टाएँ  त्यहाँ अर्को धमाकेदार शीर्षक थियो - "हेलम्बुका स्याउ अमेरिका  निर्यात हुन थाले"  । तीन छक्क परें म । हिजोसम्म हेलम्बुका स्याउ काठमाडौं नि ल्याउन नसकेर भारतका स्याउ खाने हामी नेपाली, आज स्याउ निर्यात गर्ने कसरी भयौं । पत्रिका त हिजो अस्ति नि पढेकै हो, मलाई थाहै नभइ नेपालमा विकासको लहर आइसकेको हो त!! नेताहरु नयाँ नेपाल, नयाँ नेपाल भन्थे, केही विश्वास लागेको थिएन, हो पो रै छ, हाम्रो नेपालका नेतापनि केही गर्न सक्ने पो रैछन । अचम्मको र खुशीको मिस्रित भावना मेरो मनमा छताछुल्ल भयो!

फ्रान्ज काफ्काको "मेटामोर्फोसिस" कथामा कथाको पात्र राति सुतेर बिहान उठ्दा साङ्लोमा परिणत भए जस्तै हाम्रो नेपालमा पनि भएको हो कि, पढाइमा व्यस्त भए जस्तै भएर म, आफ्नै देशमा आएको विकासको नौलो लहरसँग पनि अपरिचित हुँ, मैले बुझ्नै सकिन । आज गाइजात्रा वा अप्रिल फस्ट त होइन ? आफैंलाई सोधें मैले । " अहँ होइन, आज त अप्रिल २८, फस्ट अप्रिल सकिइसक्यो, गाइजात्रा आएकै छैन । " फेरि आफैंले उत्तर दिएँ । त्यसैबेला आमाले कोठाभित्र छिर्दै भन्नु भो - "बत्ती किन नबालेकी, म त उठेकै छैनस् भन्ने सोच्दै थिएँ , कलेज जाने बेला भएन ?"

" भयो आमा, अब जान्छु, आज बत्ती जाने दिन भनेर मैले स्वीच अन नै गरिन"

"हैन के भन्छे यो, अब नेपालमा कहिले बत्ती जाँदैन भन्ने थाह छैन तँलाई !! "
झनै छक्क परें म ।

"पत्र-पत्रिका पढ्ने बानी भए पो थाह हुन्छ समाचार, तिमीहरुलाई टिभीमा पनि ढुङ्ग्रे र मुन्द्रे उफ्रेको हेरेरै पुग्दैन " आमाले नि पाको बेलामा व्यङ्ग्य हानिहाल्नु भो । त्यसैले आफूलाई यी कुरा साँच्चै थाह भएको बारे मैले केही भनिन । चुपचाप तयार भएर, चिया सिया खाएर,  कलेज तिर हिंडें ।

आज बसस्टप मा धेरै बेर कुर्नु नि परेन । हुल गरेर मारा मार गर्दै बस उक्लिन नि परेन । बसको सीट भरिन नि अलि अलि बाँकि नै थियो । हिजो अस्ति चाबेलबाट कालिमाटीजाने बस पाउन कम्तिमा नि आधा घन्टा त कुर्नै पर्थ्यो । बसभित्र एउटा तोरीको दाना राख्ने सम्म ठाउँ नहुँदा पनि खलासी " ओ दिदी अलि उता सर्नु न" भनेको भनै गर्थ्यो । हामी बसमा चढ्ने मान्छे पनि त उस्तै, आफू बस चढ्ने बेलामा जति सुकै भिड भएपनि चढेरै छोड्थ्यौं, आनि एकछिन पछि अरुमान्छे आए भने खलासीलाई गाली गर्न थाल्थ्यौं। बढि मान्छे किन हालेको भन्दै । तर आज एकाएक भएको यो परिवर्तनले साँच्चै भन्दा मैले पचाउनै सकिरहेकी छैन ।एक्कासी हाम्रो नेपालमा विकसित देशको बस सेवा कहाँ बाट आयो ?

एकदम ठिक समयमा आज कलेज पुगियो । कलेज पुगेपछि एक पछि अर्को छक्क पार्ने कुरा देख्न थालें म । आज कलेजमा मेरा सबै साथीहरु युलिफर्ममा आएका छन् । पहिले पहिले कलेज प्रशासनले जति भन्दा पनि, कानमा तेल हालेर बस्नेहरु, आज पुरै अनिशासित देखिन्छन् । सबै भन्दा बढी हल्लाहुने मा कहलिएको हाम्रो क्लास आज शान्त छ, हल्ला गर्ने साथीहरु नि ध्यान दिएर पढे जस्ता पो देखिन्छन !!

'नेपालमा हुने गरेको रोबोट कम्पीटीसन एकदम सानो स्केलमा छ, कति हामी हामीमात्र कम्पीटीसन गर्ने ?  हामीले बाहिरका युनिभर्सिटीहरुलाई पनि समावेश गर्नुपर्छ अब । मैले जापानका दुइवटा युनिभर्सिटीका मान्छेसँग पनि कुरा गरिसकें , रेस्पोन्स पोजेटिभ नै छ  । हेरौं न हाम्रा hi-tech रोबोटसँग विदेशीले कसरी कम्पीट गर्छन् ? " क्लासको सबै भन्दा हल्ला गर्ने र  क्लास बन्क गर्ने काममा कहलिएको साथीले भन्यो । मैले केही भनिन । आज म कसैलाई केही भन्ने अवस्थामा छैन ।

कलेजमा नितान्त नयाँ अनुभूति लिएर घर फर्कें म । आज शहर निकै सफा र सुन्दर देखियो । धुलो, धुवाँ, ट्राफिक जाम केही छैन आज । सडकको छेउछाउमा जथाभावी पसलहरु छैनन् । मानिसहरुको भिड नि छैन । सबै आँफैमा अनुशासित देखिन्छन् । आहा कस्तो राम्रो परिवर्तन । यस्तै भए त हामी पनि किन जानु अमेरिका ? म नि gre पढ्न आजै छोडिदिन्छु, बेकारको टेन्सन । कुन नेताले ल्याए होलान् हाम्रो देशमा यो परिवर्तन ? पहिले त देशको लागी सोचिदिने नेता पाउनै गार्हो थियो यहाँ । आफूलाई आफ्नै देशको  बारेमा थाह नहुनुमा हीनता बोध भए पनि देशको यो परिवर्तन मा भनें मख्ख पर्दैछु म ।

त्यसैबेला पुन: आमाको स्वर सुनियो - " होइन कति बेर सुत्छेस् हँ तँ ? कलेज जान ढिलो भइसक्यो । छिटो उठ् !"  मैले आँखा  खोलें ,  लाइन छैन,  पानी नि आको छैन, एक मग पानी राखिदेको छु बाथरुममा, तेत्तिले नै मुख धो है " म उठिको देखे पछि भन्नु भो उहाँले!

त्यसपछि म राम्रै सँग ब्युँझिएँ । अगाडिका सबै कुरा त फगत् सपना मात्र पो रहेछन् ।
 


 
Posted on 04-28-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waiting On The World To Change (John Mayer)

me and all my friends
we're all misunderstood
they say we stand for nothing and
there's no way we ever could
now we see everything that's going wrong
with the world and those who lead it
we just feel like we don't have the means
to rise above and beat it

so we keep waiting
waiting on the world to change
we keep on waiting
waiting on the world to change

it's hard to beat the system
when we're standing at a distance
so we keep waiting
waiting on the world to change
now if we had the power
to bring our neighbors home from war
they would have never missed a Christmas
no more ribbons on their door
and when you trust your television
what you get is what you got
cause when they own the information, oh
they can bend it all they want

that's why we're waiting
waiting on the world to change
we keep on waiting
waiting on the world to change

it's not that we don't care,
we just know that the fight ain't fair
so we keep on waiting
waiting on the world to change

and we're still waiting
waiting on the world to change
we keep on waiting waiting on the world to change
one day our generation
is gonna rule the population
so we keep on waiting
waiting on the world to change

we keep on waiting
waiting on the world to change
 
Posted on 04-28-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली,
निकै राम्रो छ्।

एकै छिन सम्झिदा पनि आनन्द लागेर आउछ नयाँ नेपाल, कहिले बन्ने हो त्यो सपना को जस्तो नयाँ नेपाल, म तुरुन्तै नेपाल जाने टिकेट काटी हाल्थे।


 
Posted on 04-28-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली,
तिम्रो सपना साँचो होस्। तिमीले चित्रन गरेको नयाँ नेपाल हेर्न मलाई पनि साह्रै रहर छ।
राम्रो प्रस्तुती।
 
Posted on 04-28-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली,  टु गूड् टु बि ट्रु भन्छन नि हो त्यस्तै भयो। सच्चिकै सम्झदा पनि आनन्द लाग्ने।


 
Posted on 04-28-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gahugoro ji, thanks for the annotation.
नेत्रे, हो भन्या हेरन! मलाई नि तेस्तो नेपाल हेर्ने सार्है रहर छ ।
Dipika! त्यही त भन्या, हाम्रो नेपाल मेरो सपना को जस्तो भइदिए कस्तो हुन्थ्यो होला है ! बिहान देख्ता सपना पुरा हुन्छ भन्छन्, मेरो यो सपना नि पुरा भइदिए हुन्थ्यो नि!

 
Posted on 04-28-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hunchha ki ta hamro sapana pura, haina ta? :)
 
Posted on 04-28-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तथास्तु:
 
Posted on 04-28-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli ko sapana chadai nai pura hosh. naya nepal - jindabaad!
 
Posted on 04-28-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कहिले काही सपनामा देख्या कुरा नि पुरा हुन्छन रे क्या चेली !
गजबको लेखाइ ! माथि राख्दै गरौ (कीप इट अप) !

 
Posted on 04-28-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए सपना पो रछ, म त सचिक्कै होकी भनी ठानेको, लौ चाडै सोचेको जस्तो होश हाम्रो देश।

 
Posted on 04-28-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty, हो हाम्रा सपनाहरु एकदिन पक्कै पुरा हुन्छन् ।

लहरे, तिमीले भनेको तथास्तु : ब्रह्ना, विष्णु, महेश, बुद्ध, अल्लाह, जिसस आदी तमाम धर्मका देवी देवताले भनिदिए, हाम्रो नेपाल कस्तो हुन्थ्यो होला ?

kanchho-bhai, अवश्य पनि, नयाँ नेपाल जिन्दावाद!!

रिठ्ठे दाइ, मेरो सपना पुरा भइहालोस् भन्ने शुभकामना मेरो पनि, सारा नेपाली जनतालाई !

हर्कदाइ, साँच्चै सोच्नु भाको हो, साँच्चै होला भन्ने? एक दिन त अवश्य साँचो होला भन्ने आश त छ । खोइ हेरम् के हुन्छ !!!

 

 


 
Posted on 04-28-08 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cheli ji tapaiko sapana bipana ma parinat hos, Hamisabai lai shubkamna. :)
 
Posted on 04-29-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसन्तजी!! And all other readers. Thanks a lot for reading my article.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters