[Show all top banners]

तिका:
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 राजा सहितको गणतन्त्र नेपाल ?
[VIEWED 3973 TIMES]
SAVE! for ease of future access.
Posted on 05-14-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have been reading this so called ZZ's articles in my sansar dot com. Who is this guy? What do you think about his opinions? I copy here one for you if you have not read it before.

- ZZ बाट -

बहुप्रतिक्षित संविधानसभाको पहिलो बैठक जति नजीकिदो छ, राजाको भविष्य कुन दिशातर्फ जाला भन्ने खुल्दुलि त्यति नै बढ्दो छ । केहि समय अघिसम्म प्रसन्नचित्त मुद्रामा रहि नाचगानमा मस्त राजा अकस्मात दक्षिणकालीमा पञ्चबली दिन पुगेका छन । चाखलाग्दो किसिमले यो समय उनको मुहारको कान्ती हराएको छ । कारण अनेक हुन सक्दछ तर पहिलो बैठकबाटै देश गणतन्त्रमा जाने सर्वदलीय प्रतिज्ञा यो समयसम्म यथावतै रहनु शायद सबभन्दा दह्रो कारण हो । राजाको अघोषित प्रवक्ता तथा इमान्दार समर्थक कमल थापाको सांकेतिक चेतावनी पनि राजतन्त्रपक्षधरका निराशात्मक आक्रोशकै अभिब्यक्ति हो । अन्यथा होइन ।


गणतन्त्रको बाटो
राजतन्त्रलाइ सक्रिय राजनीतिबाट पन्छाउन ढीला भैसकेको अवस्थामा दोस्रो जनआन्दोलन भएको थियो, जहाँबाट नेपाली राजनीति तिब्रगतिमा गणतन्त्र तर्फ लम्कियो । देशलाइ यो दिशामा द्रुततर गति दिन माओबादीको योगदान रह्यो भने काँग्रेस र एमालेको सहायक भुमिकाले पनि उल्लेख्य योगदान गर्यो । माओबादीले गणतन्त्रको मुद्दालाइ मुलधारमा जबरजस्त स्थापित गरेको थियो । राजाको अधिकारहरुलाइ क्रमिक कटौति गरेर राजतन्त्रको जरा जरा काट्ने निर्णयहरु राजाले नै पुनर्स्थापना गरेको तात्कालीन प्रतिनिधिसभामा काँग्रेस एमालेको अगुवाइमा भएको थियो । ती औपचारीक कदम र दस्तावेजहरुले राजतन्त्रसमर्थकहरुलाइ किंकर्तव्यबिमुढ र हतास मात्र पारेका थिएनन, आधिकारीक रुपमा राजतन्त्रको शक्ति क्षीण भएको दस्तावेजिकरण पनि गरेको थियो, जसको महत्त्व सडकमा लगाइने गगनभेदी नाराभन्दा कैयौ गुणा बढी थियो । तत्पश्चात माओबादीसहित गठन भएको ब्यबस्थापिका संसद र त्यहाँबाट जारी गरीएको अन्तरीम संविधानले पटक पटक सशोधित हुँदै हुँदै राजतन्त्रलाइ झन झन कमजोर बनाउँदै गणतन्त्रसम्मको मार्ग कोर्यो ।

बेग्लै प्राथमिकता
अन्तरीम संविधान विवादमुक्त त छैन तर देशलाइ अघि बढाउने संविधान सभाले अर्को बिधान बनाएर नदिउञ्जेलको लागि नेपालको आधिकारीक विधान यो नै हो भन्ने कुरामा दुइमत छैन । यहि अन्तरीम संविधानको तेस्रो संशोधनले देशलाइ गणतन्त्र घोषणा गरीसकेको छ (त्यस अनुसार यसपालीको संविधानसभा चुनावलाइ गणतान्त्रिक नेपालको पहिलो चुनाव मान्न पनि सकिन्छ) र संविधानसभाको पहिलो बैठकद्वारा गणतन्त्र कार्यान्वयन गर्न निर्देश दिएको छ । तर कसरी कार्यान्वयन गर्ने भन्ने कुरा भने स्पष्ट छैन । कसरी थाल्ने, कहाँबाट शुरु गरेर कहाँसम्म पुगेपछि गणतन्त्रको कार्यान्वयन भएको मान्ने जस्ता कुराहरुमा कुनै वैचारीक मन्थन वा विचारविमर्श भएको देखिन्न । जसरी जनआन्दोलन सकिने बित्तिकै राजतन्त्रलाइ कसरी थान्को लगाउने भन्ने कुरामा पार्टीहरुले छलफल गर्न ढीला सुस्ति गर्दा देशले अनिश्चितताको भुमरीमा अनावश्यक रुमल्लिनु पर्यो, त्यसरी नै हाल गणतन्त्रको कार्यान्वयन कसरी गर्ने भन्ने कुरा प्राथमिकतामा नरहँदा देशले केहि समय अनिश्चितताको शिकार बन्नु पर्ने दुर्भाग्य नजिकँदै छ । शायद नेताहरुले यस्ता छलफलहरु जरुरी नै नठानेको पनि हुनसक्छ किन कि नेताहरु यतिबेला सरकार बनाउने खेलमा अत्यधिक सकृय जो छन ।

सरकार परीवर्तनको मुद्दा
उसो त यो संविधानसभाको चुनाव सरकार गठन वा विघटन गर्नको लागि थिएन । कामचलाउ अन्तरीम संविधानको आधारमा चल्ने संक्रमणकालीन सरकारको आयू छोट्याउँदै यथासक्य चाँडो देशको मूल संविधान बनाउनको लागि नै यो चुनाव गरीएको हो । त्यसमा विवाद छैन । यतिखेर सरकार परीवर्तन गरीहाले पनि अहिले गिरीजाको नेतृत्त्वमा रहेको अन्तरीम सरकार जस्तै आगामि सरकार पनि अन्तरीम सरकार नै हो, किन कि अन्तरीम संविधानको अस्तित्त्वमा बनेका सरकारलाइ अन्तरीम सरकार मान्न करै लाग्छ । सरकारमा रहेका कुनै दलले हार बेहोरेको हुनाले ती दलहरु सरकारमा बसीरहन नैतिकताले दिदैन भन्ने तर्क आफ्नो ठाउँमा छ । तिनले प्रदर्शन गर्ने नैतिकता र अनैतिकताको पुरस्कार तथा सँजाय भोलिको दिनमा हुने चुनावमा जनताले दिने नै छ । तर अहिलेको राजनीतिले यो कुरा अँगालेको पाइन्न, विशेषत: चुनावपश्चात ठुलो दल बन्न पुगेको माओबादीले सरकारको नेतृत्व लिने दावि गर्दै संविधानसभाको मुद्दाबाट पन्छिएर मात्र सरकार बनाउने ध्येयले अस्वाभाविक दवाब र राजनैतिक चलखेलमा समय ब्यतित गर्दै छ । सम्भवत: यहि कारणले निकट भविष्य मै राजनीतिक सहमतिको वातावरण धमिलिने र पार्टीहरुबीच सम्बन्ध बिग्रने श्रृंखला शुरु हुनेछ ।

सरकार कब्जा गर्न आतुर माओबादी
मिलिजुलि सरकारमा रहेर मनग्य फाइदा उठाउन सफल तथा सरकारी अपजसहरुलाइ काँग्रेस एमालेको थाप्लोमा पन्छाउन सफल माओबादीले यो चुनावअघि - माओबादीलाइ हेरौ यसपटक- भन्ने नारा दिएर सरकारको नेतृत्त्व लिन माओबादी आतुर छ भन्ने देखाएकै हो । त्यसअनुसार जनताले माओबादीलाइ बहुमत वा दुइतिहाइ नदिएर सबभन्दा ठूलो दलको हैसियत मात्र दियो । धोखाधडिमा कुख्यात अन्य दलहरुले चाहेर पनि माओबादीको सहमतिबिना केहि गर्न नसक्ने बनेका छन भने जबरजस्ति एजेण्डा थोपर्न माहिर माओबादीलाइ पनि जबरजस्ति गर्न नसक्ने हैसियतमा थन्काएको छ । जनमतले माओबादीलाइ अन्य दलसित सहमतिमा पुगेर सरकारको नेतृत्त्व लिन सक्ने त बनाइदियो तर सहमति पालन गर्ने विश्वास दिन नसके केहि पनि गर्न नसक्ने पनि बनाइदियो । यस्तो अवस्थामा माओबादीले अन्य मुद्दालाइ ओझेलमा राख्दै सरकार बनाउने कृयाकलाप मै पूर्ण ध्यान केन्द्रीत गर्दा माओबादीको छवि जनतासामु गरेको बाचाहरुमा ध्यान केन्द्रीत गर्नु भन्दा पनि जसरी भए पनि सरकार कब्जा गर्न आतुर पार्टीको रुपमा परिवर्तन हुँदैछ ।

अनिश्चित कार्यान्वयन
गणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो बैठकले नै गर्ने भन्दै देशमा गणतन्त्र दिवस कुन दिन मनाउने भनेर हामीले माइसंसारमा छलफल गर्न समेत भ्याइसकेका छौ । तर कार्यान्वयन कसरी गर्नु पर्छ वा गरीने छ भनेर हामी अझै स्पष्ट छैनौ । गच्छे अनुसारको चर्को बोली बोल्ने नेताहरुको हालत पनि त्यहि हो । राजालाइ नारायणहिटी र निर्मल निवासबाट एउटा सामान्य घर वा डेरामा सारेर गणतन्त्र कार्यान्वयन हुन्छ ? राजदरवारभित्र तैनाथ ५००० भन्दा बढीको सैन्य संख्या त्यहाँबाट हटाएर गणतन्त्र कार्यान्वयन हुन्छ ? राजाको तलव भत्ता, आर्थिक श्रोत, बैंक ब्यालेन्स र कारोबार रोकेर गणतन्त्र कार्यान्वयन हुन्छ ? राजाले हाल राजाको हैसियतले भोगचलन गरीरहेको सम्पत्तिहरु पूर्ण राष्ट्रीयकरण गरेर गणतन्त्र कार्यान्वयन हुन्छ ? राजाको स्वामित्त्वमा देशबिदेशमा रहेको चल अचल सम्पूर्ण सम्पत्ति राष्ट्रीयकरण गरेर गणतन्त्र कार्यान्वयन हुन्छ ? राजपरिवारको सदस्यहरुलाइ बिगतमा तीनले गरेको अपराधको सँजाय दिने गरी कानूनि कारबाहि गरेर गणतन्त्र कार्यान्वयन हुन्छ ? राजपरिवारका सम्पूर्ण सदस्यलाइ देश निकाला गरेर गणतन्त्र कार्यान्वयन हुन्छ ? कसरी गणतन्त्र कार्यान्वयन हुन्छ ? यदि यस्तो केहि नहुने हो, यदि बिरेन्द्रको नाममा रहेको बानेश्वरस्थित सम्मेलन केन्द्रमा बसेर -गणतन्त्रको कार्यान्वयन भयो - भनि टेबल मात्रै ठटाउने हो, यदि राजा र राजपरिवार नारायणहिटी वा निर्मल निवास वा जनताको करमा बनेको अन्य कुनै अमुक सुविधासम्पन्न निवासमै मस्तले बसीरहने हो, यदि राजाले चाहेको बखत राज्यकोषबाट तलब खाने हज्जारौ हज्जार सुरक्षाकर्मीहरु खटनपटन हुने हो, यदि राजाले चाहेको बखत राज्यको जुनसुकै क्षेत्रमा निर्वाध पहुँच र बिशेष सुविधा भोगचलन गर्न पाउने हो भने - त्यो गणतन्त्र के गणतन्त्र ? त्यो त राजासहितको गणतन्त्र भै हाल्यो नि । लाग्छ नेपाल शायद त्यहि दिशातिर लम्किरहेको छ ।

 


 
Posted on 05-15-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Some comments I found interesting to read:

 

कुरो मनासिब छ !
मानब हिंसामा पारंगतहरुले देश, नियम, कानून बनाउन र पालना गर्न चाहिने खुबी देखाउन सक्ने हुन अथवा
यिनिहरुपनी हिंसाको खोल ओड़ेका कानचिरुवा जोगी नै हुन, समयले देखौछा…!
zz जी पर्खौ र हेरौ…!
देश पूर्ण गणतंत्र वा अल्प गणतंत्र जता गए पनी हामी भने माई संसारमा कमेंट लेखी राखौला नि…!

Comment by Harke — May 13, 2008 @ 6:23 am

 


 
Posted on 05-15-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ZZ जी,
तपाईंले उठाउनुभएको बिषय बस्तुमा मेरो केही बुँदागत असहमतिहरु राख्दैछु।
1. सरकार को बारेमा,
तपाईंले अब बन्ने सरकार पनि अन्तरिम संबिधान नै टेकेर बन्ने हुनाले यस्को हैसियत पनि अन्तरिम हुने भन्नुभएको छ। सरकार अन्तरिम हुनु र नहुनुले तपाईंले उठाउनु भएको मूल बिषय यानी गणतन्त्र को कार्यन्व्ययन कसरी होला भन्ने कुरालाई केही फर्क पार्छ र? कि माओवादीहरु तिमीहरु ठुलो पार्टी भयौ त के भयो आखिर तिमीहरुले बनाउने साकारको पनि हैसियत त अन्तरिम नै भयो नि भनेर केही सन्तुस्टी मात्र लिना खोज्नुभएको हो।
2. सरकार गठन को बारेमा,
सबैलाई थाहाछ यो चुनाव भनेको संबिधान सभा को गठन को लागि भएको हो र पुरानै किसिम को संसदिय चुनाव होइन जसले आवधिक सरकार बनाउने गर्छ। तर पनि के कुरा सत्य हो भने संबिधान बनाउन लाग्ने २ बर्ष को समय को लागि पनि देशको दैनिक प्रशासन चलाऊन सरकार त चाहिन्छ नै र कसैको पनि २/3 बहुमत ( जस्लाई मात्र यो अन्तरिम संबिधान ले चिन्छ ) नभएको अवस्थामा सबैभन्दा ठुलो दलले सरकारको नेत्रित्वको दाबी गर्नु अन्तरराष्ट्रिय प्रजातान्त्रिक संस्कार्नै होइन र? यस्लाई माओवादी को सत्तामोह भनिदिनुले कतै तपाईंमा पहिलेदेखिनै रहेको माओवादीप्रतिको पुर्बाग्राह नै झल्काउदैन र? तर सत्तामोह त आफ्नो त्यो अवस्था हुँदा पनि सरकार को नेत्रित्व हामीनै गर्छौँ भन्ने कांग्रेसमा पो देखियो नि होइन र?
3. गणतन्त्रको कर्यान्वयन्को बारेमा,
मलाई लाग्छ नेपालमा गणतन्त्र आउनबाट अब त कसैले पनि रोक्न सक्दैन सरकारको नेत्रित्व गर्छु भन्ने माओवादीले पनि। अब रह्यो कार्यन्व्ययन कसरीहुन्छ भन्ने कुरा त्यो त प्रस्ट रुपमा राजाको व्यबहारमा नै भर पर्छ। यदी जेठ १५ गते को पहिलो बैठकले गणतन्त्रको घोषणालाई कार्यन्व्ययन गरेपछी राजाले सजिलै दरबार छाडेर निर्मल निवास तिर आफ्नो डेरा सारे भने हाम्रो देशको लागि त्योभन्दा उत्तम केहीहुनेथिएना तर उनले दरबार म रहेका केही सेना को भरमा म त्यहीं बस्न सक्छु भनी सोचेभने उनले गद्दी छाडे पनि नेपालमै बस्न पाउने सुनौलो अवसर पनि गुमाउनेछन। ZZ जी नेपाल सांचैको गणतन्त्र भएको हेर्न चाहने तपाईंको पवित्र चाहना लाई कदर गर्दै नेपालमा साँचोरुपमै गणतन्त्र त्यो पनि गिरिजाबाबुले भने जस्तो अब नयाँ पुस्ता ले गणतन्त्र को लागि कहिलै संघर्ष गर्नुनपर्ने गरी आउन्छ भन्नेमा अब पनि विश्वाश गर्न गाह्रो होला र?

महर्शी USA

Comment by Maharshi — May 13, 2008 @ 7:17 am


 
Posted on 05-15-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारा संसार किन ज्ञानेन्द्र माथी मात्र खानिएको भन्या???'’संसार छोडेर लुतो माँ हात ‘’यहाँ राजतंत्र पूर्ण रूप माँ अंत हुने वाला छैन ,समझौता बाट बिस्वा माँ कही पानी राजा हरु गयेका छैनन |केहि समाया को लागी मात्र जाने हो ,कही कतई अबसेस रहन्छ ?कसरी ???र किन ??
१)))अब राजा लाइ सरेंडर गर्नु बाहेक उपाय छैन ???सरेंडर गरिसकेपछि कुरा आप से आप मिल्छ |नेपाली जातिहरू सरण को मरण गर्दैनन |चाहे त्यों माओबादी नै किन न होस ???
२))आफ्नो अकूत संपत्ति बाई सी यल को ब्याबस्तापन माँ लगाए भने ज्ञानेन्द्र को लागी ठाऊ हुन सक्छ
३))बाहून,छेत्री हरु बेब्कुफ़ होला त??कोरा सिद्दांत को लागी आफ्नो राजपाठ सजिलाई त्यागला ???
४))जब मानिस लाइ बच्ने कुनै उपाय हुदैन तब जस्तो सुकई समझौता गर्न पानी तैयार हुन्छ ??यदि ज्ञानेन्द्र लाइ पार्टी हरुले म लाइ फाल्छ भन्ने लाग्यो र इंडिया संग लम्पसार परे भने कुनै पार्टी ले उसलाई हटाउन सक्दैन ???
ज्ञानेन्द्र देस बाट भागेको भये,अथाबा उसलाई लाखतेको भये ,अथाबा आन्दोलन अगाडी बड़ा को भये पूर्ण गणतंत्र आउथ्यो??आज्को मिति माँ लेखेर राखे हुन्छ ,प्रिथिबी नारायन लाइ कसैले कायर भंला रे (कायर को परिभाषा चेंज हुन्छ ),,तिनै पी यन साह का संतान (छेत्री को छोरा )लुते कुकुर झै हुदैन ??
((((यो मैले मूर्ख जस्तो भएर जान लागेको राजा को बडाई गरेको हैंन ,मन माँ लागेको कुरा लेखेको )))

Comment by madan — May 13, 2008 @ 7:42 am


 
Posted on 05-15-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ZZ ले जे लेख्नुभो, बिलकुल सहि लेख्नु भो । एकातिर राजासित कार्यगत एकता गरेर जनयुद्ध गरेका माओबादीले अर्कोतिर संवैधानिक राजतन्त्रमा इमान्दारीताका साथ प्रजातन्त्रको अभ्यास गरीरहेका पार्टीहरु भन्दा क्रान्तिकारी देखिन गणतन्त्रको च्याँखे दाऊ थापेको हो, यो इतिहासमा अभिलेखित छ । अहिले आएर गणतन्त्र ल्याउन माओबादी बाहेक अरुको योगदान नै छैन जस्तो गरी सम्पूर्ण जस माथि निर्लज्ज दावि गर्ने माओबादीले यस अगाडि कुनैहालतमा लडाइ नजितिने बुझेर बाध्य भएर गणतन्त्रको लागि अन्य दलसित हात मिलाउनु परेको कुरो उप्काउन चाहेको छैन । सम्झोतालाइ जीतको जलप लगाएर आकाश पाताल जोड्ने गफ माओबादीका अन्ध समर्थकहरुले जतिसुकै लगाए पनि गणतन्त्र ल्याउन अरु दलले दिएको योगदानको महत्व कम हुँदैन । तपाइले त्यो कुरोलाइ मिहिन ढंगले उठाउनु भएको छ ।

गणतन्त्र माओबादीको बलमा आएको होइन, गणतन्त्रको ल्याउन माओबादीले मात्रै लडेको छ भन्ने भ्रम नपाल्दा हुन्छ । पछिल्लो समय माओबादीमा लागेका हज्जारौ कार्यकर्ताहरुलाइ शोषक सामन्तको विरुद्ध लड्नु पर्छ भन्ने चेतना सिकाउने र संघर्षको निमित्त मानसिक पाठ पढाउने गुरुहरु अन्य कम्युनिष्ट पार्टीमा अझै थुप्रै छन । अन्य कम्युनिष्ट पार्टीका नेताहरुको अथक प्रयत्नबाट कम्युनिष्ट समर्थक बनेका कार्यकर्ताहरु चोरेर माओबादीले अहिले संगठन बनाएको कुरा कसैले नकार्न सक्दैन । आफ्ना कार्यकर्तालाइ आफ्नै संगठनमा आवद्ध गराइराख्न नसक्नु ती नेताहरुको कमजोरी हो, तर तिनले गणतन्त्रको चेत फैलाउन दिएको योगदानलाइ त्यस्ता नेतृत्वगत कमजोरीले छाँयामा पार्न हुन्न, यस पक्षलाइ केलाएर विस्तृत बिश्लेषण प्रस्तूत गरेको भए ZZ को लेखमा सुनमा सुगन्ध थपिने थियो ।

Comment by चन्द्र — May 13, 2008 @ 9:27 am


 
Posted on 05-15-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म हिजो यहाँ पोष्ट गरिएको एउटा कपि पेष्ट लेख जुन स्वयं माओवादी भाष्यकार विद्वान बाबुरामको लेखनी थियो पढेर एउटा कुरा बुझ्न नसकेर असरल्ल परिरहेको छु । र त्यही कुरा यहाँ अक्सर आँफुलाई माओवादीको चाटुकार बनाउन खोज्नेहरुका कमेण्टहरूमा पनि भेट्टाउने गर्छु कि माओवादीले राजा हटाउन यत्रो बलीदानी गरेको थियो भनेर । कसैले माओवादीले १४,००० मान्छेको बलीदानी राजतन्त्र हटाउन का लागि गरेको थियो भनेर भन्छ भने ऊ सरासर झूट बोलिरेहेको छ । किनभने यी मरेका मान्छेहरू या त माओवादी र सुरक्षा फौजका भिडन्तमा मरेका थिए अथवा एक अर्काका अपहरण, पक्राउमा परी गेर न्यायिक हत्तयामा परेका थिए । त्यस बाहेक राजनैतिक रूपमा आफ्ना बिरोधी गाउँस्तरका कांग्रेस, एमाले समर्थक शिक्षक र कार्यकर्ताहरूको हत्या मात्र माओवादी हिंस्रक क्रान्तिको लक्ष्य थियो । उनीहरूले दरबारवादी मान्छेहरूलाई कहिल्यै आक्रमण गरेनन् न त केही अपवाद बाहेक राप्रपाका मान्छेहरूलाई नै आक्रमण गरेका थिए । माओवादी हिंसाको पहिलो दशक केवल दलहरू, दलीय राजनीति त बहुदलीय पद्दतिलाई समूल अन्त्य गर्नमा केन्द्रित थियो । यसका लागि उनीहरूले दरबारिया सूत्रहरूसंगको बसउठ र लसपसलाई राम्ररी सदूपयोग गरे । जुन कुरा उनीहरूका शिर्षस्थहरूले समेत बेलाबेलामा फलाकेकै हुन । जुन बेला संसदवादी दलहरू ज्ञानेन्द्रलाई दाम चढाएर राजा बनाउने उपक्रममा थिए, त्यतिबेला माओवादीहरू भने दलहरू बिरुद्द कार्वाही गरी सत्तामा राजाको नियन्त्रण कायम भैदिनु पर्‍यो भनेर फिराद बोकेर निर्मल निवास धाएको कुरा सबैले सुनेको, पढेको र छर्लंगिएकै हो । ज्ञानेन्द्रको महत्वाकांक्षामा , जब संसदवादी दलहरूले झापड खाए
त्यतिबेला कुनै पनि बेला ज्ञानेन्द्रका दूतहरू सत्ता सहकार्यको निम्तो बोकेर आफ्नो दैलोमा आउलान भनेर माओवादी प्रतिक्षारत रहेको कुरा माओवादीबाट अल्गिगएका मणि थापा र रविन्द्र श्रेष्ठले मात्र हैन त्यही बेला कामरेड प्रचण्ड र लालध्वज बीचको झगडाबाट प्रक्षेपित गालिगलौजको पुलिन्दा पत्रले समेत जाहेर गरेको छैन र ? यही कामरेडी झगडालाई भारतको मध्यस्थतामा सुलह गर्दिनु परेको बिजोग घटनाले माओवादि स्वयं कति राष्ट्रवादी थियो भन्ने समेत प्रमाणित गरेको थिएन र ? त्यही माओवादी गुनको बदलालाई पछिसम्म पर्योग गर्दै दलहरू र माओवादी बीचको सम्झौता गराउन समेत भारतले गरेको प्रयत्नका कारण नै माओवादी भित्रको प्रभावशाली मानिएको प्रचण्ड समूह भारतले देखाएको राजावादी बिरुद्द लाइनमा हिँड्न वाध्य भएको हैन र ? त्यतिबेला त माओवादीभित्र बाबुराम ( लालध्वज) समूहले प्रचण्ड समूहलाई दरवारपरस्तको आरोप अनि प्रचण्ड चौकडीले बाबुरामलाई भारतपरस्तको राम्रै तक्माले सजाएका हैनन् र ? अनि यो कुराको इतिहास पढेका ,देखेका अनि यिनको राजनितिको नौटंकी भोगेका हामीलाई माओवादीले गणतन्त्रको खिचडी कसरी पकाउला भनेर अड्कल गर्न गाह्रो पर्ला र ? यदि कसैलाई माओवादी नेतृत्व बीच नै एक अर्कालाई राजावादी र दरबारपर्सत भनेर गरिएको आरोपी युद्दका बारेमा पढ्न मन लागे म यहीँ पोष्ट गर्दिउँला । नेपालको राजनितिमा लोभी गिद्दे बुढो गिरिजाको जति पनि दरबारियासंगको दूरी अरू राजनैतिक नेता एवं दलले राखेको त मैले देखेको छैन । यो इतिहास सत्य कुरा हो ।

यिनै कुराले मलाई माओवादीको दरबारिया नीतिका बारेमा कांग्रेस र एमालेमा भन्दा बढी आशंका छ । कसैले हिजोदेखिका माओवादी गतिविधिहरू दरबार बिरुद्द थिए संसदीय परिपार्टीका बिरुद्द थिएनन् भन्ने तर्क लिएर प्रमाण सहित आउँछ भने मलाई ती कुरा पढ्ने व्यग्रता छ । अहिले के भनियो हैन हिजो देखिको कसको के नीति र व्यवहार थियो भन्ने कुरा महत्वपूर्ण हो ।

माओवादीको हिंसात्मक युद्दको १२, १४ वर्षे इतिहासलाई देखे भोगेका हामी सबैलाई थाहा भएकै कुरा हो, माओवादी हिंसाको उठान नत शुरुवातमा न त्यसपछिका वर्षहरूमा नृ राजतन्त्र बिरुद्द लक्षित थियो

Comment by अनुजबाबु — May 13, 2008 @ 11:00 am


 
Posted on 05-15-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा शेरलाइ
थु्प्रै मृगहरू मिलेर
एउटा गुफाबाट अर्को गुफा
सार्न अातुर भएछन् ।
-
कुनै चतुर स्यालले
जंगलको राजा
थातको रक्षक
संरक्षणकर्ता भनेर
हुइया पिटकै भरमा
विचरा मृगहरू मर्न लागेको शेर
स्याहार्न व्यस्त भए ।
-
एक दिन
शेर शेरकै व्यहोरा देखाएर
गुफाबाट निस्कीयो ।
त्यसले
निरीह मृगहरू
तिनका लोभगाग्दा शावकहरू
तिनका मायालाग्दी मृगीणीहरू
केही भनेन,
उसले सोच्यो यो जंगल उसकै हो ।
शक्तिले मदमस्त बनेको शेर
मनलाग्दो गर्दै गयो ।
विस्तारै मृगहरू सकिंदै गए ।
शावकहरू उफ्रीन छाडे
मृगीणीहरू नाच्न छाडे
मृगहरू निस्नै छाडे
फेरी जंगल शून्य बन्यो ।
-
रित्तिएको जंगलबाट एक्कासी
ब्वाँसोहरू निस्के
घोरलहरू निस्के
चित्तलहरू निस्के
हरिणहरू, मयूरहरू, हात्तीहरू
थुप्रै थुप्रै हजाराै
लाखाै निस्के
शेरको विरूद्धमा
-
गर्जीरहेको शेर
एक्कासी गुफाभित्र पस्यो
लाखाै घोरल चित्तलहरूले गुफा घेरे
अरिंगालहरूले गोलो लगाए
तव शेर लुत्रुक्क परेर निस्कियो
म चूपचाप बस्छु अव
उसले घोषणा गर्यो ।
सवै चूप भए
कोही शेर हटाउन नारा लगाउन थाले
कोही शेर चाहिन्छ भनेर दुहाइ दिन थाले
विवाद भयो
भोट भयो
शेरले हार्ने भएपछि
गुफा छोड्नै पर्ने भयो
बिचरा शेर
त्यतिकै के बस्थ्यो र ?
फेरी स्यालहरूलाइ हुइया पिट्न लगायो
तर अव मृगहरू
स्यालको कुरा सुन्नेवाला थिएनन्
-
अाखिर गुफा खाली भयो ।
शेर भाग्यो गुफाबाट
कता भाग्यो
मलाइ पनि थाहा भएन
शायद त्यो इतिहासले लेख्नेछ ।

Comment by कञ्चन लिम्बू — May 13, 2008 @ 11:16 am


 
Posted on 05-15-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याद गर्नु सिङ भय का दुइ खुट्टे हरु हो नेपाल मा गणतन्त्र य उटा कोठा भित्र को पर्दा को बार हो ।नेपाल ले गणतन्त्र थेग्न सक्दैन ।गणतन्त्र चलाउने कर्मचारि को दिमाग युरोपियन कर्मचारिको जस्तै हुनु पर्छ ।र भारत परस्त हरुले गणतन्त्र चलाउन सक्दैनन् । बिकास गर्ने ले सिस्टम बसायर आफ्नो गाउ आफै बनाउ नारा बाट अगाडिबढ्दा उचित होला ।गणतन्त्र मा गयपछि ब्यांुति खान पाइन्छ भन्ने शोच भयका हरुले अब खाने बेला भयको छ ।थोत्रो बन्दुक लियर माओको आकास मा उडेका प्रचन्ड र बाबुराम मार्क्स र लेनिन को य अर पोर्ट मा पंखा ले काम गर्न छोडेको जहाज बाट प्यासेन्जर ओराल्दै छन। सक्कलि माओबादि हौ भन्ने हरु त आमुक भैसके ।अब चैते माओहरु को पनि पसिना अौने बेला नजिकिदै छ ।

Comment by पुरुशोत्तम सुबेदी -बेल्जियम- बाट — May 13, 2008 @ 11:47 am


 
Posted on 05-15-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good analysis जे जे तथा अरु मित्र हरु

ज्ञानेन्द्र राजा फालेर प्रचंड राजा वा गिरिजा राजा ल्यौना भयन बस !! रानीतिक बंसनुगात होइना की सक्श्यमता को रुपमा गर्न पर्यो देसको लागी सोचना पर्यो, आफ्नो थैलों भरने हों समाजको अनि देसको हित हुने काम गर्न पर्यो | नियम कानून मजबूत बनौनु अनि त्यासको परिधिमाँ बसन अनि बसौना सक्नु पर्यो | यद्ध्यापी राजनेताहरूले धेरै गलती गरेका तीय अब नदोहोराऊ !!

कानून भन्ने शब्द शब्दकोष बाटा हटाई सके जस्तो छ .| पहिला औटा पुलिस ले गाऊ पुरै चकामंना अबा ब्यारेक ने खड़ा गर्दा बाल फरक पर्दैन अनि भंनुस त !!! धेरै शोच्नु पर्ने बेला भयको छ |

देस काल राजनीति भनेको परिबर्तित हुन्छ त्यसमा कुनै शंका छैना तर गाठी कुरो के भानेनी सबैले नियम कानूनपरिधिको रेखा भित्र रहेर समय अनुसार चल्न अनि चलाउन जान्न पर्यो क्या !! अबा त्यों चलने अनि चलाउने भनेको राजा अनि राजनेताहरुले हो |

देसमा चुनौती छन |

Nakul Gautam K.S.A.

Comment by Nakul Gautam — May 13, 2008 @ 2:28 pm


 
Posted on 05-15-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिगत दुई बर्ष देखी एउटै कुरामा सबै जोड रहेको छ, “गणतन्त्र”। त्यही आशय पोख्दै जनता ले पनि माओवादी लाई जिताये, र माओवादीले पनि राजतन्त्र को बारेमा स्पष्ट धारणा राख्दै आको छ, त्यस्मा कुनै सन्का नगरे हुन्छ। तर घोडा लाई लगाम लगाको जस्तो, हामी सबै राजा फाले पछी देश स्विट्जेर्ल्यान्ड भइ हाल्छ भन्ने विश्वाश मा छौ। तर राजा फाले पछी को नेपाल लाई कुनै बिदेशी हस्तक्षप बिना, जनता को चाहना पुरा गर्दै देशको सान्सकृतिक, भौगोलिक र जातिय सहिश्नुता लाई कायम राख्दै देश हाँक्न सक्ने हुन वा, सिक्किम को ताल मै नेपाली को अस्तित्व भारत मा बिलिन भएर जाने हो, त्यो प्रती कसैले सोचेका छैनन। सोच्ने पनि कसरी किनकी हामीले एउटै पाठ पढ्दै आका छौ, राजतन्त्र नै सबै समस्या को जड् हो। हो यो साचो हो, जनता का धेरै आशा हरु राजहठका कारण सधैं बन्दगी मा परे। प्रजातन्त्र को उदय सँगै नेपाली जनता ले धेरै आशा गरे, प्रजातान्त्रिक पार्टी हरु बाट, तर केही पाएनन। र अन्तिम मा आएर अहिले माओवादी सबै को आशा को किरण बनेको छ। तर, राजा फालेर जनता केही समय त खुशी होलान, तर के माओवादीहरुले भारतीय बिस्तार्बाद को बिरोध गरेका छन्?? किन नेपाल आउने बित्तिकै एउटा राजदूत सबै पार्टीसँग कानेखुसी गर्दै हिन्छ?? के सन्देश लिएर आको छ सूद्??? नेपालबाट राजतन्त्र भारतको ईशारा मा फ्याकिदै छ, किनकी भारत ले नेपाल को प्रमुखको रूपमा राष्ट्रबादी वा चाइनामुखी होइन, भारतीय दलाल चाहन्छ, र अहिले भारतको कसरत त्यही दलालहरु मध्य कुन ठीक छ भनेर खोज्नु हो। भारतको बिरोध गर्दै नेपाली जनताको केही माया पाउन सकेको माओवादी आज प्रत्यक पाइलामा सूद को ईशारा कुरेर बसेको हुन्छ। राजतन्त्र को पोशन गर्न खोजेको होइन, मेरो आफ्नो बिचार पोखेको हो मैले, र राजतन्त्र को म पनि बिरोधी हुँ, तर राष्ट्रबाद को होइन। यदी राजा ज्ञानेन्द्र ले भुटानि राजा झै सुरक्षा को जिम्मा भारतलाई दिन तयार भा का भये न त दिल्ली दरबारले माओवादी र अन्य दलको मिलाप गराउन्थ्यो, न त यो आन्दोलन हुन्थ्यो। राजाले देखाएका भारत बिरोधी व्यबहारले गर्दा भारतले आफ्नो फाईदाको लागि रचेको नाटक हो यो, जस्मा नेपाली जनताले ठुलो रोल पाए। हो जनता आक्रान्त थिए, राजा को शासन र, माओवादी जनयुद्ध को कारण, तर त्यस्को लागि नपुन्सक नेताहरुले जसरी भारत को ईशारा पछी लोकतन्त्र को बहालिको लागि आन्दोलन गरे, त्यो आन्दोलन भारत को ईशारा मा नभै, आफ्नै बिचार बाट हुन पर्थ्यो, नत्र आज सम्मा पनि भारतीय खेल नतमसतक हुँदै प्रचन्ड र गिरिजा ले हेर्न पर्ने थिएन। हामी नारायणहिटी बाट मुक्त हुँदै छौ, अनी नेताहरु दिल्ली दरबारमा भेटी चढाउदै छन,हामी दंग छौ राजतन्त्र बाट मुक्ती पाएको मा र नेताहरु दंग छन सानो नारायणहिटी नभै ठुलो दिल्ली दरबारको सेवा गर्न पाको मा। सबैलाई बधाई छ, बिशेष गरेर युबा जि जस्ता लाई। हेर्दै जाउ, सुरुवात भाको छ, पछी के के हुन्छ, तर, माओवादी ले राष्ट्र को आन्तरिक मामिला मा भारतीय हस्तक्षप हुन नदिओस, र नेपाली ले आत्मा सम्मान का साथ बाँच्न पाउन, त्यही नै शुभकामना।

Comment by Surya Khatri Korea — May 13, 2008 @ 2:55 pm


 
Posted on 05-15-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपटक को चुनाव सरकार परिवर्तन को लागि नभये पनि माओवादीले आगामी सरकारको नेत्रित्व गर्न पाउनु पर्छ भन्छु है म त ,आखिर जनताले भोट दिएकै हो क्यार !! म त अझ उनिहरुको एक्लौती सरकार बनाउने हक छ भन्छु,र यस्मा खासै बिवाद पनि नहोला !

ZZ जीको एउटा कुरा चाँही ठीक हो है ,घोषणा मात्र बाट केही पनि हुने वाला छैन ,नेपालमा धेरै कुरा घोषणा गरिन्छन कत्ती कुराहरुत घोषणा गर्ने मान्छेलाई नै थाहा हुँदैन के घोषणा गरेको भनेर! अब जनता कार्यन्वयन पक्ष हेर्न चाहन्छन चाहे त्यो गणतन्त्र होस् य स्वित्जरल्यान्ड बनाउने काम होस् ,सन्धी खारेज गर्ने काम होस् या नयाँ बनाउने काम होस् ,बिदेशी हस्तक्षेप रोक्ने काम होस् या अझ बढाउने काम होस् !!

तर मैले नबुझेको एउटा कुरा चाँही संबिधानसभा को कार्यदायरा भनेको कत्ति हो साची?? यस्को पनि कार्यपालिकाको जस्तै नै अधिकार रहन्छ त ?? यस्मा पनि बिधेयकहरु ल्याउने पास गर्ने अनी ऐन कानून बनाउने काम गर्न मिल्छ ??संबिधानसभामा पनि सत्ता पक्ष र बिपक्ष भनेको हुन्छ त ?? यो पनि हामीले हेर्दै आयको मान्छेहरु मज्जाले निदाउन पाउने व्यवस्था भयको सन्सद जस्तै हो त ?? सभासद हरुले भित्र हतियार लिएर जान पाईन्छ कि पाइन्दैन हो ?? अनी आफ्नो आफ्नो मात्रिभाषामा बोल्न पाईन्छ कि पाइन्दैन ?? पाईन्छ भने दोभाषेको व्यवस्था छ कि छैन नि?? समाचारमा सुन्या अनुसार केही सभासद हरु पढ्न लेख्न मा अलिकती कमजोर पनि छन रे वहाँहरुको लागि शिक्षक को
व्यवस्था छ कि छैन,या हरेक लाई एक एक सहायकको व्यवस्था गर्ने हो ??

रणभुल्लमा छु म त !!

Comment by hope — May 13, 2008 @ 4:06 pm


 
Posted on 05-15-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘सुर्य खत्रि कोरिया’जि को कमेन्टमा म 151 % सहमति जनाउन चाहन्छु !
अहिले भारत र भारतिय दुत नेपालको शक्तिकेन्द्रकोरुपमा भारतिय दलाल खोज्न ब्यस्त छन ! खै कसरि हो यि भारतिय भैयाहरुबाट देश र जनताहरुलाइ जोगाउने !
कांग्रेस र एमालेले सरकारमा समावेश नहुनेभनेर च्याँखे थाप्न थालिसके ! यो सबमापनि मावोवादिलाइ तह लगाउने दिल्लिको निर्देशनमात्रै हो नत्र कांग्रेस र एमालेका भ्रष्टहरु कुनैपनि निर्णय आफै गर्न असक्षम छन ! कुनैपनि शक्तिलाइ पुर्णरुपमा सत्ताको कन्ट्रोल लिनेगरि आउन नदिने अनि आपसमा लडायर फाइदा लिने भैयाप्रवृतिको शिकार हामि एकपल्ट फेरि भयका छौँ ! पछिल्ला दिनमा मावोवादि भारतप्रति निकै लचिलो देखिँदै जानु उसको कुटनितिक सम्बन्ध बढाउने बाध्यता होला तर घटनाक्रम जुनढङ्गले बिकसित भैरहेका छन यसले मावोवादिलाइपनि एउटा भारतपरस्त शक्तिका रुपमा उभ्याउने देखिँदै छ !
मेरो आफ्नो निजि बिचारमा राजा र राजतन्त्रको म बिरोधि भयपनि यदि भारत या राजतन्त्र कुनै एक छान्नुपर्ने अवस्था आयमा मेरो रोजाइ राजतन्त्र नै हुनेछ भारतभन्दा ! किनकि राजतन्त्रबाट हामिलाइ जति घाटा छ त्यसभन्दा धेरै भारतसँगको अपारदर्शि र असमान सम्बन्धबाट छ !
मावोवादिहरु भारतिय भैयाहरुको गोटि बन्दै गयको र नेपालका भारतवादि दलहरु ( काँग्रेस-एमाले-राप्रपा-फोरम)ले मावोवादिलाइ संविधान निर्माण र सरकार सञ्चालनका निम्ति सहयोग गर्नुको साटो भारतको इशारामा मावोवादिलाइ एक्ल्याउने खेलमा लागेको देखेर नेपालि जनता खिन्न छन !

Comment by SateLite — May 13, 2008 @ 4:46 pm


 
Posted on 05-15-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२०५८ साल जेठ १९ गतेको दरवार हत्याकाण्ड पछि नेपालमा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै जन गणतन्त्र नेपालको औपचारिक प्रसारण सुरु भएको थियो | जति बेला गिरिजा माकुनेहरू ज्ञानेन्द्रलाइ आफ्नो महाराज मानेर पाउमा दाम राखी लम्पसार परेर दण्डवत गर्दै थिए तेती बेलै इतिहासमै पहिलो चोटी माओवादिका अध्यक्ष प्रचंड्ले जन गणतन्त्र रेडियोलाइ सार्वजनिक अन्तर्वार्ता दिदै नेपालमा राज्तन्त्रको अन्त्य जेठ १९ गते नै भएको र अब तेस्लाई विश्वोको कुनै पनी शक्तिले बचाउन नसक्ने बताइरहेका थिए | २०५८ साल मा सैनिक परिचालन भए पछि माओवादीहरूले राजाको सेना सँग भीषण लड़ाई लडेको, १० वर्षे यूद्ध मा ज्यान गुमाएका मध्य २ तिहाई भन्दा बढ़ी मानिस हरु शाही सेना परिचालन भए पछिको अबधिमा मारिएका कुरो त सर्वविधितै छदै छ | प्रचंड र बाबुरामको आन्तरिक विवाद देखि लिएर मणि थापा र रबिन्द्र श्रेष्ठ ले बोलेका कुराहरुको अन्तर कुन्तर समेत थाहा पाएका अनुजबाबूलाइ ती तथ्यहरू थाहा थियो अथवा थिएन त्यो उनै जानुन तर मैले चै उनको वैचारिक धरातल भिरमै पुगेको अनुभव गरेँ अब राम राम भनौँ मित्रहरू काँधै थाप्न म चाई सक्दिन |

Comment by Yuba — May 13, 2008 @ 4:43 pm


 
Posted on 05-15-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युबा,

१। माओवादीको हत्याहिंसा नामको कथित क्रान्ति प्रचण्डले कुनै रेडियलाई दिएको भनिएको कथित अन्तर्वार्ता भएको २०५८ साल भन्दा धेरै अगाडि शुरू भएको हो भन्ने कुरा तिमिजस्तो माओवादी पिठ्ठुलाई थाहा भएन भन्न सकिएन । राजतन्त्र बिरुद्द आन्दोलन गरेको भनिएको कथित गणतन्त्रवादीले चाहे त्यो बीरेनद्र नाम गरेको राजा होस् वा अर्को कुनै , उसको मृत्यु वा हत्यामा टाउको खुइलाएर “राष्ट्रवादी राजा मारिएको ” भनेर रुँदै, “यो साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतले चीनलाई घेर्ने निति अन्तर्गत रछेको षडयन्त्र हो” भनेर दन्त्य कथा सुनाउँदैन । सच्चा गणतन्त्रवादीले राजतन्त्र र यस्तो तन्त्रको औचित्यलाई निरर्थक मान्छ , यो राजा ठीक थियो र यो राजासंग हाम्रो सहकार्य थियो भनेर आफ्नो छद्म चरित्र प्रदर्शन गर्दैन । अत: गणतन्त्रको मुद्दामा माओवादीहरू कहिलै प्रष्ट र इमान्दार नभएको कुरा इतिहास सत्य हो । अहिले आएर उनिहरूको डाँको ठूलो छ , तर यसले इतिहासलाई झूटो साबित गर्दैन ।
२॥ “हामीले गणतन्त्रको क्रान्तिमा १३००० गुमायौँ” भन्ने कुरा अर्को सफेद झूट हो किनभने माओवादी क्रान्तिकालका वर्षहरूमा माओवादीले नै सबैभन्दा बढी नागरकहरूको हत्या गरेको कुरा साँचो हो । माओवादीले मारेका यस्ता नागरिकहरू गाउँस्तरका बिभिन्न पार्टी समर्थक, राजनैतिक कार्यकर्ता वा शिक्षकहरू थिए । माओवादीले गाउँमै बसिरहेका दरबारिया समर्थक र पञ्चहरूको समेत रौँ बराबरको क्षति गर्न त्यतिबेला आवस्यक ठानेनन, केही अपवाद भइका भए होलान । त्यो बाहेक माओवादी लडाकू वा मिलिसिया भएको आरोपमा उसका पक्षमा काम गर्ने र केही निर्दोष गाउँलेहरूलाई समेत पुलिस र सुरक्षा फौजले गैरन्यायिक हत्या गरेको साँचो हो । तर पनि पुलिसले माओवादीको आरोपमा उसका समर्थक र बम गोला बोकेर हिँड्ने वा पड्काउनेहरूको हत्या गरे पनि , चाहे त्यो माडी वा चल्दै गरेको गाडीमा आगो लगाउने एवम मार्ने काम होस् वा अन्य काटमारका घटना नै किन नहून, यी सबै कांग्रेस र एमाले जस्तारूको गाउँगाऊँबाट पत्तासाफ गर्नका लागि थिए। कहिल्यै दरबारिया बिरुद्द लक्षित थिएनन् । गिरिजाले माओवादी बिरुद्द सेना प्रयोग गर्न खोज्यो तर राष्ट्रवादी राजाले दिएनन् , त्यसैले राजा माओवादी समर्थक नै हुन कि भनेर बुझ्ने माओवादी राजनीतिको खुस्केको धोति अझैसम्म राम्रो गरी ततेरिएको छैन ।
३। राजा ज्ञानेन्द्रको सत्तारोहणको बेला माओवादीका नेताहरू विशेषत; बाबुरामले कान्तिपुरमा लामा लामा लेख छापेर राजतन्त्र सकिएको घोषणा गरेको साँचो हो । तर त्यसपछि, फेरि उने ज्ञानेन्द्रले सर्वसत्तावादी बन्ने महत्वकांक्षाले दलहरूलाई एकै डल्लो पार्न खोज्दा , माओवादी खूशी बनेर अब आफ्नो पालो आयो भन्ने ठानेको साँचो हो । यसका बारेमा धेरै मिडिया कभरेज पनि भएकै हो । तर माओवादी भित्र पनि फूट आएको ठानेर ज्ञानेन्द्रले , एकै मेसोमा माओवादी समेत दलहरूलाई लघार्छु भन्न खोज्दा अनि भारतलाई समेत शत्रू बनाउँदा वा विश्वासमा नलिँदा दलहरू र माओवादीको सहकार्य भारतीय मद्यस्थतामा सम्भव भएको हो । यिनै घटनाक्रमले माओवादीलाई पनि उस्तै प्रदूषित राजनितिको तिकड्ममा च्यापिएको चण्डाल ने साबित गर्छ । यिनीहरू त कहिले, भयंकर राष्ट्रवादी बन्न , दरबारको बुइँगलमा पुग्ने गरी अनि कहिले गणतन्त्रवादी बन्न प्रकास कारत, येंछूरी र एस डी मुनी निवास दिल्लीसम्म पुग्ने गरी चचहुई गरी पिङ खेलेको खेलै छन् ।
४। बिडम्बना यो छ , अहिले पनि माओवादीले राजनेतिक सहकार्य त कांग्रेस र एमालेसंग गरिरहेको छ तर उनैका कार्यकर्ता गाउँगाउँबाट चुट्दै लखेट्दै छ । तर उनीहरू हिजोका मण्डलेलाई भकाभक अभिषेक गर्दै खाट्टी कामरेडको बिल्ला भिराएर दिक्षित पार्दै छन् । अहिले नि उनीहरूका आफन्त कांग्रेस र एमाले नभएर दरबारिया हुने गरेका छन् । कांग्रेस र एमालेका लाखौँ मा्न्छे अझै माओवादीले लुटेका आफ्ना घरमा फर्किन नपाएर रोइरहेका छन, तर केही महिना अघि वाइस्यालले कब्जा गरेको राजावदि कमल थापाको मकवानपुरको घर त वाइस्यालले कब्जा फुकुवा गरी फिर्ता दिएछ । कति पवित्र नाता !!
५। तर सारांसमा भन्नु पर्दा , कांग्रेस, एमाले , माओवादी, राजा , सेना , जनसेना( जनता रेट्नेवाला) , धनसेना (चन्दा उठाउने वाला) , सबैको हैसियत सदा झैँ फोहर, रगत, लूट, हिंसा, हत्या, उग्रवादको दलदलमा चुर्लुम्म डुबैकै थियो र छ । कुनै बेला कुनै समूहको जोरजुलुम देखेका हामीले अहिले, भर्खरै जंगली राजको नसा पिएर शहर पसेको भीढको ज्यादति देख्दै छौँ ।

Comment by अनुजबाबु — May 13, 2008 @ 8:15 pm


 
Posted on 05-15-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुजबाबु जस्तो प्रतिबादी मानिसहरुको पनि आवश्यकता हुन्छ । यो नै प्रजातन्त्रको उत्तम उदाहरण हो। तर काग कराउदै जान्छ पिना सुक्दै गर्छ। अरु जे भने पनि हुन्छ। गणतन्त्रत को माग स्वयं ज्ञाने माल्दाईले नै ल्याएको हो भन्दा पनि हुन्छ। जनयुद्द ताका ९००० जना जनताको हत्या गर्ने तत्कालिन शाहीसेनाले चाही सर्वसाधारण, माओबादीहरु मारेनन् भन्दा पनि हुन्छ ।अनि सबै १४००० जना मानिसहरु माओबादीको सेनाले मात्रै मारेको हो भन्दा पनि हुन्छ। आखिर कुरा त हो जहा बङ्ग्याए पनि भो नी, खाने मुख जुङाले छेक्दैन बोल्ने मुखले दुनियाले छेक्दैन भनेको नै यही हो नि होईन र मित्रहरु।

बोल्नले बोल्न दिउँ यो राजतन्त्रको अन्तिम घिटघिटी बाँकी रहेको बेला बिचराहरुले पनि यसरी बोल्नै पाएन भने त झनै सार्हो घाँटी निसासिहाल्छ नी । जे होस अन्तिम ईच्छा हो जे भए पनि पुर्याईदिउँ न त ।

बोल्ने हरुले आगोको रापहरु ओकल्न दिउँ अहिले आखिर यो राप चाडै निभिहाल्छ, यो रापहरु पनि माओबादी तिरनै थोपर्न देउ आखिर अन्तिम ईच्छा धित मरोस न त।
जय होस भुतपुर्व ज्ञाने मालदाई र उसका कम्रेडहरुलाई अब राजनिती फापेन, यसो ब्यवसाय तिर लाग्दा हुन्छ, त्यत्रो अकुत सम्पति धेरै ठाउ लगानी गर्यो भने त रातारात फेरी धनी भईहालिन्छ नी के को चिन्ता!???!!!???

अस्तु

Comment by बिद्रोही — May 13, 2008 @ 10:54 pm


 
Posted on 05-15-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुज वावु,

तपाईले १४००० मानिस मरेको लागि भिडन्तमा मारिएको भन्नु भयो । त्यो ठीक हो तर त्यो भिडन्त के का लागि थियो त ? तपाईका काइते तर्क मान्ने हो भने गंगालाल, धर्मभक्तहरु पनि झुण्डाएर मारिएको थियो । राणाशाहीको विरोध गरेको आरोपमा होइन तिनीहरुलाई पोडेले मारेको हो । गएको जनआन्दोलमा मर्नेहरु पनि पुलिसले मारेको हो । ज्ञानेन्द्रको तानाशाहीको विरोधमा होइन । अझ तर्क गरु न । तिनीहरु शिसाको गोलीले मरेको हो । शास फुस्केर मरेको आदी । चुतिया तर्क गर्ने हो भने कति गर्न सकिन्छ सकिन्छ । यस्तो तर्कले शहिदलाई सत्ताको भरयांग सम्झने तिमीहरुको जात जनाएको छ ।

अर्को कुरा गिरीजावावुले राजासँग दुरी राखेको भनेर खुवै प्रससा गर्नु भयो । तिनै गिरीजा होइन जसले विरेन्द्रको वंशनाश हुदाँ प्रधानमन्त्री थिए । त्यतिवेला चु सम्म वोल्न नसक्ने र अहिले पनि वोल्नको लागि उनलाई कसले रोकेको छ । नरहरी र गगन थापालाई दरवारीया भन्ने अनि सेरिमोनियल, वेवी किगंका प्रस्तावकलाई राजतन्त्रसँग दुरी राख्नेको कित्तामा उभ्याउनुलाई तपाईको दृष्टीकोणमा लागेको पहेलो रोग किन नभन्ने । गिरीजाको हनुमान किन नभन्ने ?

हो माओवादीले हत्या हिंसा गरे, माडिमा मान्छे मारे, तर के त्यतिवेलाको समयमा तिम्रा गुरुहरु लर्डाईको अर्को मोर्चामा वसेर मैना धितालहरुलाई वलात्कार गरेर मादैं थियो नि ? शान्ति वार्ताको वेला दोरम्वामा निहथ्था जनतामाथि कसले गोली चलायो ? अहिले पनि चुनावको मुखमा दांगमा ७ जनालाई कसले मारयो तिम्रा आदरणिय गुरुजनहरुले होइन ?

रातरात घर भित्र पसेर तिमीले भन्ने गरेका अहिंसाका पुजारीहरुले गरिव जनतालाई दोहोरो भिडन्तमा भन्दै कत्लेआम गरेको होइन । कसले कति मारे त्यो इन्सेकको साइटमा गएर हेर । तिम्रा दोषी चश्मा खोलेर । सक्ने भए तिमीहरुले उहि वेलामा नै माओवादीलाई सिध्याउन खोजेको होइन । सक्यौं ? माओवादी जनयुद जनताको लागि थियो भन्ने कुरा त अहिलेको उनको पक्षमा जनमतले देखियो नि । तिमीहरुले १० वर्षा गरेका अत्याचारको वदला जनताले लिएका हुन् । आँखाखोलेर हेर । अझ भन्दैछौ ३० प्रतिशत मतले ७० प्रतिशतलाई कजाउन पाइदैन पाइदैन । तिमीहरु वेइमान हौं, डाँकाहरु हौं । हिजो काँगेसले १०० प्रतिशत मत ल्याएर १५ वर्षम्म शासन गरेको हो त पाखण्डीहरु । अहिले मतप्रतिशतको कुरा गर्ने लाज लाग्दैन । हामी भन्दैनौं माओवादी १०० प्रतिशत सहि छ । माओवादी भित्र धेरै कमि कमजोरी छ सच्याउनु पर्दछ । किनकी हामीलाई माओवादीबाट भत्ता खानु छैन जसरी हिजो तिमीहरुले खाएका थियौं ।

तिमीले जहिले पनि भन्ने गरेका पोलपोट, खमेर रुजजस्ताको उदाहरण हामी पनि दिन सक्छौं इण्डोनेशियामा १० लाख कम्युनिष्टहरुको एक चिहान कस्ले वनायो । चिली र निकारागुवामा हजारौं मानिसहरुलाई कसले मारे ? तिम्रा आर्दश पुजिबाद ले होइन । हिटलर, मुसोलिनी र इदीअमिनहरु ओसामा विनलादेनहरु के कम्युनिष्ठ हुन् त ? तिनीहरुका तिम्रा आर्दश पुँजीवादका अवैध सन्तानहरु होइनन् । तर पनि हामी भन्छौं । कम्युनिष्ट आन्दोलनमा पनि कमजोरी भएका छन् । गल्तिहरु भएका छन् । किनकी हामीहरु तिमी जस्ता पाण्डा होइनौं । गल्तिलाई सहर्षस्वीकार गछौं । सच्याएर वढ्ने कोशीस गछौं ।

तिमीले भनेको जस्तो शान्तिको कुरा गर्ने हो भने भन तिम्रा जल्लाद नाइकेलाई जसले यो भन्दा सात गुण ठुलो संसारलाई एकै निमेशमा नष्ट गर्ने हतियार राखेको छ । वन्द गर हतियारको खेति भनेर तिनीहरुलाई भन । भुत्रोको भरुवा वन्दुक वोक्ने माओवादीलाई भन्छौं । माओवादीले त हिंसामा टिकेको वन्दुकको सत्तालाई वन्दुकले नै ठिक गर्न हिडेको हो । हिंसाको प्रतिकार गरेको मात्रै हो । भलै अहिले वन्दुक र व्यालेटको मिलन भएको छ ।

राजतन्त्र र माओवादीको नजोडिएको घाटी किन जोडन कसरत गछौं । एक दुइ महिना पख न सवै देख्नेछौं । हारेको निहुमा यसरी किन वरवराउनु पर्छ र ?हामीलाई थाह छ किन तिमीसँग यत्रो रिस छ भन्ने कुरा तिमीले पाउदै गरेको सत्ताको भत्ता अव जादैछ त्यसकारण तिमी क्षण क्षणमा वरवराइरहेको छौं । होइन भने आउ स्वच्छ तर्कसाथ वहस गरौं जसले नया नेपाल निमार्ण मा एउटा इटा थप गर्न सकोस ।

Comment by samarthya — May 13, 2008 @ 11:33 pm


 
Posted on 05-15-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रीपेचधारी राजतन्त्र खाल्डोखनी गाडे पनि

विजयको खुसीयाली देशैभरी बाँडे पनि

टोपीधारी राजतन्त्र बाँकी हुन्छ होस गर

घरघरबाट राजतन्त्र मास्ने कुरा ठोस गर

राजतन्त्रको विष-वृक्ष फेदै काटी ढाले पनि

हाँगा विगा अगेनामा दाउरा बनाई बाले पनि

जराबाट पलाउने डर हुन्छ होस गर

जरो किलो जलाउने डढेलोको ठोस गर

सबले देख्ने नारायणहिटी वढारेर खाली गर

नदेखिने नारायणहिटी दिमागबाट खाली गर

सियो बनी घुस्रीएर फाली बन्ला भविष्यमा

राजतन्त्रको अवशेषलाई खोजीखोजी नास गर

हिड्ने बोल्ने राजतन्त्र देशबाट मरे पनि

आर्यघाटमा पुर्‍याएर दाहसंस्कार गरे पनि

भूत बनि भविष्यमा सताउला होस गर

थोत्रो युग नर्फकने संघर्षको ठोस गर

सत्ताभित्र सोंचभित्र संस्कारभित्र लुक्न सक्छ

विपत्तीमा ठीक छ हजुर भनेर त्यो झुक्न सक्छ

मौका पारी तीर चलाउला दुश्मनले होस गर

नयाँ युग अजम्वरी हुनेकुरा ठोस गर

०६५/१/२५ काठमाडौं

Comment by T Balaram — May 14, 2008 @ 8:58 pm


 
Posted on 05-15-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सामर्थ्य, देशभक्त ( नित्यानन्द) युबा, बिद्रोही र अरू पनि वाइसिएल क्याम्पका कामरेडहरू:

१) लोकतन्त्रले मान्छे मार्दैन, मान्छे मार्नेहरू कि त सैनिक तानाशाह वा कम्युनिष्ट तानाशाहहरू मात्र रहेका छन् आधुनिक विश्वको इतिहास हेर्यौ भने। तिमीले कहाँबाट गनेका इन्डोनेशियाका लासहरू, कम्युनिष्ट र सैनिक तानाशाहका लडाईँका उपज हुन । निकारागूवादेखिका तिम्रा रातो किताब पडेर उम्रिइका चर्चाहरू केलाउन तिम्ले आफ्नो मगजलाई त्यति बेला तत् तत् मुलुकमा कुन तानाशाह सत्तासीन थियो भनेर खोजी गर्यौ भने फेला पर्छ । स्टालिनले गरेको नरसंहार, हिट्लरको नरसंहार, चिनिया सांस्कृतिक क्रान्तिको नरसंहार।, क्यम्बोडियाको नरसंहार जस्ता २० औँ शताव्दिका सबेभन्दा कहालीलाग्दा नरसंहारहरूमा सैनिक तानाशाहहरूको योगदान भन्दा बढी त कम्युनिष्टहरूको हात चोबिएको । अब यस्तो विचारले २१ औँ शताव्दिमा कुनै मुलुकको उद्दार होला भनेर त तिमी जस्ता माओवादी राजनितिको चास्नीमा डुबेका झिंगाहरूलाई मात्रा लाग्न सक्छ । म जस्तो विस्व राजनीतिको अध्ययन गरेको मान्छेले कल्पना पनि गर्न सक्दिन यो झूटमा पनि कुनै भविष्य छ हाम्रो भनेर ।

२) कम्युनिष्टहरू संसार भर एउटै झण्डा बोकेर उही रातो किताबको कुरान पढ्दै जिहाद मच्चाउँछन , तर कम्युनिष्टइतर सबै उही ड्याङको पूँजिवादि भने हैनन् । हिट्लर, सुकार्तो, स्टालिन, माओ, किम इल सुङ,पोल पट, मुसोलिनी कुनै पनि लोकतन्त्रका आदर्श थिएनन् र हैनन तर यी मध्ये आधा जसो कम्यनिष्टहरूका अल्लाह हुन । यी इतिहासका खलपात्रहरू कसैले पनि कुनै सिंगो मुलुकलाई गर्व गर्न लायक बनाएर छोडेनन् ।

३) मेरो बिरोध मान्छे हरेक बिरोधी विचार राख्नेहरूको कत्लेआममा विश्वास राख्ने र साथसाथै आँफूलाई लोकतन्त्रका हिमायती पनि हौँ भनेर भन्न खोज्नेहरू बिरुद्द हो । नेपाली माओवादको चरित्रमा बिरोधी विचार राख्नेहरू प्रति कुनै पनि सहनशिलता छैन, न त विचार न त व्यवहारमा । अहिलेसम्म देखिएको कुरा यही हो , अब माओवादीमा १८० डिग्रीको परिवर्तन आएछ भने प्रशंसा गरौँला कौही आपत्ति छैन ।

४) मैले राजतन्त्र, कांग्रेस वा एमालेसंग बाट कुनै फाइदा लिएको रहेछु भन्ने तिम्ले थाहा पाएकोमा तिम्रा दिव्यदर्शी आँखालाई बधाइ र आजका मितिबाट यो फाइदा तिम्रा नाममा नामसारी गरेको घोषणा गर्दिन्छु, लैजाऊ चैन गर मेरा सुखहरूको है त ! अब कुरा के रह्रो भने ,उदारवादी लोकतानत्रिक राजनीतिका हिमायति राजनैतिक दलहरू मरा विचारमा माओवादी भन्दा सय गूणा भरपर्दा र संस्कारयुक्त छन् भन्ने मेरो सोच छ । हिजो गल्ति गरेका दलहरू बद्लिँदो माहौलामा सच्चिन सक्छन्, निश्चय पनि जति कहालीलाग्दो दुष्ट्याईँको खलपात्र भए पनि दलहरूलाई केही हदसम्म सुधार्न माओवादी योगदानलाई पनि जश दिनै पर्छ । यो कालो बादलको पनि चाँदीको घेरा हुन्छ भने जस्तै हो ।

५) मेरो विचारमा दलहरूले भ्रष्ट भएर गलत गरे, माओवादीले भ्रष्ट, लूटेरा हत्यारा भएर गलत गरे, ज्ञानेन्द्रले दरबारकाण्ड र तानाशाही महत्वाकांक्षाका गल्ति गरे , नेपाली सेनाले सरकारका पक्षमा काम गरेर गल्ति गरे । अब गल्ति सबैले गरेका हुन भने सबैलाई गल्तिका भागिदार बनाउनै पर्छ । तर एउटा दुष्ट चोखिएर सत्तामा ढलिमली गर्ने अरू दुष्ट कहलिएर तिरष्कृत बन्नु पर्ने कुनै नियममा अरू सहमत भैदिनुपर्ने कुनै कारण छैन ।

६)अहिलेको घटना विकासक्रममा माओवादीले आफ्नो प्राइभेट आर्मी व्यारेकमा राख्ने , लाखौँको वाइस्याल मिलिसिया छाडा छाडेर अरू माथि रडाको फिँजाउने काम गरिरहने अनि उसैको हालीमुहाली मानिदिन अरूले उसलाई बोकेर सत्तामा पुर्याइदिनुपर्ने कुनै दरकार छैन । माओवादी जुन बाटो बाट हिँड्न खोज्दै छ यसले देखिँदैछ कि ऊ सत्ता आरोहण गर्न हैन सत्ता कब्जा गर्न खोज्दैछ । हरू दलहरू स्पष्ट हुनै पर्छ कि नेपालमा ज्ञानेन्द्र र राजतन्त्रको अवशान केवल माओवादीलाई सत्तामा पुर्याएर कोरियन मोडेलको परिवारवादी कम्युनिष्ट अधिनायकवाद कायम गर्नका लागि हुँदै त छैन ? पक्कै छ र मेरो बिरोद यसैका लागि हो ।

७) माओवादी अधिनायकवादि यसर्थमा पनि हो कि उसले आँफु ठूलो दल भैसकेपछि पनि ठूलो दल हुनुको अनिभव र जिम्मेवारी बहन गर्न उस्ले कुनै दरकार महशूश गरेको छैन । उसले अझै हिजोको बिद्रोही समूह जस्तो अरू दलका मतदातालाई गाउवबाट लखेट्न, अरू दलका मतदाता बसेको गाऊँमा जाने पानीका पाइप काट्न, अनि विद्यालयमा गएर शिक्षकहरूलाई पिटेर मरणासन्न पार्ने कामको क्रान्तिकारिता देखाएर आफ्नो छवीमा चार चाँद थप्दैछ ।

८) हिजो सरकारहरू गठन भएका थिए, हिजोका संवैधानिक व्यवस्थाका लागि र त्यसै अनुसार भएका थिए । अहिलेकको संविधानमा कहीँनेर सत्ता परिवर्तनको जिकिर समेत छैन र गर्न चाहे दुई तिहाईले गर्ने भनेर ळेखेको पढेकै हौला । कि त दुई तिहाई कि त सहमति गरेर सरकार बनाउने भन्ने व्यवस्था संविधानमा भैसकेपछि , माओवादीका नेताले अक्षर चिनेका भए त्यही अनुसार गर्दा भैहाल्यो हैन भने लडेर नेपाल जित्दिए भैहाल्यो नि , के को भद्रो हेरिरहन पर्यो र कि कसो ? जित्नेले जितेर लिँदा भैहाल्छ, विजेताको इतिहास हुन्छ भन्छन् क्यारे !

९) अन्त्यमा मेरो डर हो : राजतन्त्रको दुईसय वर्षको इतिहासको पछिल्लो वर्षहरूमा घरिघरि झल्याकझुलुक अपूर्ण लोकतन्त्रका एकाध दशक भोगेका कारणले राजतन्त्रको विसर्जनका साथ अर्को कम्बोडियन पोलपोट , क्युबान काष्ट्रो र उत्तरकोरियन किमइल शैलिको अधिनायकवादको त्राषदीपूर्ण कहालीलाग्दो रात नेपालमा नछाओस् भन्ने सम्मको हो । यदि तिम्रो कम्युनिज्म यो खालको हैन र यस्ले विश्वमान्य उदारवादी लोकतन्त्रका मान्यताहरूलाई अंगालेरै समाज कल्याणकारी योजनाको मार्गमा अगाडि बढ्ने हो भने , म पनि तिम्रै साथमा छु है । तर कुराले हैन व्यवहारमा हुन पर्यो यो सब कुरा ।

अन्त्यमा, वैचारिक बहसको निम्ता सहित !

Comment by अनुजबाबु — May 15, 2008 @ 4:50 pm


 
Posted on 05-15-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha ha, it seems all sajhaits are fade up with nepalese politics. They don't want to opine for or against whatever happening in Nepal cauze they feel they are helpless. They are afraid of miserable failure on what they advocated or predicted. Probably, they think it is better to shut up rather than speak out to be proved as a stupid.

 

Now Nepal is going to be run by maoist autocratic sicks and you all are prepared to support it ???? I know, you don't want to engage yourself with YCLs, right? Scared to death, ha ha ha ha

 


 
Posted on 05-15-08 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांङकस टिका फर पोस्टीङ, टू लङ टु रिड नाउ, विल रिड लेटर, हे हे हे


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters