खै कता मुन्ट्या हो तेसको सत्तेनाश हुने! गोडा बिसेक दिन अगि कन्ननि डाँडाको चौतारिआँ बसेर एक्लै बिँडि तान्दै घर खेत सपै पइरोले लगेको भोलिपल्ट एउटि भा स्वास्नि नि पोइल गा जसरि झोक्रार बसिरा थ्यो! " ए भउते क्यार्न तो पइले नै आरनको अँगार जस्तो थुतुनोमा बाह्र बजार बस्या छौ्" भनेर सोध्या त " क्यार्छौ बाजे तिम्रा जस्तो पुर्पुरो बलियो रैनछन हाम्रा, अब यो गाममा मेरा दिन गए अस्तो लाओ, बटौली ग'र केइ पैसो कमा'र ल्याउन जान ला" भनेर बिँडिको ठुटो तेइ चौतारीको ढुङ्गामा मिचेर, एक पल्ट नि फर्केर नहेरि ओरालो लाग्या थ्यो! हो न हो बजिया साँचै मुउलान पसो भनेर बसिरा थेँ! अस्ति कुन दिन हो कुन्नि, पुन्टे बुडाले भउतेलाई माझिगाममा कान्छा मिजारको छोरि सँअ छिल्लिरा' देख्या भन्दै थे-- दैव जानुन बज्जे मुन्टिन चाइँ कता मुन्ट्या हो! तेसका पाँसुल्ला यता अन्मरिएला नि फर्केसि! म बटौलि जानला एक जोर दौरा सुरुवाल नि हालम अनि एसो भोलि बैशाख पुर्नेको बेला पारेर लुम्बिनि नि घुमम भनेर, तेसको खबर पाए ल्याम्ला के रे!
हा हा हा भउते कत्ती हराउन सकेको लोल ! आज भन्दा 2-3 बर्ष अगाडि पनि साझामा 'भउते हराएको सुचना' देख्या थिए, तेती खेर कस्ले खोजेर ल्याको हो? यस्पाली नि उसैले सक्छ कि खोज्न ! ह्यान्सी छ सुन्दरीहरुले अपहरन गरेर लगे कि?
गाम्ले हो , मैले दुई-चार गाम चहारेर निकै खोजिनिती अरेर आएँ के रे, भउते बजियाको निश्चित ठेगाना चाइँ पाम्न सकिएन तै पनि कता लाग्या छ एसो भेउ चाहिँ पाइया छ!
"मित ज्यू, गरिप भ' र सारै दुख पाइयो, एसो दुई-चार दाम कमा'र ल्याम्न पा, गैह्रि खेन नि निखनिन्थो जिम्मालको रिन नि तिर्न हुन्तो" भनेर गएको हप्ताको सोमबारको दिन, हाउँरो साइँलो कप्तानलाई भनेर ओरालो झर्या थ्यो रे! त्याँसि तल माझिगाममा झरेसि, बाटुलेको चौतारिमा बसेर मकै भटमास पेटभरि खायो रे, कान्ला मुन्तिर फर्केर पिसाब फेरो रे अनि खोलो तरेर पारी जान हिनो रे! यो सपै देख्ने हाउँरो आइते काइँला रेछ। खोलो ठूलो भ'र क्यारि तर्नि क्यारि भएछ, आइते काइँलाले तार्देको रे!
"भउते बाजे टाढै हिँड्नुभो?" भनेर सोधेको रे " खै काइँला, टाढा भनम कि नजिक भनम यो गामका मुन्छेले नभेट्ने ठाममा चाइँ नगइ भएन!" भनेर भन्तो रे! अनि फेरि " कइले फर्कन्छौ त बाजे?" भनेर सोध्दा " कहिले हो कहिले काइँला ठेगान छैन" भनेर आरुको गेडा जस्तो थुतुनो खुम्च्यार बाटो लागो रे! निकै दुखि देखिन्थो रे!
त्याँसि बाटबाटै गए बनै बन छ के रे, अलि मास्तिर पुगेसि रिट्ठेकोट गाम आम्छ के रे, तेतै लागो कि भनेर हेरि म रिट्ठेकोट पुएँ गाम्ले हो! तेता गाममा उकालो लाग्दै थिएँ भुँडे सार्किलाइ भेटेँ! " कता जान लाउनुभो बाजे?" भनेर सोधो, अनि मैले नि " हाउँरो भउते बेपत्तै भओ, एतातिर आ' जस्तो मानिछु मेसोमेलो बुझ्दा, देख्यौ भुँडे?" भनेर सोध्या, "अस्तिनखेरुन कुन्दिन हो तल पँधेरामा खलखलि अनुहार पखालेर थकाइ मार्दै देख्या हो हउर! म यहिँ आरनमा काम गरिरा थेँ, एकछिन थकाइ मारेर धुरुधुरु रोएको मइँले आफ्नै कानले सुनेको हउर, त्याँसि फेरि एक बाजि अनुहार पखाल्नुभो!" " ए बाजे क्यार्न रुनुभा छ?" भनेर मइँले सोध्दा केइ बोलेनन् हउर निकै बेर, अलि ब्यार पछि "भुँडे बेखर्चि छु, गाममा फर्कन भा छैन, शहर जानु पर्ने बस चढ्ने खर्च नि छैन, दुइ सए रुप्पे दाम दे त म फर्केर दिउँला" भनेसि मैले इँजारघर बाट दुइ सए रुप्पे दाम दे'र पठा हो, त्याँसि कता लाउनुभो मइँले देखिन हउर!" भनेर भनो! तेताटि पर जान नि यो ज्यानले देन गाम्ले हो अनि फर्केर आएँ! अलि ठिटा पाटि कोइ छौ भने खोज्न जाओ त!
"हन, चईनि, ए दुष्टिनी! के खान पाप सोंच्छौ? तिम्रै ज्यान ठीकै होला के रे भुनेर हेर्न आ'को" भन्दै भउते हरा'को खबर सुनाईदिएं। आखिरी साली कस्को? जत्ति सुकै टराइ मारेनि हाम्रै हो के रे नि। उनलाई नि पत्तो थे'न भउतेको। "हाई सऽऽऽऽन्चै भो। नकचरो मुर्दारले जिस्कार, लईन मारेर हैरान अर्थे" भन्दै सास तानी।
चईनि, तो भुँडे सार्कीले देख्या पँधेराँ ने'र हाम्ले नि झुलुक्क त देकेथेम् के रे भउतेलाई। भुँडेले भने झैं आँखाऽट बर्बरी आँसु झार्दै जरोले बर्बरा' झैं अरि के के फत्फताउँदै थो।
"जिम्मालेले बिहे अरो, हाँरो साईत कता मरो?" भन्दै हाम्लाई हेर्दा नि नहेरी मन्त्र जपे झैं थे'।
"हन ए, भउते! जवान छौ, लाउँला खाउँला छौ, क्यार्न, चईनि, पिर मान्छौ? जिम्मालेको साईत जुरेछ, के भो त? तिम्रो नि दिन आउला नि!"
"जिम्मालेले बिहे अरो, हाँरो साईत कता मरो?"
"पिर नमान, भउते काजी। साली त दिन मिल्दैन। कुरो मिले हाम्ले नै कान्छी बनाम्ने हो, तर कोई खोज्दिम्ला हामी नि!"
"जिम्मालेले बिहे अरो, हाँरो साईत कता मरो?"
"सायद, चईनि, जिम्मालेले बिहे अरेर, चईनि, तिम्रो बाटो खोल्देका छन् कि? सुनेको, बज्जेको दुलईको नि भसक्कै छन् रे बुईनिहुर!"
"जिम्मालेले बिहे अरो, हाँरो साईत कता मरो?"
"हाँरो कुरा त सुनेछौ, भउते? कि कानाँ कपास हालेर मन्त्र जप्दैछौ?"
कठै! मुया नि लाम्छ के रे, तर जोई पाईन भन्दैमा, चईनि, यस्तरी औतारीनु पर्ने हो र? सिस्नु पानीले झय्ाम् कि झ्याम् पिटेर, चईनि, होसाँ ल्याम् कि झैं त ला'थो। आऽऽ होस् त नि, आफैं ठीक होला नि, जिम्मालेको छोरो को पास्नी सम्मुन् त भुनेर, चईनि, तेईं छोडेर हिंडेको हामी त।
मैले नि अस्ती मातातिर्थ औसीका दिन होला, त्यो माथि अधेरी खोलाको तिरैमा बसेर एक्लै गाना गाइराख्या चाँही देख्या हो है कतै कोइ सानीले नबोलेर पो त्यस्तो गर्या जस्तो नि लाग्यो मलाई भउते ए भउते के भओ तिम्लाई? किन यसरी बिरक्तिएका हौ? के कती कुरो परो? कसैले चित्त दुखायेर पित्त फुट्यो कि त भनेर सोध्ने प्रयास गरेको थिए ! तर गाना गायिराखेको अवस्थामा कुरा सुन्या नसुनै गरी गाना गाउन मै मस्त थिए भउते गाना चाँही यस्तो थियो :
सान्कान्छो, किस्ने साउको सामान किन्न बटौली गा' रेछ के रे, बस पाराख मा किल्यान्टरको काम गरिरा देख्या रे तेल्ले भउतेलाई! माछा छोप्ने जाल जस्तो कालो गन्जि ला'र मैलो न मैलो पइँठ ढल्कार एउडो खुट्टो बसको ढोकामा अर्को खुट्टो हावामा हल्लाम्दै " जाम गुरुजि जाम!" भन्दै सुरुरुरुर बसाँ हुइँक्या देख्या रे तेल्ले! अनि बेलुइपख बस पराख मै सपै किलेन्टरहरु सित मिलेर खोपि खेलेर दोटा रुप्पे दाम हारो पनि रे! त्याँसि बस पाराखकै भट्टिमा ग'र ४ बटुको जाँड नि धोको रे बजियाले! बाजे तिनगाम सराद्दे गराम्दै हिन्ते नातीको ताला एस्तो छ यि! जाँड धोकेसी बसको छताँ ग'र पसारिओ रे रातभरि!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.