[Show all top banners]

gahugoro
Replies to this thread:

More by gahugoro
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Excellent traditions of Nepal
[VIEWED 1697 TIMES]
SAVE! for ease of future access.
Posted on 06-03-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुलहीलाई आधा पेट

अमृता अनमोल

भर्खरै बिहे गरेर आएकी नया“ दुलही । घरैभित्र सि“गारिएर बस्ने काम । घर बाहिर निस्कन र परपुरुषलाई मुख देखाउन नहुने प्रचलन । उसको काम के त - सबैले सोच्छन्, घरैभित्र बस्नेले मीठो-मीठो पकाउने र टन्न खाने । तर यो सोचाइ रूपन्देहीको ग्रामीण भेगका नया“ दुलहीसित भने ठ्याम्मै मिल्दैन । उनीहरू दर्ुइछाक भात पनि पेटभरि खान पाउ“दैनन् । कोही एकैछाक खान्छन्, दुवैपटक खाने केहीले मात्र आधा पेट ।

यसका उदाहरण हुन्, रूपन्देहीको रायपुर गाविस शिशौ सेमराकी रामदुलारी वरुढ । बिहेपछि घर आएकै दिनबाट आधा पेट खान सुरु गरेकी उनले पेटभरि खाना नखाएको ५ वर्षभयो ।

गरिबी वा बिरामीका कारण उनले खाना नखाएकी भने होइनन् । कारण के हो त -  रामदुलारी भन्छिन्, "पेटभरि खाए दिउसै दिसा लाग्छ । दिसा लागे के गर्ने - त्यही डरले थोरै खाना खाएकी हु“ ।" उनलाई सुरु-सुरुमा त भोक खटाउन साह्रै गाह्रो भयो । पछि बानी पर्दै गयो । रामदुलारीले भनिन्, 'नया“ बुहारीले दिउसै बाहिर निस्कन नहुने । घरमा चर्पी पनि नहुने । मसित आधा पेट खानुको अर्को उपाय थिएन । त्यसैले यसैमा बानी पारे“ ।'

यो समस्या रामदुलारीको मात्र होइन । रूपन्देहीको मर्चवारका धेरै महिलाको साझा समस्या हो । किनभने मर्चवारका धेरैजसो घरमा चर्पीे छैनन् । स्थानीय वासिन्दाका अनुसार यहा“को समाजमा नया“ दुलहीलाई पहिलो बच्चा नजन्माउ“दासम्म घर बाहिर निस्कन मिल्दैन । मुख ढाकेर निस्किहाले पनि दिसा गर्न मिल्ने खोल्सा-खोल्सी परेका ठाउ“ नजिकै छैनन् । रायपुर ५ की रामणीदेवी कर्ुर्मी भन्छिन्, "त्यसैले आधा पेट खान्छौं र बानी पार्न अ“ध्यारैमा दिसा जान्छौं ।"

मानिसको शरीर न हो, कहिलेकाहीं त आधा पेट खाए पनि उज्यालैमा दिसा लाग्ला, त्यस्तो बेला के गर्ने - रामणीदेवीले भनिन्, "भरसक रूने, रन्थनिने र खटाएर बस्ने ।" नसके घरभित्रै केही चिजमा दिसा गरेर पोको पारेर राख्ने र रात परेपछि बाहिर लगेर फाल्ने ।"

नया“ दुलहीलाई घरभित्रै राख्ने र पुरुषबाट लुकाउने चलनसित मर्चवारवासीको सम्पन्नता नापिन्छ । जति धेरै वर्षनया“ दुलही घरभित्र लुकायो, उति धेरै त्यो घरको मान, सम्मान र इज्जत बढ्छ । ऊ सम्पन्न खानदानको ठानिन्छ । त्यो घरका छोरीचेलीको सजिलै बिहे हुन्छ ।  तर दुलही छिटो निस्किए भने त्यो घर दर्रि्र मानिन्छ । छोरीचेलीको मात्र होइन, छोराको बिहे हुन पनि गाह्रो हुन्छ । यही इज्जत जाने डर र सम्पन्नता देखाउने होडले यहा“का नया“ दुलही वर्षौंसम्म घरभित्रै लुक्ने गर्छन् । आफ्नो रवाफ कायम राख्न कतिपय जमिनदारले त जीवनभर दुलही बाहिर निकाल्दैनन् ।

स्थानीयका भनाइमा घरमा चर्पी नहुने र बाहिर निस्कन पनि नमिल्ने भएपछि यहा“का धेरै महिला दिउसो दिसा लाग्ने डरले आधा पेट खाना खान्छन् । पेट खाली राख्दा र सकी-नसकी दिसा सहेर बस्दा महिलाका स्वास्थ्यमा समस्या देखिएका छन् । धेरै गर्भवती, सुत्केरी आमा र बच्चा दुवैलाई कुपोषण भएको छ । ग्याष्ट्रिक नहुने महिला कोही भेटिन्नन् ।

उनीहरूको प्रजनन स्वास्थ्यमा पनि उक्तिकै समस्या छ ।

महिलाका स्वास्थ्यमै असर देखिएपछि यहा“को दुलही लुकाउने परम्परा हटाउन महिला अधिकारसित सम्बन्धित धेरै संघ-संस्थाले पहल गरे पनि । तर घरमा अनिष्ट हुन्छ भन्दै गाउ“लेले आफ्नो चलन छाडेनन् । प्रचलन नछाडेपछि केहीले चर्पी बनाउने अभियान चलाए । तर न घरमा चर्पी बने, न दुलही लुकाउन छाडे । नानीदेखिको बानी कसैले फेरेन ।  सित्तैमा चर्पी बनाइदिने संघ-संस्था आए पनि उनीहरूले चर्पी बनाएनन् । सामाजिक अभियानकर्ता रामगोपाल वरुढ भन्छन्, "बाजेका पालादेखिको चलन झट्ट हट्दो रहेनछ । नया“ दुलही देखाउन र व्यवस्थित चर्पीमा दिसा बस्न उत्तिकै गाह्रो हुन्छ ।" 

प्रश्न उठ्छ, महिला सधैं आधा पेट खाएर रोगिएर बस्ने कि अन्य उपाय खोज्ने - मर्चवार क्षेत्रकी सामाजिक परिचालक श्यामदुलारी हरिजन भन्छिन्, "दुलही लुकाउने र चर्पी नबनाउने दुवै चलन अज्ञानताका कारण भएका हुन् ।" गाउ“लेहरू शिक्षित भए दुलही लुकाउन छाड्नेछन् । स्वास्थ्यप्रति सचेत भए घर-घरमा चर्पी बन्नेछन् । अब दुलही लुकाउन  बन्देज गर्ने र खुला रूपमा दिसा-पिसाब गर्नेलाई रोक्ने छुट्टा-छुट्टै कार्यक्रम होइन, संयुक्त रूपमा समाजलाई शिक्षित र स्वास्थ्यप्रति सचेत बनाउने कार्यक्रम ल्याउनर्ुपर्छ । गाउ“ले शिक्षित र सचेत भएमात्र मर्चवारका दुलहीले पेटभरि खान पाउनेछन् ।

Posted on: 2008-06-02 18:33:52
http://www.ekantipur.com/


 
Posted on 06-03-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 डम्बरकृष्ण श्रेष्ठ
२९ साउन २०६२ः तत्कालीन राजा ज्ञानेन्द्र धरानको दन्तकाली मन्दिरमा कालो बोकाको बलि दिएर निस्कँदै गर्दा कर्णेल टीका धमलाले जुत्ता लगाइदिँदै

Himal Khabarpatrika

 
Posted on 06-03-08 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

do not get surprise, it will be replaced by new King in new country.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters