[Show all top banners]

jagate
Replies to this thread:

More by jagate
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Is everybody in US living in Credit Life ?
[VIEWED 7875 TIMES]
SAVE! for ease of future access.
Posted on 07-16-08 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'क्रेडिट लाइफ’को भुमरी

ठूलो नेपाली जमातलाई अमेरिका बसाइको लत


"दुई-चार वर्षकाम गर्ने अनि र्फकेर नेपालमा सानदार जीवन जिउने," पाँच वर्षघि अमेरिका पस्दा धनगढीकी हजुरी सिंह, ४५, को सपना यस्तै थियो । नेपाली काङ्ग्रेस समर्थित नेपाल शिक्षक सङ्घकी केन्द्रीय कोषाध्यक्ष रहिसकेकी सिंहको सोचाइ फेरिइसकेको छ ।
काङ्ग्रेस पृष्ठभूमिको मद्दतमा परिवारसहित अमेरिका बसाइको वैधता मात्र पाएकी छैनन् उनले, ग्यास स्टेसन (पेट्रोलपम्प) व्यवसायमा पनि हात हालेकी छन् । नेपाल कहिले फर्किने त ? भन्छिन्, "अब के गई भयो र नेपाल ! परिवार र व्यवसाय नै यहाँ भएपछि ।" बोस्टनमा बस्ने हजुरी अब काठमाडौँ र धनगढीमा रहेको सम्पत्तिसमेत बेचेर अमेरिकामा आफ्नो लगानी बढाउने योजनामा छिन् ।
एकछिन, दक्षिण पश्चिमी राज्य टेक्सासको डालासको कुरा गरौँ । डालासस्थित नर्थलेक कलेजमा पढिरहेकी कार्की थरकी नेपाली छात्रा गैरकानुनी रूपमा बसिरहेको आरोपमा पक्राउ परनि् । तथापि, उनी अहिले धरौटीमा मुक्त भएकी छन् र मुद्दा विचाराधीन छ । फर्काउने सम्भावना नै बढी छ । तर, उनलाई अमेरिकामा बसिरहनु छ, त्यसैले आफूले काम गरेको रेस्टुराँबाट प्रायोजनमार्फ बसाइको वैधताका लागि नेपाली कानुन व्यवसायीको सहयोगमा अध्यागमनमा केस फाइल गरेकी छन् ।
यी प्रसङ्ग अमेरिकाप्रतिको नेपाली आशा अनि मोहका गतिला प्रमाण हुन् । साथै, करयिर होस् या आर्थिक रूपमा सबल हुने होड या अरू केही- हरहालतमा अमेरिकामा बसिरहनु नेपालीका लागि साझा नियोजित रुचि बन्न थालेको छ । हो, नेपालीका लागि पनि अमेरिका बसाइ केही वर्षो प्रयोजनका लागि मात्र रहेन । न्युयोर्कको एक विश्वविद्यालयका नेपाली अध्यापक भन्छन्, "सोझो रूपमा भन्दा विभिन्न उद्देश्य र अध्ययनका लागि यहाँ आउने नेपालीको ठूलो जमात अब देश र्फकनै चाहँदैन । चाहे ती अमेरिका प्रयोजनको लक्ष्यमा सफल हुनेहरू हुन् वा नहुन् ।"
गैरआप्रवासी वैधतामा अमेरिकामा रहेको नेपालीको यस पृष्ठभूमिमा सुरुमै आप्रवासी वैधता पाइसकेका डीभी चिट्ठा विजेताहरूका लागि यो मार्ग झनै सहज बन्दैछ । उसो त जन्मथलोप्रति लगाव अनि फर्किने वाचा गर्ने नेपाली कम्ती छैनन् यहाँ । अमेरिका छिर्दा केही वर्षो योजना बुनेर आउनेहरू हुन् वा अध्ययनपछि फर्किने सोच राख्नेहरू, बसाइको अवधि लम्बिने क्रमसँगै फर्किने लक्षण मधुरो हुँदै मात्र जाने होइन, अमेरिकाको बसाइको जरा गहिरिँदै जान्छ ।
बसाइको वैधता, करिअर, घरबार अनि लगानीसमेत कर्मभूमिमै गर्न लागिपरेका नेपालीका लागि अमेरिका 'हाम्रो' भइरहेको छ । पछिल्लो समय अमेरिकाका हरेक राज्यमा बढ्दै गएको नेपाली समुदायले यसैलाई सङ्केत गररिहेको छ । "अमेरिकामा जति दुःख भए पनि अब बानी परसिक्यो," १२ वर्षेखि बोस्टनमा बस्दै आएका विराटनगरका नमित पोखरेल भन्छन्, "अब के गर्नु नेपाल गएर, कसरी बस्नु त्यहाँ ?"
उल्लेखनीय पक्ष के भने, कर्मभूमिको दलदलमा हराउँदै गएका नेपालीहरू मुख्यतः अमेरिकी जीवनशैलीलाई नेपाल परिपेक्ष्यमा तुलना गर्न चुक्दैनन् । किस्ताबन्दीमै भए पनि अमेरिकी बजारमा सहज पहुँच बनाएका अधिकांश नेपाली जन्मभूमिलाई अभाव, असुरक्षा, महँगीको थलोका रूपमा चित्रण गर्छन् । त्यसले आप्रवासी बसाइलाई नै बल पुर्‍याइरहेको छ ।
डेढ दशकअघि मुस्किलले २५-३० हजारको हाराहारीमा रहेको नेपाली समुदायले अहिले डेढ लाख नाघेको बताइन्छ ।


यसै गतिमा कानुनी वैधता लिने नेपाली बढ्दै गएको बताउँछन्, आप्रवासी कानुनसम्बन्धी न्युयोर्कका नेपाली कानुन व्यवसायी विनोद रोका । अमेरिका छिरेलगत्तै बसाइको वैधानिकताका लागि कानुनी परामर्श थाल्नु त अधिकांश नेपालीको 'रुटिन ट्रयाक' नै हो । भन्छन्, "केही वर्षता कानुनी रूपमा बस्ने प्रवृत्ति ह्वात्तै बढेर गएको छ ।"
'स्टेट अफ डिपार्टमेन्ट'को पछिल्लो प्रतिवेदन अनुसार, अमेरिकामा अनुमानित १ करोड १२ लाख अवैध आप्रवासी छन् । अमेरिकामा कानुनी रूपमा बस्ने नेपाली प्रवृत्तिले उनीहरूको दीर्घकालीन योजना सङ्केत गररिहेको कानुन व्यवसायीहरू बताउँछन् ।

नफर्किने युवा
तुलनात्मक रूपमा नेपाली युवा वर्ग नै अमेरिका आकर्षाको पहिलो कडी हो । केही वर्षता बर्से पाँच-छ हजारको सङ्ख्यामा नेपाली विद्यार्थी अमेरिका भित्रिन्छन् । जुन सङ्ख्या अमेरिका भित्रिने विदेशी विद्यार्थीको सूचीमा शीर्ष २० को सूचीभित्र पर्छ । मुख्यतः यो नेपाली वर्ग अमेरिका छाड्न चाहँदैन । पहिलो त, उर्वर उमेरमा अमेरिका पुग्ने युवा वर्गमा यहाँको जीवनशैलीले गहिरो प्रभाव पार्छ । श्रमको सम्मान, आत्मनिर्भर जीवन अनि स्वतन्त्र परिवेशले धेरैलाई आकषिर्त पार्छ । लाग्छ, संसार भनेकै यही हो, यसभन्दा अन्यत्र केही पनि छैन । विशेषतः, पढाइमा खासै जम्न नसक्नेहरूलाई यस सोचले अमेरिकामा बाँधिरहेको छ ।
दोस्रो पक्ष, नेपाली विद्यार्थीले पाँच-सात वर्षो अध्ययनकै क्रममा हजारौँ डलर लगानी गर्छन् अर्थात् ५० लाख रुपियाँभन्दा बढी । यसले अमेरिकी श्रम बजारलाई प्रतिस्पर्धी बनाउनु स्वाभाविकै हो । यस अभियानमा पाँच-सात वर्षबितेपछि उचित श्रमको मूल्य प्राप्तिसँगै आत्मनिर्भर बन्दै जाने अवस्था आउँछ र धेरैलाई कर्मभूमि नै प्यारो लाग्छ । यसले नै दीर्घकालीन अमेरिका बसाइको मार्ग खोल्ने गरेको भुक्तभोगीहरू बताउँछन् ।
युनिभर्सिटी अफ मिजोरीमा कम्प्युटर इन्जिनियरङि्मा स्नाकोत्तरको पढाइ गररिहेका निलाव अधिकारी एक सेमेस्टरमा सात हजार डलर शुल्क तिर्छन् । भन्छन्, "पढाइमा यति धेरै लगानी भएपछि केही वर्षत अमेरिकामा काम गर्नैपर्‍यो नि !" सोच त केही वर्षो कर्मपछि नेपाल फर्किने नै छ, अधिकारीको पनि । तर, भविष्यमा के हुन्छ, ग्यारेन्टी भने गर्न नसकिने उनी बताउँछन् ।
सामाजिक परिवेशको उल्टो नितान्त व्यक्तिगत जीवनशैलीमै रमेको अमेरिकी परिवेशका अनुयायी नेपाली युवा वर्ग आफू र आफ्नो परिवारको साँघुरो दायरामै रुमल्लिँदै गएका छन् । आफ्नो ज्ञान र सीपलाई उपयोग गर्दै आर्थिक सम्पन्नतातर्फलम्किएपछि धेरैलाई लाग्छ, सफल निजी जीवनका सामु 'दरद्रि' राष्ट्रियताको के नै अर्थ छ र !
हावर्ड विश्वविद्यालयका प्राध्यापक शिव गौतम अमेरिकाको नेपाली परिवेशलाई 'भर्जियुल नेपाल'का रूपमा परिभाषित गर्छन् । राष्ट्रियताको परभिाषालाई देशको भूगोल, धर्म वा कुनै राजनीतिक विचारधारासँग जोड्ने प्रवृत्त्रि्रति असहमत छन् गौतम । मुलुकको अवस्थासँगै अमेरिकी नीतिका कारण पनि नेपाली दर्ीघकालीन रूपमा बस्न थालेको उनी बताउँछन् । भन्छन्, "व्यक्तिलाई स्वीकार्ने अमेरिकी परिवेशका कारण अन्य देशहरूमा जस्तो यहाँ सधैँ विदेशी भइरहँदैन ।"
नेपालको अस्थिर राजनीति अनि द्वन्द्वात्मक सामाजिक परिवेश पनि नेपालीका लागि अमेरिकाप्रतिको दीर्घकालीन लगावको उत्प्रेरक बनेको छ ।



पछिल्लो डेढ दशकको कहालीलाग्दो राजनीतिको परिदृश्यमै नेपालीको सङ्ख्या अमेरिकामा ह्वात्तै उकालो लाग्यो । एकातिर मुलुकको राजनीतिक, आर्थिक एवम् सामाजिक अस्थिरताले साँच्चिकै रूपमा देश र्फकन चाहनेका लागि तगारो हाल्यो । संविधानसभाको निर्वाचनपछि पनि नेपालको समुन्नत भविष्य देख्ने नेपाली निकै कम भेटिन्छन्, अमेरिकामा ।
अ‌र्कोतर्फ अमेरिकी बसाइलाई वैधानिकता दिने योजनामा नेपालको हिंसात्मक राजनीति सहज मार्ग नै सावित भइरहेको छ । जानकारहरूका अनुसार, पछिल्लो एक दशकमा राजनीतिक शरण (पोलिटिकल एसाइलम) गरेर अमेरिकी वैधता पाउने नेपालीको सङ्ख्या हजारौँ छ । कानुन व्यवसायी विनोद रोकाकै भनाइमा, "बसाइको वैधताका लागि अन्य बाटोभन्दा एसाइलम केस रोज्ने नेपाली धेरै छन् ।"

हतियार माओवादी
यसमा सबैजसो 'माओवादीपीडित काङ्ग्रेसी'का रूपमा ग्रीनकार्ड लिनेहरू छन् । न्युयोर्ककै अर्का कानुन व्यवसायीका अनुसार, संविधानसभाको चुनावले मुलुक गणतन्त्रतर्फबढाएपछि यस पथलाई पछ्याउने पालोमा भने अब 'कथित राजावादीहरू' छन् । स्मरणीय कुरा के भने, 'यूएस डिपार्टमेन्ट अफ जस्टिस'को सन् २००७ प्रतिवेदनमा राजनीतिक आस्थाकै कारण नेपालमा अझै पनि नागरकि एवम् राजनीतिक व्यक्तिहरू पीडित भइरहेको उल्लेख छ ।
राजनीत्रि्रति केही सुझबुझ भएको नेपाली जमात देशको अहिले परविर्तित स्थित्रि्रति पनि आशावादी छैन । सर्न्दर्भ उठ्दा, अमेरिका बसाइ बाध्यात्मक रहेको बताउनसमेत नचुक्नेहरू शान्ति आए देश फर्किने पनि बताउँछन् । अमेरिकामै जरा गाड्ने योजनामा दत्तचित्त उनीहरूले खोजेको शान्तिको आशा 'कथनी' मात्र हो भनेर बुझ्न गाह्रो छैन ।
"के नै छ र नेपालमा ? नेताहरूले देश खत्तमै पारे नि ! अब झन् कम्युनिस्टहरूको हालीमुहाली भयो ।" अमेरिकामा रहेका नेपाली आप्रवासीहरूको जमघटमा यस्ता कुरा दोहोररिहन्छ । यथार्थभन्दा स्थितिलाई भयावह रूपमा प्रस्तुत गरिन्छ । अनि, धेरैलाई लाग्छ, अब त नेपालमा आशातीत पक्ष केही रहेन । यस्ता खाले अभिव्यक्तिहरूको एउटै उद्देश्य हुन्छ, आफ्नो अमेरिका बसाइको औचित्य अनि महत्त्वलाई प्रस्ट्याउनु ।
यहाँ रहेका आफ्ना सन्तानहरूलाई देशको विषम परिस्थितिको चित्रण गरेर तत्काल नेपाल नर्फकन सुझाव दिने अभिभावकहरू पनि कम छैनन् । एक दशकदेखि नेपाली समुदायलाई नियालिरहेका नेपाली पत्रकार गिरीश पोखरेल अमेरिकामा नेपालीको बस्ने प्रवृत्तिलाई बसाइँसराइको एक रूप बताउँछन् । भन्छन्, "जेजस्तो रूपमा आफूलाई प्रस्तुत गरे पनि आफ्नो करयिर र छोराछोरीको भविष्यका नाममा धेरै नेपालीका लागि अमेरिका सधैँका लागि हो ।"
आखिर नेपालीको अमेरिका बसाइ पूर्णरूपमा आर्थिक सम्पन्न हुने होड नै हो । यसै मार्गमा लम्किँदालम्किँदै जानेर वा नजानेर आप्रवासीहरू अमेरिकी 'क्रेडिट लाइफ'को भुमरीमा पर्छन् अनि सुरु हुन्छ आजीवन अमेरिका बसाइ । क्रेडिट करयिर, क्रेडिट विजनेस, क्रेडिट लाइफ यहाँको नियति नै हो ।


 
Posted on 07-16-08 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Content is quite different from the title of the article...Not a good article

 
Posted on 07-16-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

naam pani kasto??????? hajuri.......pang na puchhar ko article
 
Posted on 07-16-08 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

teyo pattrakar pani asylum halayra taap bhayee sakyo hola usa ma.. maybe working for hajuri on cash hahaha... welcome to usa
 
Posted on 07-16-08 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

teyo pattrakar pani asylum halayra taap bhayee sakyo hola usa ma.. maybe working for hajuri on cash hahaha... welcome to usa
 
Posted on 07-16-08 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Reality Bites"  Very good article.

 


 
Posted on 07-17-08 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I really liked the article contents but the title doesn't seem appropriate for the article. I think the author doesn't know the meaning of credit life and doesn't look like spiralled by the credit cards. I don't see any relationship or the contents about the credit life. The article should be instead "American life ko Bhumari".

Peace

Sirus


 
Posted on 07-17-08 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another same story, Nice try.. good luck for next.....

 
Posted on 07-17-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He must have been denied visa several times...

 

Nepali


 
Posted on 07-17-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If you work for CASH, always in LIQUID , no Credit available to him/her/us.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters