राष्ट्रपतिको चुनाव पनि देखियो, परमान्द झाको पुतला पनि । जाहाँसम्म मावोबादीको सोचाइ थियो यि दुइटै पदहरुमा कमसेकम एमालेले एउटामा मधिशेलाइ भोट बन्चित गर्नेछन र आफ्नो रणनितिमा अडिग भए तर स्वाँठहरुले माहाकाली सन्धिको प्रकरण ह्वात्तै बिर्सिदिए साथै रामराजालाइ उठाउनु मात्रै ऋण तिरने निति भए । अनि झालाइ एमालेले जिताएर के पाए? सभाधक्ष्य त पहिले देखि नै पक्कापक्कि थियो, मात्र बदलाका लागि ? घमण्ड तोडनका लागि ? ब्यत्तिगत झगडामा त यिनले राष्ट्रिय हित समेत बिर्सिदिए , एमालेलाइ अलि अलि सहानुभति दिदाँ बाटोमै जाने, यी त बज्रस्वाँठहरु पो रहेछन । कंग्रेसको खै के कुरो, आफनो फाइदाका लागि अराष्ट्रिय गतिबिधि गर्दा नेपालीले अचम्म मान्न छोडिसके । सबै राम्रो कुरोलाइ देशको पिलो गिरिजाको स्वार्थले नै बाधा बनाउछ । ०४८ साल देखि तपाइ एउटा घटनाको उल्लेख गर्नुहोस म उहाँको संलग्नता र स्वार्थले बिग्रिएकोको तु बिबरण दिन सक्छु । भैगो भबिष्य तिर लागौ । अब राष्ट्रपतिलाइ फिटिक्क केहि भैदियो या रअ को डिजाइनमा पाखा लागे भने राष्ट्रपतिको हकदार ५१ सिट मात्र भएको फोरमका बिवास्पद झाको हुनेछ । के यसपछीको नेपालको कल्पना समेत गर्न सक्नुहु्न्छ ? तसर्थ गंणतन्त्रका जुवाडेहरु तयार रहनुस, अहिले जितिराख्नु भाछ आशैआशको खेल न हो ? तर तर यसपालिको च्याँखे न त तपाइको निजि सम्पति हो या न प्रियजन या जिबनसाथी । सिंगो देशलाइ लगाउनु भएको छ । जितिरहे सँगै खुशी मनाउँला तर खै कतिन्जेल भाग्यमानी मात्रै होइएला र? पहिलो जुवामै झा को मधेशको मात्रै उपराष्ट्रपति हुने दुस्साहसले के सातोपुत्लो उडेन ? स्वाभिमानीलाइ भन्दा केवल स्वतन्त्रतालाइ महत्व दिनेहरु सातो नउडी केवल मूक दर्शक मात्र देखिदा आजकल मलाइ अचम्म लाग्न पनि छोडिसक्यो।