[Show all top banners]

bimal_thapa_usa
Replies to this thread:

More by bimal_thapa_usa
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Mr. D

undefined
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 p.m prachand
[VIEWED 2201 TIMES]
SAVE! for ease of future access.
Posted on 08-14-08 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

2nd communist  ledar in priminister  post in nepal what the  hell going on guys  go on your views............................................
 
Posted on 08-14-08 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This will be the trend -

कार्यकर्तालाई ५० करोडको ठेक्का

विकास थापा

काठमाडौं, साउन ३० - नेताका दबाबमा सडक विभागले ५० करोड रुपैया“ बराबरका जिल्लास्तरीय सडकहरू 'उपभोक्ता समिति' का नाममा माओवादी कार्यकर्तालाई बा“डेको छ । करिब २ सय ५० वटा योजना माओवादी कार्यकर्तामाझ बा“डिएका छन् । सडक निर्माणमा प्रयोग हुने मह“गा उपकरणसमेत अनधिकृत रूपमा चलाइएको छ ।

मुख्य योजनामा तोकिएको पैसा खर्च नगरी कार्यक्रम संशोधन गरेर उपभोक्ता समितिका नाममा काम गराइएको हो ।

डोजर, स्क्याभेटर लगायतका उपकरणसमेत उपभोक्तालाई प्रयोग गर्न दिइएको छ । मन्त्रिपरिषद्को स्वीकृतिबिना यस्ता मेसिन दिन नपाउने व्यवस्था छ  ।

विभागले राष्ट्रिय स्तरका योजनाका काम समेत उपभोक्तालाई दिएको छ । यन्त्र-उपकरण प्रयोग नहुने, धुले र माटोका काममात्र उपभोक्ताले गर्न पाउने प्रावधान छ । दमक-चिसापानी -इलाम) र सहिदमार्ग -दाङ-रोल्पा), नुवाकोटको समुद्रटार -राउतबेंसी) गोल्फु भन्ज्याङजस्ता सडकको कामसमेत उपभोक्ताले पाएका छन् ।

'विदेशी दाता सहभागी नभएको सरकारको मात्र लगानी भएको महत्त्वपर्ूण्ा सडक योजनालाई टुक्राटुक्रा पारिएको छ,' विभागका एक अधिकारीले भने- 'पहिलो प्रँथमिकता -पी१) बाहेक अरू योजना स्वीकृत गर्ने, संशोधन गर्ने अधिकार सचिवलाई छ, त्यही अधिकार दुरुपयोग भयो ।'

स्रोतका अनुसार माओवादीका प्रभावशाली नेताको तोकका भरमा उपभोक्ताका नाममा कार्यकर्तालाई काम दिइएको हो । अधिकारसम्पन्न वाग्मती क्ष्ँेत्र ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष कृष्ण केसीले भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमीलाई गत भदौमा 'तिलगंगा-ताम्रगंगा सडकको ट्रयाक' खोल्न ६ लाख ६० हजार उपलब्ध गराउन पत्र लेखेका थिए ।

केसीको पत्रमा मन्त्री यमीले 'उक्त काम गर्न माग बमोजिमको रकम समितिलाई उपलब्ध गराउने' भन्दै सचिवलाई तोक लगाएकी हुन् । सचिव पर्ूण्ा कडरियाले सडक विभागका महानिर्देशक तुलसीप्रसाद सिटौलालाई कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

माओवादीका अर्का नेता प्रभु साहले रौतहटमा पर्ने १५ किलोमिटर माटोको काम 'उपभोक्ता समितिमार्फत गराउन' गत मंसिरमा दिएको पत्रलाई विभागले तत्काल कार्यान्वयन गरेको थियो । महानिर्देशक सिटौलाले 'उपभोक्ताबाट काम गराउन' निर्देशन दिएका थिए ।

उपभोक्ता मात्र होइन माओवादी भ्रातृ संगठन वाईसीएलले समेत सरकारी डोजर दुरुपयोग गरेको छ । मन्त्री यमीको मौखिक निर्देशनमा बैतडीका वाईसीएल अध्यक्षलाई सचिव र महानिर्देशकले एक साताका लागि निःशुल्क उपलब्ध गराएका थिए । योजना प्रमुख भुवनेश्वरप्रसाद देवले महानिर्देशकलाई गत भदौ ४ गते डोजर उपलब्ध गराउन आवश्यक आदेश गर्न अनुरोध गर्दै पत्र लेेेखका थिए । देवले पत्रमा 'बैतडीको वाईसीएलका अध्यक्षले दशरथचन्द नगरपालिकाअर्न्तर्गत बसपार्क बनाउन करिब एक हप्ताका लागि निःशुल्क डोजर उपलब्ध गराउन फोन गरेको' बेहोरा उल्लेख छ ।

देवको पत्रमा सिटौलाले 'मन्त्रीको मौखिक निर्देशन प्राप्त भएकाले निःशुल्क उपलब्ध गराउन' यान्त्रिक महाशाखालाई निर्देशन दिएका थिए ।

एक अधिकारीका अनुसार विभागको काम रणनीतिक सडक राजमार्ग, सहायक राजमार्ग, सहरी क्षेत्रका निश्चित सडक मात्र निर्माण गर्नु हो । 'यी त केही उदाहरण मात्र हुन्,' डोजर र निर्माण सामग्री उपलब्ध गराउन शर्माले विभागलाई लेखेको पत्र देखाउ“दै विभाग स्रँेतले भन्यो- 'करिब २ सय ५० वटा यस्ता योजना उपभोक्ताका नाममा माओवादीले लगेका छन् ।'

विभागका महानिर्देशक सिटौलाले गत वर्षकुल चार सयमध्ये ३० प्रतिशत योजना उपभोक्ता समितिलाई दिएको बताए । उनले रीतपर्ूवक गठन भएका उपभोक्तालाई मात्र काम दिएको दाबी गरे । 'जिविसबाट उपभोक्ता प्रमाणित भएका र प्रशासनमा दर्तावाललाई मात्र दिएका छौं,' उनले भने ।

उपभोक्तालाई यसरी काम दिने क्रम विभागले असार मसान्तसम्म तीव्र पारेको थियो । असार मसान्तसम्म पनि महत्त्वपर्ूण्ा सडकको पैसा कटाएर उपभोक्तालाई दिएको स्रँेतले उल्लेख गरेको छ ।

आर्थिक वर्षअन्तसम्ममा पनि एउटा शर्ीष्ाकको योजनाबाट रकमान्तर गरी उपभोक्तालाई वितरण गरिएको पाइएको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयले सडक विभागअर्न्तर्गतका विभिन्न बजेट शर्ीष्ाकबाट उक्त जिल्लास्तरीय सडकका लागि ५ करोड ७५ लाख रुपैया“ रकमान्तर गर्ने निर्ण्र्ाागरेको थियो । एउटा योजनाको रकम अर्कै योजनामा र्सार्नु रकमान्तर हो । 'सुरुमा ६० करोड थियो, नपुगेर रकमान्तर गरिएको हो,' स्रँेतले भन्यो ।

महानिर्देशक सिटौलाले भने जिल्लास्तरीय सडकका लागि ४९ करोड खर्च भएको र नपुगेर एक करोड रुपैया“ थप गरिएको बताए । उनले अबदेखि उपभोक्तालाई यसरी काम नदिने पनि उल्लेख गरे ।   र् अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले भौतिक योजनाको उक्त 'रकमान्तर गर्ने निर्ण्र्ााकार्यान्वयन गर्न' महालेखा नियन्त्रक कार्यालय, अनामनगरलाई गत असार १६ गते पत्र लेखी निर्देशन दिएको थियो ।

ठाडो निवेदनमा दर्ता नै नभएका उपभोक्ता समितिका नाममा काम दिइएको छ । असार मसान्तमा रकम निकासा लिएर उपभोक्ता समितिले साउनको दोस्रँे सातामै 'प्रगति विवरण' बुझाएका छन् । 'प्रगति विवरणमा पैसा खर्च गरेर 'प्रगति' गरेको देखिन्छ तर वास्तविक रूपमा भौतिक काम भएको छैन, गएर हेरे थाहा लाग्छ,' स्रँेतले भन्यो ।

नया“ आवको ३५ दिनभित्र कार्यक्रम स्वीकृत र सम्बन्धित जिल्लामा अख्तियारी जानर्ुपर्ने नियम छ । यो प्रँवधानलाई बेवास्ता गर्दै आर्थिक वर्षो अन्त्यमा निकासा भएको छ । 'रातो किताबमा थिएन, बीच-बीचमा जेठ-असारमा पैसा गयो,' स्रँेतले भन्यो । यसरी उपभोक्तालाई काम दिएर मात्र नपुगी विभागले सडक खन्न आफ्नो डोजर लगायतका यन्त्र-उपकरण उपलब्ध गराएको छ । मन्त्रिपरिषद्को स्वीकृतिबिना विभागको मेसिन अन्यत्र प्रयोग हुन नपाउने प्रावधान छ । 'उपभोक्ता आपै+mले सडक कालोपत्रसमेत गरेका छन्,' स्रँेतको भनाइ छ- 'सडक विभागको इतिहासमै पहिलोपटक यसरी उपभोक्ता समितिलाई ठेक्का दिएको छ- पहिले विभागमा कोटेसनमा काम हुन्थ्यो, अहिले समितिका नाममा ।'

सडक विभागअर्न्तर्गतको यन्त्र मेसिनरी मन्त्रिपरिषद्को स्वीकृतिबिना कसैलाई पनि दिन पाइ“दैन । उपभोक्ताले लगेका छन् । हेटौंडाबाट रौतहटका माओवादी नेता प्रभु साहले, रुकुममा जनार्दन शर्माले डोजर लगेको दृष्टान्त दिं“दै स्रँेतले भन्यो- 'कार्यक्रम नै नभएको सडकमा महानिर्देशकले मेसिन दिनु भनी तोक लगाउने गरेका छन् ।' शर्माले गत पुसमा लगेको यन्त्र अझै फिर्ता भएको छैन । डोजरलाई चाहिने इन्धन भने विभिन्न योजनाबाट थर्काएर लिने गरेका छन् ।

र्सार्वजनिक खरिद ऐनमा उपभोक्ताले यन्त्र-उपकरण प्रयोग हुने कामको ठेक्का लिन नपाउने व्यवस्था छ । दिनै परे मन्त्रिपरिषद्को स्वीकृति चाहिन्छ ।

उपभोक्तालाई यन्त्र दिएकाले विभागले यो वर्ष२० प्रतिशत पनि राजस्व उठाउन सकेन । 'यो वर्षकरिब ६ करोड रुपैया“मात्र राजस्व उठेको छ,' यान्त्रिक विभागका एक अधिकारीले भने- 'यो अघिपछिको तुलनामा एक तिहाईमात्र हो ।'

संगठित रूपमा भएको

यस्तो काम चुनाव अघिदेखि अहिलेसम्म जारी रहेको स्रँेतले बतायो । अधिकांशमा व्यक्तिको ठाडो निवेदनलाई उपभोक्ता समिति बनाइएको छ । 'कामै नगरी ३० प्रतिशत रकम अग्रिम पायो, पछि विभागकै यन्त्र उपकरणले सबै गरायो, पैसा आफ्नै भयो,' स्रँेतले भन्यो- 'एउटा जिल्लामा १०, २० लाखसम्म पर्‍यो । यस्ता योजना अधिकांश जिल्ला सडक र रातो किताबमा नपरेका छन् ।'

महानिर्देशक सिटौलाले काम पहिल्यै गरिसकेकाले अर्थ र योजना आयोगको स्वीकृतिमा वर्षो अन्त्यमा रकमान्तर गरिएको स्वीकार गरे । उनले विभागका डोजर लगायतका यन्त्र-उपकरण उपभोक्ताले नलगेको दाबी पनि गरे ।

 


 
Posted on 08-15-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k nc la yasto gardina/mr: lauda/govinda  raj joshi/khum baha dur/kati  nc ko nam lina
 
Posted on 08-15-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maoist leader becomes Nepalese PM

Prachanda
The Maoist leader becomes the most powerful politician in the country

Members of Nepal's parliament have overwhelmingly elected the Maoist leader Prachanda as the country's new prime minister, officials say.

He defeated the candidate of the Congress party, Sher Bahadur Deuba.

Maoists won a surprise victory in April elections, and two other key parties supported Prachanda in the vote.

Nepal's first president, Ram Baran Yadav, was sworn in last month to the largely ceremonial role, after the monarchy was abolished in May.

'Lenin or Napoleon'

It is only two years since Prachanda emerged from more than two decades underground as a militant communist leader.

What the Maoists called their "people's war" had left 13,000 people dead, tens of thousands displaced and much of the country's infrastructure destroyed.

The BBC's Charles Haviland in Kathmandu says that now the former guerrilla will be the most powerful politician in the Himalayan country, with 464 lawmakers giving him their vote and only 113 rejecting him.

Earlier the Maoists' deputy leader, Baburam Bhattarai, said Prachanda would be a leader "for a new era", comparable to Lenin or Napoleon.

Our correspondent says that Prachanda's elevation had long seemed inevitable after his party scored its convincing win in April.

But months of political wrangling over power-sharing had left the country without effective government up to now.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters