[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 !! षड्यन्त्र! !!

[Please view other pages to see the rest of the postings. Total posts: 96]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 33606 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-20-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

!!!!!!!!!!!!!!षड्यन्त्र!!!!!!!!

" सिर्जना " को बिषयमा भन्नु पर्दा हाम्रो देशकी धेरै थोरै महिला इन्जिनियर मध्येकी एक हुन। मैले काम गर्ने अड्डामा जम्मा जम्मी ३ महिला इन्जिनियर्हरु मध्ये सबै भन्दा जुनियर्। उनी मेरै स्कूल कि जुनियर मात्र थिइनन्, त्यो ब्याचकि टपर् पनि थिइ। अझ भन्नु पर्दा उनकी दिदी स्म्रिति मेरो सहपाठि। त्यही भएर धेरै थोर् जानकारी थियो म मा सिर्जनाको बारेमा।

एक्लि आमा त्यो पनि  मामा घरमा दुखले हुर्केकी दुइ दिदी बहिनी।किन कसरि सिङ्गल मदरको पर्बरिशमा परिन् सरोकारको बिषय थिएन।  दिदी भन्दा बहिनी पढाइमा अब्बल।२२-२३ बर्षकी हुंदा दिदी स्म्रितिले जिउदै जलाइन्, म्रित्यु पनि कुरिनन्। कारण थाहा भएन। थाहा पाउने चेष्टा पनि गरिन।
मानसिक पीडा र अनमेल परिबेश बीच पनि सिर्जनाको यात्रा जारि थियो। एस् एल् सी मा स्कूल कै सर्बोच्च अंक। आइ एस्सि हो कि इन्जिनियरिङ् डिप्लोमा गरिन् त्यो पनि थाहा भएन तर इन्जिनियरिङ् मा महिलाहरु मध्ये सर्बोच्च अंक ल्याइन्। लोक सेवा पनि पास् गरिन्।
संभवत स्कूलको नाताले होला कहिले काहिं बिभागमा काम् बिषेशले आउदा मलाई हाइ हेल्लो भन्ने औपचारिकता चाहि निभाउने गर्थी। महिला इन्जिनियर भएकोले काठ्माडौ,  भक्तपुर, ललितपुर वा बिभाग वा अन्य केन्द्रिय कार्यालय मै पोस्टिङ् हुने गर्थ्यो। ललितपुरबाट् बिभागमा सरुवा हुंदा उनी मेरो ठाउमा सरुवा भएर आइन।

हाम्रो परिचय र सम्बन्ध को बिस्त्रित बर्णन यति नै थियो।

१० बर्ष काम गरे-नगरे पछि उच्च अध्ययनको सनक चढ्यो म मा। फर्म सर्म भरें। युरोपिय मुलुकमा मास्टर्स् गर्ने मौका मिल्यो। गएं। पढें- पढे जस्तो गरें। सफलतापूर्बक डिग्री लिएर स्वदेश फर्कें। फेरि बिभाग मै पोस्टिङ् मिलाएं।


त्यतिन्जेल मेरो युरोप यात्राले धेरै को घैंटामा घाम लागिसकेको रहेछ। राहुले ले त चान्स् पायो हामीले किन न पाउने? सबैले आफुलाई तीसमार् खाँ, चालिसमार् खाँ सम्झने गर्थे। आफु बाहेक सबै जना फुच्चे लाग्ने राष्ट्रिय गुण जाग्नु स्वाभाबिक थियो र राम्रो नै लाग्यो। धेरै ले फारम भरे। म फर्केको साल सबैले आराम् गरे अर्थात कसैको पनि कुनै पनि मुलुकबाट् बोलावट आएन।
अर्को साल नयाँ घाम झुल्क्यो। एक एक जना गरी कसरि फारम भर्ने, कसरी फेलोशिप हातपार्ने इलाहाबादी बिद्या सिक्न आउन थाले।  त्यो साल मात्र १०-१२ जनाले हिम्मत गरे, आराम संग फारम भरे। निबन्धहरु लेख्नु पर्थ्यो। त्यसको नक्कल मात्र होइन सक्कल पनि दिएं, गरी खा भन्दै।
म संग मुफ्त बिद्या माग्ने ६-७ जना थिए। तिनमा सिर्जना र मुकुन्द श्याम पनि थिए।

कन्फर्मेशन को समय आयो। सिर्जना सेलेक्ट भइन रे, मुकुन्द श्यामले खबर ल्यायो। आफु चाहि बैकल्पिक एक नम्बर् रे। कत्ति को चान्स छ दाइ भनेर सोध्न आएका थिए, मुकुन्द श्याम। "बैकल्पिक १ नम्बर् होस् या १०० नम्बर्, मुख्य उम्मेदबार् ले छोडे पाउने हो क्या रे। सिर्जनाले के छोड्थी। अर्को साल ट्राइ मार भन्ने सल्लाह दिएं, मुफ्त मै।"


 
सेप्टेम्बरको दोस्रो हफ्ता सेशन सुरु हुने गर्थ्यो ति बिश्वबिद्यालयमा।जुलाइ को अन्तमा हो कि अगष्टको सुरु मा मुकुन्द श्याम हस्याङ फस्याङ गर्दै आयो मेरो कोठामा।
"दाइ ! मेरो नि कन्फर्मेशन आयो। अब के के गर्नु पर्छ? "


कसरी आयो? सिर्जनाले छोडी त त्यो सीट?
म छक्क परें।


त्यसै होला दाई, थाहा भएन।

जे होस् राम्रो नै भयो। मुकुन्द श्याम पनि जेहेन्दार, मेहनति र इमान्दार् इन्जिनियर मात्र थिएनन्, साह्रै नै सोझो र निष्कपट स्वभावका थिए।
आसेप्टेन्स लेटर् भरेर पठाए। उताबाट भिसा सम्बन्धि कागजात आउने प्रतिक्षामा थिए।
त्यसको केही दिन मै बिभाग भरि हल्ला फैलियो। एक् जना जानु पर्ने ठाउँमा अर्कैले ट्याण्टर्म्यान्टर् गरी जान लागेको र ठुलो षड्यन्त्रको पर्दाफास् भएको रे।
मुकन्द श्याम को चर्तिकला बारे ब्यापक टिकाटिप्पणि चल्यो। मलाई भने पटक्कै बिश्वास लागेन। मैले चिनेको मुकुनद श्याम् त्यस्तो ब्यक्ती हुंदै होइन। तै पनि के भरोसा, मान्छेको मन न हो, सम्हाल्न सकेन भने मानव पनि दानव हुन सक्छ।

मन को खुल्दुली मेटाउन अनुसन्धान गर्नै पर्ने भो। कहिं न कहिं षडयन्त्र भाको छ। तर को बाट कसरि भयो? खोज्न तिर लागें।

 

क्रमश:


 
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 11-06-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समयको अभाव ले तातातो प्रकाशन पढ्न नपाए पनि आज पलेटिकसेर ५ भाग पढि भ्याए। एउटा फाईदा चाइ एक भाग पछी अर्को भाग कुर्नु परेन,सलल पढेर भ्याए तर ५ औ भाग मा आएर टक्क अडियो दिमाग अनी फनफन्ती घुम्न थालयो को होला त त्यो दुस्ट मान्छे भनेर।
साह्रै राम्रो सस्पेन्स्कारी कथा राख्नु भो ठुल्दाइ,अनी यो सत्य घट्ना मा आधारित हो कि कपोकल्पित मात्र हो? तपाईं को अतित पनि निकै चाख लाग्दा घट्ना हरु ले घेरिएका रइछन।

 मलाई चै श्रीजना को पती ले नभएर श्रीजनाको रिस गर्ने कुनै अरु (महिला) कर्मचारी ले गरेको हुनुपर्छ जस्तो लाग्छ। लौ ठुल्दाइ अर्को भाग छिट्टै पस्किनु होला।

ps: अनी अर्को कुरा तपाईं चै Detective Rahul जस्तो लागिराछ।


 
Posted on 11-06-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulDaju, Namaskar, good article, i will call u soon. bye for now.
 
Posted on 11-06-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 "षड्यन्त्र"
अन्तिम भाग।

 

मुकन्द श्यामले मुकुन्द श्यामलाई लेखेको मेल ले सिर्जनाको नाममा इमेल गर्ने सिरिजना एकै हुन्। दुबै छद्मभेषि मेल को पहिचानमा एक मात्र अक्षर चलाखिपूर्ण ढंगले परिवर्तन गरिनु एकै खुराफाती दिमागको उपज हो भन्ने लाग्यो नै। साथै उक्त ब्यक्ती संग सिर्जना र मुकुन्दश्याम दुबै को निजी मेल सम्म निर्बाध पहुंच थियो। दुबैको बारेमा येथेष्ट जानकारी थियो। संभावनाको सुइ अब सिर्जना र मुकुन्द श्यामको साझा शत्रु तिर्  देखियो नै। को होला त ? यही यक्ष प्रश्न को उत्तर कसै सित छैन।  अनुमानहरुको अथाह सागरमा धेरै बुलबुल हरु देखिए र बिलाए।

समय बित्दै गतो। सिर्जना अध्ययनको लागि जाने दिन पनि आए। बिदा स्विक्रित भए।
जाने दिन भन्दा केही दिन अगाडि शायद शुक्रबार थियो क्या रे, सिर्जना र उनको पतिदेब बिभाग आएका थिए, शायद सबै हाकिम साहेब एवं सहकर्मिहरु संग बिदावारी गर्न आएका होलन्।

हाम्रो कोठामा सवारी नहुने कुरै थिएन। काम् हुने  नहुने जो सुकै पनि एकछिन आराम गर्ने थलो ( शायद एक मात्र वातानुकुलित कक्ष भएर हो कि ?हाम्रो कक्ष।

सिर्जना दम्पति पनि अपबाद रहेन। सबै संग बिदा मागिन्। तर मुकुन्द श्यामलाई सराप्न भने छोडिनन्। अझै बिष बाकी , अझै रीस बाकी देखियो।

"राहुलदाई भरे फुर्सद छ तपाईंको?"

फुर्सद ? किन होला? ( खान बोलाउन लाग्या होला, भोको मन ले अन्दाज गरि हाल्यो।)

"यसो संगै बसेर् गफ सफ गरौं भनेर" पतिदेब श्यामक्रिष्णजी ले थप्नु भयो।

तपाईंहरुले बोलाउने अनि राहुलभाइ न आउने , यो हुनै सक्दैन। ( यो षडयन्त्रको चुरो सम्म पुग्ने अन्तिम अबसर हुन सक्दछ, नछोड मौका, नछोड। मन भित्र जुलुस् करायो।)

"भरे साढे ६ बजे एलिनाज् बेकरी मा हामी तपाईलाई कुरि राख्या हुन्छौ। बानेश्वर चोक को एलिनाज"

हुन्छ, म टाइम मै आउला।

शुक्रबार ३ बजे नै छुट्टी, घर गएं।
साँझ ६ बजे तिर तयार भएं  मलाई भात पकाउन पर्दैन बाहिर खान बोलाको छ भन्दै सरकारी मोटरसाइकल पुछपाछ गर्न तल झरें। साढे ६  को ठिक समयमा एलिनाज पुगें।

अझै सिर्जना दम्पती आइनसके रहेछ। एक छिन को प्रतिक्षा पछि झुल्किए। 

एलिनाजको पछाडि तिरको बगैचाको एउटा टेबिलमा बस्यौं। अरुलाई पनि निम्ता छ कि जस्तो लाग्याथियो तर ७ बजिसक्दा पनि अरु कोइ पनि नआएकोले लाग्यो, मलाई मात्र बोलाएको रहेछ। औपचारिक कुराकानीबाट गफ् को सुरुवाट भयो। 

युरोपको जीवनशैली देखि पढाइ को प्रेसरको कुरा सम्म यावत बिषयमा कुराकानी भयो।

"झन्डै जान नपाएको, त्यो मुकुन्द श्यामले गर्दा।" सिर्जनाले असली मुद्दाको सुरुवात गरिन्।

"हेर्दा कस्तो सोझो त्यो मुकुन्दे, महा जाली रहेछ है दाइ?" श्यामक्रिष्णले थपे।

मुकुन्द श्यामले नै यो सब गरेको होला र ? मैले अज्ञानताको नाटक पोखें।

"त्यो बाहेक अरु हुनै सक्दैन। उसलाई जान नदिएर आफु जाने षडयन्त्र हो। नराम्रो संग झट्का खाए। अब कतै पढ्न पाउदैन त्यसले। पापको फल पाइहाल्यो, चोर् मुकुन्देले।"
श्यामक्रिष्णको मुखराबिन्दमा अनौठो आक्रोश देखियो।

एक प्लेट भेज पकौदा, एक प्लेट चिकेन चिल्ली, एक प्लेट फिङ्गरचिप्स्  आइपुग्यो।
"बियर मगाउने कि दाई, हामी त पिउन्नौ?"
 
"अहं, ब्लड प्रेशरको रोगीले बिष पिउन मिल्दैन। कोक सम्म हुन्छ।"

आठ बज्यो, साढे आठ बज्यो। टेबल मा ३ प्लेट बाहेक अरु प्लेट थपिएन। थपिने छाँट नि देखिएन।

"अब जानु पर्ला, जमाना खराब छ। टाइम मै घर पुग्नु छ।" मैले लम्बिदै गरेको कुराकानी अनि रित्तिदै गरेको प्लेटलाई समापन गर्ने जमर्को गरें।


"धन्यबाद दाई, दाईको सहयोगले आज पढ्न जादै छु। हाम्रो निम्तोलाई स्विकारेर यहाँ सम्म आइदिनु भयो। धन्यबाद।"

"मलाई आफ्नो सम्झेर बोलाउनु भयो, यो भन्दा बढि के चाहियो। राम्रो संग जानु, पढ्नु, सबैको इज्जत राख्नु।"
मैले पनि सरर आफ्नो भागको मन्तब्य ब्यक्त गरि दिएं।

एलिनाज बाट निस्किने क्रममा सिर्जना एक छिन रेस्ट रुप तिर् लागिन्। मौका कुरेर बसेको श्यामक्रिष्ण महोदयले चौका हानी हाले।

"त्यो मुकुन्दे ले युनिभर्सिटीमा मैले नै गरेको भनेर अझै सम्म स्विकारेन, साले ले।"
 "म आफै पठाइ दिउं कि क्या हो ?"

"तपाईले? कसरी? " मैले आश्चर्यचकित भावमा सोधें?

"म कसैको पनि इमेल ह्याक गर्न सक्छु ।" घमण्ड संगसंगै धोति फुस्कियो।

"म मुकुन्देको इमेल ह्याक गरेर पठाइ दिन्छु।"
 
"श्यामक्रिष्ण जी, जति भयो अति भयो। अब यो अपराध चाहिं नगरम् है। म हिंडे।"
 
कुन बेला घर् पुगें , पत्तो भएन। श्यामक्रिष्णको " ह्याक" शब्दले घाँटि प्याकप्याक भैराखेको थियो भने पेट पनि आधा खालि थियो नै।
घर पुग्ने बित्तिकै आमालाई भात बाकी छ भनि सोधें।

"अघि पार्टीमा जान्छु भन्थ्यो नि के भयो? भात र दाल मात्र छ, तरकारी छैन, आफै तताएर खाउ।"

भात र दाल मात्र पनि मिठो मानेर खाएं। पहेंलो दाल संग संगै कालो दाल नि देखें। "दाल मे कुछ काला है" भन्थ्यो आज कालो दाल नै भेटेर आएं।

अस्तु!!!!


 
Posted on 11-06-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो पाजी रइछ त श्यामकिस्ने नि, किन तेत्रो नाटक गरेको रइछ त तेस्ले,बेक्कार मा मुकुन्द श्याम लाई नराम्रो बनाएर,आखिर श्रीजना त जान लागि हाली।
ल मजा आयो दाई खस खस गरी राथ्यो घाँटी बल्ल ठीक भो। बिचरा ठुल्दाइ चै दाल भात मा डल्लिनु भएछ तेत्रो बेर एलिनाजमा बसेर नि।
 
Posted on 11-06-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

राहुलदाई, धेरैको अनुमान सही निस्क्यो नि, सिर्जनाकै पतिदेव पो रैछन् त दोषी! लौ यो कथा त रमाइलो भयो, अब अर्को कहिले सुरु गर्नु हुन्छ नि? अनी राहुलदाई हजुरले मलाई किन भूगोलको बाघ बनाइ दिनु भएको? मेरो नाम त भूगर्भसँग जोडिनु पर्ने होइन र भन्या?

 


 
Posted on 11-06-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto badmash raicha tyo srijana ko husband. kina garya hola hai testo. kasto kharab manche.

Thuldai,euta kura k, mukundashyam nirdosh sabit bhayo ki bhayena duniya ko samu?  sabaile ta usaile garya bhanthanyo  ni hai. kasto kasto lagyo.

Thuldai, thanks for sharing with us.

Last edited: 06-Nov-08 12:12 PM

 
Posted on 11-06-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

राहुलदाइ मेरो अनुमान मिलेछ नि :)

धन्यवाद है पढ्ने मौका दिनुभाकोमा।


 
Posted on 11-06-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ क्या लास्तै  रहेछ नि त्यो श्यामक्रिश्ने मोरो त। त्यो सबै बुदी लाई छोड्नु पर्छ भनेर गरेको त होला नि हगी? anyway आफु ले नी धरै को ईमेल हायाक गर्‍यो तर त्यस्तो पाप मन मा कहेले आएन। ल दैचा अब अर्को कथा कहेले आउँदैछ बजारमा?

 
Posted on 11-06-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai,

story ta yekdam thriller cha, sabthok ramro cha but yo last part lekhda tapai lai ali alchi lage jasto lagyo, anyway tyo bichara Mukundashyam lai kina duniya ko agadi naramro dekhako? at least Mikundashyam ra Srijana ko husband bich something dushmani hunu parne, bekar maa tyo nirdosh manche lai sab ko saamu naramro garera k na payo ra? bichara Mukunde ta bidesh jana payo bhanera danga ni pareko thiyo, tyo chai ali clear garnu parne sir......... 


 
Posted on 11-06-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

now guys .. go back and correct your prediction if you goofed! i just did ..
 
Posted on 11-06-08 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sherlock holmes ko fictional jasusi katha haru bhanda ni khatara rahechha ta Rahul dai ko katha ta. kasari testo garna sakeko hola Shyamkrishne le? ani Rahul dai le Guptachar police ma jagir khanu parne ma antai kaam garna pugnu bhayechha ta.

Ani Srijana lai pachhi thaha bhayo ta culprit aafnai logne ho bhanne kuro? Shyamkrishne le kina gareko rahechha teso bhanne kuro pani patta lagyo ki pachhi? launa malai pani sikai dim email hacking garna lai, ma pani Shyamkrishne ko email hack garera herthe ni ko-kasko emails hack garisakeko chha bajiya le ahile samma bhanera, asati le record rakheko chha ki. 

 


 
Posted on 11-06-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे जी,
श्याम किश्ने ले किन यात्रो तान्डव गरे, उनै लाई थाहा होला। घर काजी भए नि पाजी चाँही पक्कै हो। पछी बुझ्दा, यस्तै नचाहिने काम गरेको भए नेपालको प्रख्यात कम्युनिकेशन कम्पनिले जागिरबाट निकालिदिएको रे । श्रीमतीको एकेडेमिक सफलता, लोक सेवा पासा गरी दुर्लभ अफिसर बन्नु आदी इत्यादी कारणहरु होलान, भगवान जानुन।

Geology Tiger जी,,
कथा रमाइलो लागेकोमा म आफु धन्न भएको छु। यस्ता पनि पतिदेब हुन्छन साम्रै समाजमा, देखेको भोगेको लेखेको हुं।

पिया जी,
मुकुन्द श्याम निर्दोष साबित गर्ने सोलिड प्रमाण नि चाहियो नि। सबैले उनैलाई दोष दिए । तर नेपाल हो, छिट्टै भुल्ने बानी छ नेपालीको। सबैले भुली सके होलान, यस्तो पनि भएको थियो भनेर।

मिस जी,

तपाईं को परख लाई मानें, पहिले नै सहि अन्दाज गर्नु भयो।

रबी जी,
खै किन गर्‍या होला त्यस्तो? गर्दा रैछन् तस्तो पनि। बुढी छोड्नु पर्ला भनेर चाँही पक्कै होइन होला। किन कि १-२ महिना पछी बालबच्चा सहित् जान मिल्ने र पारिवारिक भात्ता समेत् पाउने ठाउँ थियो त्यो।

माइला जी,
कथा को वास्तबिकता लाई बङ्ग्याउन न चाहेकोले धेरै बुट्टा न भरेको मात्र हो, अल्छि भाको पक्कै होइन। मुकुन्द श्याम र श्याम किश्ने को कुनै जान पहिचान नै थिएन भने दुश्मनीको प्रश्न उठ्दैन। थाहा नै नदिइ सिर्जनालाई घाट गर्न खोजेको हुनु पर्दछ र जब सिर्जनाले आफ्नो नाम काटिएको थाहा पाए पछी मुकुन्द श्याम लाई दोषी बनाएर आफु चोखिने अचूक चाल् खेलेको हुन सक्दछ।

मधेसी जी,
धन्यवाद।

सीतल जी,

जासुसी रहर ले गरेको होइन। शिक्षा अनी अध्ययन जस्तो पवित्र बिषय मा यस्तो कुचाल भयो र जिज्ञासा समाधान गर्ने हेतु ले मात्र रुची देखाएको थिए।
म यता आउँदा सम्म सिर्जना फर्केकी थिइनन। शायद नै थाहा पाउली। या त मलाई थाहा छ, या उनै को पती लाई । दुनियाँ को नजर मा त मुकुन्द श्याम नै हो नि अपराधी।
 
 


 
 

 


 
Posted on 11-06-08 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुरो यस्तो रैछ , मैले सोध्नालाको प्रश्नको उत्तर दाइले बिस्टेलाई उत्तर दिदा दियी सक्नु भछ लौ भै हाल्यो ।
कथा गज्जब छ ल , अरुनी लेख्दै गरम है ।
 
Posted on 11-07-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै पढेर भ्याएँ, एसरी पढ्न पाए पो क्या मज्जा के - कथा इन्टिरेस्टिङ छ - सस्पेन्स त लस्ट सम्म पनि - तर लस्त पार्ट चाँही अली खल्लो लाग्यो ठुल्दाइ - श्यामक्रिष्णले किन आफ्नो पोल आँफै खोल्यो त त्यो पनि त्यही बिभाग मा काम गर्ने मान्छे सामु - यो चाँही बुझ्न सकिन -
 
Posted on 11-07-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्कबहादुर जी,
पढ्नु भएकोमा गुन्नु भएकोमा धन्यवाद।

सेरिलजी,
श्याम किश्ने ले आफ्नो पोल आँफै खोलेको जस्तो लाग्दइन। जोसै जोसमा खुस्केको भन्ने कि पाप धुरिबाट कराएको मात्र जस्तो लाग्छ। इन्टेस्नल्ली भनेको चाँही होइन।
मेरो लेखाइ मा अझै कमी कमजोरिहरु छन नै। अर्को पटक सुधारने प्रयास गर्ने छु। धन्यवाद।


 
Posted on 11-07-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई,

 कथा अती नै राम्रो लाग्यो तर यो सबै कुकर्म गर्ने मान्छे अरु कोही नभएर सिर्जना कै लोग्ने हो भन्ने कुरा सिर्जना लाई पछी थाहा भयो कि भएन त?  के गर्ने जमना नै उल्टो छ जहाँ निर्दोस मान्छे नै दोशी हुन्छ। तर एदी सिर्जना ले यो कुरा थाहा पाइन भने उनी द्वारा कस्तो प्रतिकृया आउला ?   कि बिचरा मुकुन्द श्याम नै सिर्जना को नजर मा जीवन  भर अपराधी  रहिरने भयो?

Bichara mukunda syaam "Eating Getting Nothing Only Leather Cap Wearing"



 
Posted on 11-13-08 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

so you are saying that this is a true story...!!!OMG....what a husband...i think you need to make srijina aware of the fact about her husband. i was reading tha last chapter and i was like wth and then only i saw your comment that it was a true story....so no more explanations...:) !! neyways good reading!!!! 

 
Posted on 11-13-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल आज पढियो!

अब एउटा कुरा, कथाले जन्माएको कथा कहिले आउँछ ठूल्दाई? भन्नाले, निम्न प्रश्नहरुको उत्तर सहित सनसनिखेज कथा "षडयन्त्र रिटरन्स"

१)श्यामकृष्णले आफ्नो पत्नीलाई भावनात्मक किसिमले पटक पटक उचाल्ने र पछार्ने बनाउनुको पछाडि के कारण छ?

२) के कम्प्युटर ह्याक गर्न सक्छु भन्ने देखाऊनलाई मात्र उनले यतिसम्म गरे?

३) किन उनले मुकुन्दश्यामलाई नै मुछे त?

४) पत्नी आफूसंगै बसोस भन्ने लागेर  त्यसो गरेको भए कमसेकम पनि पत्नी जाने बेलामा ठूल्दाईलाई दिएको पार्टीमा त श्यामकृष्ण खुसि नै देखिन्थे त! किन खुसि भए?

५) के यो षडयन्त्र मुकुन्दश्यामलाई थाहा भयो? थाहा भएपछि उनको प्रतिकृया कस्तो रह्यो?

६)सृजनाले थाहा पाइन? आफ्नो पतीको करतुत थाहा पाउँदा उनको मनमा कस्तो आँधि चल्यो होला?

आदि ईत्यादी


 
Posted on 11-14-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा श्याम क्रिश्ने! कत्रो करतुत गर्दा पनि सफल भएनछ। खप्परमा लेख्या रहेनछ भने टाउको फोडे पनि केहि हुन्न भन्या हो रैछ।
 
Posted on 11-18-08 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is it really last part? ending jyadai khallo lagyo rahuldai......... antim saskaran le surudekhiko prasna haruko uttar didaina ni....

 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters