साझा डट कम नामको वेव मार्फत फेरी चरित्रहत्याको प्रयास
:: अमेरिका समाचार
- अमेरिकादर्पण सम्वाददाता
टेक्सास्,अक्टोवर २०/ अमेरिकाको कुनै ठाउँ बाट सन्चालन गरिएको एउटा साझा डट कम नामको वेव ब्लग मार्फत अमेरिकाको टेक्सास राज्ज्यमा पर्ने डालस फोर्ट्वोर्थ सहरका प्रतिष्ठित समाजसेवीहरुको चरित्र हत्या गरिने घ्रिणित प्रयास गरिएको छ ।
पटक पटक समाजका प्रतिष्ठित ब्यक्तिहरुको, ब्यापार ब्यवसायको तथा महिलाहरुको चरित्र हत्या हुनेगरी नक्कली नाम र नक्कली ईमेल राखेर अत्यन्त गलत कपोल्कल्पित्, झुठा कुराको प्रचार प्रसार हुने वेव संचालक तथा झुठा कुरा पोस्टिङ् गर्नेका विरुद्द आवश्यक कानुनी कार्वाइ गर्न प्रकृया अगाडी बढी सकेको कुरा थाहा भएको छ ।
दुई दिन अगा डी मा त्र उक्त ब्लगमा टेक्सासको डालस फोर्ट वोर्थ को नेपाली समाजमा अत्यन्त लोकप्रिय समाज सेवि,वासुदेव भण्डारी, महेश नेपाल,गौरी जोशी तथा भुवन आचार्य का बिषयमा गरिएको टिका टिप्पणीले नक्कली छ दम भेसी गलत ब्यक्तिको बिषयमा गम्विर अनुसन्धान हुँदै गरेको थाहा भएको छ ।
वेव ब्लग संचालकले गलत कुरा पोस्टिङ् गर्नेको सक्कली ईमेल र कम्प्युटरको आइपि एड्ड्रेस अनुसन्धान कर्तालाई उपलव्ध गराउनु पर्ने हुन्छ र त्यस्ता गलत कुराको प्रचार गर्ने तथा प्रकासित गर्न प्रेरित गर्ने दुबै लाई कानुनी कार्वाइ हुने छ ।
टेक्सास डालस फोर्थवोर्थ नेपाली समाजका पुर्व अध्यक्ष गौरी जोशी जस्ले नेपाली समाजमा अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ, त्यस्तै विगत १२ बर्ष देखी नेपाली समाजमा अत्यन्त लोकप्रिय समाजसेवी वासुदेव भण्डारी,विगत १२ बर्ष देखी नेपाली समाजलाई महत्त्वपूर्ण योगदान पुर्žयाउनु भएका महेश नेपाल तथा नेपाली डेमोक्रेटिक फोरुम टेक्सासका अध्यक्ष तथा लोकप्रिय समाज सेवी भुवन आचार्यको चरित्र हत्या हुने गरी झुठा तथा गलत प्रचार गरिएकोले त्यस्ता गलत प्रचारको पछाडि नलाग्न तथा गलत वेव ब्लगको विश्वास नगर्न पनि समाजका सबै सज्जन महानुभाव हरुलाई अनुरोध गरिएको छ ।
प्रकाशित मिति: 2008-10-20- 08:50