http://www.khasskhass.com/12lakhko.htm
बाह्र
लाखको
कविता
सुन्दर
जोशी
वेष्ट पाल्म बीच, फ्लोरिडा
मेरो
मुटु
लगलगी
कामी
रहेको
छ
।
अमेरिकामा
तीन
महिनामात्रै
बस्न
पाउने
छाप
लागेर
बाहिर
निस्केको
दुई
घण्टा
भई
सक्यो
गोष्ठिको
आयोजकले
भन्नु
भए
जस्तै
मेरो
स्वागतको
प्रतिक्षामा
कोही
भेटिएन
।
यो
बिरानो
मुलुकमा
डि.
एफ्.
डब्लु.
विमान
स्थलको
चहल
पहल
देखेर नै
सातो
उडिसक्यो,
कहाँ
जाने
- कसलाई गुहार्ने
- घरि
घरि
गोजी
छाम्छु
।
बाह्रलाखको
कविता
गोजीमा
सुरक्षित
छ
।
दौरा
सुरुवाल
पाल्पाली
ढाका
टोपिमा
छाटिएर
आफ्नो
छन्दोबद्ध
कवितालाई
लय
हाली
हाली
पढ्नेछु
।
स्वदेशको
नाङ्गो
तस्वीरजस्तो
मेरो
कविताले
परदेशमा
बसेकाहरूलाई
क्वाँक्वाँ
रुवाउनेछ
।
मेरो
बाह्रलाखको
कविता
पढि
सके
पछिको
आफ्नो
प्रसिद्धिको
कल्पना
गर्दै
अवतरण
गरेको
थिएँ
यो
स्वप्न
भुमिमा
।
तर
यतिवेला
मेरो
मुटु
लगलगी
कामी
रहेको
छ
।
एउटा
अञ्जान
भय
र
त्रासले
आक्रान्त
छ
मेरो
मुटु
।
एउटा
बबुरो
कविले
नेपालमा
जोहो
गरेको
सम्पत्ति
पुरै
बाह्र
लाख
बुझाएर
भिसा
हानेको
राहदानीलाई
टुलुटुलु
हेर्छु
।
'ब्यर्थै
भागिस
देश
छाडेर
-' मनले
मलाई
नै
दोषि
औला
ठड्याइरहेको
छ
।
'के
गर्नु
नभागेर
? सबै
भागि
रहेका
छन्
। पहाड
रगताम्य
छ,
तराइ
दनदनी
बलीरहेको
छ,
कोशीहरूमा
शुद्ध
र
सङ्गलो
पानी
बग्दैन
आजभोली
।
सबै
भयभित
छन्,
सबै
भागिरहेका
छन्
।
अध्ययन,
अनुसन्धान,
खेलकुद,
मनोरञ्जन,
समाजसेवा
अनेक
बहानामा
सबै
भागिरहेका
छन्
।
कविता
सुनाउने
वहानामा
म
पनि
भागेँ
त
के
अपराध
गरेँ
?' दिमाग
खुस्केको
मानिस
झै
एक्लै
बड्बडाउन
थालेछु
।गोष्ठिको
नाईकेको
छन्दबद्ध
कविता
जस्तै
मधुर
वाणीहरू
सम्झीन
थालेँ,
'डलरको
खेति
हुन्छ
अमेरिकामा
।
बाह्र
लाख
उकास्न
बाह्र
महिना
कुर्नु
पर्दैन
।
अनि
हिसाब
लगाउ
जिन्दगीमा
कति
कमाउने
छौ ?'
साँच्चै
कविता
जस्तै
लयबद्ध
उस्ले
भनेजस्तै
सपनाको
खेतहरू
कहाँ
छन्
होला
।
अनी
खै
काहाँ
छ
त्यो
गोष्ठिको
आयोजक
जस्ले
म
स्वयं
तपाईको
स्वागतमा
विमानस्थल
हाजिर
हुनेछु
भनेको
थियो
।
मेरा
आँखाहरू
भिडमा
उस्को
अनुहार
खोज्दा
खोज्दै
थाकी
सके
।
त्यै
पनि
आश
मारेको
छैन
।
उस्ले
दिएको
नम्बरमा
फोन
गर्दा
गर्दा
साटेको
खुजुरा
सबै
सकिइ
सक्यो
।
उनीहरूलाई
सर्म्पर्क
गर्ने
अर्को
कुनै
माध्यम
थिएन
।
त्यत्रो
ठुलो
गोष्ठिको
आयोजक
सम्भवतः
अरु
काममा
ब्यस्त
भयो होला
।
'आफै
आउन
नपाए
पनि
कसैलाई
पठाउन
पनि
त
सक्थे,
किन
कोही
देखा
नपरेको
होला ?'
मेरो
मन
यति
अधिर
भै
कहिल्यै
छट्पटाएको
थिएन
।
म
फेरि
भिडमा
आँखा
डुलाउन
थालेँ
।
"हैन,
तपाईँ
नेपाली
जस्तो
देखिनुहुन्छ
नि ?" अनायास
यी
वाणिहरू
ठोकियो
मेरो
कानको
पर्दामा
र
म
विजुलीको
गतिमा
त्यो
ध्वनी
आएपटि
फर्किएँ ।
एकजना निकै
हट्टा
कट्टा
ज्वाजल्य
व्यक्तित्व
भएको
मानिसलाई
सामु
पाएर
हेरेको
हेर्यै भएँ
।
आँखाबाट
हर्षको
आँसु
झण्डै
बाँध
फुटाइ
बगेनन्
।
हत्तपत्त
सोधेँ,
"हजुर
गोष्ठिको
आयोजक
मध्येकै
हुनुन्छ
?"
"
गोष्ठि
?
आयोजक
? खै
के
भन्नु
भा'
हो
तपाईले
मैले
केही
बुझिन
।
मैले
त
तपाईलाई
नेपाली
लागेर
सोध्या
मात्रै
।"
आँसु त
त्यसै
पनि
बग्न
आतुर
भै
सकेको
थियो
तर
अब
हर्षको
हैन
बेदनाको
भएर
।
तर
रोकेँ
।
रोक्नै
पर्थ्यो मैले
।
साहस
गरेर
बाह्रलाखको
कविताको
भूमिका
सारांशमा
सुनाएँ
।
निकै
भावुक
भयो
उ
।
म
भने
उस्ले
कोटको
बाहुला
बटारेको
देखेर
खङ्ग्रङ्ग
भईसकेको
थिए
।
कोटको
बाहुला
बटार्नेहरूबाट
भयभित
थिएँ
म
।
तर,
समय
हेरि