एउटा नया ईतिहास रच्दै पहिले चोटी अमेरिकी जनता ले “परिबर्तनको लागी आफ्नो मत” नारा सहित कालो बर्णको अफ्रिकन अमेरिकन राष्ट्रपति छानेका छन। भर्खरै मात्र राष्ट्रपति पद का बिपक्षी उम्मेदबार, जोन म्याकेनले ओबामा को प्रसंसा गर्दै बदाई दिएका छन । यउटा भाबुक बक्तब्य प्रस्तुत गर्दै उनले ओबामा जस्तो नाति पाएकि हजुरआमाले यो दिन देख्न नपाई २ दिन अगाडि मात्रै स्वर्गबास भयको मा दु:ख पोखेका थिए । ओबामाले अमेरीकि जनता को मन जितेको मा प्रसंसा गर्दै उनको भावि कार्यकल को लागी आफुले सक्दो सहयोग गर्ने जनायका थिए ।

म्याकेन ले आफ्नो सहयात्री, उपराष्ट्रपति उम्मेदबार , सारा पलिन को पनि प्रसंसा गरेको थिए । निकै नै भावुक मुद्रामा प्रस्तुत भएका म्याकेन ले अमेरिकी जनता ले एउटा नया ईतिहास रचेको र यो ईतिहास लाई संबैले अंगाल्नु पर्ने भावना ब्यक्त गरेका थिए ।
यसैगरी डेमोक्रेटिक नोमिनेसन को बिपक्षी उम्मेदबार हिलारी क्लिन्टनले पनि यो चुनाब लाई “अमेरिकी जनता को बिजय” भनेकि छिन ।

ईलीनोइज बाट सिनेटर बनेका बिजयी राष्ट्रपति उम्मेदबार ,बाराक ओबामा अमेरीकाको ४४वौ राष्ट्रपति बनेका छन । अगस्ट ४, १९६१ मा केन्या का कालो बर्ण का पिता र अमेरेकी गोरो बर्णकि आमाको कोख बाट जन्म लिएका ओबामा २ बर्ष को उमेर मा नै माता पिता को पारपाचुके भोगेका थिए । उनले आफ्ना पिताले छोडेर आफ्नै देश केन्या गएपछि केवल एक चोटी मात्र भेटेका थिए । सन १९८२ मा केन्या मा भयको अटोमोबाई दुर्घटना मा उनको पिता को मृत्यु भयको थियो ।
हावार्ड ल स्कुल बाट ग्रारेजुवेट गरेका ओबामाले राजनिति मा प्रवेस गर्नु अगाडि युनिभर्सिटि अफ सिकागो मा ” संबैधानिक नियम ” का प्राध्यापक थिए । उनले आफ्नो राजनैतिक जीवन सन १९९७ मा ईलिनोस राज्यबाट सिनेट निर्वाचित हुदै सुरु गरेका थिए । २००४ मा भयको डेमोक्र्याटिक संमेलनमा कि नोट बक्ता को रुपमा प्रस्तुत भयका ओबामा ले त्यतीखेर नै डेमोक्राटिक को मन जिति सकेका थिए । यो देखेर टाईम पत्रिकाले सन २००५ मा अमेरिका का भावि राष्ट्रपति भनेर मुख्य पृष्ठमा ओबामा लाई प्रस्तुत गरेको थियो ।
ओबामाले आफ्नो गृह राज्य इलिनोईज मा बिजयी बक्तब्य दिदै सबै जाति, भाषा, बर्ण र भेष हरुको देश नै संयुक्त राज्य अमेरिका हो भनेका थिए । जोन म्याकेन र सेरा पलिनलाई प्राप्त गरेको जुन सफलता छ, त्यसलाई पनि बदाई दिएका थिए । अब अमेरिका मा परिबर्तनको सुरुवात सुरु भयको उनले जनायका थिए । यो बिजय आफ्नो बिजयी नभई सबै अमेरिकी जनाता को बिजयी हो भनेका थिए र आफु तिनै बिजयी जनताको राष्ट्रपति भएर काम गर्ने बताएको थिए । यो बिजयी ले आफुलाई धेरै नै चुनौती ठुपारेको बताएका थिए । युद्द र अर्थ संकट को भुमरीमा परेको अमेरीकालाई आफुले उतार्न सक्दो कोशिस गर्ने बिचार, नव राष्ट्रपति ओबामाले, ब्यक्त गरेका थिए । उनको बक्तब्यको बिचमा उपस्थित जनमानसहरुले हर्ष का अश्त्रु धारा बगाई रहेको देखिन्थ्यो ।